Wednesday, August 12

राजनीति

संविधान र संसदीय प्रक्रियाबाट निकास खोज्न प्रचण्डको अपिल
राजनीति, विचार, समाचार

संविधान र संसदीय प्रक्रियाबाट निकास खोज्न प्रचण्डको अपिल

नेपालअखबार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेनजी युवाहरुले उठाएका माग संविधान र वर्तमान संसदीय प्रक्रियाभित्रबाटै खोजिनुपर्ने बताएका छन् । अहिलेको संविधान र व्यवस्थापिका संसदको शून्यतामा खोजिने राजनीतिक निकासले प्रतिगमनलाई फाइदा पुग्ने उनको भनाइ छ । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले आज प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हाम्रो स्पष्ट मत छ, लोकतन्त्रको विकल्प समुन्नत र अझ बढी सुदृढ लोकतन्त्र, गणतन्त्रको विकल्प अझ सुदृढ गणतन्त्र मात्रै हो । जेनजी पुस्ताको माग न लोकतान्त्रिक व्यवस्था र संविधानविरुद्ध थियो, न संसद् विघटनका पक्षमा नै । उहाँहरुले उठाएका माग संविधान र वर्तमान संसदीय प्रक्रियाभित्रबाट पूरा हुन सक्छन् भन्नेमा हामी विश्वस्त छौं ।’ विज्ञप्तिमा थप लेखिएको छ, ‘हाम्रो ठहर छ, कैयन् कमजोरीका बाबजुद सामाजिक न्याय प्रत्याभूत गर्ने सवालमा, समा...
सभा भवन ध्वस्त भएपछि प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित
राजनीति, समाचार

सभा भवन ध्वस्त भएपछि प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित

नेपालअखबार,काठमाडौँ । जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित संघीय संसद् भवन मंगलबार ध्वस्त भएपछि बुधबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले सूचना जारी गर्दै सभामुख देवराज घिमिरेले अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गरेको जानकारी दिएका छन् । ‘मिति २०८२ साल भदौ २५ गते बुधबार दिनको १.०० बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभा बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखले अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गर्नुभएको व्यहोरा माननीय सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ महासचिव पाण्डेले जारी गरेको सूचनामा उल्लेख छ । यसअघि भदौ २३ गतेका लागि बोलाइएको राष्ट्रियसभा बैठक पनि सूचना टाँस गरेर अ...
‘जेनजी’ भन्दै रास्वपा नेता गणेश कार्कीले बनाएर पठाए राष्ट्रपति कार्यालयमा सूची
राजनीति, विचार, समाचार

‘जेनजी’ भन्दै रास्वपा नेता गणेश कार्कीले बनाएर पठाए राष्ट्रपति कार्यालयमा सूची

नेपालअखबार,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता गणेश कार्कीले जेनजीको नाम भन्दै आफैँले सूची तयार पारेर राष्ट्रपति कार्यालयमा पठाएका छन् । ‘वार्ताको लागि आह्‌वान भएपछि म आफैँले संवाद सचिवालयलाई सूची पठाएको हुँ,’  कार्कीले भने ‘जेनजी आन्दोलनमा सहभागी साथीहरुले दाइ तपाईंले पहल गरिदिनु भनेपछि मैले लिस्ट पठाएको हुँ । यो कुरा पार्टीसँग सल्लाह गरेर भएको होइन ।’ कार्कीले पठाएको सूचीमा युजन राजभण्डारी, प्रदीप ज्ञवाली, रक्षा बम, रिजन रानामगर, नवीन राई, उपार्जन चाम्लिङ, अनुषा खनाल, नीरज गौतम ‘गोतामे’, सुस्मिता क्षेत्री, आकृति घिमिरे, सुयशा शाक्य, मोनिषा चौधरी लगायतको नाम छ ।...
संयुक्त राष्ट्रसंघका महासचिव गुटेरसले संयमता अपनाउन आग्रह
राजनीति, विश्व, समाचार

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरसले संयमता अपनाउन आग्रह

नेपालअखबार,काठमाडौँ ।  संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले संयमता अपनाउन आग्रह गरेका छन्। महासचिव गुटरेसले सामाजिक सञ्जालमार्फत संयमता अपनाएर रचनात्मक बाटो तय गर्न आग्रह गरेका हुन्। उनले आफूले नेपालमा विकसित घटनालाई नजिकबाट नियालिरहेको उल्लेख गरेका छन्। 'नेपालको अवस्थालाई मैले नजिकबाट नियालिरहेको छु। हिंसालाई थप बढ्नबाट रोक्नका लागि गहन अनुसन्धान, संयम र रचनात्मक बाटो तय गरेर संवाद गर्न आग्रह गर्दछु,' उनले भनेका छन्। उनले मानव अधिकार कानुनको पालना गर्न पनि आह्वान गरेका छन्। जीवन र सम्पत्तिको सम्मान गर्दै शान्तिपूर्ण तरिकाले विरोध प्रदर्शन गर्न पनि उनले आग्रह गरेका छन्।...
राष्ट्रपति पौडेलले सबै पक्षलाई बोलाए वार्तामा
Uncategorized, राजनीति, समाचार

राष्ट्रपति पौडेलले सबै पक्षलाई बोलाए वार्तामा

नेपालअखबार, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संयमित हुन र वार्तामा आउन अपिल गरेका छन्। मंगलबार अपराह्न उनले एक अपिल जारी गर्दै सबै पक्षलाई संयमता अपनाउन र वार्तामा आउन अनुरोध गरेका हुन्। 'लोकतन्त्रमा नागरिकले उठाएका मागहरू जेन–जीका प्रतिनिधिसँग समेत बसेर वार्ता र संवादमार्फत समाधान गर्न सकिने भएकाले संयमित हुन, मुलुकलाई अरू क्षति हुन नदिन र वार्तामा आउन म सबै पक्षलाई अपिल गर्दछु,' पौडेलले भनेका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत भइसकेको जानकारी गराउँदै अहिले लोकतन्त्रको माया गर्दै समस्या समाधानका लागि सबै पक्षले सहयोग गर्नेमा विश्वस्त रहेको बताएका छन्। उनले शान्तिपूर्ण समाधानका लागि सबैलाई सहयोग गर्न आग्रह गरेका हुन्।...
रास्वपाका सांसदहरुले दिए सामूहिक राजीनामा
राजनीति, समाचार

रास्वपाका सांसदहरुले दिए सामूहिक राजीनामा

नेपालअखबार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदरहरूले सामूहिक राजीनामा दिएका छन्। मंगलबार संसदीय दलका कार्यवाहक सभापति डोल प्रसाद अधिकारीले विज्ञप्ती जारी गर्दै २० जना सांसदहरूले सामूहिक राजीनामा दिएका हुन्। 'जेन जीको माग र अपेक्षामा पूर्ण समर्थन र निरन्तर आन्दोलनमा रहने समर्पणकासाथ हामी राष्ट्रिय स्वतन्त्र पार्टीका सबै प्रतिनिधिसभा सदस्यहरु (साँसदहरु) ले सामूहिक राजीनामा दिने सचिवालयको प्रस्तावमा संसदीय दल एकमत रहेको जानकारी गराइन्छ,' विज्ञप्तीमा भनिएको छ। रास्वपाले पाँच प्रस्ताव राखेका छन्।  प्रधानमन्त्रीको तत्काल राजीनामा,  घटनाको निष्पक्ष छानविन गर्न उच्चस्तरीय न्यायिक छानविन आयोग गठन, सर्वपक्षीय नागरिक सरकार गठन गर्न रास्वपाको माग छ। त्यस्तै  प्रधानमन्त्री, गृहमन्त्री, सञ्चारमन्त्री साथै काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई बर्खास्तीका साथै हिरासत...
मन्त्रीहरूलाई हेलिकप्टरमार्फत सुरक्षित स्थानमा सारिँदै
प्रशासन, राजनीति, समाचार

मन्त्रीहरूलाई हेलिकप्टरमार्फत सुरक्षित स्थानमा सारिँदै

नेपालअखबार,  काठमाडौँ । ललितपुरको भैंसेपाटी स्थित मन्त्रीक्वार्टरबाट मन्त्रीहरुलाई सुरक्षित स्थानमा सार्न थालिएको छ । सेनाको हेलिकप्टरमार्फत मन्त्रीहरुलाई सुरक्षित स्थानमा सार्ने निर्णय भएको प्रहरीका एक जना उच्च अधिकृतले बताए । ती अधिकृत भन्छन्, ‘सुरक्षा जोखिमका कारण मन्त्रीहरूलाई सुरक्षित स्थानमा सार्न थालिएको छ ।’ जेनजी पुस्ताका प्रदर्शनकारीहरूले मङ्गलवार काठमाडौँ उपत्यका केन्द्रित प्रदर्शन गरिरहेका छन् । काठमाडौँ बाहिर पनि प्रदर्शन भइरहेको छ ।...
मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले दिए राजीनामा
राजनीति, समाचार

मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले दिए राजीनामा

नेपालअखबार, जनकपुरधाम। मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिएका छन्। जनमतका अध्यक्ष डा. सीके राउतको निर्देशनमा उनले राजीनामा दिएका हुन्। वक्तव्य देशभर जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा प्रदर्शनकारीको ज्यान जानु मेरो लागि असह्य पीडा र गहिरो दुःखको विषय बनेको छ । दिवंगत आत्माहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै, घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। जनताको विश्वास र मतबाट निर्वाचित भएर जनप्रतिनिधि बन्नु मेरा लागि जीवनकै ठूलो गौरव थियो । तर नागरिककै जीवन सुरक्षित गर्न नसकिएको वर्तमान परिस्थितिले मलाई आत्मसम्मानपूर्वक यो निर्णय लिन बाध्य बनाएको छ। नागरिकको ज्यान भन्दा ठूलो अरु केही छैन भन्ने अटल विश्वासका साथ, जनताको अधिकार र भविष्यप्रति उत्तरदायी हुँदै म मधेश प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा गर्दछु । संविधानले प्रत्येक नागरिकलाई प्रदान गरेको शा...
खेलकुदमन्त्री चौधरीले पनि दिए राजीनामा
राजनीति, समाचार

खेलकुदमन्त्री चौधरीले पनि दिए राजीनामा

नेपालअखबार,  काठमाडौँ  । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पदबाट राजीनामा दिएका छन् । कांग्रेसभित्र डा. शेखर कोइरालाको कोटामा मन्त्री भएका चौधरीले पदबाट राजीनामा दिएका हुन् । जेनजी आन्दोलनमा सरकारले बल प्रयोग गरेर १९ जनाको मृत्यु भएपछि कोइरालाले मन्त्री चौधरीलाई पदबाट राजीनामा दिन निर्देशन दिएका थिए । यसअघि आजै बिहान कृषिमन्त्री रामनाथ अधिकारीले राजीनामा दिएका थिए । मंगलबार बिहान काग्रेस सभापति शेरबहादुर देउवाले आफ्नै निवास बुढानिलकण्ठमा केन्द्रिय कार्यसम्पादन समितिको बैठक बोलाएका थिए । तर नेताहरू उपस्थित हुन नसकेपछि स्थगित गरेका थिए । बैठकका लागि पुगेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सरकारबाट बाहिरनुपर्ने सुझाव दिएका थिए । तर देउवा भने सरकार छोड्ने मुडमा छैनन् ।...
नेपाली कांग्रेस कार्यालयमा आगजनी
राजनीति, समाचार

नेपाली कांग्रेस कार्यालयमा आगजनी

नेपालअखबार, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको कार्यालयमा आगजनी भएको छ । जेनजी प्रदर्शनकारीहरूले मंगलबार कार्यालयमा पुगेर आगजनी गरेका हुन् । जेनजीहरूले सोमबार गरेको प्रदर्शनका कारण १९ जनाले ज्यान गुमाएका थिए । लगत्तै आज बिहानबाटै प्रदर्शन झनै चर्को बन्दै गइरहेको छ । प्रदर्शनकारीहरूले विभिन्न नेताहरूको घर र पार्टी कार्यालयमा पुगेर ढुंगामुढा र आगजनी गरिरहेका छन् ।...