Friday, August 7

राजनीति

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन–विश्वलाई ५ वर्षको कारबाही
राजनीति, समाचार

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन–विश्वलाई ५ वर्षको कारबाही

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका केही नेताहलाई कारबाही गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले गगन-विश्वसहित सहमहामन्त्री फरमुल्ला मन्सुरलगायतलाई ५ वर्षका लागि निष्काशन गर्ने निर्णय गरेको हो । बैठकले विशेष महाधिवेशनको पक्षमा लाग्नेहरूलाई आ-आफ्नो भूमिकामा फर्किन भनेको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा इतर पक्षले भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी राखेको छ । यसैबीच पटकपटक संस्थापन पक्षीय नेताहरूसँग भएको वार्ता असफल भएपछि अन्तिम समयमा उनीहरूलाई कारबाही गर्ने निर्णय देउवा पक्षले गरेको हो । कारबाहीको निर्णय सुनाउँदै गर्दा केन्द्रीय कार्यसमिति बैठकमा कार्यबाहक सभापति पूर्णबहादुर खड्का भावविह्वल देखिए । बैठकमा सहभागी एक केन्द्...
नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालका एकता पक्षधरबीच एकता
राजनीति, समाचार

नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालका एकता पक्षधरबीच एकता

नेपालअखबार,काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालका एकता पक्षधरबीच एकता भएको छ । राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष सुमन सायमी सहितका नेताहरू एकता प्रक्रियामा सामेल भएका हुन् । राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनीहरू बीच सहमतिपत्रमा हस्ताक्षर समेत भएको छ । सहमति पत्रमा नेकपामा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल र राष्ट्रिय मुक्ति पार्टी नेपालका सायमीले हस्ताक्षर गरेका छन् । सहमतिपत्रमा गैरन्यायिक रूपमा लागू गरिएका सडक तथा खोला मापदण्डका कारण भएको व्यापक विस्थापन, सहकारी क्षेत्रमा व्याप्त संगठित भ्रष्टाचार तथा त्यसबाट पीडित आम नागरिकका मौलिक अधिकार हननप्रति गम्भीर चिन्तित र सचेत रहेको उल्लेख छ । गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समिति, सहकारी पीडित संघर्ष समिति, पहिचान पक्षधर आन्दोलन, गुठी आन्दोलनलगायत न्याय, अधिका...
उनेपा कुनै पार्टीसँग एकीकरण नगरी अघि बढ्छ : कुलमान घिसिङ
राजनीति, विचार, समाचार

उनेपा कुनै पार्टीसँग एकीकरण नगरी अघि बढ्छ : कुलमान घिसिङ

नेपालअखबार,काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले अन्य पार्टीसँग एकीकरण नगरी अगाडि बढिने बताएका छन् । सामाजिक सञ्जालमा आफू अध्यक्ष रहेको उज्यालो नेपाल पार्टी र आफ्नो नाम जोडेर अन्य पार्टीहरूसँग एकीकरण हुन लागेको भन्ने हल्ला फैलिएको भन्दै उनले त्यस्तो प्रचार भ्रामक र असत्य रहेको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विशेषगरी नेपाली कम्युनिस्ट पार्टी लगायतसँग एकीकरण हुन लागेको भन्ने हल्ला पूर्ण रूपमा भ्रामक र असत्य हो ।’ भविष्यमा समेत आफ्नो पार्टी अनय कुनै पार्टीसँग एकीकरण नगरी अघि बढ्ने उनको भनाइ रहेको छ ।उनले लेखेका छन्, ‘उज्यालो नेपाल पार्टी कुनै पनि पार्टीसँग एकीकरण नगरी आफ्नै नीति, सिद्धान्त र कार्यक्रमका आधारमा स्वतन्त्र रूपमा अगाडि बढिरहेको र भविष्यमा पनि त्यसैगरी अघि बढ्ने स्पष्ट जानकारी गराउन चाहन्छु ।’...
चेतनाविनाको सुशासन सम्भव छैन : प्रधानमन्त्री कार्की
राजनीति, समाचार

चेतनाविनाको सुशासन सम्भव छैन : प्रधानमन्त्री कार्की

नेपालअखबार,काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सुशासन र दिगो समृद्धिको आधार नै स्वजागरण भएको बताएकी छिन् । बुधबार आयोजित सुशासन र समृद्धिको लागि स्वजागरण कार्यक्रममा उनले स्वजागरण आध्यात्मिक अभ्यासमा मात्रै सीमित नरहेको बताएकी हुन् । उनका अनुसार स्वजागरण व्यक्तिगत अनुशासन, सामाजिक जिम्मेवारी र नैतिक प्रशासन निर्माणको प्रभावकारी जीवन पद्धति हो । स्वजागरणले नागरिकलाई आन्तरिक रूपमा शान्त, सचेत र जिम्मेवार बनाउने तथा वाह्य रूपमा कर्तव्यनिष्ठ र समृद्ध समाज निर्माणमा सहयोग गर्ने उनले बताए । स्वजागरणले अधिकार मात्रै माग्ने नभई कर्तव्यको बारेमा पनि जानकारी राख्ने उनको भनाइ छ । नेपालको मौलिक दर्शन, संस्कार र आध्यात्मिक परम्परामा आधारित स्वजागरणमार्फत जनशक्ति विकास र शासकीय सुधार अपरिहार्य भइसकेको उनको भनाइ छ । ‘समृद्धिको आधार स्तम्भ नै स्वजागरण हो । स्वजागरण केवल आध्यात्मिक अभ्यास मात्रै ...
निर्वाचन आउन ५० दिन बाँकीः १७५ उम्मेदवारले फिर्ता लिए बन्दसूचीबाट नाम
राजनीति, समाचार

निर्वाचन आउन ५० दिन बाँकीः १७५ उम्मेदवारले फिर्ता लिए बन्दसूचीबाट नाम

नेपालअखबार, काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्दसूचीबाट कूल १७५ जना उम्मेदवारले नाम फिर्ता लिएका छन् । निर्वाचन आयोगले उपलब्ध गराएको अन्तिम विवरण अनुसार, १७ चुनाव चिह्नका (एकलसहित) उम्मेदवारले नाम फिर्ता लिएका हुन् । बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा यही पुस २८ गते बिहान १०ः०० बजेदेखि ४ः०० बजेसम्मको समय निर्धारण गरिएको थियो । नाम फिर्ता लिने विषयमा आयोगले सूचना प्रकाशित गरी जानकारी गराएको थियो । आयोगले उम्मेदवार आफैँ उपस्थित भएर वा वारेसमार्फत पनि नाम फिर्ता लिन सक्ने व्यवस्था गरेको थियो । तोकिएको समयसीमाभित्र एकलसहित १७ चुनाव चिह्नका १७५ जना उम्मेदवारले नाम फिर्ता लिएका आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए। उनका अनुसार फिर्ता लिनेमा एकल चुनाव चिह्नबाट बन्द सूचीमा नाम पेस गर्ने राजन...
दुई संसदीय समितिको बैठक बस्दै
राजनीति, समाचार

दुई संसदीय समितिको बैठक बस्दै

नेपालअखबार, काठमाडौँ । आज राष्ट्रिय सभाअन्तर्गतका दुई वटा समितिको बैठक बस्दैछ । जसअनुसार बिहान साढे ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा पर्यटन विधेयक, २०८१ मा दफावार छलफल हुनेछ ।त्यस्तै, दिउँसो १ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको छैटौं वार्षिक प्रतिवेदन २०८१/२०८२ सम्बन्धमा छलफल हुनेछ ।...
राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष सायमीसहितका नेता आज नेकपामा प्रवेश गर्दै
राजनीति, समाचार

राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष सायमीसहितका नेता आज नेकपामा प्रवेश गर्दै

नेपालअखबार,काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष सुमन सायमीसहितका नेताहरू आज नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्ने भएका छन् । सायमीले राष्ट्रिय मुक्ति पार्टीका प्रवक्ता रवीन्द्रकुमार श्रेष्ठलगायत अन्य नेताहरू  नेकपामा प्रवेश गर्न लागेको बताए । राष्ट्रिय मुक्ति पार्टीले सुमन सायमीलाई काठमाडौँ क्षेत्र नम्बर ८ र ९ बाट सिफारिस गरेको थियो । रवीन्द्र कुमार श्रेष्ठको नाम क्षेत्र नम्बर ७ बाट सिफारिस गरेको थियो । उनी दुवै जना पार्टी छाडेका छन् । नेता सायमीले भने, ‘देश नै संकटमाम जाने देखेर हामी नेकपामा जान लागेका हौं, सामाजिक सञ्जालमा भाइरल भएकाहरूको कब्जामा देश जाँदै छ, यदि त्यस्तो भयो भने देश नै रहँदैन । त्यसले परिवर्तनकारी सबै शक्ति एक भएर चुनावबाट आउनुपर्छ ।’ जो भाइरलहरू छन् उनीहरूको न विचार छ, न सिद्धान्त छ, न कुनै एजेन्डा छ । उनीहरू देशको प्रधानमन्त्री बने भने के हुन्छ...
इरानमा जारी प्रदर्शनमा मृत्यु हुनेको संख्या २००० नाघ्यो
राजनीति, विश्व, समाचार

इरानमा जारी प्रदर्शनमा मृत्यु हुनेको संख्या २००० नाघ्यो

नेपालअखबार, काठमाडौं ।  इरानमा जारी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या २ हजार ४०३ पुगेको छ। इरानमा अमेरिका आधारित मानवअधिकारवादी समाचार संस्था एचआरएएनएलाई उद्धृत गर्दै अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले बुधबारसम्म मृत्यु हुनेको संख्या २ हजार ४०३ पुगेको जनाएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले भने मृत्यु हुनेको संख्या २००३ पुगेको भनेर इरानी अधिकारीहरूलाई उद्धृत गरेर लेखेको छ। इरानी अधिकारीहरुले पनि मृतकको संख्या तीव्र रूपमा बढेको र २ हजार नाघेको जनाएका छन्। प्रदर्शन चर्किँदै जाँदा पहिलो पटक इरानको सरकारी अधिकारीले पहिलोपटक मृतकहरुको संख्या सार्वजनिक गरेको रोयटर्सले जनाएको छ। प्रदर्शनमा सहमागी १६ हजार ७८४ जनालाई इरानी सुरक्षाकर्मीले पक्राउ गरेको छ। मृत्यु भएकामध्ये १ हजार ८५० जना प्रदर्शनकारी रहेको पनि बताइएको छ। प्रदर्शनमा सुरक्षाकर्मीको पनि मृत्यु भएको छ। इ...
अमेरिकी कब्जा गर्ने धम्कीविरुद्ध ग्रीनल्यान्ड र नेटोको कडा अडान
राजनीति, विश्व, समाचार

अमेरिकी कब्जा गर्ने धम्कीविरुद्ध ग्रीनल्यान्ड र नेटोको कडा अडान

नेपालअखबार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जस्तोसुकै कदम चालेर आर्कटिक क्षेत्रको ग्रीनल्यान्डलाई आफ्नो कब्जामा लिने नयाँ प्रतिबद्धता दोहोर्‍याएपछि उत्तरी ध्रुवीय क्षेत्रमा तनाव बढेको छ । कूटनीतिक घटनाक्रमहरू तीव्र गतिमा अघि बढ्दै गर्दा ग्रीनल्यान्डका प्रधानमन्त्री जेन्स-फ्रेडरिक नील्सन र नेटोका महासचिव मार्क रुटले यस टापुको सुरक्षामा कुनै पनि सम्झौता नहुने र यो पश्चिमी गठबन्धनको अभिन्न अंग रहेको कुरा दोहोर्‍याएका छन् । डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिक्सनसँगै कोपेनहेगनबाट सम्बोधन गर्दै प्रधानमन्त्री नील्सनले ह्वाइट हाउसलाई कडा सन्देश दिएका छन्। नील्सनले ग्रीनल्यान्ड आफैंमा लोकतान्त्रिक समाज हुनुका साथै आफ्नो सुरक्षाका लागि नेटोसँग आबद्ध रहेकाले कुनै पनि परिस्थितिमा अमेरिकी कब्जालाई स्वीकार गर्न नसक्ने बताए । डेनिस प्रधानमन्त्री फ्रेडरिक्सनले अझ अगाडि बढेर चेता...
परम्परागत ढंगले मुलुकको परिस्थिति सामना गर्न सकिँदैन : प्रचण्ड
राजनीति, समाचार

परम्परागत ढंगले मुलुकको परिस्थिति सामना गर्न सकिँदैन : प्रचण्ड

नेपालअखबार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले देश असाधारण परिस्थितिबाट गुज्रिरहेको भन्दै परम्परागत राजनीतिक संस्कारले मात्रै मुलुकमा उत्पन्न चुनौतीको सामना गर्न नसकिने बताएका छन् । मंगलबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडा आयोजित पार्टी केन्द्रिय सदस्यहरूको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नयाँ विचार, नयाँ कार्यक्रम र नयाँ पहलकदमीमार्फत मात्रै वर्तमान राजनीतिक संकटको सामना गर्न सकिने उनको भनाइ छ । सबै राजनीतिक दलहरूले विगतका कमजोरीबारे आत्मसमीक्षा गर्न आवश्यक रहेको उल्लेख उनले गरे । ‘सबै राजनीतिक दलहरूले आत्मसमिक्षा गरेर विगतमा के कमजोरी भए भन्ने कुराको मूल्यांकन गर्न जरुरी छ । हामी त्यो निष्कर्षमा पुग्यौँ र हाम्रो भागमा परेको कमजोरीको समीक्षा पनि गर्‍यौं । हामी संकल्प लियौँ कि ती कमीहरू अब सच्याउनुपर्छ र रुपान्तरि...