Saturday, May 9

मनोरञ्जन

सलमान खानलाई अदालतमा पेश हुन आदेश
मनोरञ्जन, समाचार

सलमान खानलाई अदालतमा पेश हुन आदेश

नेपाल अखबार, एजेन्सि। कालो हरिण शिकार मामिलामा सलमान खानलाई जिल्ला एवं सत्र न्यायालय जोधपुरले २८ सेप्टेम्बरमा पेश हुन आदेश दिएको छ । सोमबार सलमानको याचिकामा कालो हरिण शिकार प्रकरण र राज्य सरकारको याचिकामा हातहतियार सम्बन्धि मुद्दाको सुनुवाई पूरा हुन सकेन तसर्थ सलमानलाई अर्को सुनुवाईमा अदालतमा आफैं पेश हुन आदेश दिइएको छ । अब २८ सेप्टेम्बरमा जोधपुर अदालतमा सलमान पेश हुनुपर्नेछ । यस्तोमा सलमान उपस्थित हुनेछन् वा हाजिरी माफीको अपिल गर्नेछन्, त्यो भने स्पष्ट छैन । अक्टोबर सन् १९९८ मा जोधपुरमा फिल्म ‘हम साथ–साथ हे’ को सुटिङको क्रममा सलमान खानमाथि जोधपुर नजिकैको कांकाणी गाउँमा दुई कालो हरिणको शिकार गरेको आरोप लागेको थियो । यो मामिलामा लामो कानूनी प्रक्रियापछि अदालतले सलमानलाई दोषी ठहर गर्दै पाँच वर्षको सजाय सुनाएको थियो । यद्यपि, यसका सह आरोपी सैफ अली खान, निलम, तब्बू र सोनाली बेन्द्रेलाई भने छुट...
कंगनाको पुरानो भिडियो भाइरलः भनेकी थिइन्, ‘घरबाट भागेको डेढ–दुई वर्षमा फिल्म स्टार थिएँ, ड्रग एडिक्ट थिएँ’
मनोरञ्जन, विदेश, समाचार

कंगनाको पुरानो भिडियो भाइरलः भनेकी थिइन्, ‘घरबाट भागेको डेढ–दुई वर्षमा फिल्म स्टार थिएँ, ड्रग एडिक्ट थिएँ’

नेपाल अखबार, एजेन्सि। नायिका कंगना रनौत एकपछि अर्को गर्दै विवादले घेरिँदै गएकी छिन् । अब ट्वीटरमा उनको एउटा भिडियो भाइरल भइरहेको छ जसमा उनले आफूलाई लागुऔषधको दुर्व्यवसनमा फसेको बताएकी छिन् । यो भिडियो कंगना आफैंले इन्स्टाग्राममा पोस्ट गरेकी थिइन् । के छ भिडियोमा ? सोसल मिडियामा भाइरल भिडियोमा कंगनाले भनेकी छिन्, ‘म घरबाट भागेको डेढ–दुई वर्षमा फिल्म स्टार बनेकी थिएँ, एक ड्रग एडिक्ट बनेकी थिएँ । मेरो जीवनमा धेरै कुरा चलिरहेका थिए । म यस्ता मानिसहरुको हातमा परेकी थिएँ जहाँ यस्ता प्रकारका खतरनाक कुरा मेरो जीवनमा चलिरहेको थियो ।’ एक प्रयोगकर्ताले भिडियो सेयर गरेः “Main drug addict thi” pic.twitter.com/0m7GeVyde3   बलिउडमाथि लगाएकी थिइन् आरोपः कंगनाको भिडियो यस्तो समय भाइरल भइरहेको छ जब उनले बलिउडमा भारी मात्रामा ड्रगको उपयोगको विषयमा आरोप लगाएकी थिइन् । केहि दिन अघि मात्रै कंगनाले ९९ प्...
कंगनाको समर्थनमा आइन् सोनम कपुर, कंगनाले उल्टै गरिदिइन् ट्रोल
मनोरञ्जन

कंगनाको समर्थनमा आइन् सोनम कपुर, कंगनाले उल्टै गरिदिइन् ट्रोल

नेपाल अखबार, एजेन्सि। फिल्म अभिनेत्री सोनम कपुरले कंगना रनौतको अफिसमा डोजर चलाएपछि सान्त्वना देखाउँदै कंगनाको पक्षमा ट्वीट गरेर दुःख जताइन् । यसमाथि कंगनाले सोनममाथि कटाक्ष गर्दै उनले आफ्नो संघर्षको तुलना ‘ड्रगी’ रिया चक्रवर्तीसँग गरेको आरोप लगाइन् । कंगना रनोटको अफिसलाई बीएमसी अधिकारीले बुधबार तोडफोड गरे । बान्द्राको पाली हिलस्थित उनको कार्यालयको अवैध निर्माणलाई हटाउनका लागि कारवाही गरिएको बताइयो । बीएमसीको यो कदमले थुप्रै बलिउड सेलिब्रिटी कंगनाको समर्थनमा आए । सोनम कपुरले पनि कंगनालाई आफ्नो समर्थन दिइन् । तर कंगनालाई उनको सहानूभूती रत्ति भर पनि मन नपरेको जस्तो देखिन्छ । सोनमलाई जवाफ दिँदै रिया चक्रवर्तीसँग आफ्नो तुलना नगर्न भनेकी छिन् । सुशान्त सिंह राजपूतसँग जोडिएको ड्रग–एंगलको अनुसन्धनमा एनसीबीले रियालाई पक्राउ गरेपछि रिया १४ दिनको न्यायिक हिरासतमा छिन् । सोनम कपुरले महात्मा गान्धीको ...
रिया चक्रवर्ती १४ दिनको न्यायिक हिरासतमा, समर्थनमा आयो बलिउड
मनोरञ्जन, समाचार

रिया चक्रवर्ती १४ दिनको न्यायिक हिरासतमा, समर्थनमा आयो बलिउड

नेपाल अखबार, एजेन्सि। अभिनेता सुशान्त सिंह राजपूतको मृत्युसँग जोडिएको ड्रग्सको लेनदेन मामिलामा गिरफ्तार अभिनेत्री रिया चक्रवर्तीलाई २२ सेप्टेम्बरसम्म न्यायिक हिरासतमा पठाइएको छ । नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले मंगलबार करिब चार बजे उनलाई पक्राउ गरेर अदालतमा पेश गरेको छ । एनसीबीले उनको कस्टडीको माग नगरिकन उनलाई १४ दिनको न्यायिक हिरासतमा पठाउन अपिल गरेको थियो जबकी रियाका वकिललले जमानतको माग गरिरहेका थिए । अदालतले जमानतको माग खारेज गर्दै उनलाई १४ दिनको न्यायिक हिरासतमा पठाउने आदेश दियो । सुशान्त सिंह मामिलामा ड्रग्स एंगल सार्वजनिक भएपछि एनसीबीले उनीसँग पछिल्लो तीन दिनदेखि सोधपुछ गरिरहेको थियो । मंगलबार पनि एनसीबीले उनीसँग घण्टौं सोधपुछ गरेपछि उनलाई पक्राउ गर्ने निर्णय गरेको हो । उनका भाइ शोविक चक्रवर्तीलाई एनसीबीले पहिले नै गिरफ्तार गरिसकेको छ । एनसीबीले यो मामिलामा रियासमेत अन्य १० ज...
नायक अर्जुन कपुर कोरोनाद्वारा संक्रमित
मनोरञ्जन, समाचार

नायक अर्जुन कपुर कोरोनाद्वारा संक्रमित

नेपाल अखबार, एजेन्सि।बलिउड अभिनेता अर्जुन कपुर कोरोनाद्वारा संक्रमित भएको भारतीय सञ्चार माध्यम दैनिक भास्करले बताएको छ । अर्जुन चाँडै नै यसबारे घोषणा गर्ने तयारीमा रहेको स्रोतले बताएको छ । स्रोतका अनुसार अर्जुनको कोरोना परीक्षणको रिपोर्ट आइतबार बिहान मात्रै आएको हो । अभिनेताले दिउँसो आफ्नो आधिकारिक बयान जारी राख्ने पनि स्रोतले दाबी गरेको छ । अर्जुन कपुर निखिल आडवाणीको ब्यानरमा बनेको फिल्मको सुटिङ फिल्मसिटीमा गरिरहेका थिए । त्यहाँ भारत पाकिस्तानको सीमावर्ती इलाकाको सेट बनेको छ । यो विभाजनको नकारात्मक पक्षको प्रेम कथामा आधारित फिल्म हो । अर्जुन कपुरको आधिकारिक बयान आउनुअघि नै भास्करले अर्जुनको टीम र निर्माता निखिल आडवाणीसँग सम्पर्क गरेको तर उनीहरुले आधिकारिक जानकारी दिनुअघि समय माग गरेको बताइएको छ । अर्जुनका पिता बोनी कपुरले पनि यसका लागि समय मागे । अर्जुनले यसबारे आफ्नो ह्यान्डलबाट आधिकारिक...
कंगनाले मुम्बईको तुलना पाकिस्तान प्रशासित कश्मीरसँग गरेपछि हंगामा
मनोरञ्जन, समाचार

कंगनाले मुम्बईको तुलना पाकिस्तान प्रशासित कश्मीरसँग गरेपछि हंगामा

नेपाल अखबार, एजेन्सि। बलिउड फिल्म अभिनेत्री कंगना रनौतको एउटा ट्वीटका कारण सोसल मिडियामा हंगामा मच्चिएको छ । कंगनाले आफ्नो ट्वीटमा मुम्बईको तुलना पाकिस्तान प्रशासित कश्मीरसँग गरेकी छिन् । उनले ट्वीटरमा लेखेकी छिन्, ‘सञ्जय राउतले मलाई खुल्ला रुपमा धम्की दिएका छन् र मुम्बई नआउन भनेका छन् । मुम्बईका गल्लीमा ‘आजादी ग्राफिटी’ र अब खुल्ला धम्की, मुम्बई पाकिस्तान प्राशासित कश्मीरजस्तो अनुभव दिइरहेको छ ?’ यो ट्वीट कंगनाको टीम ट्विटर ह्यान्डलबाट गरिएको हो र साथै एक नीजि पत्रिकाको न्यूज क्लिप पनि राखिएको छ । उक्त खबरमा शिवसेना नेता सञ्जय राउतको बयानबारे कुरा गरिएको छ जसमा उनले भनेका छन्, ‘यदि मुम्बई प्रहरीसँग उनलाई डर लाग्छ भने मुम्बई नआए पनि हुन्छ ।’ कंगनाले पछि अर्को एउटा ट्वीट गरिन् जसमा लेखिएको छ, ‘एक ठूला स्टार मरेपछि मैले ड्रग र फिल्म माफियाको र्याकेटबारे आवाज उठाएँ । म मुम्बई पुलिसलाई विश्वा...
रातीको डिनरदेखि सुशान्तले बिहान जुस पिएकोसम्मः प्रत्यक्षदर्शीले सिबिआईलाई बताए पूरा कहानी
मनोरञ्जन, विदेश, समाचार

रातीको डिनरदेखि सुशान्तले बिहान जुस पिएकोसम्मः प्रत्यक्षदर्शीले सिबिआईलाई बताए पूरा कहानी

नेपाल अखबार, एजेन्सि। मृत्युको केही घण्टा अघि सुशान्त सिंह राजपूतले खाना खान छोडिदिएका थिए, जूसमात्रै पिए र धेरै समय आफ्नो कोठामा नै बिताए । स्रोतका अनुसार यो कुरा प्रत्यक्षदर्शीले सिबिआईलाई आफ्नो सुरुवाती बयानमा बताए । १४ जूनमा सुशान्तको पश बान्द्रास्थित घरमा के भयो यसमा सोधपुछका लागि एजेन्सीले सुशान्तसँगै फ्ल्याटमा बस्ने सिद्धार्थ पिठानी र नायकका घरेलु सहयोगी निरज, केशव र दिपेश सावन्तसँग सोधपुछ गरेको छ । क्रियटिभ डिजाइनर सिद्धार्थ सुशान्तको साथीको नाताले फ्ल्याटमा नै बसिरहेका थिए । यी चारैजनालाई घटनाका मुख्य साक्षीको रुपमा हेरिएको छ । नायकका घरेलु सहयोगी निरजसँग आठ दिन, सिद्धार्थसँग सात दिन, हाउसकिपर दिपेशसँग पाँच दिन र कुक केशवसँग चार दिनदेखि सोधपुछ गरिरहेको छ । यदि सुशान्तको हत्या भएको हो भने यी चारजनालाई यसको जानकारी हुने र यदि यसलाई आत्महत्या देखाउने कोसिस भएको हो भने यीमध्ये कम्तीमा...
सज्जा चौलागाईं बनिन् ‘नेपाल आइडल’ सिजन–३ को विजेता
Uncategorized, चलचित्र, मनोरञ्जन, समाचार, समाज, साहित्य \कला, हाइलाइट-समाचार

सज्जा चौलागाईं बनिन् ‘नेपाल आइडल’ सिजन–३ को विजेता

काठमाडौं । सज्जा चौलागाईं ‘नेपाल आइडल’ सिजन–३ को विजेता बनेकी छिन्  । शुक्रबार साँझ (आज) भएको ग्रान्ड फिनालेमा प्रवीण बेडुवाल र किरण कुमार भुजेललाई पछि पार्दै सज्जा विजेता बनेकी हुन् । उनले टाइटलसँगै नगद ५० लाख रुपैयाँ प्राप्त गरिन् । फष्ट रनरअप प्रविण वेडुवाल बनेका छन् । किरणले सेकेन्ड रनरअपमा चित्त बुझाएका छन् । उनीहरुले क्रमशः १० लाख र ५ लाख रुपैयाँ प्राप्त गरेका छन् । कोरोनाका कारण यो पटकको ग्रान्ड फिनाले सामाजिक दूरी कायम गर्दै स्टुडियोमै गरिएको थियो । फाइनलमा पुगेका सज्जा, प्रविण र किरणमध्ये किरण वाइल्ड कार्ड इन्ट्रीमार्फत फाइनलमा पुगेका थिए । कोरोना संक्रमणको त्राससँगै चैत पहिलो साताबाट स्थगित ‘नेपाल आइडल’ केही साता अगाडि पुनः सुरु भएको थियो ।  नेपाल आइडलमा विगतमा झैं यो सिजनमा पनि न्ह्यू वज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी निर्णायक थिए । पहिलो सिजनको विजेता बुद्ध लामा...
नेता वामदेव गौतमको गीत  सार्वजनिक
भिडिओ, मनोरञ्जन, समाचार, हाइलाइट-समाचार

नेता वामदेव गौतमको गीत सार्वजनिक

नेपाल अखबार, काठमाडौं । नेकपाका उपाध्यक्ष वामदेव गौतम पछिल्लो समय केन्द्रिय राजनीतिमा आकर्षणको रुपमा रहेका छन् । उनै नेता गौतम गीतकार पनि हुन् । उनका अहिलेसम्म दर्जनौ गीतहरु बाहिर आएका छन् ।  यस्तैमा गौतमको शब्द रहेको ‘यो मुक्त भूमि, यो बुद्ध भूमि’ भिडियो सहित सार्वजनिक भएको छ । गीतमा नेपालको प्राकृतिक सुन्दरता, शान्तिका दूत गौतम बुद्ध र नेपाली कला संस्कृतिको वर्णन गरिएको छ । आम नेपालीलाई गीतले एकतामा रहन र देशप्रति प्रेरित हुन प्रेरणा दिएको छ । शम्भुजित बाँस्कोटाको संगीत रहेको गीतमा रोशनराज गुरुङ, माण्डवी त्रिपाठी र अञ्जना गुरुङलगायतको स्वरले रहेको छ । गीतको म्युजिक भिडियो बिभिन्न भिडियो संयोजन गरेर निर्माण गरिएको छ । जसमा गौतम समेत देखिएका छन् ।  जीवन थापाको निर्देशन सम्पादन रहेको भिडियोमा दिर्घ गुरुङको छायाँकन रहेको छ ।  ...
जातको कथा : प्रेमका नाममा दलित युवामाथि कुटपिट
भिडिओ, मनोरञ्जन, समाचार

जातको कथा : प्रेमका नाममा दलित युवामाथि कुटपिट

नेपाल अखबार, पोखरा । कथित उपल्लो जातकी केटीसँग प्रेम गरेको भन्दै पोखरामा दलित समुदायका एक युवा निर्र्घात कुटिएका छन् । आफ्नी छोरीसँग प्रेम गरेको भन्दै केटीका बाबुले गुण्डागर्दी शैलीमा ती युवालाई जङ्गलमा लगेर मरणासन्न हुने गरी कुटपिट गरेका हुन् । गोरखा घर भई पोखरामा पत्रकारिता गर्दै आएका प्रेम नेपाली (नाम परिर्वतन) ती युवतीसँग विगत तीन वर्षदेखि प्रेममा परेका थिए । नेपाली समाजमा पछिल्लो समय निकै फैलिएको यो प्रसङ्ग भने वास्तविक नभई पोखरामा हालै सुटिङ सकिएर एडिटिङका क्रममा रहेको लघु चलचित्र ‘जातको कथा’को हो । चलचित्रमा बाबुको भूमिकामा रहेका कलाकार नवराज गिरीकी कान्छी छोरीसँग दलित युवकको प्रेम रहेको देखाइको छ । त्यही कारणले सिर्जित द्वन्द्व नै चलचित्रको मुख्य विषयवस्तु हो । गिरीले आफ्नी छोरीसँग प्रेम गरेको भन्दै प्रहरीसँगको मिलेमतोमा कथित तल्लो जातको सो केटोलाई जङ्गलमा लगेर निर्घात कुटेका छन् ।...