नेपालअखबार, काठमाडौं । १० प्रतिशत छात्रवृत्ति उपलब्ध नगराउने संस्थागत (निजी) विद्यालयहरूलाई काठमाडौं महानगरले बन्दको सूचीमा राख्ने चेतावनी दिएको छ।
बिहीबार एक सूचना प्रकाशित गरेर काठमाडौं महानगरपालिकाले त्यस्तो चेतावनी दिएको हो। काठमाडौं महानगरपालिकाले अहिले ४७३ निजी विद्यालयले छात्रवृत्ति दिएको विवरण पेश गरेको तथ्यांक पनि प्रस्तुत गरेको छ। महानगपालिकाको निर्देशन अटेर गर्ने निजी विद्यालयलाई तीन दिनभित्र विवरण पेश गर्न समयसीमा पनि तोकेको छ।
त्यतिञ्जेलसम्म पनि विवरण नबुझाउने विद्यालय बन्दको सूचीमा रहने, ती विद्यालयमा आफ्ना बालबालिका भर्ना नगर्न र गरिरहेको भए अन्यत्र स्थानान्तरण गर्न पनि महानगरले आग्रह गरेको छ।
‘अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५, शिक्षा नियमावली, २०५० काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ तथा काठमाडौं महानगरपालिका शिक्षा व्यवस्थापन नियमावली, २०७४ अनुसार ...