Tuesday, August 18

राजनीति

संघीय संसद् अन्तरगत प्रतिनिधिसभाका दुई समितिका बैठक बस्दै
राजनीति, समाचार

संघीय संसद् अन्तरगत प्रतिनिधिसभाका दुई समितिका बैठक बस्दै

नेपालअखबार, काठमाडौँ । संघीय संसद् अन्तरगत प्रतिनिधिसभाका दुई समितिका बैठक सोमबार बस्दैछ।  महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा राज्यको मूल प्रवाहमा आउन नसकेका समुदाय तथा जातजातिको जनसंख्याको अवस्था सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । यस्तै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि सैद्धान्तिक छलफल हुनेछ। बैठक बिहान ११ बजे बस्नेछ।...
सुरक्षा संवेदनशीलता र साइडलाइन भेटवार्ताको व्यस्ततालाई कारण देखाउँदै अमेरिकामा प्रधानमन्त्रीओली कार्यक्रम स्थगित
राजनीति, समाचार

सुरक्षा संवेदनशीलता र साइडलाइन भेटवार्ताको व्यस्ततालाई कारण देखाउँदै अमेरिकामा प्रधानमन्त्रीओली कार्यक्रम स्थगित

नेपालअखबार,काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणाको स्वागतमा त्यहाँका नेपाली समुदायले आयोजना गर्ने भनिएको स्वागत कार्यक्रम अन्तिम समयमा स्थगित भएको छ । नेपाली महावाणिज्य दूतावास न्यूयोर्क र अमेरिकामा रहेका नेपाली समुदायको संयुक्त आयोजनामा आइतबार स्वागत तथा अन्तरक्रिया कार्यक्रम गर्ने तयारी थियो । त्यसका लागि प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री राणाको तस्वीर अंकित ब्यानरसहित मञ्च समेत तयार पारिसकिएको थियो । तर सुरक्षा संवेदनशीलता र साइडलाइन भेटवार्ताको व्यस्ततालाई कारण देखाउँदै कार्यक्रम स्थगित गरिएको छ । नेपाली महावाणिज्य दूतावास न्यूयोर्कले जारी गरेको सूचनामा लेखिएको छ, ‘सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यू तथा माननीय परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाज्यूको संयुक्त राष्ट्...
अल जजिराको कार्यालयमा हतियारसहित छिरे इसराइली सेना
राजनीति, विश्व, समाचार

अल जजिराको कार्यालयमा हतियारसहित छिरे इसराइली सेना

नेपालअखबार, काठमाडौँ ।  समाचार संस्था अल जजिराको कार्यालयभत्रै इसराइली सेना प्रवेश गरेको छ। आइतबार वेस्ट ब्यांकको रमल्लाहमा रहेको अल जजिराको कार्यालयमा एक हुल इसराइली सेना प्रवेश गरेका हुन्। अल जजिराले आफ्नो कार्यालयमा इसराइली सेना प्रवेश गरेको प्रत्यक्ष प्रसारणसमेत गरेको थियो। सेनाले कार्यालयमा प्रवेश गरी ४५ दिन प्रकाशन प्रसारण बन्द गर्न चेतावनी दिएको अलजजिराले जनाएको छ। भिडिओमा इसराइली सेनाहरू हतियारसहित प्रवेश गरेको देखिन्छ। सेना प्रवेश गरेपछि ब्युरो प्रमुख वालिद ओमरी र केही कर्मचारीहरू बाहिर देखिन्छन्। सेनाले उनलाई तत्काल कर्मचारीहरूलाई बाहिर निकाल्न र ४५ दिनसम्म प्रसारण बन्द गर्न चेतावनी दिएको अल जजिरासहित अन्तर्राष्ट्रिय अखबारहरूले लेखेका छन्। रमल्लाह ब्युरो एक दशकभन्दा बढी समयदेखि सञ्चालित छ। अक्टोबर ७ देखिको इसराइल-हमास द्वन्द्वले गजामा आम नागरिकमाथि खेप्नुपरेको स...
न्यूयोर्क पुगिन् परराष्ट्रमन्त्री राणा
राजनीति, समाचार

न्यूयोर्क पुगिन् परराष्ट्रमन्त्री राणा

नेपालअखबार, काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ७९ औं महासभामा भाग लिन परराष्ट्रमन्त्री आरजु राणा देउवा शनिबार न्यूयोर्क पुगेकी छन्। स्थानीय समयअनुसार मध्याह्न क्यानाडाबाट उनी न्यूयोर्क आएकी हुन्। मन्त्री राणालाई संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी नियोग प्रमुख लोकबहादुर थापा, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत कुमारराज खरेल, नियोगका कर्मचारी तथा स्थानीय सङ्घसंस्थाका प्रतिनिधिहरूले विमानस्थलमा स्वागत गरेका थिए। क्यानाडाको टोरन्टोमा आयोजित महिला विदेशमन्त्रीहरूको बैठकमा सहभागी भएर उनी न्यूयोर्क आएकी हुन्। मन्त्री राणाले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गर्ने राष्ट्रसङ्घका विभिन्न फोरममा सहभागिता हुनेछिन्। उनले मन्त्रीस्तरीय बैठकहरूमा सहभागिता जनाउने तथा विभिन्न कार्यक्रमलाई सम्बोधन गर्ने कार्यतालिका रहेको न्युयोर्कस्थित नेपाली नियोगले जानकारी दिएको छ।...
जब मलेसियाका राजा सी चिनफिङसामु रोए
राजनीति, विश्व, समाचार

जब मलेसियाका राजा सी चिनफिङसामु रोए

नेपालअखबार, काठमाडौँ । मलेसियाका राजा सुल्तान इब्राहिम चीनका राष्ट्रपति सी चिनफिङसँगको भेटवार्ताका क्रममा भावुक बनेका छन्। चारदिने भ्रमणका लागि राजा सुल्तान इब्राहिम नेतृत्वको प्रतिनिधिमण्डल शुक्रबार बेइजिङ पुगेको थियो। सोही दिन राष्ट्रपति सी नेतृत्वको प्रतिनिधिमण्डलस्तरीय भेटवार्ताका क्रममा मलेसियाका राजा भावुक बनेका हुन्। राजा सुल्तानले भेटवार्ताका क्रममा आफू भावुक बनेको तस्बिर नै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्। तस्बिरमा उनी आँसु पुछ्दै गरेको दृश्य छ। विभिन्न सञ्चारमाध्यमहरुले भेटवार्ताका क्रममा राजा सुल्तानका छोरा टुंकु अब्दुल जलीलबारे कुराकानी हुँदा राजा भावुक भएको उल्लेख गरेको छ। मलेसियाका राजकुमार सन् २०१४ मा चीनमा कलेजो प्रत्यारोपण गरिएको थियो। आफ्नो छोराको उपचारका लागि चीनले लगाएको गुन सम्झेर राजा सुल्तान भावुक बनेको मन्त्री एन्गा कोरमिङले बताएका छन्।'शल्यक्रि...
प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिवबीच भेटवार्ता
राजनीति, समाचार

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिवबीच भेटवार्ता

नेपालअखबार,काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन न्यूयोर्कमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता जारी राखेका छन् । उनले शनिबार साँझ संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गरेका छन् । स्थानीय समय अनुसार शनिबार साँझ राष्ट्रसंघ भवनमा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीले आज साइडलाइन भेटवार्ता गर्ने तयारी गरेका छन् । आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने तयारी भइरहेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । राष्ट्रसंघको महासभा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली शुक्रबार अमेरिका प्रस्थान गरेका थिए । उनी कतारको दोहा हुँदै स्थानीय समय अनुसार शुक्रबार राति ९ः४५ बजे न्यूयोर्क पुगेका थिए । प्रधानमन्त्री ओलीलाई न्यूयोर्कको जोन एफ केनेडी अन्तर्राष्ट्रि...
सातै प्रदेशमा राजनीतिक प्रशिक्षण सञ्चालन गर्दै समाजवादी मोर्चा
राजनीति, समाचार

सातै प्रदेशमा राजनीतिक प्रशिक्षण सञ्चालन गर्दै समाजवादी मोर्चा

नेपालअखबार,काठमाडौँ । समाजवादी मोर्चा नेपालले सातै प्रदेशमा राजनीतिक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । मुलुकको समसामयिक राजनीतिक अवस्था र अन्तर्राष्ट्रिय परिवेशमा केन्द्रित रहेर प्रदेश तहमा सभा, सम्मेलन, जनाधिकार, सामाजिक विकासलगायत विषयमा प्रशिक्षण छिट्टै सञ्चालन गर्न लागेको मोर्चाका नेता प्रमेश हमालले जानकारी दिए । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का वरिष्ठ नेता हमालले मोर्चामा आबद्ध पार्टीका शीर्षनेताहरूले प्रशिक्षण दिने कार्यक्रम तय भएको बताए । वामपन्थी शक्तिलाई एकताबद्ध गरी एउटै र बलियो कम्युनिष्ट पार्टी बनाउने लक्ष्यसहित मोर्चा गठन भएको र मोर्चाले अनौपचारिक रूपमा ती समूहसँग छलफल गरिरहेको जनाइएको छ ।...
राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेश
राजनीति, समाचार

राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेश

नेपालअखबार,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेल समक्ष आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आर्थिक वर्ष २०८०/८१ को आयोगको वार्षिक कामहरूको प्रतिवेदन पेश गरेका हुन् । सो अवसरमा राष्ट्रपति पौडेलले निजामती सेवा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, अन्य सङ्घीय सरकारी सेवा र सङ्गठित संस्थाको पदमासमेत पदपूर्तिका लागि जिम्मेवारी तोकेअनुसार कार्य सम्पादन गर्नु सराहनीय रहेको बताए । उनले नेपाली जनताको आस्था र विश्वासको धरोहरको रुपमा रहेको आयोगले अझै व्यवस्थित, सुदृढ र प्रभावकारी ढङ्गले कार्य सम्पादन गर्ने विश्वास व्यक्त गरे ।...
जनताको सार्वभौम अधिकारलाई कमजोर बनाउने गरी हुने संविधान संशोधन स्वीकार्य नहुने :अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार

जनताको सार्वभौम अधिकारलाई कमजोर बनाउने गरी हुने संविधान संशोधन स्वीकार्य नहुने :अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनताको सार्वभौम अधिकारलाई कमजोर बनाउने गरी हुने संविधान संशोधन आफूहरूलाई स्वीकार्य नहुने बताएका छन् । काठमाडौँमा शुक्रबार भएको सन्देश सभालाई सम्बोधन गर्दै राष्ट्रियता र लोकतन्त्रको पक्षमा छलफल गर्न आफ्नो पार्टी तयार रहेको भन्दै कसैले आफूलाई बेवास्ता गरेमा त्यो स्वीकार्य नहुने बताए । ‘अहिले संविधान संशोधनको चर्चा चलेका छन् । संविधान संशोधन गर्न नसकिने होइन । तर मध्यरातमा दुई दललेमात्र त्यसमा सम्झौता गर्नुपर्ने आवश्यकता थिएन’, अध्यक्ष नेपालले भने, ‘यसबारेमा नियत र उद्देश्यमाथि प्रश्न खडा भएको छ ।’ उनले सबै कुरामा छलफल गर्न तयार रहेको भन्दै राम्रा कुरालाई समाप्त पार्नेगरी कुनै कुरा आए स्वीकार्य नहुने बताए । उनले संविधान संशोधन प्रस्ताव सजिलै पास हुनसक्ने अवस्था समेत नरहेको बताए । ‘राष्ट्रिय सभामा हामीलगायत ...
चार वटा संसदीय समितिको बैठक बस्दै
राजनीति, समाचार

चार वटा संसदीय समितिको बैठक बस्दै

नेपालअखबार,काठमाडौँ । शुक्रबार चार वटा संसदीय समितिको बैठक बस्दैछ। सिंहदरबारस्थित समितिको कार्यकक्षमा विभिन्न समयमा चार समितिको बैठक तय भएको संघीय संसद सचिवालयले जनाएको छ। बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने तय छ। बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल हुनेछ। विधायन व्यवस्थापन समितिको बैठक बिहान साढे ११ बजे बस्दैछ। बैठकमा कार्यपरामर्श उपसमिति पुनर्गठन र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ। यस्तै बिहान ११ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ। बैठकमा राष्ट्रिय निकुञ्जको अवलोकन सम्बन्धी छलफल हुनेछ। दिउँसो १ बजे बस्ने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वका सम्बन्...