Tuesday, August 18

राजनीति

एकीकृत समाजवादमा एक हजार जना प्रवेश
राजनीति, समाचार, समाज, हाइलाइट-समाचार

एकीकृत समाजवादमा एक हजार जना प्रवेश

नेपालअखबार, धनुषा। नेकपा (एकीकृत समाजवादी) धनुषाको कमला नगरपालिका कमिटीद्वारा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ। गत मंगलबार नगरकमिटीले आयोजना गरेको पाटी प्रवेश कार्यक्रममा एक हजार बढी नेता कार्यकर्ता तथा सर्वसाधारणले एकीकृत समाजवादी पार्टी रोज्नु भएको हो। अध्यक्ष नेपालका स्वकीय लक्ष्मण रेग्मीका अनुसार नव प्रवेशीहरूलाई पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले स्वागत गर्नुभएको थियो। धनुषा निर्वाचन क्षेत्र नम्बर २ अन्तरगत कमला नगरपालिकाका एमाले, कांग्रेस र जसपालगायत पार्टी परित्याग गरी ठूलो संख्याले एकीकृत समाजवादी रोजेको हो।...
इरानले इसराइलमा हान्यो १८० वटाभन्दा बढी मिसाइल
राजनीति, विश्व, समाचार

इरानले इसराइलमा हान्यो १८० वटाभन्दा बढी मिसाइल

नेपालअखबार,काठमाडौँ । इरानले इसराइलमाथि मिसाइल आक्रमण गरेको छ। मंगलबार इरानले इसराइली भूभागमा १८० वटाभन्दा बढी ब्यालिस्टिक मिसाइलबाट आक्रमण गरेको हो। समाचार संस्था रोयटर्सले मंगलबार इरानले इसराइलमाथि गरेको आक्रमण अहिलेसम्मकै ठूलो भनेको छ। मंगलबार साँझ स्थानीय समयमा अनुसार पौने ८ बजे जेरूसेलम, तेल अविभलगातका मुख्य सहरहरूका आकासमा मिसाइलहरू देखिएपछि लगातार साइरनको आवाज आइरहेको थियो। विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले आक्रमणबाट हताहती भएको विवरण सार्वजनिक नभइसकेको बताएका छन्। इसराइलको प्रतिरक्षा प्रणाली यति बलियो छ कि इसराइली आकाशमा देखिने मिसाइलहरूलाई त्यहाँको प्रतिरक्षा प्रणालीले आकाशमै नष्ट गरिदिन्छ। यद्यपि मंगलबार एकैचोटी ठूलो संख्यामा मिसाइल आक्रणम हुँदा केही मिसाइल जमिनमा पनि खसेको भनिएको छ। त्यसले गरेको यकिन क्षति भने सार्वजनिक भइसकेको छैन । समाचार सस्था सिएनएनले ...
दुई दिनभित्र खोज र उद्धारका काम सकिन्छ : प्रधानमन्त्री
राजनीति, समाचार

दुई दिनभित्र खोज र उद्धारका काम सकिन्छ : प्रधानमन्त्री

नेपालअखबार,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही असोज ११ र १२ गतेको अविरल वर्षा, बाढी, पहिरो र डुबानका राहत रकम वितरण कार्य प्रारम्भ सुरु भएको तथा खोज,उद्धारको कार्य दुई दिनभित्र गरिसकिने जनाएका छन् । प्रधानमन्त्री ओलीले घाइतेहरूको निःशुल्क उपचार गरिने र विपद्पछि फैलन सक्ने सम्भावित रोगको रोकथाम र नियन्त्रणका  लागि आवश्यक प्रबन्ध गरिएको बताएका हुन् । क्षतिग्रस्त भएका खानेपानी, सडक, टेलिफोन, विद्युत् आदी सेवा सञ्चालनका लागि प्रक्रिया सुरु गरिएको पनि उनले बताए । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको पत्रकार सम्मेलन प्रधानमन्त्री ओलीका तर्फबाट मुख्यसचिव एकनारायण अर्यालले प्रस्तुत गरेको प्रेस विज्ञप्तिमा विपद्का कारण दुई सय २४ को मृत्यु, २४ बेपत्ता र १५८ घाइते तथा उच्च जोखिममा रहेका चार हजार तीन सय ३१ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पठाइसकिएको उल्...
कैपटक धेरैतिर क्षतिको पूर्वानुमान नै गर्न नसकिएन  : प्रधानमन्त्री
राजनीति, समाचार

कैपटक धेरैतिर क्षतिको पूर्वानुमान नै गर्न नसकिएन : प्रधानमन्त्री

नेपालअखबार,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरो गयो भन्नेबित्तिकै आफू अमेरिकाबाट हिँडेको बताएका छन् । मौसम पुर्वमानुमान महाशाखाले असोज ७ गते नै विपद् आउन सक्छ भनेर सूचना दिएपछि सरकारले पूर्वतयारीका काम गरेको तर यति ठुलो विपत्ति आउला भनेर आफूले समेत कल्पना नगरेको बताए । ‘११ र १२ गते पानी पर्‍यो, १२ गते बिहानै म अमेरिकाबाट हिँडेको छु भने म यहाँ भइन भन्ने कुरा पनि उठाए । संयुक्त राष्ट्र संघमा जाँदा पहिला नै यस्तो क्षतिको अनुमानअघि नै म जाने कुरा भएको हो’, प्रधानमन्त्रीले भने, ‘१२ गते हिँडेको छु । एक दिन ग्याप हुन्छ १४ गते आइपुगेँ ।’ उनले केही कमीकमजोरी भएपनि त्यसलाई सच्चाउँदै अघि बढ्नुपर्ने र उद्धारमा खटिएका सुरक्षाकर्मीलाई धन्यवाद दिनुपर्ने बताए प्रधानमन्त्रीले आफू उहाँ रहँदा पनि गृहमन्त्री लगायत राज्यका निकायसँग समन्वय गरिरहेको र उद्दारका लागि निर्देशन दिएको बताए ।...
नेकपा एमालेले सचिवालय र संसदीय दलको बैठक बस्दै
राजनीति, समाचार

नेकपा एमालेले सचिवालय र संसदीय दलको बैठक बस्दै

नेपालअखबार, काठमाडौं । बाढी पहिरोले मच्चाएको वितण्डाबारे छलफल गर्न नेकपा एमालेले सचिवालय र संसदीय दलको बैठक बस्दैछ। प्रमुख सत्ता साझेदार दल एमालेले बिहान ११ बजे  पार्टी सचिवालय र दिउँसो १२ बजे संसदीय दलको बैठक डाकेको हो। बैठकमा बाढी र पहिरोले पुर्‍याएको जनधनको क्षति, उद्धार र राहत लगायत विषयमा छलफल हुने सचेतक सुनिता बरालले जानकारी दिइन्। प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली सोमबार अमेरिकाबाट फर्किएका थिए। फर्किएलगत्तै उनले पार्टीको छुट्टाछुट्टै कमिटीको बैठक बोलाएका हुन्। यसअघि सोमबार बसेको मन्त्रीपरिषद् बैठकले बाढी र पहिरोबाट निधन भएकाहरूको शोकमा तीन दिन राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको थियो।...
सरकारको चरम लापरबाही देखियो : राष्ट्रिय जनमोर्चा
राजनीति, समाचार

सरकारको चरम लापरबाही देखियो : राष्ट्रिय जनमोर्चा

नेपालअखबार,काठमाडौँ । राष्ट्रिय जनमोर्चाले बढिपहिरो तथा डुबानपछि खोज, उद्धार तथा राहतमा सरकारको चरम लापरबाही देखिएको जनाएको छ । अध्यक्ष चित्रबहादुर केसीले मंगलबार विज्ञप्ति जारी गर्दै देशका विभिन्न भागमा बाढी पहिरोको घटनाले ठुलो जनधनको क्षति भइरहेको तथा यातायातमा बाधा उत्पन्न हुनुका साथै नागरिक जीवन अस्तव्यस्त बन्न गएको उल्लेख गरेका छन् । बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति दुख प्रकट गर्दै राजमोले  बाढी पहिरोका विभिन्न घटनामा बेपत्ता भएका सबै नागरिकहरूको खोजतलासमा प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएको छ । ‘बाढी पहिरोको रोकथाम र त्यसबाट हुने क्षतिलाई कम गर्नका लागि सरकारले प्रभावकारी पहलकदमी लिएको पाइँदैन’, अध्यक्ष केसीले भनेका छन्, ‘बाढी पहिरोबाट मानव बस्तीहरू, सडक बाटोघाटो, जग्गाजमिनमा रहेका जोखिमबारे सरकारको कुनै अध्ययन र तथ्याङ्क देखिँदैनन् ।’ सडकमा रहेका सवारी साधनहरू पहि...
अमेरिकाबाट फर्केका प्रधानमन्त्री ओलीसँग विमानस्थलमा सवालजवाफ
राजनीति, समाचार

अमेरिकाबाट फर्केका प्रधानमन्त्री ओलीसँग विमानस्थलमा सवालजवाफ

नेपालअखबार,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाबाट स्वदेश फर्केका छन्। असोज ४ गते अमेरिकाको न्युयोर्क गएका प्रधानमन्त्री ओली असोज १४ गते अपराह्न स्वेदश फर्केका हुन्। प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिएर स्वदेश फर्केका छन्। प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको महासभालाई असोज १० गते सम्बोधन गरेका थिए। महासभामा सम्बोधन गर्नुअघि र पछि प्रधानमन्त्री ओलीले विभिन्न देशका सरकार प्रमुखहरूसँग भेटवार्ता पनि गरेका थिए। प्रधानमन्त्री ओली अमेरिकामै रहँदा नेपालमा अविरल वर्षा भयो र जनधनमा क्षति पुर्‍यायो। स्वदेशमा विपद आइलागेका बेला प्रधानमन्त्री ओली कार्यक्रम छोट्याएर स्वदेश नफर्केकोमा पनि आलोचना भइरहेको थियो। पूर्वनिर्धारित कार्यक्रमअनुसार नै प्रधानमन्त्री ओली सोमबार अपराह्न स्वदेश फर्किए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनको स्वागतमा सभामुख देवर...
पाकिस्तानले भन्याे : बाढीपहिरोबाट प्रभावित नेपाललाई सहयोग गर्न तत्पर छाै‌‌
राजनीति, समाचार

पाकिस्तानले भन्याे : बाढीपहिरोबाट प्रभावित नेपाललाई सहयोग गर्न तत्पर छाै‌‌

नेपालअखबार,काठमाडौं । पाकिस्तानले बाढीपहिरोबाट प्रभावित नेपाललाई सहयोग गर्न तत्पर रहेको जनाएको छ। प्रधानमन्त्री शहबाज सरिफले बाढीका कारण अमूल्य जीवन गुमाएका प्रति गहिरो दुःख व्यक्त गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली जनताप्रति पाकिस्तान सरकार र आफ्नो देशका जनताको तर्फबाट सहानुभूति प्रकट गरेका हुन्। पाकिस्तानी राजदूतावासका अनुसार सन् २०२२ मा विनाशकारी बाढीको सामना गरेको पाकिस्तानले दुःखको यस घडीमा ऐक्यबद्धता प्रकट गर्दै नेपाल सरकारलाई आवश्यक सहयोग गर्न तत्पर रहेको जनाएको छ। Deeply saddened by the loss of precious lives due to devastating floods in Nepal. Our heart goes out to @kpsharmaoli and the people of Nepal at this difficult time. Having suffered calamitous floods ourselves in 2022, Pakistan stands in full solidarity with Nepal and is ready to… — Shehbaz Sharif (@CMShe...
सर्वदलीय बैठकले बाढीपहिरोबाट प्रभावितहरूको खोज तथा उद्धारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने
राजनीति, समाचार

सर्वदलीय बैठकले बाढीपहिरोबाट प्रभावितहरूको खोज तथा उद्धारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने

नेपालअखबार, काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको सर्वदलीय बैठकले बाढीपहिरोबाट प्रभावितहरूको खोज तथा उद्धारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने लगायत विभिन्न ९ निर्णय गरेको छ। आइतवार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको बैठकले अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट प्रभावित भएका र घाइतेलाई तत्काल उद्धार गरी उचित वासस्थान, खाना, पानी र अन्य राहत सामाग्री उपलब्ध गराउने निर्णय गरेको कार्यवाहक प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। आवागमन अवरुद्ध भएर बाटोमा फसेका यात्रुलाई यातायात व्यवसायी र प्रशासनको सहयोगमा गन्तव्यमा पुर्‍याउने, यातायात आवागमन पुनः सञ्चालन गर्ने, विद्युत् आपूर्ति र टेलिफोन र खानेपानी सम्बन्धित मन्त्रालयले तत्काल पुनः सञ्चालनको पहल गर्ने निर्णय भएको छ। देशको राजधानीलाई बाँकी भूभागसँग जोड्ने सबैजसो राजमार्गहरूमा साना-ठूला अवरोधले आवागमन अवरुद्...
शान्ति प्रक्रियाका बाँकी काम छिट्टै सक्न नेपाल प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
राजनीति, समाचार

शान्ति प्रक्रियाका बाँकी काम छिट्टै सक्न नेपाल प्रतिबद्ध छ: प्रधानमन्त्री ओली

नेपालअखबार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा आलीले शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी काम छिटो पूरा गर्न नेपाल प्रतिबद्ध रहेको बताएका छन्। संयुक्त राष्ट्रसंघको ७९ औँ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विसं २०६३ मा बृहत् शान्ति सम्झौतामा हस्ताक्षर भएदेखि नेपाल शान्ति प्रक्रियालाई चाँडो पूरा गर्न दृढ रहेको बताए। सङ्घर्षबाट उदाएको राष्ट्रको रूपमा नेपालले शान्ति र राजनीतिक स्थायित्वको महत्व बुझेको बताउँदै आफ्नो नेतृत्वमा वर्तमान सरकार गठन भएपछि संसद्ले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गरिसकेको उनले बताए। संक्रमणकालीन न्यायसम्बन्धी सबै मुद्दालाई सधैँका लागि समाधान गर्न आफू प्रतिबद्ध रहेको स्पष्ट गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हामी कानुन कार्यान्वयन गर्दा सत्य र न्यायसहित पीडितहरूको अधिकारको रक्षालाई प्राथमिकता दिनेछौँ। द्वन्द्वकालका पीडामा मल्हम लगाउने प्रयासस्वरुप...