Wednesday, August 12

राजनीति

आज ११२औं बिपी जन्मजयन्ती मनाइँदै
राजनीति, समाचार

आज ११२औं बिपी जन्मजयन्ती मनाइँदै

नेपालअखबार,काठमाडौं । नेपालको राजनीति र साहित्यमा महत्त्वपूर्ण योगदान दिएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ११२औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी बिहीबार देशभर मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो । जहानियाँ राणा शासनको विरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानु परेको थियो । भारत निर्वासनमा बिपीले भारतको स्वतन्त्रता सङ्ग्राममा भाग लिए । भारत स्वतन्त्र भएपछि नेपालमा प्रजातन्त्र स्थापनाका लागि सहज हुन्छ भन्ने सोचले उनी त्यो आन्दोलनमा सक्रिय भएका हुन् । भारत निर्वासनका क्रममा जहानियाँ राणा शासनको अन्त्य गर्न विसं २००३ मा बिपीको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्थापन...
९ देशका दूतावासले भने- ‘परिस्थिति थप बिग्रिन नदिई शान्तिपूर्ण तरिकाले समाधान खोजौं’
राजनीति, समाचार, समाज, हाइलाइट-समाचार

९ देशका दूतावासले भने- ‘परिस्थिति थप बिग्रिन नदिई शान्तिपूर्ण तरिकाले समाधान खोजौं’

नेपालअखबार,काठमाडौँ । अमेरिकासहित ९ देशका दूतावासले नेपालमा  जेन–जी प्रदर्शनमा भएको घटनाबारे संयुक्त विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण तरिकाले समाधान खोज्न आग्रह गरेका छन् । सोमबारको जेन–जी प्रदर्शनका क्रममा १९ जनाको ज्यान गएको थियो । सोमबार साँझ ९ मुलुकका दूतवासले एकसाथ विज्ञप्ति जारी गरेका हुन् । विज्ञप्ति जारी गर्नेमा अस्ट्रेलिया, फिनल्यान्ड, फ्रान्स, जापान, कोरिया गणतन्त्र, बेलायत, नर्वे, जर्मनी र अमेरिकाका नेपालस्थित दूतावासहरू छन् । 'हामी शान्तिपूर्ण सभा र अभिव्यक्ति स्वतन्त्रताको सार्वभौमिक अधिकारप्रति आफ्नो दृढ समर्थन पुनः व्यक्त गर्छौं । हामी सबै पक्षलाई अधिकतम संयम अपनाउन, परिस्थिति थप बिग्रिन नदिई शान्तिपूर्ण तरिकाले समाधान खोज्न तथा यी मौलिक अधिकारको पूर्ण संरक्षण सुनिश्चित गर्न आग्रह गर्छौं,' विज्ञप्तिमा भनिएको छ। दूतावासहरूले सोमबार भएको घटनाबारे दु:ख पनि व्यक्त ग...
गृहमन्त्री रमेश लेखकले राजीनामा दिए
राजनीति, समाचार

गृहमन्त्री रमेश लेखकले राजीनामा दिए

नेपालअखबार,काठमाडौँ । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्री लेखकले राजीनामा दिएका हुन् । सोमबार भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेपछि लेखक राजीनामा दिन बाध्य भएका थिए । सो प्रदर्शनका क्रममा अहिलेसम्म १९ जनाले ज्यान गुमाइसकेका छन् । आजै बसेको कांग्रेस पदाधिकारी बैठकमा लेखकले उक्त घटनाको आफूले नैतिक जिम्मेवारी लिनुपर्ने बताउँदै राजीनामा दिने बताएका थिए ।...
माओवादीले माग्यो प्रधानमन्त्रीको राजीनामा
राजनीति, समाचार

माओवादीले माग्यो प्रधानमन्त्रीको राजीनामा

नेपालअखबार,काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ। यस्तै सरकारले नरस‌ंहार गरेको दाबी गरेको छ। ‘जनतासँग माओवादी: मध्यपहाडी पुष्पलाल लोकमार्ग– जनजागरण अभियान’ अन्तर्गत गोरखामा रहेका शीर्ष नेताहरूको अनौपचारिक बैठकले प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको हो। जेनजी आन्दोलनका क्रममा सरकारले प्रदर्शन गरेको व्यवहार अनुचीत रहेको माओवादीको भनाइ छ । परिस्थिति सम्हाल्न पनि प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने निष्कर्षमा पुगिएको नेताहरूले बताएका छन् । जेनजीको प्रदर्शनका क्रममा अहिलेसम्म १६ जनाको मृत्यु भइसकेको छ । यो घटनापछि माओवादी नेताहरू अभियान स्थगित गरेर काठमाडौं फर्किँदैछन् ।...
सरकारको औचित्य सकियो, कांग्रेसले तत्काल सत्ता छाड्नुपर्छ : कोइराला
राजनीति, विचार, समाचार

सरकारको औचित्य सकियो, कांग्रेसले तत्काल सत्ता छाड्नुपर्छ : कोइराला

नेपालअखबार, काठमाडौँ । कांग्रेस नेता शेखर कोइरालाले सरकारको औचित्व समाप्त भएको भन्दै तत्काल कांग्रेसले सरकार छाड्नुपर्ने बताएका छन् । उनले राजाको कालमा पनि नभएको दमन वर्तमान केपी ओली नेतृत्वको सरकारले गरेको भन्दै कांग्रेस अब सरकारमा बसिरहन नमिल्ने बताए । ‘अब एउटा गृहमन्त्रीले राजीनामा दिनुको कुनै अर्थ छैन, कांग्रेस सरकारबाटै अलग हुनुपर्छ, यो सरकारमा अब एकछिन पनि रहन हुन्न’ कोइरालाले कान्तिपुरसँगको कुराकानीमा भने । करको दायरामा आएका सामाजिक सञ्जाललाई बन्द गर्ने सरकारको निर्णय आफ्नो अलोकप्रिय काम छोप्नका लागि मात्रै भएको कोइरालाको भनाइ थियो ।‘जेन–जीहरुको निकालेको शान्तिपूर्ण आन्दोलनमा अन्धाधुन्ध गोली चलाएर राजाको शासनमासमेत नभएको घटनाको झल्को दिएको छ, यो कदम निरंकुश र अधिनायकवादको पराकाष्ठा हो, तत्काल जेन–जीहरुको माग पूरा गरिनुपर्छ,’ कोइरालाले भने,‘भ्रष्ट्राचार आजको आम नागरिकको मुद्दा...
एकीकृत समाजवादीको कार्यालय तोडफोड
राजनीति, समाचार

एकीकृत समाजवादीको कार्यालय तोडफोड

नेपालअखबार,काठमाडौँ । जेनजी आन्दोलनका क्रममा नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय तोडफोड भएको छ । काठमाडौँ को आलोकनगरमा रहेको पार्टी कार्यालयमा तोडफोड भएको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रकाश ज्वालाले जानकारी दिए । नेता ज्वालाका अनुसार ढुंगामुढाबाट कार्यालयका र झ्यालका सिसाहरू फुटेका छन् । त्यस्तै गेट समेत तोडफोड गरिएको छ । आन्दोलनकारीले आगो समेत लगाउने प्रयास गरेका थिए । तोडफोडपछि प्रहरीले सुरक्षा दिएको ज्वालाले जानकारी दिए । यसअघि चैत १५ गते भएको राजावादी पक्षधरको आन्दोलनका क्रममा पनि सो पार्टीको कार्यालय तोडफोड र आगजनीको प्रयास भएको थियो ।...
समूहगत सुझावमा समेटियो ७० वर्षे उमेरहद, दुई कार्यकालको सीमा र विद्याको सदस्यता
राजनीति, विश्व, समाचार

समूहगत सुझावमा समेटियो ७० वर्षे उमेरहद, दुई कार्यकालको सीमा र विद्याको सदस्यता

नेपालअखबार,काठमाडौं । रूसले पहिलोपटक युक्रेनको सरकारी भवनलाई निशाना बनाएको छ। शनिबार राति रूसले युक्रेनको राजधानी र अरू सहरहरूमा सरकारी भवनहरूलाई लक्ष्य गरी हवाई हमला गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएको छ। कुन-कुन भवनमा लक्ष्य गरेको भनेर नखुलाए पनि विभिन्न सरकारी भवनहरूमा क्षति पुगेको भनिएको छ। युक्रेनको वायु सेनाका अनुसार शनिबार रूसले गरेको आक्रमण अहिलेसम्मकै ठूलो हवाई हमला हो। जसमा ८१० वटा ड्रोन, चारवटा ब्यालिस्टिक मिसाइल र ९ वटा क्रुज मिसाइल प्रहार गरेको थियो। अधिकांश ड्रोन र मिसाइललाई युक्रेनको हवाई रक्षा प्रणालीले खसाले पनि ५४ ड्रोन र ९ वटा मिसाइलले युक्रेनका विभिन्न स्थानमा आक्रमण गरेको वायुसेनाले बताएको छ। पछिल्लो समय युद्धविरामबारे अमेरिकाले प्रयत्न गरिरहेको छ। अलास्कामा ट्रम्पसँग पुटिनले वार्ता गरेयता रूसले युक्रेनमा अझै आक्रामक भएर हमला गरेको छ। दस दि...
सत्तारूढ दललाई विभाजित हुनबाट जोगाउन जापानी प्रधानमन्त्री शिगेरू इशिबाले दिए राजीनामा
राजनीति, विश्व, समाचार

सत्तारूढ दललाई विभाजित हुनबाट जोगाउन जापानी प्रधानमन्त्री शिगेरू इशिबाले दिए राजीनामा

नेपालअखबार,काठमाडौं । जापानी प्रधानमन्त्री शिगेरु इशिबाले सत्तारूढ दललाई विभाजित हुनबाट जोगाउन राजीनामा दिएका छन्। सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टीले (एलडीपी) लगातार दोस्रो राष्ट्रिय चुनावमा नराम्रो पराजय भोगेपछि उनलाई राजीनामा दिन दबाब बढिरहेको थियो। इशिबाले टोकियोमा आइतबार साँझ पत्रकार सम्मेलन गरेर आफ्नो निर्णय घोषणा गरे भनेर जापानबाट प्रकाशन हुने एनएचकेले जनाएको छ। एलडीपीले पार्टी नेतृत्वको चुनाव दुई वर्ष अगावै गर्ने कि नगर्ने भनेर सोमबार मतदान गर्ने तयारी गरेको थियो। स्थानीय मिडियाका सर्वेक्षणहरूले चाँडो चुनावको पक्षमा जनमत बढेको देखाएकाले यो मतदान प्रधानमन्त्रीप्रति अविश्वासको प्रस्तावमा परिणत हुने सम्भावना थियो। उनले राजीनामा नदिए पार्टी विभाजित हुने खतरा समेत रहेको थियो। उनले राजीनामा दिएपछि यो मतदान रद्द हुनेछ भनेर क्योडो न्युजले जनाएको छ। गत अक्टोबरमा प्रधानमन्त्...
एमाले जबजकै मार्गनिर्देशनमा अघि बढेको छ : शंकर पोखरेल
राजनीति, समाचार

एमाले जबजकै मार्गनिर्देशनमा अघि बढेको छ : शंकर पोखरेल

नेपालअखबार,काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आफ्नो पार्टी जनताको बहुदलीय जनवाद (जबज)को मार्गनिर्देशनमा नै अघि बढिरहेको बताएका छन् । पार्टीको विधान महाधिवेशनको अन्तिम दिन आइतबार पार्टी नेताहरूले संगठनात्मक प्रश्तावमाथि उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले सो कुरा बताएका हुन् । महासचिव पोखरेलले एमालेले जबज छोडयो भनेर अनर्गल प्रचार नगर्न पनि चेतावनी दिए । केही मिडियाले एमालेले जबज छोड्यो भन्ने खालको प्रचार गरेको भन्दै उनले त्यस्तो अनर्गल प्रचार गर्न पनि सञ्चारकर्मीहरुलाई आग्रह गरेको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । ‘पार्टी दृष्टिकोणमा अन्यौल भएर प्रचार गरिएकोमा उहाँले यस्तो काम नगर्न, सो सम्बन्धि अनर्गल प्रचार नगर्न, पत्रकार साथीहरुलाई अमुक, अमुक व्यक्तिको प्रवक्ता नबन्नका निम्ति पनि उहाँले आग्रह गर्नुभएको छ,’ पोखरेलको भनाइ उद्धृत गर्दै गौतमले भ...
ट्रम्पले फेरे रक्षा मन्त्रालयको नाम, राखे ‘युद्ध मन्त्रालय’
राजनीति, विश्व, समाचार

ट्रम्पले फेरे रक्षा मन्त्रालयको नाम, राखे ‘युद्ध मन्त्रालय’

नेपालअखबार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षा मन्त्रालयको नाम फेर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। शुक्रबार ह्वाइट हाउसको ओभल अफिसमा पत्रकार सम्मेलन गरेर राष्ट्रपति ट्रम्पले रक्षा मन्त्रालयको नाम परिवर्तन गरी ‘युद्ध मन्त्रालय’ राख्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन्। कार्यकारी आदेशमा हस्ताक्षरसँगै रक्षा मन्त्रालयको दोस्रो नाम युद्ध मन्त्रालय रहने र रक्षामन्त्री पिट हेगसेथ अब युद्धमन्त्री रहने भएका छन्। कार्यकारी आदेश तत्काल कार्यान्वयन गरिने ह्वाइट हाउसले जनाएको छ। सोअनुसार रक्षामन्त्री, रक्षा मन्त्रालय र मातहतका अधिकारीलाई आधिकारिक पत्राचार, सार्वजनिक सञ्चार, औपचारिक सन्दर्भ र कार्यकारी शाखा भित्र गैर-वैधानिक कागजातहरूमा ‘युद्ध मन्त्री’, ‘युद्ध मन्त्रालय’, र ‘युद्ध उपमन्त्री’ जस्ता ओहोदा प्रयोग गर्न अधिकार दिन्छ। पेन्टागनका अधिकारीहरूले रक्षामन्त्री  हेगस...