आमाको स्वघोषणाले सन्तानलाई नागरिकता उपलब्ध गराउने मूल ध्येय : गृहमन्त्री लेखक
नेपालअखबार,काठमाडौँ । गृहमन्त्री रमेश लेखकले आमाको स्वघोषणाले सन्तानलाई नागरिकता उपलब्ध गराउने मूल ध्येयका साथ नागरिकतासम्बन्धी कानुनलाई संशोधन अघि बढाइएको बताएका छन् ।
सोमबार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा नेपाल नागरिकता विधयेक २०८१ मा सैद्धान्तिक छलफलका क्रममा बोल्दै गृहमन्त्री लेखकले सन्तानको आमा नै पहिलो संरक्षक हुने गरेको बताउँदै आमालाई नै जिम्मेवार बनाइएको जानकारी दिए । 'सन्तानको पहिलो संरक्षक आमा नै हुन् । आमाले यो मेरो सन्तान हो, त्यसको बुवाको पत्तो छैन अथवा म ल्याउन सक्दिन भनेर स्वघोषणा गरेको अवस्थामा त्यस्ता सन्तानलाई नागरिकता उपलब्ध गराउने मूल ध्येय छ,' गृहमन्त्री लेखकले भन्नुभयो, 'यसले आमा/महिलाको मात्रै हक स्थापित गरेको होइन । संविधानको सीमारेखा भित्र महिलाको हकलाई पूर्णमा स्थापित गर्ने उद्देश्य पनि हो । सन्तानको पनि हक सुरक्षित गरिएको छ ।'
आमाको स्वघोषणा गलत ...










