Thursday, August 13

राजनीति

एकीकृत समाजवादीको बैठक २० दिनलाई सारियो
राजनीति, समाचार

एकीकृत समाजवादीको बैठक २० दिनलाई सारियो

नेपालअखबार, काठमाडौं । भदौ पहिलो साताका लागि तय भएको एकीकृत समाजवादीको केन्द्रीय कार्य समिति बैठक २० दिनपछि सारिएको छ । महासचिव घनश्याम भूसालले शनिबार दिउँसो एक सूचना जारी ४ भदौमा स्थायी कमिटी, ५ भदौमा पोलिटब्यूरो र ७–८ भदौमा केन्द्रीय कमिटी बैठक बस्ने जानकारी दिएका थिए । तर राति अर्को सूचना जारी गरिएको छ । जारी सूचना अनुसार २७–२८ भदौमा केन्द्रीय कार्य समिति बैठक बस्नेछ । त्यसअघि २५ गते स्थायी कमिटी र २६ भदौ पोलिट्ब्यूरो बैठक बस्ने प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले बताए । ‘चाडबाडलाई ध्यान दिएर बैठक सारिएको हो’, उपाध्यक्ष ज्वालाले भने ।...
जनताले चाहे अहिलेको सत्ता एकैछिनमा ढल्छ : महन्थ ठाकुर
राजनीति, समाचार

जनताले चाहे अहिलेको सत्ता एकैछिनमा ढल्छ : महन्थ ठाकुर

नेपालअखबार, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) महन्थ ठाकुरले जनताले चाहेको खण्डमा अहिलेको शासन सत्ता एकैछिनमा ढल्ने बताएका छन् । संघीय लोकतान्त्रिक मोर्चाले कैलालीमा आयोजना गरेको वर्तमान राजनीतिक अवस्थाबारे ‘जनजागरण अभियान’ कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । अधिकार र पहिचानका लागि थारु र मधेशका सयौं सपुतले बलिदानी दिए पनि अधिकारी पाउन नसकेको उनको गुनासो थियो । ‘अधिकार र पहिचानको निम्ति थारु र मधेशीका सयौं सपुतहरुले बलिदानी दिए तर हामीले अधिकार पाएनौं,’ उनले भने । वर्षौंदेखि जरा गाडेर बसेको राजतन्त्र पनि ढलेको बताउँदै जनताले चाहे अहिलेको शासन सत्ता पनि ढल्ने उनको भनाइ छ । ‘जनताले अस्वीकार गरेर राजतन्त्र ढल्न सक्छ भने अहिलेको शासन सत्ता पनि जनताले चाह्यो भने एकछिनमा ढालिदिन सक्छ,’ ठाकुरले भनेका छन् । देशमा संघीयता आए पनि अधिकार भने नपाएको उनको गुनास...
फाइभजी चालु आर्थिक वर्षमै काठमाडौं र पोखरा शहरमा पुर्‍याउने : सञ्चारमन्त्री गुरुङ
राजनीति, समाचार

फाइभजी चालु आर्थिक वर्षमै काठमाडौं र पोखरा शहरमा पुर्‍याउने : सञ्चारमन्त्री गुरुङ

नेपालअखबार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सबै नागरिकले इन्टरनेट प्राप्त गर्नेकुरा मानव अधिकारको विषय भएको बताएका छन् । विश्व आदिवासी जनजाति दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । इन्टरनेटको पहुँच सबैले प्राप्त गर्नसक्ने बनाउनुपर्ने बताउँदै उनले इन्टरनेट पहुँचको विषय मानव अधिकार र मौलिक अधिकारको रुपमा  संयुक्त राष्ट्रसंघले सन् २०१६ मा पास गरिसकेको बताए । अब इन्टरनेट एक्सेस मानव अधिकारको कुरा भइसक्यो । सन् २०१६ मा संयुक्त राष्ट्रसंघले त्यो पास गरेको छ । हाम्रो संविधान त सन् २०१५ मै बन्यो, नेपालको संविधानले त्यो लिँदैन,’ उनले भने, ‘तर अब इन्टरनेटको पहुँच हाम्रो मानव अधिकार, मौलिक अधिकारको कुरा हो । खानेपानी, बासको अधिकार, गाँसको अधिकार भनेको जस्तै । त्यसकारण नेपाल सरकारले टेलिकमको पहुँचबाट नेपालको एउटा पनि घर ...
ट्रम्प र पुटिनले अलास्कामा भेट्ने, मुख्य एजेन्डा रुस-युक्रेन युद्ध
राजनीति, विश्व, समाचार

ट्रम्प र पुटिनले अलास्कामा भेट्ने, मुख्य एजेन्डा रुस-युक्रेन युद्ध

नेपालअखबार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता हुने मिति तय भएको छ । उनीहरुबीच आलास्कामा यही अगष्ट १५ तारिखमा भेटवार्ता हुने भएको हो । त्यसको तयारी करिब पूरा भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । दुवै नेताले यो भेटलाई रूस–युक्रेन युद्धको शान्ति प्रक्रियाको महत्वपूर्ण अवसरका रूपमा प्रस्तुत गरेका छन् । ट्रम्पले शान्ति सम्झौतामा केही क्षेत्र साटफेर हुन सक्ने संकेत गरेका छन्, जसलाई लिएर अन्तर्राष्ट्रिय समुदाय विभाजित छ । क्रेमलिनका वरिष्ठ सल्लाहकार यूरी उशाकोभले पनि अलास्का भ्रमणलाई ‘तर्कसंगत’ भन्दै बैठकको पुष्टि गरेका छन् । २०१९ मा ओसाका भेटपछि दुवै नेताबीचको पहिलो प्रत्यक्ष वार्ता हुन लागेको हो । सन् १९८८ पछि अमेरिकामा हुने पहिलो द्विपक्षीय शिखर सम्मेलन समेत हो । अलास्काका राज्यपाल माइक डुनलीवीले राज्यलाई...
एकीकृत समाजवादीद्वारा केन्द्रीय कमिटी बैठक आह्वान
राजनीति, समाचार

एकीकृत समाजवादीद्वारा केन्द्रीय कमिटी बैठक आह्वान

नेपालअखबार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आगामी भदौ ८ गते काठमाडौँमा केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ ।पार्टीभित्रको वैचारिक विवाद, सङ्गठनको आन्तरिक द्वन्द्व समाधान गर्न केन्द्रीय कमिटी बैठक बोलाइएको हो । पार्टीको सुदृढीकरण, वडा तहबाट भएको कार्यको समीक्षा, समसामयिक राजनीतिक विषयवस्तु, वामपन्थी शक्तिबीच एकता, समान विचारधारा भएका पार्टीसँग गरिने सहकार्यलगायत विषयमा निर्णय गरिने  । संविधान संशोधनका विषयवस्तु, भ्रष्टाचार, जनजीविकासँग सम्बन्धित मुद्दामा पार्टीले सञ्चालन गरेका अभियानबारे समीक्षा गरिने बैठकमा पार्टीका नेताहरूलाई दिइएको भूगोल केन्द्रित जिम्मेवारी तथा कार्य प्रगतिको छलफल गरिने जनाइएको छ । केन्द्रीय महाधिवेशनले पारित गरेका कार्यभार तथा योजना कार्यान्वयन भए/नभएको मूल्याङ्कन गरिने  ।...
सामाजिक परिवर्तनको क्षेत्रमा सबैले हातेमालो गरौँ : सभापति देउवा
राजनीति, समाचार

सामाजिक परिवर्तनको क्षेत्रमा सबैले हातेमालो गरौँ : सभापति देउवा

नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सामाजिक परिवर्तनको लागि सबैले हातेमालो गर्दै अघि बढ्नुपर्ने बताएका छन् ।शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले  सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशी सिद्धान्तअनुरूप उपलब्धिहरू नयाँ संविधानमार्फत प्राप्त भएको बताए ।उनले संविधानको प्रस्तावनामा नै अनेक प्रकारका विभेद, उत्पीडनको अन्त्य गरी आर्थिक समानता, समृद्धि, सामाजिक न्याय राखेर अहिले त्यसको कार्यान्वयन भइरहेको बताए । आदिवासी जनजातिको आत्मसम्मानका लागि नेपाली कांग्रेस संवेदनशील रहेको पनि बताए । सभापति देउवाले भने, ‘सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशी सिद्धान्तअनुरूप उपलब्धिहरू नयाँ संविधानमार्फत प्राप्त भएका छन् । संविधानको प्रस्तावनामा नै अनेक प्रकारका विभेद, उत्पीडनको अन्त्य गरी आर्थिक स...
अध्यक्ष नेपालले भने विद्रोहको औचित्य छैन भने एमालेमा गएर अध्यक्ष ओलीको सेवा गर्न सल्लाह दिए
राजनीति, समाचार

अध्यक्ष नेपालले भने विद्रोहको औचित्य छैन भने एमालेमा गएर अध्यक्ष ओलीको सेवा गर्न सल्लाह दिए

नेपालअखबार,काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले विद्रोह गरेर नयाँ पार्टी बनाउने अनि अहिले विद्रोह गरेको औचित्य छैन भन्ने कुरा गर्न पार्टीको अनुशासन विपरीत रहेको तर्क गरे। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो सुझाव दिएका हुन्।  उनले विद्रोहको औचित्य छैन भने एमालेमा गएर अध्यक्ष ओलीको सेवा गर्न सल्लाह दिए। पार्टीको हित र पक्षमा मात्रै प्रचार प्रसार गर्न र सञ्चारमाध्यममा अभिव्यक्ति दिन उनको निर्देशन छ। संविधान मिच्ने, संसद विघटन गर्नुको कारण नै एमालेबाट विद्रोह गरेर नयाँ राजनीतिक दल बनाएको उनको स्पष्टोक्ति छ। अध्यक्ष नेपालले भने, ‘पार्टीको हित र पक्षमा प्रचार प्रसार गर्नुपर्छ। पार्टीको प्रतिष्ठा बढाउनका लागि, पार्टी हितको रक्षा गर्न, पार्टीको अनुशासन पालना गर्नुपर्छ। विरूद्धमा होइन। मिडियामा जाने पार्टीको विरोध गर्ने, मिडियामा ...
उत्तराखण्डमा नेपालीको खोजीका लागि कूटनीतिक पहल सुरु भएको छः परराष्ट्रमन्त्री डा. आरजु
राजनीति, समाचार

उत्तराखण्डमा नेपालीको खोजीका लागि कूटनीतिक पहल सुरु भएको छः परराष्ट्रमन्त्री डा. आरजु

नेपालअखबार, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले छिमेकी राष्ट्र भारतको उत्तराखण्डमा केही दिनअघि आएको बाढीमा परी हराएका भनिएका नेपाली नागरिकको खोजी एवं उद्धारका लागि कूटनीतिक पहल सुरु भइसकेको जानकारी दिएकी छन् । सो बाढीमा परेर केही नेपाली पनि बेपत्ता भएका समाचार आएलगत्तै उनीहरुको खोजी र उद्धारका लागि कूटनीतिक पहल सुरु भएको जानकारी उनले दिएकी हुन् । उनले सामाजिक सञ्जालमा सो बाढीमा परेर नेपाली नागरिकहरु पनि बेपत्ता भएका भन्ने खबरले आफू निकै दुःखी भएको बताउँदै उनीहरुको खोजी र उद्धारका लागि नेपाल सरकारले कूटनीतिक पहल थालेको उल्लेख गरिन् । ‘हराएका नेपाली नागरिकहरुको खोजी तथा उद्धारका लागि भारत सरकारको समन्वयमा तदारुकताका साथ लाग्न नयाँ दिल्लीस्थित नेपाली राजदूतावासलाई निर्देशन दिएकी छु’ मन्त्री राणाले भनेकी छन् । उनले सो बाढी पहिरोमा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्प...
आज प्रधानमन्त्री ओली तुर्कमेनिस्तानबाट स्वदेश फर्किंदै
राजनीति, समाचार

आज प्रधानमन्त्री ओली तुर्कमेनिस्तानबाट स्वदेश फर्किंदै

नेपालअखबार,काठमाडौं । भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिएर प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किंदैछन् । नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै साउन १८ गते मध्यराति तुर्कमेनिस्तान गएका प्रधानमन्त्री ओली आज स्वदेश फर्किन लागेका हुन् । प्रधानमन्त्री ओली आज राति काठमाडौं आइपुग्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपाल अध्यक्ष रहेको एलएलडिसी समूहको सम्मेलन यही साउन २० देखि २३ गतेसम्म (५ देखि ८ अगस्ट) तुर्कमेनिस्तानको अवाजा सहरमा आयोजना भएको थियो । सम्मेलनमा कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षका रूपमा प्रधानमन्त्री ओलीले सम्बोधन गरेका थिए । सम्मेलनका अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुखसँग र संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तर्राष्ट्रिय संस्थाका उच्चपदस्थ अधिकारीहरूसँग पनि ...
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
राजनीति, समाचार

आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

नेपालअखबार,काठमाडौँ । आज पाँच वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ९ बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ ।   बैठकमा   मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी विद्यमान कानूनी जटिलता सम्बन्धमा छलफल हुनेछ । त्यस्तै बिहान सवा ९ बजे बस्ने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद भवन निर्माणको हालको अवस्था र  कार्यतालिका कार्यान्वयन सुनिश्चित गर्ने मन्त्रालयको तयारी सम्बन्धमा छलफल तथा   समसामयिक विषयमा छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा बेरुजुको आयतन उच्च भएका १० मन्त्रालयका सचिव र सो अन्तर्गतका विभागका प्रमुखसँग छलफल हुनेछ । त्यस्तै मध्यान्ह सवा १२ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा समितिले समितिबाट भएका स्थलगत ...