२२ प्रहरी आफूखुसी गैरहाजिर, स्पष्टीकरणसहित ७ दिनभित्र हाजिर हुन निर्देशन
नेपालअखबार, काठमाडौं । प्रहरी प्रधान कार्यालयले सम्पर्कमा नरहेका २२ जना प्रहरीहरुको नामावली सार्वजनिक गर्दै ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ ।
आफूखुसी कार्यालयमा गैर हाजिर भएको र खोजतलास गर्दा पनि नभेटिएको भन्दै प्रहरी प्रधान कार्यालयले सातदिने म्याद दिई सम्पर्कमा आउन भनेको हो । कार्यालयको सम्पर्कमा आउँदा गैर हाजिर हुनुको कारण खुलाइ स्पष्टीकरण पेश गर्न पनि भनिएको छ । अन्यथा सेवाबाट हटाउने कारबाही हुने चेतावनी प्रहरी प्रधान कार्यालयले दिएको छ ।
कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार १८ जना साउन महिनादेखि, ३ जना असार महिनादेखि र १ जना भदौ महिनादेखि कार्यालयमा गैरहाजिर छन् ।
गैरहाजिर भएका प्रहरी सहायक हबल्दारहरुमा धादिङका अमित श्रेष्ठ, अर्घाखाँचीका कमल श्रेष्ठ, झापाका समिर दाहाल र संखुवासभाका जनम राई रहेका छन् ।
यसैगरी सम्पर्कमा नरहेका अन्य प्रहरी जवानहरुमा अमर डाँगी, नि...










