Sunday, August 16

राजनीति

सामाजिक सञ्जालसम्बन्धी विधेयक परिमार्जन गरिने छ : प्रदीप ज्ञवाली
राजनीति, समाचार

सामाजिक सञ्जालसम्बन्धी विधेयक परिमार्जन गरिने छ : प्रदीप ज्ञवाली

नेपालअखबार .काठमाडौँ । नेकपा (एमाले)का कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयक संसद् र सञ्चार क्षेत्रसँग छलफल गरी प्राप्त सुझावका आधारमा परिमार्जन गरिने बताएका छन् ।प्रेस चौतारी नेपाल ललितपुरको आज छैटौँ जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले सामाजिक सञ्जाललाई मर्यादित बनाउनकै लागि सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयक ल्याउन लागिएको  बताए । उनले सामाजिक सञ्जाल स्वच्छ मनोरञ्जन र सूचना आदानप्रदानको थलो बन्नुपर्ने बताए । तथ्यमा आधारित भएर जसको पनि पर्याप्त आलोचना गर्न पाइने तर जिउँदो मानिसलाई श्रद्धाञ्जली दिनेजस्ता कार्यलाई स्विकार्न नसकिने उनको भनाइ छ ।कार्यवाहक महासचिव ज्ञवालीले आफ्नो पार्टी सधैँ प्रेस स्वतन्त्रताको पक्षमा रहेको स्पष्ट पार्दै लोकतन्त्रले जनताको जीवनमा पनि परिवर्तन ल्याउने बताए ।...
प्राविधिक शिक्षामा लगानी बढाउन सभामुख घिमिरेको आग्रह
राजनीति, समाचार

प्राविधिक शिक्षामा लगानी बढाउन सभामुख घिमिरेको आग्रह

नेपालअखबार ,झापा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले भौतिक संरचनालाई मात्र विकास ठान्ने परिपाटीको अन्त्य गर्दै प्राविधिक शिक्षामा लगानी बढाउन स्थानीय सरकारलाई आग्रह गरेका छन् । बिर्तामोड नगरपालिकाको दोस्रो नगरसभाको छैटौँ अधिवेशनको उद्घाटन गर्दै आज उनले सैद्धान्तिक शिक्षासँगै व्यावहारिक र प्राविधिक शिक्षा मुलुकको आवश्यकता रहेको बताए ।“अब सैद्धान्तिक शिक्षाले मात्र दक्ष जनशक्ति उत्पादन गर्न सकिँदैन,” उनले भने, “प्रविधिको युग सुरु भएको छ, शिक्षालाई प्रभावकारी बनाउन स्थानीय तहले प्राविधिक शिक्षालयको स्थापना गर्न पहल गर्नुपर्छ ।” मुलुकमा सङ्घीय प्रणाली स्थापनापछि तीन तहको सरकार रहने व्यवस्था भएको उल्लेख गर्दै सभामुख घिमिरेले गुरुयोजना निर्माण गरेर मात्र विकास निर्माण अघि बढाउन सुझाव दिए । उनले शिक्षाको विकासका लागि केन्द्रको मुख ताक्ने प्रवृत्ति रहेको चर्चा गर्दै स्थानीय सरकारले आफ्नै...
सरकार व्यापारीका लागि लागिपर्‍यो : एकीकृत समाजवादी
राजनीति, विचार, समाचार

सरकार व्यापारीका लागि लागिपर्‍यो : एकीकृत समाजवादी

नेपालअखबार ,काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारले ल्याएको अध्यादेशको विरुद्धमा जाने तयारी थालिएको बताएको छ । बिहीबार पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकपछि उपमहासचिव रामकुमार भट्टराईले अध्यादेशका कारण अहिले महंगी बढेको निष्कर्ष निकालेको जानकारी गराए । ‘महंगी बढाएर जनताको ढाड बाँच्ने काम भएको छ । मुठ्ठिभरका व्यापारीका लागि सरकार लागिपरेको छ । यसको विरुद्धमा जाने तयारीमा हामी छौं,’ उनले भने । साथै, अध्यादेशका विरुद्धमा कसरी जाने भन्ने छलफल पार्टीमा भइरहेको पनि उनले जानकारी गराए । ‘अहिले अध्यादेशले हाम्रो नेपालमा भएको भ्रष्टाचार ऐनलाई तोडमोडल गर्‍यो । २० प्रतिशतभन्दा बढी नाफा खान नपाउने ऐन थियो । त्यो लागू नगर्ने भन्ने ऐन ल्याउनासाथ ५ सय रुपैयाँको सिमेन्ट अहिले ८ सय रुपैयाँ बोरा पुगेको छ । यो एउटा मात्रै उदाहरण हो,’ उनले भने । पार्टीमा संगठन निर्माण, जिल्ला र प्रद...
शुक्रबारदेखि संसद्को हिउँदे अधिवेशन
राजनीति, समाचार

शुक्रबारदेखि संसद्को हिउँदे अधिवेशन

नेपालअखबार ,काठमाडौँ । सङ्घीय संसद्को हिउँदे अधिवेशन भोलि माघ १८ गते शुक्रबार अपराह्न १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा बस्दैछ । यस अधिवेशनलाई विधेयक अविधेशनका रूपमा पनि लिइन्छ । सङ्घीय संसद् सचिवालयले दुबै सदनका सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार भोलि बस्ने प्रतिनिधिसभा बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान, प्रधानमन्त्रीको कार्यभार तोकिएको र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ । यस्तै सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यको मनोनयन गर्नेछन् । अधिवशेन सुरु भएको दिन यसअघि जस्तै दलीय आधारमा सदस्यले आ–आफ्नो मन्तव्य राख्नुहने कार्यसूचि रहेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सुशासन ...
पूर्वप्रधानमन्त्री झलनाथ खनालले सोनाम ल्होसारको अवसरमा शुभकामना
राजनीति, समाचार

पूर्वप्रधानमन्त्री झलनाथ खनालले सोनाम ल्होसारको अवसरमा शुभकामना

नेपालअखबार ,काठमाडौँ।नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सोनाम ल्होसारको अवसरमा शुभकामना सन्देश जारी गर्नुभएको छ। बिहिबार एक विज्ञप्ति जारी गर्दै सम्मानित नेता खनालले सोनाम ल्होछारको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई, दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि तथा प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो। उहाँले नेपाल एक बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक भएको बताउदै विभिन्न समुदायले आफ्ना मौलिक चाडपर्वहरू र संस्कृतिलाई संरक्षण गर्नको लागि आफ्नै रिति र परम्परा अनुसार पर्वहरू मनाउँदै आएको कुरा स्मरण गराउनु भएको छ। विज्ञप्तिमा अगाडि भनिएको छ, 'त्यसै अनुरुप तामाङ समुदायले मनाउने यो पर्वले नेपाली दाजुभाई तथा दिदीबहिनीहरू बीच बन्धुत्व, आपसी प्रेम, हार्दिकता र सम्मान प्रकट गर्नेछ र मुलुकलाई सामाजिक न्याय र समानता सहित...
अध्यक्ष नेपालद्धारा सोनाम ल्होसारको शुभकामना
राजनीति, विचार, समाचार

अध्यक्ष नेपालद्धारा सोनाम ल्होसारको शुभकामना

नेपालअखबार ,काठमाडौँ।नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सोनाम ल्होसारको अवसरमा शुभकामना सन्देश जारी गर्नुभएको छ। बिहिबार एक विज्ञप्ति जारी गरेर अध्यक्ष नेपालले तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने सोनाम ल्होसार २०८१ को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो।  अध्यक्ष नेपालले तामाङ समुदायले मनाउने यस पर्वको छुट्टै साँस्कृतिक महत्व रहेको उल्लेख गर्नुभएको छ। उहाँले भन्नुभयो, 'बहुजातीय, बहुधार्मिक र बहुसाँस्कृतिक विशेषतायुक्त हाम्रो देशमा रहेका विभिन्न समुदायका रीति, परम्परा र सँस्कृति हाम्रा मौलिक पहिचान र बहुमूल्य सम्पत्ति हुन्। सबै जातजाति तथा समुदायको भाषा, सँस्कृति तथा पहिचानको संरक्षण गर्नु राज्यको कर्तव्य हो । यस्ता पर्वहरूले हाम्रा मौलिक सँस्कृ...
शिक्षाको गुणस्तर अभिवृद्धिमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री थापा
राजनीति, समाचार

शिक्षाको गुणस्तर अभिवृद्धिमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री थापा

नेपालअखबार ,पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले शिक्षाको गुणस्तर अभिवृद्धिमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । बुधबार पोखराका छुट्टाछुट्टै तीन विद्यालयको वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा उनले शिक्षाको गुणस्तर अभिवृद्धि तथा पूर्वाधार विकासमा प्रदेश सरकारले ध्यान पुर्याउँदै आएको बताएका हुन् । मन्त्री थापाले पोखरा–९ नयाँबजारस्थित महेन्द्र मावि, पोखरा–१६ छहरेपानीस्थित ज्ञानज्योती मावि तथा पोखरा–२२ पुम्दिभूम्दिस्थित शुक्रराज माविको वार्षिकोत्सव समारोहमा प्रमुख अतिथिका रुपमा सहभागि हुँदै शिक्षालाई समृद्धिको आधारका रूपमा अघि बढाउन आवश्यक रहेको बताए । “विद्यार्थीहरूको उत्साह, शिक्षकहरूको समर्पण र अभिभावकहरूको साथ देख्दा नेपाली शिक्षाको उज्ज्वल भविष्य प्रति अझ आशावादी बन्ने अवसर मिल्यो। गण्डकी प्रदेश सरकारले शिक्षाको गुणस्तर अभिवृद्ध...
परराष्ट्रमन्त्री राणा र भारतका अतिरिक्त सचिव महावरबीच भेटवार्ता
राजनीति, समाचार

परराष्ट्रमन्त्री राणा र भारतका अतिरिक्त सचिव महावरबीच भेटवार्ता

नेपालअखबार ,काठमाडौं । भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भेट गरेका छन् । महावरले बुधबार परराषट्रमन्त्री डा. राणासँग भेट गरेका हुन्  । भेटमा नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको परराष्ट्रमन्त्री डा. राणाको सचिवालयले जनाएको छ । महावरले मंगलबार गृहमन्त्री रमेश लेखकसँग भेट गरेका थिए । गृहमन्त्री लेखकसँगको भेटमा नेपाल–भारत सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा सहकार्य, दुवै देशका सीमा सुरक्षाबलबीचको सम्बन्ध र सहकार्य, लागूऔषध ओसारपसार तथा दुर्व्यवसन नियन्त्रण लगायत विषयमा छलफल भएको थियो ।...
आयोगले माग्यो समपूरक र विशेष अनुदानका प्रस्ताव
राजनीति, समाचार

आयोगले माग्यो समपूरक र विशेष अनुदानका प्रस्ताव

नेपालअखबार ,काठमाडौं । राष्ट्रिय योजना आयोगले प्रदेश र स्थानीय तहसँग समपूरक र विशेष अनुदान अन्तर्गत सञ्चालन हुने आयोजना तथा कार्यक्रमको प्रस्ताव माग गरेको छ । पुरानो कार्यविधि फेर्दै दुवै अनुदानमा नयाँ कार्यविधि बनाएको आयोगले १५ फागुनभित्र प्रस्ताव पेश गर्न भनेको छ । यी आयोजना २०८२/८३ मा संघीय समपूरक अनुदान र संघीय विशेष अनुदान अन्तर्गत कार्यान्वयन हुनेछन् । आयोगले यसपटक राजस्व उठाउन सक्ने क्षमताका आधारमा स्थानीय र प्रदेशको वर्गीकरण गरेको छ । सोही आधारमा अनुदान पाउने हिस्सासमेत फरक–फरक हुँदैछ । यसअघि सबै क्षमताका स्थानीय तहमा ५० प्रतिशत अनुदान केन्द्रबाट जाने गरेको थियो । अब समपुरक अनुदानमा कमजोर स्थानीय तहमा ८० प्रतिशत र बलियो स्थानीय तहमा २० प्रतिशत मात्र साझेदारी गर्ने गरी कानुन बनाइएको छ । आयोगले विगतमा समपूरक तथा विशेष अनुदान पाएर कार्यान्वयनमा र सम्पन्न हुन बाँकी रहेका क्रमा...
काठमाडौंमा माघ २४ गते विरोधसभा गर्ने समाजवादी मोर्चाको निर्णय
राजनीति, समाचार, हाइलाइट-समाचार

काठमाडौंमा माघ २४ गते विरोधसभा गर्ने समाजवादी मोर्चाको निर्णय

नेपालअखबार ,काठमाडौं । समाजवादी मोर्चाले आगामी माघ २४ गते काठमाडौंमा विरोधसभा आयोजना गर्ने भएको छ । बुधबार नेकपा एकीकृत समाजवादीको कार्यालय, आलोकनगरमा बसेको मोर्चाको बैठकले सो निर्णय गरेको नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठले जानकारी दिए । ‘माघ २४ गते काठमाडौंमा एउटा भव्य विरोध प्रदर्शनसहितको सभा गर्ने निर्णय भएको छ,’ उनले भने । त्यस्तै, चैतको पहिलो हप्तासम्मा मधेशमा जनसभा आयोजना गर्ने निर्णय भएको पनि उनले बताए ।आजको बैठकमा हिजो (मंगलबार) काठमाडौंमा आयोजना गरिएको समाजवादी मोर्चाको सभाबारे पनि समीक्षा भएको उनले बताए । नेसपासहित देशैभर मोर्चाको संगठन विस्तार गर्ने निर्णय पनि बैठकले गरेको छ ।...