Wednesday, August 12

राजनीति

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक
राजनीति, समाचार

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

नेपालअखबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । उनले साँझ ६ बजे बस्नेगरी बैठक बोलाएका हुन् ।
खानेपानीमन्त्री यादवले घोषणा गरे राजीनामा
राजनीति, समाचार

खानेपानीमन्त्री यादवले घोषणा गरे राजीनामा

नेपालअखबार,काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले पदबाट राजीनामा दिएका छन् । जेनजीहरूको प्रदर्शनका क्रममा सोमबार १९ जना युवाले ज्यान गुमाएका थिए । उक्त घटनापछि सरकारमा बस्न उपयुक्त नहुने भन्दै मन्त्री यादवले राजीनामा दिएका हुन् । ‘प्रिय युवा भाई बहिनीहरू तपाईं नै मेरो प्रथम सहयोगी र मेरो जोश र उर्जाका सुत्रधार हुनुहुन्छ,’ उनले भनेका छन्, ‘हिजो जेनजी ुवा पुस्ताले गरेको आन्दोलनको समर्थन र सरकार र प्रशासनद्वारा गरिएको दमनको विरोध गर्दै म आफ्नो खानेपानी मन्त्रालयको मन्त्री पदबाट राजिनामा दिने घोषणा गर्दछु ।’ यसअघि नेपाली कांग्रेसका तर्फबाट कृषिमन्त्री रामनाथ अधिकारीले राजीनामा घोषणा गरेका थिए ।स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पनि राजीनामा दिने भएका छन् ।...
देउवा निवासमा तोडफोड र आगजनी
राजनीति, समाचार

देउवा निवासमा तोडफोड र आगजनी

नेपालअखबार,काठमाडौं ।  काठमाडौंको बुढानिलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवा र ऊर्जा मन्त्री दीपक खड्काको घरमा तोडफोड भएको छ। मंगलबार भएको प्रदर्शनको क्रममा बुढानिलकण्ठस्थित निवास र ऊर्जामन्त्री खड्काको निवासमा तोडफोड भएको हो। प्रदर्शनकारीहरूले विभिन्न नेताहरूको घरमा प्रदर्शन गरिरहेका छन्। पूर्वगृहमन्त्री रमेश लेखक, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास, सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरूङ लगायतको घरमा तोडफोड भएको छ।...
एमाले पार्टी कार्यालयमा आगजनी
राजनीति, समाचार

एमाले पार्टी कार्यालयमा आगजनी

नेपालअखबार,काठमाडौं  । नेकपा एमाले पार्टी कार्यालयमा आगजनी भएको छ। आन्दोलनकारीले ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा आगजनी गरेको हो।ललितपुर प्रहरीका प्रवक्ता चक्रराज जोशीका अनुसार पार्टी कार्यालयमा आगजनी गरिनुका साथै ढुंगामुढा समेत भइरहेको छ। प्रहरीले नियन्त्रण प्रयास गरिरहेको प्रवक्ता जोशीको भनाइ छ।...
भारतले भन्यो- नेपालमा विकसित घटनाक्रम नजिकबाट हेरिरहेका छौं
राजनीति, समाचार

भारतले भन्यो- नेपालमा विकसित घटनाक्रम नजिकबाट हेरिरहेका छौं

नेपालअखबार,काठमाडौं । भारतले नेपालमा विकसित पछिल्लो घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै भारतीय विदेश मन्त्रालयले जेनजीको प्रदर्शनका क्रममा युवाहरूको मृत्यु भएको घटनाप्रति दु:ख व्यक्त गरेको छ । ‘हामी नेपालमा हिजोदेखि देखिएका घटनाक्रमलाई नजिकबाट नियालिरहेका छौं । अनेकौं युवा जीवनको क्षतिबाट हामी गहिरो दु:खी भएका छौं,’ मन्त्रालयले विज्ञप्तिमा भनेको छ, ‘मृतकका परिवारप्रति हाम्रो समवेदना व्यक्त गर्दछौं । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।’ नेपालसँगको नजिकको मित्रता र छिमेकीको नातालाई जोड दिँदै संयमता अपनाउन र समस्याहरूलाई शान्तिपूर्ण संवादमार्फत समाधान गर्न सबै पक्षलाई भारतको आग्रह छ । भारतले काठमाडौंसहित अन्य शहरमा कर्फ्यू आदेश जारी भएको उल्लेख गर्दै नेपालमा रहेका भारतीय नागरिकलाई सतर्क रहन र स्थानीय प्रशासनले जारी गरेका निर्देशन पालना गर...
स्वास्थ्यमन्त्री पौडेलले राजीनामा दिँदै
राजनीति, समाचार

स्वास्थ्यमन्त्री पौडेलले राजीनामा दिँदै

नेपालअखबार,काठमाडौं । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राजीनामा दिने भएका छन् । देशको पछिल्लो घटनाक्रमले सरकारमा बस्ने परिस्थिति नभएको भन्दै उनले राजीनामा दिने बताएका हुन् । स्वास्थ्यमन्त्री पौडेलले भने, ‘यस्तो परिस्थितिमा सरकारमा बस्ने सकिएन । राजीनामा दिँदैछु ।’ यसअघि कृषिमन्त्री रामनाथ अधिकारीले पनि राजीनामा दिने घोषणा गरिसकेका छन् ।कांग्रेस नेता शेखर कोइरालाले आफू निकट मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिइसकेका छन् ।...
सञ्चारमन्त्री गुरुङको निवासमा प्रदर्शनकारीले आगजानी  गरे
राजनीति, समाचार

सञ्चारमन्त्री गुरुङको निवासमा प्रदर्शनकारीले आगजानी गरे

नेपालअखबार, काठमाडौं । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा प्रदर्शनकारीले आगजानी गरेका छन् । प्रहरी स्रोतका अनुसार ललितपुरको सुनाकोठीस्थित गुरुङको निवासमा पुगेका आन्दोलनकारीले ढुंगामुढा गरेका थिए । प्रहरीको घेरा तोडेर अघि बढेका उनीहरूले आगो झोसेका छन् । आगो नियन्त्रणको प्रयास भइरहेको सुरक्षा अधिकारीले बताए ।...
विपक्षी दलले भने: ओली सरकारको रवैया अस्विकार्य छ, राजीनामा दिनुपर्दछ
राजनीति, समाचार

विपक्षी दलले भने: ओली सरकारको रवैया अस्विकार्य छ, राजीनामा दिनुपर्दछ

नेपालअखबार,काठमाडौं । विपक्षी दलहरुले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले नागरिक माथि बर्बर दमन गरेको उल्लेख गर्दै सरकारी रबैया अस्विकार्य भएको बताएका छन् । साथै प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने ठहर बैठकले गरेको छ । प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बिहान आह्वान गरेको विपक्षी दलहरुको संयुक्त बैठकले प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिनुपर्ने ठहर गरेको हो । बैठकका निर्णयबारे जानकारी गराउँदै माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले भने, ‘यो सम्पूर्ण घटनाको प्रधानमन्त्री केपी शर्मा ओलीले लिएर राजीनामा दिनुपर्दछ ।’ विपक्षी दलले हिजोको घटनालाई इतिहासकै सर्वाधिक बर्बर रहेको ठहर गरेका छन् । युवाहरुको माग सम्बोधन गर्न सरकारसँग आग्रह गरिएको छ । युवाहरुले उठाएको यो आन्दोलनलाई कुनै दलले आफ्नो निहित स्वार्थमा प्रयोग गर्न नहुने पुनले बताए ।...
कृषिमन्त्री रामनाथ अधिकारीले दिए राजीनामा
राजनीति, समाचार

कृषिमन्त्री रामनाथ अधिकारीले दिए राजीनामा

नेपालअखबार,काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् । सोमबार भएको जेन–जी प्रदर्शनका क्रममा सरकारबाट तानाशाही व्यवहार प्रस्तुत भएको भन्दै मन्त्री अधिकारीले मंगलबार राजीनामा दिएका हुन् । उनले लोकतन्त्रमा प्रश्न सोध्नु र शान्तिपूर्ण विरोध गर्नु नागरिकको नैसर्गिक अधिकार भएको कुरा स्वीकार गर्नुको साटो उल्टै ब्यापक रुपमा दमन, हत्या र बल प्रयोगले लोकतन्त्र नभइ तानाशाही व्यवस्थातर्फ गइरहेको महशुस भएकाले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरेका छन् । उनले देश निर्माण गर्न सहकार्य गर्नुपर्ने पुस्तासँग युद्धजस्तो व्यवहार कसरी हुन पुग्यो भन्ने जवाफ नखोजी सत्तामा बस्न आफ्ना लागि सह्य नभएका कारण राजीनामा दिएको बताएका छन् । यस्तो छ उनको राजीनामा आदरणीय नेपाली जनसमुदायहरू, नमस्कार, जय नेपाल ! म रामनाथ अधिकारी धादिङ जिल्ला, प्रतिनिधिसभा...
सर्वदलीय वा राष्ट्रिय सरकारको प्रस्ताव कांग्रेस नेता निधिले राखे
राजनीति, विचार, समाचार

सर्वदलीय वा राष्ट्रिय सरकारको प्रस्ताव कांग्रेस नेता निधिले राखे

नेपालअखबार,काठमाडौँ । कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले केपी ओली नेतृत्वको सरकारबाट तत्काल अलग हुनुपर्ने प्रस्ताव गरेका छन् । कांग्रेस पदाधिकारीको बैठकमा नेता निधिले व्यवस्था, प्रणालीमाथिनै खतरा उत्पन्न भएको भन्दै कांग्रेस सरकारबाट अलग हुनुपर्ने प्रस्ताव गरेका हुन् । ‘आजको घटनाबाट संविधान, व्यवस्था र प्रणालीमाथि खतरा आयो । यसलाई बचाउन कांग्रेस सत्ताबाट बाहिर निस्कनुपर्छ,’ उनको भनाइ उद्धृत गर्दै कांग्रेसका एक पदाधिकारीले भने,‘त्यसपछि कांग्रेसले राष्ट्रिय वा सर्वदलीय बैठकको प्रस्ताव गर्ने र त्यसको अग्रसरता पनि पार्टीले लिनेगरी जानुपर्छ ।’...