Thursday, August 13

राजनीति

बंगलादेशमा आगामी फेब्रुअरीमा चुनाव गर्ने युनुसको घोषणा
राजनीति, विश्व, समाचार

बंगलादेशमा आगामी फेब्रुअरीमा चुनाव गर्ने युनुसको घोषणा

नेपालअखबार,काठमाडौं । बंगलादेशका अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले आगामी फेब्रुअरीमा आम निर्वाचन गर्ने घोषणा गरेका छन्। विद्यार्थी आन्दोलनपछि सत्ता परिवर्तन भएको एक वर्ष पुगेको अवसरमा आयोजित 'दोस्रो मुक्ति' उत्सवको अन्त्यमा सम्बोधन गर्ने क्रममा युनुसले उक्त घोषणा गरेका हुन्। उनले आगामी फेब्रुअरीमा रमजानअघि नै निर्वाचन गरिसक्नेसमेत बताएको बिबिसीले जनाएको छ। युनुसले यसअघि सन् २०२६ को जुनमा आम निर्वाचन गर्ने प्रस्ताव गरेका थिए। तर अब रमजानअघै नै निर्वाचन गराउने तयारी गरेका हुन्। मंगलबार बंगलादेश नेशनलिस्ट पार्टी (बिएनपी), जमात-ए-इस्लामी र विद्यार्थीहरूले स्थापना गरेको नेशनल सिटिजन पार्टी (एनसिपी) का प्रतिनिधिहरू पनि उपस्थित रहेका समारोहमा फेब्रुअरीमै चुनाव गर्ने घोषणा गरेका हुन्। 'धेरै वर्षदेखि हामीले मत दिन पाएका छैनौं। यसपटक सबैले मत हाल्न पाउनेछन्। कसैलाई पनि छुटाइने छैन,...
ट्रम्पले पुटिन र जेलेन्स्कीसँग चाँडै भेटवार्ता गर्ने
राजनीति, विश्व, समाचार

ट्रम्पले पुटिन र जेलेन्स्कीसँग चाँडै भेटवार्ता गर्ने

नेपालअखबार,काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग चाँडै भेटवार्ता हुने बताएका छन्। युक्रेन युद्ध अन्त्य गर्नका लागि आफ्ना दूत र तेस्रो देशहरूबाट मध्यस्थता गर्दा सफलता नमिलेपछि ट्रम्प आफैले रुसी राष्ट्रपतिसँग भेटवार्ता गर्ने बताएका हुन्। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार आगामी साता नै ट्रम्पले पुटिनसँग प्रत्यक्ष वार्ता हुने भनेका छन्। मस्कोमा आफ्ना विशेष दूत स्टिभ विट्कोफ र पुटिनबीच तीन घन्टा लामो वार्ता भएपनि त्यसबाट युद्धविरामको ब्रेकथ्रू हुने संकेत नदेखिएपछि ट्रम्प आफैले पुटिनसँग वार्ता गर्ने भनेका हुन। उनले यसबारेमा युरोपेली नेताहरूलाई बुधबार नै टेलिफोन गरी जानकारी दिइसकेका छन्। युरोपेली नेताहरूसँगको टेलिफोन संवादमा पनि ट्रम्पले आगामी साता नै पुटिनसँग प्रत्यक्ष भेतवार्ता हुनसक्ने भनेका छन्। उनले बुधबार मस्कोमा भएको वा...
भारतीय विदेश सचिव भदौमा नेपाल आउँदै
राजनीति, समाचार

भारतीय विदेश सचिव भदौमा नेपाल आउँदै

नेपालअखबार,काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल भ्रमणमा आउने भएका छन् । उनी अगष्ट १७ अर्थात् आगामी भदौ १ गते काठमाडौं आउन लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । नेपाल बसाइको क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री आरजु राणा देउवा लगायतलाई भेट्ने तय भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको तयारीका सन्दर्भमा विदेश सचिव मिश्री नेपाल आउन लागेको परराष्ट्र मन्त्रालय स्रोतले बताउँछ । प्रधानमन्त्री केपी शर्मा ओली भदौ अन्तिम साता भारत भ्रमणमा जाने तयारी छ । साउनको सुरुवातमा प्रधानमन्त्री कार्यालय स्रोतले ओलीको आसन्न भारत भ्रमण भदौ ३१ मा हुने जनाएको थियो । ‘मिश्री नेपाल आएका बेला प्रधानमन्त्रीको भारत भ्रमण लगायत दुई पक्षीय सम्बन्धका विविध विषयमा छलफल हुन्छ,’ स्रोतले भन्यो ।...
प्रतिपक्षी दलहरूको‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि २०८२’ संविधान विरोधी रहेकोले विरोध गर्ने
राजनीति, समाचार, हाइलाइट-समाचार

प्रतिपक्षी दलहरूको‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि २०८२’ संविधान विरोधी रहेकोले विरोध गर्ने

नेपालअखबार,काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को आह्वानमा बुधबार सिंहदरबारमा बसेको नेपाली कांग्रेस र नेकपा (एमाले) बाहेक दलहरूको बैठकले ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि २०८२’ संविधानविरोधी रहेकोले यसको विरोध गर्ने निष्कर्ष निकालेको छ। निर्वाचन आयोगले ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि २०८२’ ल्याउँदै यही साउन २२ गतेभित्र सुझाव दिन राजनीतिक दलहरू र सर्वसाधारणहरूलाई आग्रह गरेको थियो। सोही सन्दर्भमा अध्यक्ष प्रचण्डले आह्वान गरेको बैठकमा माओवादी, रास्वपा, राप्रपा, एकीकृत समाजवादी, जनमतलगायत दलका नेताहरू सहभागी थिए। बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले निर्वाचन आयोगले बनाएको कार्यविधि संविधानविरीत रहेको निष्कर्षमा आफूहरू पुगेको बताए। ‘निर्वाचन आयोगले बनाएको कार्यविधि संविधान र राजनीतिक दलसम्...
प्रधानमन्त्री ओली र विकासशील मुलुकका लागि उच्च प्रतिनिधि फातिमाबिच भेटवार्ता
राजनीति, समाचार

प्रधानमन्त्री ओली र विकासशील मुलुकका लागि उच्च प्रतिनिधि फातिमाबिच भेटवार्ता

नेपालअखबार,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्र सङ्घका उपमहासचिव एवं अतिकम विकसित तथा भूपरिवेष्ठित विकासशील र साना टापु विकासशील मुलुकका लागि उच्च प्रतिनिधि रबाब फातिमाबिच भेटवार्ता भएको छ ।उनीहरूबिच आज शिष्टाचार भेट भएको हो । भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा फातिमाले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् । यस्तै प्रधानमन्त्री ओलीले भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा ‘जलवायु परिवर्तनका कारण सिर्जित प्रकोपमा भूपरिवेष्ठित विकासशील देशहरुले अवलम्बन गर्नुपर्ने अनुकूलन क्षमताको अभिवृद्धि र लचिलोपन’ विषयका छलफल सत्रलाई समेत सम्बोधन गरेका छन् ।...
शिक्षा विधेयकबारे छलफल गर्न शिक्षा समिति बैठक बोलाइयो
राजनीति, समाचार

शिक्षा विधेयकबारे छलफल गर्न शिक्षा समिति बैठक बोलाइयो

नेपालअखबार,काठमाडौं । विद्यालय शिक्षा विधेयकबारे छलफल गर्न प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बोलाइएको छ । समितिका अनुसार बैठक बिहीबार (भोलि) १० बजे बस्नेछ । गत २२ असारमै विधेयक पास गर्ने तयारी थियो । तर शिक्षक महासंघको मागका विषयमा फरक फरक प्रस्ताव आएपछि शिक्षामन्त्री रघुजी पन्तले सहमतिका लागि समय मागेका थिए । समितिले ५ दिनको समय दिएको थियो । त्यसपछि बैठक बस्न सकेको थिएन ।विधेयकमा शिक्षकको आवधिक बढुवा, अस्थायी प्रकृतिको शिक्षकको व्यवस्थापन, ईसीडी लगायतको विषयमा सहमति जुट्न सकेको छैन । शिक्षा मन्त्रालयले शिक्षक महासंघसँग छलफल गरेपछि समितिको बैठक बोलाइएको हो । शिक्षक महासंघसँग भएको सहमतिअनुसार १५ असारभित्र विधेयक पास गर्नुपर्ने हो तर हालसम्म पनि पारित हुन सकेको छैन । शिक्षा ऐनको माग राखेर महासंघले गत चैत २० देखि २९ दिन लामो शैक्षिक आन्दोलन गरेको थियो ।...
विश्वव्यापी व्यापार प्रणालीमा भूपरिवेष्टित विकासशील राष्ट्रलाई पछाडि पार्न हुँदैन : प्रधानमन्त्री
राजनीति, समाचार

विश्वव्यापी व्यापार प्रणालीमा भूपरिवेष्टित विकासशील राष्ट्रलाई पछाडि पार्न हुँदैन : प्रधानमन्त्री

नेपालअखबार,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी व्यापार प्रणालीमा भूपरिवेष्टित विकासशील राष्ट्रहरूलाई पछाडि पार्न नहुनेमा जोड दिएका छन् । भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनअन्तर्गत आज ‘व्यापार तथा वाणिज्यको सहजीकरण र क्षेत्रीय सहकार्य’सम्बन्धी ‘राउन्ड टेबल’को सहअध्यक्षता गर्दै उनले निष्पक्ष व्यापार सर्तहरू र पारवहन व्यवस्थाका लागि सामूहिक दबाब दिनुपर्नेमा जोड दिए ।‘यसै वर्ष जुनमा हामीले पारित गरेको सेभिया प्रतिबद्धताको कार्य योजनाले पनि पूर्वाधार निर्माण, स्मार्ट व्यापार, कोरिडोरमा लगानी, यातायात र रसद उद्योगको विकास, व्यापार र भन्सार प्रक्रियालाई डिजिटलाइज गर्ने विषयलाई महत्त्व दिएको छ । यसको पूर्ण र प्रभावकारी कार्यान्वयनका लागि बलियो प्रतिबद्धता आवश्यक पर्दछ’, प्रधानमन्त्री ओलीले भने, ‘यी उपायको इमान्दारपूर्वक कार्यान्वयन...
अनलाइन सञ्चारमाध्यमको दर्ता प्रक्रिया जिल्लाबाट हुने व्यवस्थालाई सबैले मान्नुपर्छ : सञ्चारमन्त्री
राजनीति, समाचार

अनलाइन सञ्चारमाध्यमको दर्ता प्रक्रिया जिल्लाबाट हुने व्यवस्थालाई सबैले मान्नुपर्छ : सञ्चारमन्त्री

नेपालअखबार,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले अनलाइन सञ्चारमाध्यमको दर्तासम्बन्धी नयाँ व्यवस्थालाई स्वीकार गरेर अघि बढ्नुपर्ने बताएका छन् । बुधबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै संसद्ले नै पास गरेर कानुन बनिसकेको अवस्थामा अनलाइन सञ्चारमाध्यमको दर्ता प्रक्रिया जिल्ला प्रशासन कार्यालयमार्फत हुने व्यवस्थालाई सबैले मान्नुपर्ने बताएका हुन् । नयाँ व्यवस्था सदनबाट पास हुँदा आफूलाई समेत जानकारी नभएको उनले बताए । मन्त्री गुरुङले केहि नेपाल ऐन संशोधन गर्ने विषय सञ्चार मन्त्रालयको नभई कानुन मन्त्रालयको भएको जिकिर गरे । सरकारले हालै केही नेपाल ऐन संशोधनमार्फत छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन, २०४८ मा नयाँ व्यवस्था थप गरेसँगै अनलाइन सञ्चारमाध्यमको दर्ता प्रक्रिया जिल्ला प्रशासन कार्यालयमार्फत हुने भएको छ ।...
संसदभित्र निषेध, विभेद र सिन्डिकेट छ : प्रभु साह
राजनीति, समाचार

संसदभित्र निषेध, विभेद र सिन्डिकेट छ : प्रभु साह

नेपालअखबार, काठमाडौँ । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले संसदभित्र निषेध, विभेद र सिन्डिकेट भएको भन्दै सिंगो लोकतन्त्रमाथि नै प्रश्न उठिरहेको बताएका छन् ।प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा विशेष समयमा बोल्दै आजपा अध्यक्ष साहले तटस्थ र सम्मानित सभामुख समेत ‘हल्का’ र ‘विवादित’ भइरहेको बताउँदै संसद् संसद् जस्तो नभएको अनुभूति सुनाए । ‘आजकाल संसद् संसद् जस्तो छैन । संसद्भित्रको नकारात्मक क्रियाकलापले संसद्को गरिमा खस्किँदै गइरहेको हामीले देखिरहेका छौँ । तटस्थ र सम्मानित सभामुख समेत हल्का र विवादित भइरहेको हामीले हेरिरहेका छौँ,’  साहले भने, ‘संसदभित्रको निषेध, विभेद र सिन्डिकेटले सिङ्गै लोकतन्त्रमाथि प्रश्न उठिरहेको छ । राज्य र सरकारलाई नियमन गर्ने राज्यको सर्वोच्च निकाय संसद्मा निषेध कतिको उचित छ भन्ने प्रश्न गर्न चाहन्छु ।’ सानो दलहरूमाथि संसदमा निषेध भइरहेको उ...
प्रधानमन्त्रीले संविधानको व्यवस्था उल्लङ्घन गर्नुभयाे :सांसद चौधरी
राजनीति, समाचार

प्रधानमन्त्रीले संविधानको व्यवस्था उल्लङ्घन गर्नुभयाे :सांसद चौधरी

नेपालअखबार,काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका सांसद मेटमणी चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा १०० को उपधारा २ को पालना नगरेको बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समयमा बोल्दै सांसद चौधरीले सरकारमा सहभागी भएको दलले समर्थन फिर्ता लिएमा त्यसको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था उल्लङ्घन गरेको बताएका हुन् । ‘नेपालको संविधानको २०७२ को धारा १०० को उपधारा २ मा सरकारमा सहभागी मध्ये कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा ३० दिन भित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्छ भन्ने छ। आज सरकारमा सहभागी राजनीतिक दल नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएको आज ठिक एक महिना पुगेको छ र समर्थन दिएको अर्को राजनीतिक दल जनता समाजवादीले पनि समर्थन फिर्ता लिएको छ। तर सम्माननीय प्रधानमन्त्रीले सार्वजनिक कार्यक्रमहरूमा विश्वासको मत लिनु नपर्न...