Wednesday, August 12

राजनीति

प्रतिनिधि सभा सदस्य उपनिर्वाचन, २०८२ का लागिनिर्वाचन आयोगमा २६ राजनीतिक  दल दर्ता
राजनीति, समाचार

प्रतिनिधि सभा सदस्य उपनिर्वाचन, २०८२ का लागिनिर्वाचन आयोगमा २६ राजनीतिक दल दर्ता

नेपालअखबार,काठमाडौं । आगामी १७  कात्तिकमा रुपन्देहीको क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगमा २६ राजनीतिक दल दर्ता भएका छन् । २७ राजनीतिक दलले निवेदन दिएकोमा २६ राजनीतिक दलको नाम उपनिर्वाचनका लागि योग्य भएको निर्वाचन आयोगले जानकारी दिएकाे छ । हेर्नुहोस् आयोगमा दर्ता भएका दलहरूको नामावली :...
‘पुराना पार्टीहरूले केही गर्न सक्दैनन् भन्ने अतिरञ्जित भाष्य निर्माण गरियो’ :सभापति देउवा
राजनीति, समाचार

‘पुराना पार्टीहरूले केही गर्न सक्दैनन् भन्ने अतिरञ्जित भाष्य निर्माण गरियो’ :सभापति देउवा

नेपालअखबार, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुराना राजनीतिक दलहरूले केही गर्न सक्दैनन् भन्ने अतिरञ्जित र नकारात्मक भाष्यहरू निर्माण गरी समाजलाई दिग्भ्रमित पार्ने काम भइरहेको बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले यस्ता भाष्य र चुनौतीहरू चिर्दै अझ बढी सशक्त र क्रियाशील हुन आवश्यक रहेको बताएका हुन् । सभापति देउवाले भने, ‘पुराना पार्टीहरूले केही गर्न सक्दैनन् भन्ने अतिरञ्जित र नकारात्मक भाष्यहरू निर्माण गरी समाजलाई दिग्भ्रमित गर्ने कोसिस भइरहेको छ । तर यस्ता भाष्य र चुनौतीहरू चिर्दै अझ बढी सशक्त र क्रियाशील हुन आवश्यक छ । नेपाली काँग्रेसका सबै भ्रातृ संस्था र सङ्गठनहरूलाई क्रियाशील र गतिशील बनाउँदै पार्टीभित्र वृहत् एकता कायम गरी आगामी निर्वाचनमा बहुमत ल्याइ नेपाली काँग्रेसको स्थिर सरकार निर्माण गर्न तपाईँ ह...
हिन्दु कुश हिमालय संसदीय बैठक आजबाट सुरु जैविक विविधता तीव्र रूपमा घट्दै गएको र लाखौँ मानिसको जीवनस्तरमा असर पारिरहेकोमा उपाध्यक्ष अधिकारीद्वारा चिन्ता व्यक्त
राजनीति, समाचार

हिन्दु कुश हिमालय संसदीय बैठक आजबाट सुरु जैविक विविधता तीव्र रूपमा घट्दै गएको र लाखौँ मानिसको जीवनस्तरमा असर पारिरहेकोमा उपाध्यक्ष अधिकारीद्वारा चिन्ता व्यक्त

नेपालअखबार,काठमाडौँ । हिन्दु कुश हिमालय क्षेत्रमा साझा धारणा बनाउन र सहकार्यलाई बलियो बनाउन ‘हिन्दु कुश हिमालय संसदीय बैठक आजबाट काठमाडौँमा सुरु भएको छ। बैठकमा बोल्नु हुँदै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा शिवराज अधिकारीले जैविक विविधता तीव्र रूपमा घट्दै गएको भन्नु हुँदै यसले वातावरण, विनाश मात्र नभई लाखौँ मानिसको जीवनस्तरमा असर पारिरहेको प्रति चिन्ता व्यक्त गर्नु भयो । उहाँले यो चुनौतीलाई बुझ्न गहिरो अनुसन्धान र प्रमाण आवश्यक रहेको भन्नु हुँदै सांसदहरूको भूमिका विशेष भए पनि कार्यपालिका, न्यायपालिका र सरकारका सबै निकायहरूले विकास, जैविक विविधता र जलवायु परिवर्तनबारे स्पष्ट दृष्टिकोण बनाउनुपर्ने आवश्यकता रहेको औँल्याउनु भयो । “हामीले राष्ट्रिय आर्थिक र सामाजिक योजनामा जैविक विविधतालाई एकीकृत गर्नुपर्छ हाम्रा कानुनहरूले समावेशी विकासलाई समर्थन गर्दै प्रकृतिको रक्षा गर्नुपर्छ कानुन...
परराष्ट्रमन्त्रीले भनिन्- विपिनको रिहाइका लागि अधिकतम कूटनीतिक पहल भइरहेको छ
राजनीति, समाचार

परराष्ट्रमन्त्रीले भनिन्- विपिनको रिहाइका लागि अधिकतम कूटनीतिक पहल भइरहेको छ

नेपालअखबार,काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि परराष्ट्र मन्त्रालयले अधिकतम रूपमा कूटनीतिक पहल जारी राखेको बताएकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले यस्तो जानकारी गराएकी हुन् । ‘परराष्ट्रमन्त्रीमा नियुक्त भएपछि यो मुद्दालाई प्राथमिकतामा राखेर काम सुरु गरेकी हुँ । यो एक वर्ष म उपस्थित भएका राष्ट्रसंघीय महासभादेखि अन्तर्राष्ट्रिय मञ्च, विभिन्न द्विपक्षीय तथा बहुपक्षीय बैठक तथा भेटवार्ताहरूमा सबैसँग विपिनको रिहाइका लागि विशेष आग्रह गरिरहेकी छु,’ उनले  लेखेकी छन् । हमास समूहको नियन्त्रणमा रहेका विपिनको शीघ्र रिहाइको लागि परराष्ट्र मन्त्रालयले कुनै कसर बाँकी नराखी काम गरिरहेको उनको भनाइ छ । विपिनको रिहाइ गर्नु सरकारको दायित्व भएको भन्दै उनले हाल परराष्ट्र मन्त्रालयको परामर्श र इजरायल सरकारको सहयोगमा विपिनकी आ...
संघीय निजामती सेवा विधेयकमा तल्लो तहका कर्मचारी उपेक्षित: सांसद रिजाल
राजनीति, समाचार

संघीय निजामती सेवा विधेयकमा तल्लो तहका कर्मचारी उपेक्षित: सांसद रिजाल

नेपालअखबार, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सांसद घनश्याम रिजालले संघीय निजामती सेवा विधेयकमा तल्लो तहका कर्मचारीलाई उपेक्षा गरिएको बताएका छन् । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा बोल्दै सांसद रिजालले संविधान जारी भए लगत्तै आउनुपर्ने विधेयक ढिलो गरी आएको भएपनि केही सकारात्मक सन्देशहरु दिएको बताए । उनले विधेयकमा मस्यौदा लेखनमा सहभागि हुने तहका कर्मचारीका मागहरू सम्बोधन गरेको तर तल्लो तहका कर्मचारीहरूलाई उपेक्षित गरेको आरोप लगाए । विधायिकी प्रक्रियामा निजामती कर्मचारीहरू संसद् र सरकारभन्दा पनि प्रभावशाली हुन खोजेको भन्दै आपत्ति समेत जनाए । उनले कर्मचारीको कुलिङ अफ पिरियडको विषयमा समितिमा गम्भीर छलफल गर्न आवश्यक रहेको धारणा समेत राखे ।...
शिक्षा समिति सभापतिलाई विद्यार्थीको ज्ञापन : खुला प्रतिस्पर्धाबाट शिक्षक पदपूर्ति हुनुपर्छ
राजनीति, शिक्षा, समाचार

शिक्षा समिति सभापतिलाई विद्यार्थीको ज्ञापन : खुला प्रतिस्पर्धाबाट शिक्षक पदपूर्ति हुनुपर्छ

नेपालअखबार,काठमाडौं । विद्यालय शिक्षा विधेयकमा खुला प्रतिस्पर्धाबाट शिक्षक पदपूर्ति हुनुपर्ने व्यवस्था समेट्नुपर्ने माग राखेर १६ विद्यार्थी संगठनहरूले प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापतिलाई ज्ञापनपत्र बुझाएका छन् । १६ विद्यार्थी संगठनहरूले सोमबार संयुक्त रूपमा समितिका सभापति अम्मरबहादुर थापालाई भेटेर ज्ञापनपत्र बुझाएका हुन् । ‘शिक्षा ऐन २०२८ ले निर्माण गरेका विभिन्न प्रकारका शिक्षक र कर्मचारीहरूको उपयुक्त व्यवस्थापनको दायित्व राज्यले लिनुपर्ने र शिक्षकको योग्यता गुणस्तरीय विद्यालय शिक्षाको मानक भएकाले विद्यालय शिक्षक नियुक्ति प्रक्रिया संविधानले अंगीकार गरेको समावेशी मूल्य मान्यतासहितको योग्यता प्रणालीमा आधारित शतप्रतिशत खुला प्रतिस्पर्धामार्फत मात्र हुने व्यवस्था विद्यालय शिक्षा ऐनमा सुनिश्चित गर्ने संयुक्त विद्यार्थी संगठन सरकार र सम्बन्धित नि...
जलवायु परिवर्तनले ल्याएको सङ्कटापन्न अवस्थालाई मिलेर पार लगाऔँ : राष्ट्रपति पाैडेल
राजनीति, समाचार

जलवायु परिवर्तनले ल्याएको सङ्कटापन्न अवस्थालाई मिलेर पार लगाऔँ : राष्ट्रपति पाैडेल

नेपालअखबार,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु  परिवर्तनले ल्याएको सङ्कटापन्न अवस्थालाई सबै मिलेर पार लगाउनुपर्ने बताएका छन् ।उनले हाम्रो यस क्षेत्रका हिमालबाट बग्ने नदीको पानी, वनबाट प्राप्त हुने अक्सिजन वा कृषि योग्य भूमिको उर्वरताले यहाँका दुई अर्ब भन्दा बढी मानिसका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जीवनयापनमा योगदान पुर्‍याइरहे पनि हाम्रो यो जीवनयापनको आधार आज सङ्कटमा परेको पनि बताए । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिद्वारा  सोमबार काठमाडौँमा आयोजित हिन्दुकुश–हिमालय पार्लियामेन्टेरियन्स मिट २०२५ कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन् । ‘हाम्रा यस क्षेत्रको हिमालबाट बग्ने नदीको पानी, वनबाट प्राप्त हुने अक्सिजन, वा कृषि योग्य भूमिको उर्वरताले यहाँका दुई अर्बभन्दा बढी मानिसका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जीवनयापनमा योगदान पुर्...
आजदेखि हिन्दूकुश हिमालय संसदीय बैठक
राजनीति, समाचार

आजदेखि हिन्दूकुश हिमालय संसदीय बैठक

नेपालअखबार, काठमाडौं । ‘हिन्दूकुश हिमालय क्षेत्र’मा पर्ने मुलुकका संसद्बीच साझा धारणा, संवाद र समन्वयका लागि हुन लागेको ‘हिन्दूकुश हिमालय संसदीय बैठक’ आजदेखि यहाँ सुरु हुँदैछ । हिन्दूकुश क्षेत्रका मुुलुकका संसद्बीच नीति तथा कानुन निर्माण र दिगो विकासमा ज्ञान, सीप तथा नविन धारणालाई आदानप्रदान गर्ने उद्देश्यले आयोजित सो बैठकको संयोजक सङ्घीय संसद्, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले गरेको हो । अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को प्राविधिक सहयोगमा हुने बैठकमा हिन्दूकुश हिमालय क्षेत्रका देशहरू नेपाल, भारत, चीन, बङ्गलादेश, भुटान, म्यानमार र पाकिस्तानका संसदीय प्रतिनिधिको सहभागिता हुनेछ । साथै बैठकमा हिन्दूकुश हिमालय क्षेत्रमा रहेका देशका जनप्रतिनिधि, संसदीय समितिका प्रमुख तथा प्रतिनिधि तथा जलवायु परिवर्तन, वायुप्रदूषण र वातावरणका विषयसँग सम्बन्धित विज्ञको सहभागित...
गाजा युद्ध अन्त्य गर्न माग गर्दै इजरायलमा विशाल प्रदर्शन, प्रधानमन्त्री नेतन्याहु रुष्ट
राजनीति, विश्व, समाचार

गाजा युद्ध अन्त्य गर्न माग गर्दै इजरायलमा विशाल प्रदर्शन, प्रधानमन्त्री नेतन्याहु रुष्ट

नेपालअखबार,तेल अभिभ । गाजा युद्ध अन्त्य गर्न र हमासले बन्धक बनाएकाहरूको रिहाइका लागि इजरायलमा हजारौँ मानिसहरूले प्रदर्शन गरेका छन्।आइतबार तेल अभिभको ‘होस्टेजेस स्क्वायर’ मा सबैभन्दा ठुलो भीड देखिएको थियो। प्रदर्शनका आयोजकहरूका अनुसार सरकारले गाजा सहरमाथि नियन्त्रण गर्ने योजना बनाएकाले हमासको कब्जामा रहेका करिब २० जना बन्धकहरूको जीवन जोखिममा परेको छ।बृहत् प्रदर्शनको एक भागको रूपमा एक दिने राष्ट्रिय हडताल पनि गरिएको थियो, जसका कारण केही क्षेत्रमा सडक, कार्यालय र विश्वविद्यालयहरू बन्द रहे। दिनभरको प्रदर्शनका क्रममा करिब ४० जनालाई पक्राउ गरिएको थियो। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले प्रदर्शनको आलोचना गर्दै यसले ‘हमासको अडानलाई अझ कठोर बनाउने’ र बन्धकहरूको रिहाइलाई ढिलो मात्र गर्ने बताएका छन्। यसैगरी, इजरायलका दक्षिणपन्थी मन्त्री बेजालेल स्मोट्रिचले पनि प्रदर्शनको निन्दा गर्दै यस...
कमरेड यी प्रवृत्तिले नेपालमा बृहत् बाम एकता सम्भव छ र  ?
राजनीति, विचार, साहित्य \कला

कमरेड यी प्रवृत्तिले नेपालमा बृहत् बाम एकता सम्भव छ र  ?

नेपालअखबार, काठमाडौं । कमरेड यी प्रवृत्तिले नेपालमा बृहत् बाम एकता सम्भव छ र  ? सर्वप्रथम बृहत बामपंथी एकता लागि पहिले आफू भित्रको एकता बलियो बनाउनुस । मन भित्रको पश्चाताप हटाउनुस अनिमात्र बृहत् बाम एकताका कुरा उठाउनुस् । बामपंथी एकताका कुरा सतहमा देखाउने तर व्यवहारमा पार्टीको इज्जत घटाउने प्रविधि स्वीकारे हुँदैन ? बाम एकताको मुद्दा उठाएर आफनो स्वार्थ वा राजनीति साध्ने तर संगठनलाई असहज बनाउने प्रवृत्तिको अन्त्य हुन आवश्यक छ । बाहिर बाम एकताको प्रचार गर्ने गराउने पार्टी कमिटी भित्र मनोबल कमजोर पार्ने र कुनै निर्णय कार्यन्वयन हुन नदिने सोच र प्रवृत्ति भएका कमरेडहरुको दोहोरोचरित्रका कारण नै आज पार्टीलाई कमजोर बनाउने गतिविधि स्पष्ट देखा परेको छ । भाषणमा मात्र बृहत् बाम एकताको कुरा गरेर पक्कै गन्तव्यमा पुगिदैन कमरेड । सबै भन्दा पहिला आफ्नो धराताल आफ्नो पार्टीलाई बलियो बनाएर अघि बढ्नु पर्ने ...