Friday, August 7

राजनीति

एमालेले पठायो ओलीको हस्ताक्षरसहित ६ लाख ६७ हजार बढीलाई चिठी
राजनीति, समाचार, समाज

एमालेले पठायो ओलीको हस्ताक्षरसहित ६ लाख ६७ हजार बढीलाई चिठी

नेपालअखबार,काठमाडौं । नेकपा एमालेले ६ लाख ६७ हजारभन्दा बढी जनालाई एकै कुरा लेखेको चिठी पठाएको छ। एमालेले पार्टीका संगठित सदस्यहरू ६ लाख ६७ हजार जनाभन्दा बढीलाई चिठी पठाएको हो। पहिले संगठित सदस्य रहेका र अहिले नवीकरण नगरेका सदस्यहरूलाई पनि चिठी पुगेको छ। आफूलाई चिठी आएको भन्दै केहीले सामाजिक सञ्जालमा पनि पोस्ट गर्न थालेका छन्। एमालेले अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरसहित एकै कुरा लेखेको चिठी सदस्यहरूलाई पठाएको हो। अध्यक्ष ओलीले निर्वाचनलक्षित चिठी सदस्यहरूलाई पठाएका हुन्। फागुन २१ को 'निर्वाचनले देशलाई विनाशतर्फ धकेल्ने कि निर्माणको मार्गमा अघि बढाउने भन्ने हारजितको फैसला गर्ने' कुरा उल्लेख गर्दै अध्यक्ष ओलीको हस्ताक्षरसहित चिठी सदस्यहरूलाई पठाइएको एमालेले जनाएको छ। ओलीले देश निर्माणका लागि एमालेलाई बहुमतको आवश्यक रहेको पनि उल्लेख गरेका छन्। यसअघि ओलीको हस्ताक्षरसहित ...
आफ्नो निर्वाचन क्षेत्रमा लोकप्रिय नेता कुसियैत
राजनीति, समाचार

आफ्नो निर्वाचन क्षेत्रमा लोकप्रिय नेता कुसियैत

मुस्ताक आलम सुनसरी, लौकही। तत्कालीन १ नम्बर प्रदेश सभा निर्वाचन २०७४ सालमा बाम गठबन्धनबाट जगदिश कुसियैत निर्वाचित भएको थियो। निर्वाचित भएपछि उनी प्रदेश सरकारको उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री पनि भए । कुसियैत मन्त्री भएपछि आफ्नो निर्वाचन क्षेत्रमा पुयाएको विकासका कारण भोट दिने सो क्षेत्रका मतदाताहरु बताउँछन् । मन्त्री पदको जिम्मेवारीमा हुदा आफ्नो क्षेत्रमा मात्र नभई सिंगो सुनसरी जिल्लामा बिकासको फेरिस्त यस्तो रहेको छ। साबिकको सुनसरी क्षेत्र नं ५ मा स्वर्गीय गिरिजाप्रसाद कोइराला यस क्षेत्रबाट कयौंपटक निर्वाचित भइ मुलुकको प्रधानमन्त्री सम्म भए तर यो क्षेत्र बिकासको नाममा जहिले पछाडि परेको अवस्था रहेको त्यसैगरी उपेन्द्र यादव समेत दुई पटक जितेर जनतालाई ठग्ने बाहेक बिकासको नाम केही गरेको छैन । २०७४ सालमा ४ नं निर्वाचन क्षेत्रबाट ज्ञानेन्द्र कार्कीलाई पनि यस क्षेत्रको जनताले दुई पटक निर्व...
नागरिक अगुवा युग पाठक नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश
राजनीति, समाचार

नागरिक अगुवा युग पाठक नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश

नेपालअखबार,काठमाडौं । नागरिक अगुवा, लेखक एवं राजनीतिक विश्लेषक युग पाठक नेपाली कम्युनिस्ट पार्टी(नेकपा)मा प्रवेश गरेका छन् । शनिवार नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास पुगेर पाठक पार्टी प्रवेश गरेका हुन् । पाठकलाई सह–संयोजक माधवकुमार नेपाललगायतका नेताले खादामालासहित पार्टीमा भित्र्याएका छन् । सो अवसरमा संयोजक प्रचण्डले पाठकलाई पार्टीमा भित्र्याउन पाउँदा आफूलाई खुसी र गर्वको महशुस भएको बताए । सह–संयोजक नेपालले पार्टीभित्र पाठकको उपस्थिति सशक्त र प्रभावकारी बन्ने अपेक्षा व्यक्त गरे । पाठकलाई भित्र्याउँदा नेकपाका अन्य नेताहरू वेदुराम भुसाल, प्रमेश हमाल, रञ्जिता श्रेष्ठ लगायत उपस्थित थिए । युग पाठकको नागरिकताको नाम भने दिपककुमार पाठक हो ।  उनका उर्गेनको घोडा र मांगेना पुस्तक चर्चित छन् । पाठक अघिल्लो निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध झापा क्षेत्र नम्बर ५ बाट चुनाव ल...
राष्ट्रियसभा सदस्य निर्वाचनको सबै तयारी पूरा : निर्वाचन आयोग
प्रशासन, राजनीति, समाचार

राष्ट्रियसभा सदस्य निर्वाचनको सबै तयारी पूरा : निर्वाचन आयोग

नेपालअखबार,काठमाडौँ । माघ ११ गते आइतबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले शुक्रबार आयोजना गरेको साप्ताहिक पत्रकार सम्मेलनमा राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत मतदानका लागि सबै तयारी पूरा भएको प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । उम्मेदवारको मनोनयनपत्र दर्ता, दाबी बिरोध, छानबिन, अन्तिम नामावली प्रकाशन तथा चुनाव चिन्ह वितरणलगायतका कार्यसम्पन्न भएको उनले जानकारी दिए। निर्वाचनका लागि मतपत्रसमेत सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पठाइसकिएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान माघ ११ गते आइतबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित प्रदेशमा तोकिएको मतदान केन्द्रमा हुने आयोगले जनाएको छ । माघ ११ गते आइतबार १८ जना राष्ट्रियसभा सदस्यका लागि निर्वाचन गर्न लागिएको हो । त्यसमा नेपाली कांग्रेसका सुनीलबहादुर थापा निर्विर...
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
राजनीति, समाचार

बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी

नेपालअखबार,काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिने निर्णय गरेका छन् । गोरखा २ बाट उम्मेदवार भएका उनले आज आफूनिकटका केही नेताहरूसँग छलफल गरेर उम्मेदवारी फिर्ता लिने निर्णय गरेका हुन् । उनले प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट उम्मेदवारी दिएका थिए । उनको सचिवालय स्रोतका अनुसार नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडी, रास्वपाका उपसभापति स्वर्णिम वाग्लेसहितले अभिभावक बनेर सहजीकरण गरिदिन आग्रह गरेपछि फिर्ता लिने निर्णय भएको हो । उनले आजै वारेसनामामार्फत उम्मेदवारी फिर्ता लिनेछन् । गोरखा २ बाट भट्टराई यसअघि निर्वाचित भइसकेका उम्मेदवार हुन् । ०७९ निर्वाचनमा भने भट्टराईले प्रचण्डलाई सहयोग गरेर आफू अब उम्मेदवारी नदिने बताउँदै आएका थिए । यसपटक पनि उनी चुनाव नलड्ने बताउँदै आएका थिए तर मनो...
राष्ट्रियसभामा तीन अध्यादेश पेस
राजनीति, समाचार

राष्ट्रियसभामा तीन अध्यादेश पेस

नेपालअखबार,काठमाडौं । राष्ट्रियसभाको आज बसेको बैठकमा  गृहमन्त्री ओमप्रकाश अर्यालले तीन अध्यादेश पेस गरेका छन्। बैठकमा मन्त्री अर्यालले ‘मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा ऐन (दोस्रो संशोधन) अध्यादेश, २०८२’ पेस गरेका हुन्। यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘राष्ट्रिय सदाचार नीतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ सभासमक्ष पेस गरेकी छन्। यसैगरी विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘पर्यटन विधेयक, २०८१’ सम्बन्धी समितिको प्रतिवेदन सभासमक्ष पेस गरिन्। बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन र कार्यभार तोकिएकोसम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाएका थिए। बैठकले पूर्वमन्त्रीहरु षिकेश गौतम...
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
राजनीति, समाचार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

नेपालअखबार,काठमाडौं । सरकारले पछिल्लोपटक बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक गरेको थियो । उक्त बैठकका निर्णय सरकारका प्रवक्ता समेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले शुक्रबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका हुन् । उनका अनुसार, सरकारले तोकिएको उद्योग व्यवसायको क्षेत्रमा स्वचालित मार्ग (अटोमेटिक रूट) बाट हुने विदेशी लगानीको माथिल्लो सीमा हटाउन स्वीकृति दिएको छ । त्यस्तै, सरकारले सिद्धार्थ राजमार्ग (बुटवल–पोखरा खण्ड) सुधार आयोजनाको तयारीका लागि एशियाली पूर्वाधार लगानी बैंकबाट उपलब्ध हुने दुई मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । २०८२ भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको भौतिक एवं मानवीय क्षतिको यथार्थ छानविन गरी प्रतिवेदन पेश गर्न गठित जाँचबुझ आयोगको म्याद २०...
उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णयविरूद्ध सर्वोच्च पुगे रेशम चौधरी
राजनीति, समाचार

उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णयविरूद्ध सर्वोच्च पुगे रेशम चौधरी

नेपालअखबार,काठमाडौं । आफ्नो उम्मेदवारी दर्ता गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध नागरिक उन्मुक्ति पार्टी, नेपालका अध्यक्ष रमेशलाल चौधरी सर्वोच्च अदालत पुगेका छन् । निर्वाचन अधिकृतले गैरकानुनी रुपमा आफ्नो उम्मेदवारी रद्द गरेको भन्दै चौधरीले निर्वाचन अधिकृतको कार्यालय, कैलाली क्षेत्र नम्बर २ का निर्वाचन अधिकृतको निर्णय बदर हुनुपर्ने माग गरेका हुन् । उनले आफ्नो उम्मेदवारी यथावत रहनुपर्ने र निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने माग समेत गरेका छन् । उनको निवेदनमाथि आगामी आइतबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुनेछ । जन्मकैदको सजाय पाएर राष्ट्रपतिबाट माफी मिनाह भए पनि कसुर र कैदको अभिलेख हुने भन्दै निर्वाचन अधिकृतको कार्यालयले चौधरीको उम्मेदवारी रद्द गरेको थियो । उनले कैलाली–१ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका थिए ।...
मेचीदेखि महाकालीसम्म हाम्रो पार्टीकै लहर चलेको छ : माधव नेपाल
राजनीति, समाचार

मेचीदेखि महाकालीसम्म हाम्रो पार्टीकै लहर चलेको छ : माधव नेपाल

नेपालअखबार,काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आसन्न निर्वाचनमा जनताले आफ्नो पार्टीलाई विजयी गराउन चाहेको दाबी गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) लाई पहिलो पार्टी बनाउन देशभर लहर नै चलेको जिकिर समेत गरे । युवा पुस्ताको चाहना र नेपाली जनताको भावनाअनुसार काम गर्ने भएकाले पनि नेपाली जनताले आफ्नो पार्टीलाई रुचाएको पनि जिकिर गरे । ‘चुनावमा जनताले जिताउन चाहेका छन् नेपाली कम्युनिस्ट पार्टीलाई । सबैभन्दा ठूलो नम्बर एक पार्टीको रुपमा यसलाई विजयी बनाउनका लागि मेचीदेखि महाकालीसम्म एउटा अभियान चलिरहेको छ । लहर चलिरहेको छ,’ नेपालको दाबी छ ।सहसंयोजक नेपालले जेनजी पुस्ताको भावनाअनुसार आफूहरू अघि बढिरहेको पनि दाबी गरे ।...
युक्रेन युद्ध अन्त्यका लागि यूएईमा त्रिपक्षीय वार्ता हुने
राजनीति, विश्व, समाचार

युक्रेन युद्ध अन्त्यका लागि यूएईमा त्रिपक्षीय वार्ता हुने

नेपालअखबार,दाभोस । युक्रेनमा जारी युद्ध अन्त्य गर्ने उद्देश्यले अमेरिका, रुस र युक्रेनबिच संयुक्त अरब इमिरेट्स (यूएई) मा त्रिपक्षीय वार्ता हुने भएको छ। स्विट्जरल्याण्डको दाभोसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्तापछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसको पुष्टि गरेका हुन्। कूटनीतिक सक्रियता बढेसँगै ट्रम्पले जेलेन्स्कीसँगको भेट सकारात्मक भएको बताएका छन् भने अमेरिकी विशेष दूत स्टिभ विट्कोफ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्न मस्को प्रस्थान गरेका छन्। ट्रम्पका ज्वाइँ जारेड कुश्नरसहित मस्को जान लागेका विट्कोफले सम्झौताप्रति आफू आशावादी रहेको बताएका छन्। दाभोस छोड्नुअघि उनले अब एउटा मात्र मुख्य विषय सुल्झाउन बाँकी रहेको र त्यो समाधानयोग्य रहेको दाबी गरे। विट्कोफले बाँकी रहेको विवादित बुँदाबारे विस्तृत जानकारी नदिए पनि जेलेन्स्कीले पछि उक्त विषय पूर्वी ...