Tuesday, August 18

राजनीति

अमेरिकाबाट फर्केका प्रधानमन्त्री ओलीसँग विमानस्थलमा सवालजवाफ
राजनीति, समाचार

अमेरिकाबाट फर्केका प्रधानमन्त्री ओलीसँग विमानस्थलमा सवालजवाफ

नेपालअखबार,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाबाट स्वदेश फर्केका छन्। असोज ४ गते अमेरिकाको न्युयोर्क गएका प्रधानमन्त्री ओली असोज १४ गते अपराह्न स्वेदश फर्केका हुन्। प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिएर स्वदेश फर्केका छन्। प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको महासभालाई असोज १० गते सम्बोधन गरेका थिए। महासभामा सम्बोधन गर्नुअघि र पछि प्रधानमन्त्री ओलीले विभिन्न देशका सरकार प्रमुखहरूसँग भेटवार्ता पनि गरेका थिए। प्रधानमन्त्री ओली अमेरिकामै रहँदा नेपालमा अविरल वर्षा भयो र जनधनमा क्षति पुर्‍यायो। स्वदेशमा विपद आइलागेका बेला प्रधानमन्त्री ओली कार्यक्रम छोट्याएर स्वदेश नफर्केकोमा पनि आलोचना भइरहेको थियो। पूर्वनिर्धारित कार्यक्रमअनुसार नै प्रधानमन्त्री ओली सोमबार अपराह्न स्वदेश फर्किए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनको स्वागतमा सभामुख देवर...
पाकिस्तानले भन्याे : बाढीपहिरोबाट प्रभावित नेपाललाई सहयोग गर्न तत्पर छाै‌‌
राजनीति, समाचार

पाकिस्तानले भन्याे : बाढीपहिरोबाट प्रभावित नेपाललाई सहयोग गर्न तत्पर छाै‌‌

नेपालअखबार,काठमाडौं । पाकिस्तानले बाढीपहिरोबाट प्रभावित नेपाललाई सहयोग गर्न तत्पर रहेको जनाएको छ। प्रधानमन्त्री शहबाज सरिफले बाढीका कारण अमूल्य जीवन गुमाएका प्रति गहिरो दुःख व्यक्त गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली जनताप्रति पाकिस्तान सरकार र आफ्नो देशका जनताको तर्फबाट सहानुभूति प्रकट गरेका हुन्। पाकिस्तानी राजदूतावासका अनुसार सन् २०२२ मा विनाशकारी बाढीको सामना गरेको पाकिस्तानले दुःखको यस घडीमा ऐक्यबद्धता प्रकट गर्दै नेपाल सरकारलाई आवश्यक सहयोग गर्न तत्पर रहेको जनाएको छ। Deeply saddened by the loss of precious lives due to devastating floods in Nepal. Our heart goes out to @kpsharmaoli and the people of Nepal at this difficult time. Having suffered calamitous floods ourselves in 2022, Pakistan stands in full solidarity with Nepal and is ready to… — Shehbaz Sharif (@CMShe...
सर्वदलीय बैठकले बाढीपहिरोबाट प्रभावितहरूको खोज तथा उद्धारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने
राजनीति, समाचार

सर्वदलीय बैठकले बाढीपहिरोबाट प्रभावितहरूको खोज तथा उद्धारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने

नेपालअखबार, काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको सर्वदलीय बैठकले बाढीपहिरोबाट प्रभावितहरूको खोज तथा उद्धारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने लगायत विभिन्न ९ निर्णय गरेको छ। आइतवार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको बैठकले अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट प्रभावित भएका र घाइतेलाई तत्काल उद्धार गरी उचित वासस्थान, खाना, पानी र अन्य राहत सामाग्री उपलब्ध गराउने निर्णय गरेको कार्यवाहक प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। आवागमन अवरुद्ध भएर बाटोमा फसेका यात्रुलाई यातायात व्यवसायी र प्रशासनको सहयोगमा गन्तव्यमा पुर्‍याउने, यातायात आवागमन पुनः सञ्चालन गर्ने, विद्युत् आपूर्ति र टेलिफोन र खानेपानी सम्बन्धित मन्त्रालयले तत्काल पुनः सञ्चालनको पहल गर्ने निर्णय भएको छ। देशको राजधानीलाई बाँकी भूभागसँग जोड्ने सबैजसो राजमार्गहरूमा साना-ठूला अवरोधले आवागमन अवरुद्...
शान्ति प्रक्रियाका बाँकी काम छिट्टै सक्न नेपाल प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
राजनीति, समाचार

शान्ति प्रक्रियाका बाँकी काम छिट्टै सक्न नेपाल प्रतिबद्ध छ: प्रधानमन्त्री ओली

नेपालअखबार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा आलीले शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी काम छिटो पूरा गर्न नेपाल प्रतिबद्ध रहेको बताएका छन्। संयुक्त राष्ट्रसंघको ७९ औँ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विसं २०६३ मा बृहत् शान्ति सम्झौतामा हस्ताक्षर भएदेखि नेपाल शान्ति प्रक्रियालाई चाँडो पूरा गर्न दृढ रहेको बताए। सङ्घर्षबाट उदाएको राष्ट्रको रूपमा नेपालले शान्ति र राजनीतिक स्थायित्वको महत्व बुझेको बताउँदै आफ्नो नेतृत्वमा वर्तमान सरकार गठन भएपछि संसद्ले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गरिसकेको उनले बताए। संक्रमणकालीन न्यायसम्बन्धी सबै मुद्दालाई सधैँका लागि समाधान गर्न आफू प्रतिबद्ध रहेको स्पष्ट गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हामी कानुन कार्यान्वयन गर्दा सत्य र न्यायसहित पीडितहरूको अधिकारको रक्षालाई प्राथमिकता दिनेछौँ। द्वन्द्वकालका पीडामा मल्हम लगाउने प्रयासस्वरुप...
विपद् उत्थानशील नेपाल निर्माणका लागि सरकार प्रतिबद्ध छ : गृहमन्त्री लेखक
राजनीति, समाचार

विपद् उत्थानशील नेपाल निर्माणका लागि सरकार प्रतिबद्ध छ : गृहमन्त्री लेखक

नेपालअखबार,काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सरकार विपद् उत्थानशील नेपाल निर्माणका लागि प्रतिबद्ध रहेको बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित ‘युएसएआइडी टायर नेपाल प्रोजेक्ट लर्निङ शेयरिङ वर्कशप’लाई सम्बोधन गर्दै उनले वर्तमान सरकार विपद् उत्थानशील नेपाल निर्माणका लागि प्रतिबद्ध रहेको बताएका हुन् । गृहमन्त्री लेखकले २०७२ सालको भूकम्पबाट पाठ सिक्दै आगामी दिनमा समग्र राष्ट्रलाई नै विपद् उत्थानशील बनाउने भन्नेतर्फ अग्रसर हुन अपरिहार्य भएको बताए । उनले जलवायु परिवर्तनका अनुकूलन एवं विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि आवश्यक नीति, ऐन, नियम, रणनीति, निर्देशिका, मापदण्ड तथा संस्थागत संरचनाका आधार निर्माण भइसकेका पनि बताए । गृहमन्त्री लेखकले नेपाललाई विपद् एवं जलवायु उत्थानशील बनाउन थप प्राविधिक एवम् वित्तीय स्रोतको आवश्यक रहेको बताए । उनले भने, ‘तथ्यांकमा भन्नुपर्दा सन् २०१५ द...
स्थानीय तह उपनिर्वाचनमा २ मंसिरमा उम्मेदवारी दर्ता
प्रशासन, राजनीति, समाचार

स्थानीय तह उपनिर्वाचनमा २ मंसिरमा उम्मेदवारी दर्ता

नेपालअखबार,काठमाडौं । १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि २ मंसिरमा उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार २ मंसिरको बिहान १० देखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेको छ । ३ मंसिरमा उम्मेदवारको विरोधमा उजुरी दिने सकिनेछ भने ४ गते बेलुकाम्म उजुरी उपर जाँचबुझ गरी निर्णय दिनुपर्नेछ । त्यस्तै ५ मंसिरको दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् । त्यसपछि त्यसै दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ र निर्वाचन चिह्न पनि त्यसै दिन दिइनेछ । १६ गते बिहान ७ देखि ५ बजेसम्म मतदान हुने आयोगले जनाएको छ ।...
प्रधानमन्त्री ओली र सामोआका समकक्षीबीच भेटवार्ता
राजनीति, समाचार

प्रधानमन्त्री ओली र सामोआका समकक्षीबीच भेटवार्ता

नेपालअखबार,न्युयोर्क (अमेरिका) । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र सामोआका प्रधानमन्त्री फैमे नाओमी माताफाबीच आज भेटवार्ता भएको छ । उनीहरुबीच राष्ट्रसङ्घका लालि सामाओको स्थायी नियोगमा भेटवार्ता भएको हो । भेटका अवसरमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका प्रमुख लोकबहादुर थापा सहभागी थिए । त्यसअघि प्रधानमन्त्री ओलीले फिनल्ययान्डका राष्ट्रपति अलेक्जेण्डर स्टबसँग पनि भेटवार्ता गरेका थिए ।...
देशका गौरब र पहिचान भनेकै भाषा, साहित्य, संस्कृति हुन्: राष्ट्रपति पौडेल
राजनीति, समाचार

देशका गौरब र पहिचान भनेकै भाषा, साहित्य, संस्कृति हुन्: राष्ट्रपति पौडेल

नेपालअखबार,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भाषिक तथा सांस्कृतिक बहुलता एवं भौगोलिक विविधतायुक्त हाम्रो देशका गौरब र पहिचान भनेकै भाषा, साहित्य, संस्कृति भएको बताएका छन्। नेपाल प्रज्ञा प्रतिष्ठानको ६७ औँ वार्षिकोत्सवका अवसरमा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव, २०८१ को पुरस्कार समर्पण गर्न राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार भएको समारोहमा बोल्दै भने, ‘हाम्रा भाषा, साहित्य, संस्कृति तथा हामीसँग रहेका मौलिक एवं रैथाने ज्ञान, परम्पराको संरक्षण, सम्वर्द्धन र विकास गर्नु हाम्रो परम कर्तव्य हो।’ राष्ट्रपति पौडेलले भाषा, साहित्य, संस्कृति, दर्शन मानव जीवनका लागि अपरिहार्य विषय भएको बताए। ‘भाषा मानिसका चाहना, भावना, विचारको विनिमय गर्ने सशक्त माध्यम हो, साहित्य भाषाको सबैभन्दा सुन्दर एवं कलात्मक अभिव्यक्ति हो, यसले भाषालाई श्रुतिमधुर बनाउने काम त गर्छ नै, भाषालाई य...
एकीकृत समाजवादीले नेताको जिम्मेवारी हेरफेर गर्दै
राजनीति, समाचार

एकीकृत समाजवादीले नेताको जिम्मेवारी हेरफेर गर्दै

नेपालअखबार,काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टी सङ्गठनको संरचना र नेताहरुको जिम्मेवारी हेरफेर गर्ने भएको छ। पार्टीका विभाग आयोगलगायत संरचनालाई पूर्णता दिने, जनवर्गीय सङ्गठनका इन्चार्ज तथा भोगोलिक इन्चार्ज हेरफेर गर्ने तयारी गरिइएको हो। हालै सम्पन्न पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनका क्रममा सबै कमिटी विघटन गरिएको थियो। महाधिवेशनले तत्कालीन पोलिटब्युरो कमिटीलाई केन्द्रीय कमिटीमा मनोनित गरेको थियो। केन्द्रीय १८ पदाधिकारीसहित एक सय पाँच पोलिटब्युरो सदस्य निर्वाचन प्रक्रियाबाट छनोट गरिएको थियो। केन्द्रीय सचिवालय गठन गर्न बाँकी रहेको पार्टीको सबै केन्द्रीय पदाधिकारीलाई स्थायी कमिटीमा लैजाने व्यवस्था छ। नेताहरुको जिम्मेवारी तथा कार्यविभाजन तोक्न पार्टी अध्यक्ष माधव नेपाल नेतृत्वको कार्यदल गठन गरिएको थियो। सोही कार्यदलले नेताहरूको योगदान र सक्षमताको आधारमा कार्यव...
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता
राजनीति, समाचार

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता

नेपालअखबार,काठमाडौं । न्युयोर्कको लोट्टे प्यालेस होटलमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। स्थानीय समयानुसार आइतबार साँझ साढे पाँच बजे भएको भेटका अवसरमा नेपाल—भारत आपसी चासो र हितका विषयमा कुराकानी भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन्। माइक्रो ब्लगिङ साइट एक्समा उनले त्यस्तो बताएका हुन्।   ‘प्रधानमन्त्री केपी ओलीसँग न्यूयोर्कमा निकै राम्रो भेट भयो। भारत–नेपाल मित्रता धेरै बलियो छ र हामी हाम्रो सम्बन्धलाई अझ गति दिन चाहन्छौं। हाम्रो संवाद ऊर्जा, प्रविधि र व्यापारजस्ता मुद्दाहरूमा केन्द्रित थियो,’ उनले ओलीसँगको भेटका तस्बिर साझा गर्दै भनेका छन्।संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन गएका ओली न्युयोर्कमा छन्। सोही क्रममा मोदी बसेकै होटलमा साइडलाइन वार्ता भएको थियो। नेपाली पक्षको लामो प्रयास र गृहकार्यपछि प्र...