Wednesday, August 12

राजनीति

गाजामाथि तीव्र भयो इजरायली आक्रमण, सहरको दोस्रो अग्लो भवन ध्वस्त
राजनीति, विश्व, समाचार

गाजामाथि तीव्र भयो इजरायली आक्रमण, सहरको दोस्रो अग्लो भवन ध्वस्त

नेपालअखबार,रफाह । इजरायली सेनाले गाजा सहरमा एउटा अग्लो भवन ध्वस्त पारेको छ । सुसी टावर नाम गरेको त्यो भवनलाई लक्षित गरिएको यो लगातार दोस्रो दिन हो । रक्षामन्त्री इजरायल काट्जले माइक्रो ब्लगिङ वेबसाइट एक्समा भवन भत्किएको भिडियो शेयर गरेका छन् । सो भवनलाई हमासले प्रयोग गरिरहेको इजरायल रक्षा बल (आईडीएफ)को भनाइ थियो । तर हमासले भने यो दाबीलाई अस्वीकार गरेको छ । आक्रमणमा कोही हताहत भएका छन् कि छैनन् भन्ने कुरा स्पष्ट भएको छैन । शनिबारको आक्रमण अघि इजरायलले प्यालेस्टिनीहरूलाई दक्षिणको एउटा क्षेत्रमा सर्न अपील गर्ने पर्चाहरू खसालेको थियो । गाजाको दक्षिण क्षेत्रलाई इजरायलले मानवीय क्षेत्र भन्छ । सुसी टावर पछिल्ला केही दिनहरूमा ध्वस्त भएको दोस्रो सबैभन्दा अग्लो भवन हो । शुक्रबार सामाजिक सञ्जालमा एउटा भिडियो शेयर गरिएको थियो, जसमा सहरको अल–रिमल क्षेत्रमा रहेको मुशताहा टावर ठुलो विस्फोट पछि ...
प्यालेस्टाइन एक्सन समूहमाथि प्रतिबन्धको विरोधमा लन्डनमा प्रदर्शन, ४२५ भन्दा बढी पक्राउ
राजनीति, विश्व, समाचार, समाज

प्यालेस्टाइन एक्सन समूहमाथि प्रतिबन्धको विरोधमा लन्डनमा प्रदर्शन, ४२५ भन्दा बढी पक्राउ

नेपालअखबार,लन्डन । बेलायतमा प्यालेस्टाइन एक्सन नाम गरेको समूहमाथि प्रतिबन्ध लगाइएपछि सोको विरोधमा भएको प्रदर्शनमा ४२५ भन्दा बढी व्यक्ति पक्राउ परेका छन् । प्रतिबन्धको विरोधमा सयौं मानिसहरू मध्य लन्डनमा रहेको पार्लियामेन्ट स्क्वायरमा भेला भएका थिए । धेरैजसो प्रदर्शनकारीहरूले हातमा प्लेकार्ड बोकेका थिए जसमा ‘म नरसंहारको विरोध गर्छु, म प्यालेस्टाइन एक्सनलाई समर्थन गर्छु ।’ भनेर लेखिएको थियो । महानगरीय प्रहरीले बताएअनुसार पक्राउ परेका अधिकांश व्यक्तिहरू प्रतिबन्धित सङ्गठनका समर्थक हुन् । २५ भन्दा बढी व्यक्तिहरूलाई प्रहरी अधिकारीहरूमाथि आक्रमण गरेको र सार्वजनिक व्यवस्था खलल पारेको अपराधमा पक्राउ गरिएको बताइएको छ । सरकारले आतंकवाद ऐन अन्तर्गत जुलाईमा प्यालेस्टाइन एक्सनमाथि प्रतिबन्ध लगाएको थियो । यस कानुन अन्तर्गत, सङ्गठनको सदस्यता लिनु वा संगठनलाई समर्थन गर्नु अपराध हो । यो अपराध गरे...
कांग्रेसले बोलायो केन्द्रीय कार्य सम्पादन समिति बैठक
राजनीति, समाचार

कांग्रेसले बोलायो केन्द्रीय कार्य सम्पादन समिति बैठक

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले आफ्नै निवास बूढानीलकण्ठमा बैठक बोलाएका हुन् । बैठक आइतबार बिहान ९ बजे बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशन दिइएकै छ ।...
६१ स्थानीय तहले अझै ल्याउन सकेनन् चालु आर्थिक वर्षको बजेट
अर्थ, राजनीति, समाचार

६१ स्थानीय तहले अझै ल्याउन सकेनन् चालु आर्थिक वर्षको बजेट

नेपालअखबार,काठमाडौँ । हालसम्म ६१ स्थानीय तहले चालु आर्थिक वर्षका बजेट सार्वजनिक गर्न सकेका छन् । नियमानुसार, गत असार १० गते स्थानीय तहको बजेट सार्वजनकि गर्नुपर्ने व्यवस्था छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार कूल ७५३ स्थानीय तहमध्ये ६९२ स्थानीय तहले हालसम्म बजेट सार्वजनिक गरी कार्यान्वयन गरेका छन् । बजेट पेश नभएका स्थानीय तहको सङ्ख्या ६१ वटा छन् । सो मन्त्रालयका अनुसार कोशी प्रदेशका पाँच, मधेस प्रदेशका ४०, वाग्मती प्रदेशका पाँच स्थानीय तहले हालसम्म बजेट प्रस्तुत गरेका छैनन । राजनीतिक विवाद र स्थानीय समस्याका कारण ती स्थानीय तहले बजेट प्रस्तुत गर्न नसकेको पाइएको छ । गण्डकी प्रदेशका सबै स्थानीय तहले बजेट ल्याउँदा, लुम्बिनी प्रदेशका सात, कर्णाली प्रदेशका तीन र सुदूरपश्चिम प्रदेशको एक स्थानीय तहले बजेट ल्याएका छैनन् । भोजपुरको साल्पासिलिछो गाउँपालिका, इटहरी उपम...
एमाले अध्यक्ष ओलीको प्रतिवेदन : जनमतबाट मात्रै शासन सञ्चालन गर्ने, अनिर्वाचित सत्ता नहुने
राजनीति, समाचार

एमाले अध्यक्ष ओलीको प्रतिवेदन : जनमतबाट मात्रै शासन सञ्चालन गर्ने, अनिर्वाचित सत्ता नहुने

नेपालअखबार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले नेपाली विशेषताको समाजवादको अवधारणा अघि सारकेा छन् । उनले समाजको विशेषताका आधारमा बहुलता र विविधतालाई समाजवादी राज्य प्रणालीमा जोड्ने बताएका छन् । शुक्रबारदेखि ललितपुरको गोदावरीमा सुरु भएको दोस्रो विधान महाधिवेशनमा अध्यक्ष ओलीका तर्फबाट उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक प्रतिवेदन वाचन गर्दै समाजको विशेषताका रूपमा रहेको बहुलता र विविधतालाई समाजवादी राज्यप्रणालीमा सामञ्जस्य गर्दै अगाडि बढाइने उल्लेख गरेका छन् । उनले भने, 'एकरुपतामा एकता होइन, विविधतामा एकतालाई प्रवर्द्धन गरिने छ ।' प्रतिवेदनमा नेपाली विशेषताको समाजवादको अनिवार्य कार्यभारमा राष्ट्रिय हित, राष्ट्रिय स्वाभिमान, पहिचान र स्वाधीनताको रक्षा तथा विकास भनेर व्याख्या गरिएको छ । नेपाली विशेषताको समाजवादको एक मुख्य आधा...
समयमै गुणस्तरीय काम गर्नुस्, शान्ति सुरक्षाको व्यवस्था सरकारले गर्छ : गृहमन्त्री लेखक
राजनीति, समाचार

समयमै गुणस्तरीय काम गर्नुस्, शान्ति सुरक्षाको व्यवस्था सरकारले गर्छ : गृहमन्त्री लेखक

नेपालअखबार,कञ्चनपुर । गृहमन्त्री रमेश लेखकले निर्माण व्यवसायीहरूले पूर्वाधार निर्माण गुणस्तरीयका साथै समयमै काम सम्पन्न गर्नुपर्ने बताएका छन् । यहाँ आज आयोजित निर्माण व्यवसायी सङ्घको २८ औँ साधारणसभा एवं १५ औँ अधिवेशनलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले समयमै विकास निर्माणका काम सम्पन्न नहुँदा आयोजनाको लागत बढेको बताए ।‘निर्माण व्यवसायीहरूले समयमा गुणस्तरीय काम सम्पन्न गर्नुपर्छ, शान्ति सुरक्षाको व्यवस्था सरकारले गर्छ,’ उनले भने, ‘निर्माण व्यवसायको क्षेत्रमा देखिएका समस्या समाधानमा सरकार लाग्छ ।’  उनले कुनै पनि सार्वजनिक काममा अशान्ति हुन नहुने उल्लेख गर्दै देशभरिका विकास निर्माणका काममा चन्दा असुली गर्ने, धम्क्याउने जस्ता गतिविधि सरकारले सहन गर्न नसक्ने बताए । पछिल्लो समय निर्माण व्यवसायको क्षेत्रमा गुणस्तरीय काम हुन नसक्नु र समयमै काम हुन नसक्ने समस्या देखिएकाले यसको समाधानमा लाग्नुपर्न...
जलवायु संकट श्रमजीवी वर्गको साझा मुद्दा हो : अध्यक्ष दाहाल
राजनीति, समाचार

जलवायु संकट श्रमजीवी वर्गको साझा मुद्दा हो : अध्यक्ष दाहाल

नेपालअखबार,काठमाडौँ  ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जलवायु परिवर्तनका असरबारे गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनले उक्त संकटको समाधान श्रमजीवी जनताको एकतामार्फत मात्रै सम्भव हुने बताए । माओवादी केन्द्र वन, वातावरण तथा जलवायु विभागले आयोजना गरेको ‘वन, वातावरण तथा जलवायु र व्यवस्थापन अवधारणापत्रमाथिको अन्तक्रिया’ कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले जलवायु परिवर्तनको असरलाई पुँजीवादी विकास मोडलको असफलताको परिणामका रूपमा चित्रित गरे । उनले भने, 'आजको विश्वमा जलवायु परिवर्तनका कारण मानव जातिको अस्तित्व नै संकटमा छ । यसको समाधान यदि सही ढंगले गर्न सकिएन भने यो संकट झन् गहिरो हुँदै जानेछ ।' अध्यक्ष दाहालले आफू सरकारको नेतृत्वमा रहँदा विभिन्न अन्तर्राष्ट्रिय फोरमहरूमा जलवायु न्यायको पक्षमा आवाज उठाएको उल्लेख गर्दै भने, 'हामीले सबै गरिब राष्ट्रहरूको प्रतिनिधिका ह...
बसाइँसराइका कारण सामुदायिक विद्यालयमा विद्यार्थीको अभाव दखियाे : उपप्रधानमन्त्री सिंह
राजनीति, समाचार

बसाइँसराइका कारण सामुदायिक विद्यालयमा विद्यार्थीको अभाव दखियाे : उपप्रधानमन्त्री सिंह

नेपालअखबार,काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सामुदायिक विद्यालयमा विद्यार्थीको अभाव हुँदै गएकोप्रति चिन्ता व्यक्त गरेका छन् ।डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ४५ औँ वार्षिकोत्सव समारोहलाई शुक्रबार सम्बोधन गर्दै उनले चिन्ता व्यक्त गरेका हुन् । उनले अहिले सामुदायिक विद्यालयमा बसाइसराइ लगायतका विभिन्न कारणले विद्यार्थीको अभाव हुँदै गइरहेको बताए । उनले अब विद्यालयको भौतिक पूर्वाधार सुधार गर्दै उचित सदुपयोग गर्न जरुरी रहेको समेत बताए । राजनीतिमा आएको परिवर्तनका कारणले नै अहिले नेपालमै विद्यार्थीले आफूले चाहेका विषयहरू रोजेर पढ्न सक्ने बताए । अध्ययनका लागि विदेश जानेहरूलाई रोक्न नसकिने पनि स्पष्ट पारे । उनले भने, ‘अहिलेको समयमा सामुदायिक विद्यालयमा कस्तो भइरहेको छ भने बसाइँसराइ लगायतका कारणले पहिला विद्यार्थीको चाप भएको सामुदायिक स्कुलहरू अहिले विद्यार्थीक...
रक्षा मन्त्रालयको नाम फेरेर ‘युद्ध मन्त्रालय’ राख्ने ट्रम्पको तयारी
राजनीति, विश्व, समाचार

रक्षा मन्त्रालयको नाम फेरेर ‘युद्ध मन्त्रालय’ राख्ने ट्रम्पको तयारी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षा मन्त्रालयको नाम परिवर्तन गरी युद्ध मन्त्रालय (डिपार्टमेन्ट अफ वार) राख्ने तयारी गरेका छन्। पेन्टानगनको नाम फेर्ने कार्यकारी आदेशमा शुक्रबार नै राष्ट्रपति ट्रम्पले हस्ताक्षर गर्ने तयारी रहेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। ट्रम्पले यसलाई अमेरिकी सेनालाई कडा र आक्राम छवि प्रदान गर्ने नवीनतम प्रयास भनेका छन्। अन्तर्राष्ट्रिय समाचार संस्था एशोशियटेड प्रेसले ह्वाइट हाउसका एक अधिकारीले ट्रम्पले पेन्टागनको दोस्रो नाम युद्ध मन्त्रालय रहने गरी कार्यकारी आदेशमा हस्ताक्षर गर्नेछन्। यो नापलाई औपचारिक रूपमै परिवर्तन गर्न भने संसदबाट अनुमोदन हुनुपर्छ। ट्रम्पले संसदमा उक्त प्रस्ताव पेस गर्ने तयारी गरेको पनि एपीले ह्वाइट हाउसका ती अधिकारीलाई उद्धृत गरेर लेखेको छ। ‘युद्ध मन्त्रालय’ सन् १७८९ मा स्थापना भएको थियो। त्यो वर्ष अमेरि...
हेरचाह कार्य पेशा मात्र नभएर मानवीयता पनि होः परराष्ट्रमन्त्री
राजनीति, समाचार

हेरचाह कार्य पेशा मात्र नभएर मानवीयता पनि होः परराष्ट्रमन्त्री

नेपालअखबार,काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले हेरचाह कार्य (केयर वर्क) घर, समुदाय तथा राष्ट्रकै एक पेशा मात्र नभएर मानवीय सेवा पनि हो भन्नुभएको छ । एसिया प्यासिफिक केयर लर्निङ् सम्बन्धी काठमाडौँमा सुरु भएको अन्तर्राष्ट्रिय सेमिनारलाई बिहीबार सम्बोधन गर्दै उहाँले भन्नुभयो “बाल्यकालदेखि वृद्धावस्थासम्मका हेरचाहसम्बन्धी समग्र कार्यहरुहरुलाई केवल पेशा या जागिरका रुपमा मात्र हेरिनु हुँदैन, यो त एउटा मानवीय सेवा पनि हो ।” हेरचाहसम्बन्धी कार्यको यो अपरिहार्य भूमिकाका बाबजुद पनि घर, समुदाय तथा राष्ट्रियस्तरमा यसको मूल्याङ्कन कमै मात्र गरिएको र अर्थतन्त्रमा यसको योगदानका बारेमा खोजी नगरिएको उहाँले बताउनुभयो । मन्त्री डा राणाले नेपालमाा यस क्षेत्रको योगदान लगभग कृषिकै बराबरीको रहेको र प्रायः महिलाले नै यसको असमान भार बोकिरहेको बताउँदै यसले अर्थतन्त्र, राजनीति र सार्वजनिक जीवनमा हुने...