Sunday, August 16

राजनीति

एकीकृत समाजवादीको बागमती प्रदेश अध्यक्षमा भीम दहाल सर्वसम्मत
राजनीति, समाचार, हाइलाइट-समाचार

एकीकृत समाजवादीको बागमती प्रदेश अध्यक्षमा भीम दहाल सर्वसम्मत

नेपालअखबार,काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी  (एकीकृत समाजवादी) बागमती प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा भीमप्रसाद दहाल निर्वाचित भएका छन् । फागुन ३, ४ र ५ गते सम्पन्न प्रथम प्रदेश अधिवेशनले दहाललाई सर्वसम्मत रूपमा निर्वाचित गरेको पार्टीका उपाध्यक्ष तथा कमिटीका इन्चार्ज डा.गंगालाल तुलाधरले जानकारी दिए । इन्चार्ज तुलाधरकाअनुसार उपाध्यक्षमा गोविन्द नेपाली र राजु श्रेष्ठ, सचिवमा एलपी श्रेष्ठ, उपसचिवमा नानिराम चौलागाई, निरू खरेल, दिपक धनुके निर्वाचित हुनुभएको छ। दहालको नेतृत्वमा १८६ जना सदस्सीय कमिटी सर्वसम्मत चयन गरिएको छ।...
युएई पुगे युक्रेनी राष्ट्रपति जेलेन्स्की
राजनीति, विश्व, समाचार

युएई पुगे युक्रेनी राष्ट्रपति जेलेन्स्की

नेपालअखबार,आबुधाबी । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की आइतबार राति संयुक्त अरब इमिरेट्स (युएई) आइपुगेका छन् । युक्रेन र रुसबिच जारी युद्ध अन्त्य गर्न शान्ति वार्ताको माग बढ्दै गएपछि उनी युएई आइपुगेका हुन् ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता साउदी अरेबियामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्ने संकेत गरेका थिए । युद्ध सुरु भएदेखि ठूलो सङ्ख्यामा रूसी र युक्रेनी आप्रवासीहरू यहाँ आइपुगेका छन् र विगतमा मध्यस्थता गर्ने अनुभव पनि रहेको छ । युएईलाई लामो समयदेखि शान्ति वार्ताको सम्भावित स्थलको रूपमा हेरिएको छ । जर्मनीमा म्युनिख सुरक्षा सम्मेलनमा भाग लिएपछि जेलेन्स्की अबुधाबी आइपुगेका थिए । उनको कार्यालयले जारी गरेको फुटेजमा उनी र उनकी श्रीमती ओलेनालाई आइतबार राति विमानस्थलमा युएईका अधिकारीहरूले स्वागत गरेको देखिन्छ । युद्ध सुरु भएदेखि यो जेलेन्स्कीको युएईको पहिलो भ्रमण हो । ...
जलवायु परिवर्तनका कारण नेपालका हिमाल नाङ्गिएकोप्रति देउवाको चिन्ता
राजनीति, समाचार

जलवायु परिवर्तनका कारण नेपालका हिमाल नाङ्गिएकोप्रति देउवाको चिन्ता

नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनका कारण नेपालका हिमालहरू नाङ्गिएकोप्रति चिन्ता व्यक्त गरेका छन् ।सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा गैरसरकारी संस्थासम्बन्धी कांग्रेसको नीति विषयक गोष्ठीलाई सम्बोधन गर्दै उनले हिमालको हिउँ पग्लिएर हिमाल नाङ्गो भएकोप्रति गुनासो गरेका हुन् । उनले जलवायु परिवर्तनले नाङ्गो भएका हिमालहरू कसरी जोगाउने भन्नेबारेमा गैरसरकारी संस्थाहरूले नीतिगत पैरवीदेखि हिमाल जोगाउने अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए । सभापति देउवाले नेपालको सामाजिक विकासमा गैरसरकारी संस्थाहरूले खेलेको भूमिका प्रशंसनीय रहेको बताए । मानव अधिकार, सुशासन, समावेशिता लगायतका विषयमा गैरसरकारी संस्थाहरूले प्रभावकारी काम गर्दै आएको उनको भनाई थियो ।सभापति देउवाले भने, ‘वास्तवमा नेपालमा सामाजिक सेवा गर्ने संस्था तथा नागरिक समाज...
संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दै
राजनीति, समाचार

संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दै

नेपालअखबार,काठमाडौँ । संघीय संसद्अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को छैटौँ वार्षिक प्रतिवेदन (आ.व. २०७९/८०) र सातौँ वार्षिक प्रतिवेदन (आ.व. २०८०/८१) पेस गर्ने कार्यसूची रहेको छ ।त्यस्तै, सभामुख देवराज घिमिरेले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने, गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी विधेयक, २०८१ माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र प्रधानमन्त्री ओलीले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यसै गरी भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेय...
सरकार दलाल पुँजीपति र बिचौलियाको पक्ष पोषण गर्नेगरी अघि बढेको छ : माधव नेपाल
राजनीति, विचार, समाचार

सरकार दलाल पुँजीपति र बिचौलियाको पक्ष पोषण गर्नेगरी अघि बढेको छ : माधव नेपाल

नेपालअखबार,काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकार दलाल पुँजीपति, बिचौलियालाई पक्ष पोषण गर्नेगरी अघि बढिरहेको आरोप लगाएका छन् । आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष नेपालले दलाल पुँजीलाई र बिचौलियालाई पोस्ने काम सरकारले गर्न खोजिरहेको आरोप लगाए । उनले समितिमा विचाराधीन रहेका विधेयकहरू फिर्ता नलिएसम्म अध्यादेश जारी गर्न नपाइने अवस्थालाई मिचेर सरकारले अध्यादेश जारी गरेको बताए । कानुनको रक्षक हुनुपर्ने सरकार आफैँ कानुनको भक्षक बनेको उनको आरोप छ । उनले भने, ‘समितिमा विचाराधीन रहेका विधेयकहरू फिर्ता नलिएसम्म अध्यादेश जारी गर्न पाइँदैन । यो कानुनको खुलेआम उल्लंघन गरेर सरकार जसरी अघि बढेको छ । कानुनको रक्षक हुनुपर्ने सरकार आफैँ कानुनको भक्षक बन्न पुगेको छ । संसद्को नियमित अधिवेशनमा कानुनमा सुधार गर्नुछ भने, विधेयक ...
आज प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने
राजनीति, समाचार

आज प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

नेपालअखबार,काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठक संघीय संसद सचिवालयले जनाएको छ। प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तर हुने कार्यसूची छ। सांसदहरूले राखेको प्रश्नमा प्रधानमन्त्री ओलीले रोस्टमबाट जबाफ दिनेछन्। आजको बैठकमा अरू तीन कार्यसूची पनि छन्। सुरूमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट कार्यभार थप सम्बन्धी पत्रको ब्यहोर पढेर सुनाउनेछन्। त्यसपछि प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम र त्यसपछि गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक,२०८१ माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। आजकै बैठकमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले  मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि सामान्य छलफल गरियोस...
भूमिसम्बन्धी अध्यादेश जस्ताको तस्तै पारित हुने अवस्था छैन : मीन विश्वकर्मा
राजनीति, समाचार

भूमिसम्बन्धी अध्यादेश जस्ताको तस्तै पारित हुने अवस्था छैन : मीन विश्वकर्मा

नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मीन विश्वकर्माले सरकारले सत्तारुढ दलहरूसँग छलफल नै नगरी हतारमा भूमिसम्बन्धी अध्यादेश ल्याउँदा अहिलेको परिस्थिति उत्पन्न भएको टिप्पणी गरेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले हतार गरेकै कारण अहिले अध्यादेश जस्ताको तस्तै पारित हुने अवस्था नबनेको बताएका हुन् । संघीय संसद्को दुवै सदनबाट अध्यादेश स्वीकृत गराउने सन्दर्भमा भने सत्तारुढ दलहरू फराकिलो छलफलमा रहेको नेता विश्वकर्माले बताए । ‘प्रतिनिधि सभामा बहुमत रहेको, राष्ट्रिय सभामा बहुमत नरहेको, यो परिस्थितिमा सरकारले सोच्नुपर्थ्यो । सबैसँग सरसल्लाह गरेको भए त यो कुरा उठ्दै उठ्दैन थियो । त्यो बेलामा हतार गरेको कारणले गर्दा अहिले अध्यादेश जस्ताको तस्तै पारित गर्ने कुरामा चाहिँ सरकार फराकिलो छलफलमा छ अहिले,’– न...
६ वटा संसदीय समितिको बैठक बस्दै
राजनीति, समाचार

६ वटा संसदीय समितिको बैठक बस्दै

नेपालअखबार,काठमाडौं ।संघीय संसद् अन्तर्गत् शुक्रबार छवटा समितिको बैठक बस्दैछ। प्रतिनिधि सभा अन्तर्गत चारवटा र राष्ट्रिय सभाका दुईवटा समितिको बैठक बस्न लागेको हो। प्रतिनिधि सभाको अर्थ समितिको बैठक बस्दैछ। बिहान ११ बजे समितिको सभा कक्षमा बस्ने बैठकमा भन्सारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर संशोधनकर्ता सदस्यहरूसँग छलफल हुनेछ। बिहान साढे ११ बजे कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दैछ। समितिको सभा कक्षमा बस्ने बैठकमा स्वर्गद्वारी गुठी किसानहरूका समस्याबारे भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र गुठी संस्थानसँग छलफल गर्ने कार्यसूची छ। राज्य व्यवस्था तथा सुशासन समितिको ६४ औं बैठक पनि आज बस्दैछ। आज बिहान ११ बजे बस्ने बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि दफावार छलफलको कार्यसूची ...
एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्यूरो बैठक आह्वान
राजनीति, समाचार

एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्यूरो बैठक आह्वान

नेपालअखबार,काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले फागुन ६ र ७ गते स्थायी कमिटी र पोलिटब्यूरो बैठक बोलाएको छ ।  बैठकमा सामयिक राजनीतिक विषयवस्तु, सरकारले ल्याएको अध्यादेशका विषयवस्तु, संसद्मा पार्टीको भूमिका प्रभावकारी बनाउने विषय, भ्रष्टाचार, जनजीविकासँग सम्बन्धित मुद्दामा प्रतिपक्ष दलसँगको सहकार्यबारे छलफल गरिने पार्टी महासचिव घनश्याम भुसालले जानकारी दिए । फागुन ८ गतेदेखि बस्ने पार्टी केन्द्रीय कमिटी बैठकको एजेण्डा तथा कार्यसूची अनुमोदन गर्ने जनाइएको छ । केन्द्रीय कमिटी बैठकअघि सचिवालय, स्थायी कमिटी र पोलिटब्यूरो बैठकले राजनीतिक प्रतिवेदन, आर्थिक, साङ्गठनिक प्रतिवेदन पारित गर्ने छ । केन्द्रीय कमिटी बैठकको अन्य एजेण्डा, कार्यसूची अनुमोदन स्थायी कमिटी बैठकले तय गर्ने छ । सबै जनवर्गीय सङ्गठनका कार्य प्रगति तथा ती सङ्गठनका अधिवेशनबारे निर्णय गरिने बताइएको छ । बैठकले प...
ट्रम्प र पुटिनबीच लामो फोन वार्ता
राजनीति, विश्व, समाचार

ट्रम्प र पुटिनबीच लामो फोन वार्ता

नेपालअखबार,काठमाडौँ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोन वार्ता भएको छ। बुधबार दुई राष्ट्रपतिबीच लामो टेलिफोन वार्ता भएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्। ट्रम्पले पनि आफ्नो ट्रुथ सोसलमा पोस्ट गरेर पुटिनसँग लामो र अत्यन्तै उपयोगी फोनवार्ता भएको बताएका छन्। उनले विशेगरी रूस-युक्रेन युद्ध र त्यसलाई अन्त्य गर्नेबारे पुटिनसँग छलफल भएको बताएका छन्। 'लाखौंको ज्यान जानेगरी भएको युद्ध रोक्नुपर्ने विषयमा हामी दुवै सहमतिमा पुगेका छौं,' ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्। युद्ध अन्त्यका लागि मध्यस्त गर्न विदेशमन्त्री मार्को रुबिओ, सिआइएका निर्देशक जोन र्‍याटक्लिफ, राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्ज र राजदूत स्टिभ विटकफसहितको टोली बनाइएको ट्रम्पले बताएका छन्। ट्रम्पले रूसी राष्ट्रपतिसँग भएको कुराकानीबारे युक्रेनका राष्ट्रपति भोल्दोमिर ज...