Monday, August 17

राजनीति

राजदूत ओलीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
राजनीति, समाचार

राजदूत ओलीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

नेपालअखबार,काठमाडौँ । कम्बोडियाका लागि नेपालका गैरआवासीय राजदूत धनबहादुर ओलीले त्यहाँका नरेश नरोदम सिहामोनीसमक्ष न्होमपेनस्थित राजदरबारमा बिहीबार आयोजित विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि राजा सिहामोनीसँग भएको दर्शनभेटमा राजदूत ओलीले राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट कम्बोडियाका नरेशको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै कम्बोडियाली जनताको निरन्तर प्रगतिको कामना गरे ।बैंककस्थित नेपाली दूतावासका अनुसार राजदूत ओलीलाई स्वागत गर्दै कम्बोडियाली नरेशले राष्ट्रपति पौडेलको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै नेपाली जनताको निरन्तर प्रगतिको कामना गरे । मौसुफले राजदूत ओलीको कार्यकालमा कम्बोडिया र नेपालबीचको सहयोगात्मक सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरे। समारोहमा कम्बोडियाका उपप्रधानमन्त्रीका साथै राजदरबारका उच्च अधिकारीहरुको उपस्थित...
त्रिवि सिनेट बैठक राख्न माग गर्दै तीन स्ववियु सभापतिले बुझाए ध्यानाकर्षणपत्र
राजनीति, समाचार

त्रिवि सिनेट बैठक राख्न माग गर्दै तीन स्ववियु सभापतिले बुझाए ध्यानाकर्षणपत्र

नेपालअखबार,काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको सभा राख्न माग गर्दै तीन जना स्ववियु सभापतिहरूले ध्यानाकर्षणपत्र बुझाएका छन् । फागुन महिलाको पहिला हस्तामा सिनेट बैठक आह्वान गर्न माग गर्दै उपकुलपति प्राडा केशरजंग बरालमार्फत कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका हुन् ।विद्यार्थीका मुद्धालाई तत्काल हल गर्न सिनेट बैठक आह्वान गरिएको त्रिवि स्ववियु सभापति श्यामराज ओझाले जानकारी दिए । त्रिवि सिनेट सदस्य समेतका ओझासहित पुल्चोक क्याम्पस स्ववियु सभापति तथा सिनेट सदस्य विराज अर्याल र नेपाल ल क्याम्पस स्ववियु सभापति तथा सिनेट सदस्य विष्णु ढुंगेलले ध्यानाकषर्णपत्र बुझाएका हुन् । विद्यार्थीका मुद्धाहरू सम्बोधनका लागि विश्वविद्यालय अघि नबढेको खण्डमा थप संघर्ष गर्न बाध्य हुने समेत चेतावनी दिइएको छ । डेढ वर्षदेखि सिनेट बैठकमा विद्यार्थीका माग मुद्धाहरू उठान गर्र्दै आएको तर, अहिलेसम्...
बंगलादेशमा प्रदर्शनकारीले शेख हसिनाका पिता मुजीबुर्रहमानको घर जलाए
राजनीति, विश्व, समाचार

बंगलादेशमा प्रदर्शनकारीले शेख हसिनाका पिता मुजीबुर्रहमानको घर जलाए

नेपालअखबार,काठमाडौँ । । बंगलादेशमा फेरि हिंसा सुरु भएको छ । पूर्वप्रधानमन्त्री शेख हसिनाका विरोधीले बुधबार राति उनका पिता शेख मुजीबुर्रहमानको ढाकास्थित घर धानमण्डी–३२ मा आगो लगाएर ध्वस्त पारेका छन् । प्रदर्शनकारीले बुधबार मध्यरात र बिहीबार देशभर शेख हसिनाको पार्टी अवामी लिगका नेताहरुका घरमा तोडफोड गर्दै मुजीबुर्रहमानको भित्तेचित्र विकृतसमेत गरेका छन् । भारतमा रहेकी हसिनाको एक अनलाइन कार्यक्रम सुरु हुनुअघि उक्त हिंसा सुरु भएको हो । बंगलादेशको प्रमुख अखबार ‘द डेली स्टार’ले लेखेको छ, ‘सामाजिक सञ्जालमा भाइरल पोष्टका अनुसार उक्त प्रदर्शन हसिनाको बंगलादेशविरोधी गतिविधिका कारण गरिएको हो ।’ शेख हसिनाका विरोधीले भारतमा बसेर हसिनाले बंगलादेशविरोधी गतिविधि गरिरहेको आरोप लगाएका छन् । गत वर्ष बंगलादेशमा विद्यार्थी आन्दोलनपछि हसिनाले देश छाड्नुपरेको थियो । उनी गत अगष्ट ५ मा भारत पुगेकी थिइन...
भीम रावलले माघ २६ गते धनगढीमा जागरण भेला गर्ने
राजनीति, समाचार

भीम रावलले माघ २६ गते धनगढीमा जागरण भेला गर्ने

नेपालअखबार,धनगढी । नेकपा एमालेबाट निष्कासित भइसकेपछि मातृभूमि जागरण अभियानमा लागेका पूर्व उपप्रधानमन्त्री भीम रावलले माघ २६ गते धनगढीमा जागरण भेला गर्ने भएका छन् ।आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेता रावलले कञ्चनपुर र कैलाली केन्द्रित जागरण भेला आयोजना गर्ने जनाएका हुन् । मातृभूमि जागरण अभियानलाई सशक्त वैकल्पिक शक्तिको रूपमा निर्माणको उद्घोष गरेका उनले भेलामा उपस्थितिको लागि अपिल गरेका छन् । उनले भने, ‘कैलाली र कञ्चनपुरको जागरण भेला शनिबार गर्दै छौ । भेलामा जुनसुकै दलमा आबद्ध रहेका देशभक्त नागरिकहरूलाई उपस्थितिको लागि हार्दिक आह्वान गर्दछु ।’ यसैबिच नेता रावलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेशको विरोध जनाएका छन् । प्रधानमन्त्री ओलीलाई आज फेरि निरङ्कुश र स्वेच्छाचारी नेतृत्वको आरोप लगाउँदै उनले संसद् छलेर ल्याएको अध्यादेशको काम समेत नभएको जिकिर गरे...
एकीकृत समाजवादीले तोक्यो ३३ विभागका प्रमुख र उपप्रमुख
राजनीति, समाचार

एकीकृत समाजवादीले तोक्यो ३३ विभागका प्रमुख र उपप्रमुख

नेपालअखबार,काठमाडौं । नेकपा एकीकृत (एकीकतृ समाजवादी) ले केन्द्रीय विभागका प्रमुख तथा उपप्रमुखहरू तोकेको छ । पार्टीले जारी गरेको अपानी ४ मार्फत ३३ वटा केन्द्रीय विभागका प्रमुख र उप्रमुख तोकेको हो । जसमा पार्टी स्कुल विभाग प्रमुखको जिम्मेवारी सम्मानित नेता झलनाथ खनालले पाएका छन् भने उपप्रमुखको जिम्मेवारी नेताद्धय डा. बेदुराम भुसाल र डा. विजय पौडेलले पाएका छन् । यस्तै सङगठन विभाग प्रमुखको जिम्मेवारी डा. बेदुराम भुसालले पाएका छन् । यो विभागके उपप्रमुखमा रामचन्द्र यादव रहेका छन् । विदेश विभागको प्रमुखमा प्रमेश हमाल, राजकीय मामिला विभाग प्रमुखमा घनेन्द्र बस्नेत, उपप्रमुखमा प्रमोद शर्मा, प्रचार विभाग प्रमुखमा उपाध्यक्ष प्रकाश ज्वाला, उपप्रमुखमा दामोदर अर्याल र चमिना भट्टराई रहेका छन् । सङघीय तथा प्रादेशिक मामिला प्रमुखमा उपाध्यक्ष जगन्नाथ खतिवडा, अनुगमन तथा मूल्याङकन विभाग प्रमुखमा ...
चार संसदीय समितिको बैठक बस्दै
राजनीति, समाचार

चार संसदीय समितिको बैठक बस्दै

नेपालअखबार,काठमाडौँ । आज एकै पटक ४ वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ११ बजे बस्ने अर्थ समितिको बैठक बस्नेछ । बैठकमा २०८१ माघ ११ देखि १६ सम्म समितिले गरेको विभिन्न भन्सार कार्यालयहरूको स्थलगत अनुगमनबाट देखिएका नीतिगत, व्यवहारगत एवं भन्सार प्रशासनसँग अन्तरसम्बन्धित विषयमा अर्थ मन्त्रालय, भन्सार विभाग र अन्य सरकारी निकाय (नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राजस्व अनुसन्धान विभाग र आन्तरिक राजस्व विभाग) सँग  छलफल हुनेछ । त्यस्तै मध्यान्ह साढे १२ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा नेपालमा बाँदरको कहर नियन्त्रण सम्बन्धमा सरोकारवालासँग छलफल हुनेछ । दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे नै बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिक...
राजनीतिकर्मीहरुले खेलकुदबाट अनुशासन सिक्न आवश्यक: गृहमन्त्री लेखक
खेलकुद, राजनीति, समाचार

राजनीतिकर्मीहरुले खेलकुदबाट अनुशासन सिक्न आवश्यक: गृहमन्त्री लेखक

नेपालअखबार,पोखरा ।  पोखरामा आजदेखि आठौं विरेन स्मृति १८ औं बिटी कप सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ । ‘हामी एक हौं’ भन्ने नारासहित क्रियाशिल बुद्धटोल युवा क्लबको आयोजनामा पोखराको टुँडिखेल मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन गृहमन्त्री रमेश लेखकले गरे । उद्घाटन खेलमा आयोजक बुद्धटोल युवा क्लबले क्याफे अमेरिकानो बारिष्टा ट्रेनिङ सेन्टरलाई २–० गोल अन्तरले पराजित गर्दै आयोजक दोस्रो चरणमा प्रवेश गरेको क्लबका अध्यक्ष आशिम थापाले जानकारी दिए । उनका अनुसार बुद्धटोलको जीतमा विपिन मगर र रिनिस तामाङले समान १/१ गोल गरे  । यस्तै दोस्रो खेलमा एन टु क्याफेले मसिना बगरलाई १–० गोलले पराजित गर्यो । एन टु क्याफेको जीतमा विशाल गुरुङले निर्णायक गोल गरे । भोलि पनि पहिलो चरणकै खेलहरु सञ्चालन गरिने अध्यक्ष थापाले बताए । युवाहरुलाई खेलकुदमा जोड्न गृहमन्त्री लेखकको जोड प्रतियोगिताको उद्घाटन गर्द...
प्रदेशको औचित्य प्रमाणित गर्न अझै कसरत गरौँ : प्रदेश प्रमुख भट्ट
राजनीति, समाचार

प्रदेशको औचित्य प्रमाणित गर्न अझै कसरत गरौँ : प्रदेश प्रमुख भट्ट

नेपालअखबार,पोखरा । गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेशको औचित्य पुष्टि गर्न अझै कसरत आवश्यक रहेको बताए । गण्डकी प्रदेश स्थापनाको सात वर्ष पुगेको अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले नागरिकसामु जिम्मेवार भएर काम गर्न सरकारलाई सुझाए ।‘प्रदेश स्थापनाको औचित्य प्रमाणित गर्न प्रदेश सभा र प्रदेश सरकारले वित्तीय अनुशासन एवं मितव्ययी हुन र नागरिकहरूलाई छिटो सेवा प्रवाह गर्नुपर्ने आवश्यकता छ,’ उनले भने, ‘आवधिक योजनालाई कुशल कार्यान्वयन गरियो भने प्रदेश सरकारको योगदानको अवश्य पुष्टि हुनेछ ।’ ‘प्रदेश स्थापनाको औचित्य प्रमाणित गर्न प्रदेश सभा र प्रदेश सरकारले वित्तीय अनुशासन एवं मितव्ययी हुन र नागरिकहरूलाई छिटो सेवा प्रवाह गर्नुपर्ने आवश्यकता छ,’ उनले भने, ‘आवधिक योजनालाई कुशल कार्यान्वयन गरियो भने प्रदेश सरकारको योगदानको अवश्य पुष्टि हुनेछ ।’...
बेलायती राजकुमार दम्पतीले भेटे राष्ट्रपति
राजनीति, समाचार

बेलायती राजकुमार दम्पतीले भेटे राष्ट्रपति

नेपालअखबार,काठमाडौँ । नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार दम्पतीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।मंगलबार दिउँसो राष्ट्रपति भवन शीतल निवास पुगेर राजकुमार एडवार्ड तथा उनकी पत्नी सोफियाले भेटवार्ता गरेका हुन् । भेटका क्रममा दुई देशबिच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको शीतल निवासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।...
संघीयतासम्बन्धी कानुन निर्माणमा राजनीतिक नेतृत्व नै असन्तुष्ट : दाहाल
राजनीति, समाचार

संघीयतासम्बन्धी कानुन निर्माणमा राजनीतिक नेतृत्व नै असन्तुष्ट : दाहाल

नेपालअखबार,काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले संघीयतासम्बन्धी ऐन, कानुन निर्माण गर्नेकुरामा राजनीतिक नेतृत्व नै असन्तुष्ट रहेको बताएका छन् । सोमबार सरोकार दर्पणको लोकार्पण विमोचन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । जनस्तरमा अहिले संघीयताप्रति नकारात्मक भावना जागृत हुनु स्वभाविक रहेको बताउँदै उनले संघीयतासम्बन्धी ऐन, कानुन निर्माणमा नेताहरू नै असन्तुष्ट रहेको बेलामा नागरिकहरूले सेवा सुविधा, छिटो छरितो नपाउँदा गुनासो गर्नु सामान्य रहेको दाहालले बताए । ‘अहिले जनस्तरमा अलि बढी संघीयताप्रति नकारात्मक ओरेन्टेशन भएको हो की भन्ने अनुभूत हुन्छ । संघीयता आफैंमा गलत हो, संघीयताका सिद्धान्तहरू आफैंमा गलत छन् भन्नेतिर त म धेरै पाउँदिन,’ उनले भने, ‘संघीयता हामीले ल्यायौँ । हामीले नै संघीयता कार्यान्वयन गर्न जाँदैछौँ । कार्यान्वयन गर्नको निम्ति हुने हरेक गतिविधिहर...