ट्रम्प र पुटिनबीच लामो फोन वार्ता
नेपालअखबार,काठमाडौँ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोन वार्ता भएको छ।
बुधबार दुई राष्ट्रपतिबीच लामो टेलिफोन वार्ता भएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।
ट्रम्पले पनि आफ्नो ट्रुथ सोसलमा पोस्ट गरेर पुटिनसँग लामो र अत्यन्तै उपयोगी फोनवार्ता भएको बताएका छन्।
उनले विशेगरी रूस-युक्रेन युद्ध र त्यसलाई अन्त्य गर्नेबारे पुटिनसँग छलफल भएको बताएका छन्।
'लाखौंको ज्यान जानेगरी भएको युद्ध रोक्नुपर्ने विषयमा हामी दुवै सहमतिमा पुगेका छौं,' ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्।
युद्ध अन्त्यका लागि मध्यस्त गर्न विदेशमन्त्री मार्को रुबिओ, सिआइएका निर्देशक जोन र्याटक्लिफ, राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्ज र राजदूत स्टिभ विटकफसहितको टोली बनाइएको ट्रम्पले बताएका छन्। ट्रम्पले रूसी राष्ट्रपतिसँग भएको कुराकानीबारे युक्रेनका राष्ट्रपति भोल्दोमिर ज...










