Thursday, November 5

राजनीति

अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर काठमाडौं आइपुगे
राजनीति, समाचार

अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर काठमाडौं आइपुगे

नेपालअखबार, काठमाडौं । अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एशिया मामिला हेर्ने सहायक विदेशमन्त्री समीर पल कपुर काठमाडौं आइपुगेका छन् । उनी आज बिहान सवा ६ बजेतिर  त्रिभुवन विमानस्थलमा अवतरण भएको स्रोतको भनाइ छ । भारतीय मूलका कपुर बालेन शाह नेतृत्वको नयाँ सरकारसँग सम्बन्ध विस्तार गर्ने उद्देश्यसहित काठमाडौं आइपुगेका हुन् । काठमाडौं बसाइको क्रममा कपुरले उच्चस्तरीय भेटघाट गर्ने र सरकारका केही मन्त्रीहरुलाई पनि भेट्ने तयारी छ । गत वर्ष अक्टोबरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण एशियाली सुरक्षाका विज्ञ कपुरलाई दक्षिण एशिया मामिला हेर्ने सहायक विदेशमन्त्रीमा नियुक्त गरेका थिए । त्यसअघि डोनाल्ड लुले दक्षिण एशिया मामिला हेर्दथे ।कपुरको काठमाडौं भ्रमण तीन दिनको हुने बताइएको छ । उनी बुधबार फर्किनेछन् । नेपाल आएका कपुर बालेन नेतृत्वको सरकार बनेपछि काठमाडौं आउने सबैभन्दा वरिष्ठ...
सबै कुरा प्रधानमन्त्रीलाई सोध्नुपर्छ भन्ने स्थिति नहोस् : हर्क साम्पाङ
राजनीति, समाचार

सबै कुरा प्रधानमन्त्रीलाई सोध्नुपर्छ भन्ने स्थिति नहोस् : हर्क साम्पाङ

नेपालअखबार,काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले संघीयतासम्बन्धी सबै विषय प्रधानमन्त्रीलाई सोध्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन् । आइतबार पार्टीद्वारा ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संघीयताको मर्मअनुसार काम नभएको भन्दै त्यस्तो स्थितिको अन्त्य हुनुपर्ने बताएका हुन् । मुलुकमा विकास, निर्माणको काम गर्नका लागि कानुनमा तत्काल ठूलो परिवर्तन ल्याउन पनि सरकारलाई उनले आग्रह गरे । ‘कानुनमा ठूलो फेरबदल हामीले ल्याउनुपर्छ । कस्तो खालको कानुन छ भन्दाखेरी मैले हिजो कानुनमन्त्रीजीलाई पनि भेटेँ । टिप्पणी उठाउनुपर्छ भन्दै हुनुहुन्थ्यो । हामीले के बुझ्न जरुरी छ भने कानुनमा हामीले परिवर्तन ल्याउन सकेनौं भने काम गर्न सकिँदैन,’ उनले भने, ‘जस्तै एउटा उदाहरण दिन्छु, बाटो बनाउने मन्त्रालयले बाटो बनाउन खोज्छ, वन मन्त्रालयले रोक्छ । पानी खुवाउने मन्त्रालयले ट्यांकी बनाउन ...
इरानसँगको वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाने
राजनीति, विश्व, समाचार

इरानसँगको वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाने

नेपालअखबार,काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि वार्ता पुनः सुरु गर्न अमेरिकी वार्ताकारहरू सोमबार पाकिस्तानमा पुग्नेछन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल एक्समा गरेको पोष्टमा अमेरिकाले इरानलाई ‘उचित सम्झौता’ प्रस्ताव गरिरहेको र यदि तेहरानले प्रस्तावलाई हल्का लिएमा उसले इरानका सबै पावर प्लान्ट र पुलहरूमा आक्रमण गर्ने बताएका छन्। आइतबार सामाजिक सञ्जालमा पोष्ट गर्दै ट्रम्पले इरानले दुई हप्तादेखि जारी युद्धविराम सहमतिका बुँदाहरूको उल्लङ्घन गरेको आरोप लगाएका छन् भने मध्यस्थकर्ताको अनुरोधमा आफ्नो वार्ता टोली पुनः एक पटक पाकिस्तान जाने बताएका हुन्। सामाजिक सञ्जाल ट्रुथ सोसल प्लेटफर्ममा गरिएको आफ्नो ताजा चेतावनीमा राष्ट्रपति ट्रम्पले अगाडि भने, “यदि उनीहरू सम्झौताका लागि सहमत भएनन् भने इरानका लागि जे गरिनुपर्ने थियो र अमेरिकाका राष्ट्रपतिहरूले वि...
कांग्रेसले भन्याे– १०० रुपैयाँमा भन्सार नियम जनविरोधी र जनताको ढाड सेक्ने अर्को बोझ
राजनीति, समाचार

कांग्रेसले भन्याे– १०० रुपैयाँमा भन्सार नियम जनविरोधी र जनताको ढाड सेक्ने अर्को बोझ

नेपालअखबार,काठमाडौँ । नेपालको सीमावर्ती क्षेत्रहरूमा हालै १०० रुपैयाँभन्दा बढी मूल्यका घरायसी तथा व्यक्तिगत प्रयोगका वस्तुमा अनिवार्य भन्सार शुल्क लिइरहेको घटनाप्रति नेपाली कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आइतबार प्रवक्ता देवराज चालिसेले प्रेस विज्ञप्ति जारी गर्दै यस्ता घटना वा सरकारी व्यवहारहरू जनविरोधी, अव्यवहारिक र असंवेदनशील मात्र नभई वर्तमान आर्थिक संकटकाबिच जनताको ढाड सेक्ने अर्को बोझ भएको बताए । विज्ञप्तिमा लेखिएको छ,‘खुला सीमाको अवस्थाका कारण सीमावर्ती क्षेत्रका नागरिकहरूले दैनिक उपभोग्य वस्तुहरू भारतबाट सस्तो मूल्यमा ल्याएर जीवन निर्वाह गर्दै आएका छन्। विशेषगरी मधेश प्रदेशका लाखौं सर्वसाधारण, ज्यालादारी मजदुर, साना किसान तथा निम्न आय भएका परिवार यस निर्णयबाट प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।’ यता डिजेलको मूल्य २३७ रुपैयाँ प्रतिलिटरजस्तो उच्च स्तरमा पुगेको अवस...
बालेन सरकार बनेपछि पहिलोपटक अमेरिकी वरिष्ठ कूटनीतिज्ञ काठमाडौं आउँदै
राजनीति, समाचार

बालेन सरकार बनेपछि पहिलोपटक अमेरिकी वरिष्ठ कूटनीतिज्ञ काठमाडौं आउँदै

नेपालअखबार, काठमाडौं । अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एशिया मामिला हेर्ने सहायक विदेशमन्त्री समीर पल कपुर आगामी साता काठमाडौं आउने भएका छन् । भारतीय मूलका कपुर बालेन शाह नेतृत्वको नयाँ सरकारसँग सम्बन्ध विस्तार गर्ने उद्देश्यसहित आगामी सोमबार काठमाडौं आउन लागेको बताइएको छ । काठमाडौं बसाइको क्रममा कपुरले उच्चस्तरीय भेटघाट गर्ने र सरकारका केही मन्त्रीहरुलाई पनि भेट्ने तयारी छ । गत वर्ष अक्टोबरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण एशियाली सुरक्षाका विज्ञ कपुरलाई दक्षिण एशिया मामिला हेर्ने सहायक विदेशमन्त्रीमा नियुक्त गरेका थिए । त्यसअघि डोनाल्ड लुले दक्षिण एशिया मामिला हेर्दथे । वाशिङ्टन डीसीस्थित नेपाली दूतावासका एक कूटनीतिज्ञ र परराष्ट्र मन्त्रालयका एक अधिकारीलाई उद्धृत गर्दै द काठमाडौं पोष्टले लेखेअनुसार कपुरको काठमाडौं भ्रमण तीन दिनको हुनेछ । समाचारमा लेखिएअनुसार कपु...
अमेरिका–इरान सम्झौता नजिक : पाकिस्तान
राजनीति, विश्व, समाचार

अमेरिका–इरान सम्झौता नजिक : पाकिस्तान

नेपालअखबार,काठमाडौं । पाकिस्तानका विदेशमन्त्री इशाक डारले इरान र अमेरिकाबीच वार्ता जारी रहेको र केही मुद्दामा मात्र सहमति हुन बाँकी रहेको बताएका छन् । तुर्कीको अन्तालिया डिप्लोमेसी फोरममा उनले दुवै देश सम्झौताका निकै नजिक पुगेको बताएका हुन् । उनका अनुसार केही विषयमा सहमति हुन बाँकी भए पनि प्रयास जारी छ र आशा समाप्त भएको छैन । उनले सम्झौता भएमा विश्वलाई नै फाइदा हुने बताए । बीबीसी उर्दूका अनुसार डारले दुवै पक्ष बाँकी मतभेद अन्त्य गर्ने प्रयासमा रहेको बताए । उनले लेबनानमा युद्धविराम भइसकेको र इरानले बिना सर्त जहाजका लागि होर्मुज स्ट्रेट पुन: खुला गरेको दाबी पनि गरे । डारले बाँकी वार्ता पनि चाँडै टुंगिने विश्वास व्यक्त गरे।  साथै, दुई देशबीच वार्ताको अर्को चरण चाँडै हुने अपेक्षा गरिएको छ । पहिलो चरणको वार्ता पाकिस्तानको इस्लामाबादमा भएको थियो ।...
होर्मुज स्ट्रेट पूर्ण रूपमा खुल्याे, ट्रम्पले दिए धन्यवाद
राजनीति, विश्व, समाचार

होर्मुज स्ट्रेट पूर्ण रूपमा खुल्याे, ट्रम्पले दिए धन्यवाद

नेपालअखबार,काठमाडौं । इरानका विदेशमन्त्री अब्बास अरागचीले अमेरिकासँगको युद्धविराम अवधिका लागि स्ट्रेट अफ होर्मुज पूरा खुला राख्ने घोषणा गरेका छन् । एक्समार्फत विदेशमन्त्री अरागचीले युद्ध विरामको बाँकी अवधिसम्म होर्मुज भएर आवतजावत गर्ने सबै जहाजलाई पूरा खुला राख्ने घोषणा गरेका हुन् । ‘लेबनानमा युद्धविरामपछि सबै व्यावसायिक जहाजलाई होर्मुज स्ट्रेटबाट आवतजावत गर्ने बाटो युद्धविरामको बाँकी अवधिका लागि पूरा तवरले खुला गरेको घोषित गरेका छौं,’ विदशेमन्त्री अरागचीले लेखेका छन् । अमेरिका र इरानबीच २२ अप्रिलसम्म युद्धविराम कायम छ । यसअघि इरानले लेबनानसहित पूरा मध्यपूर्वमा युद्धविराम नभएसम्म होर्मुज खुला नगर्ने अडान लिएको थियो । इरानी विदेशमन्त्री अरागचीले होर्मुज खोल्ने घोषणा गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई धन्यवाद दिएका छन् । सामाजिक सञ्जाल ट्रूथबाट उनले इरानलाई धन्यवाद दिएका ह...
कांग्रेसको विशेष महाधिवेशन विरूद्धको रिट न्यायाधीश सुवेदी र निरौलाको इजलासमा
राजनीति, समाचार

कांग्रेसको विशेष महाधिवेशन विरूद्धको रिट न्यायाधीश सुवेदी र निरौलाको इजलासमा

नेपालअखबार,काठमाडौं ।  नेपाली कांग्रेसको विशेष महाधिवेशन विरुद्ध दायर भएको रिटको सुनुवाइ हुने भएको छ। विशेष महाधिवेशनले चयन गरेको कार्यसमिति अवैधानिक दाबी गरिएको रिटमा बिहीबार न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासमा सुनुवाइ हुन लागेको हो। यसअघि चैत २७ गते कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश मेघराज पोखरेलको इजलासमा परेको थियो। उक्त इजलासले विपक्षीहरू विशेष महाधिवेशनबाट चुनिएका सभापति गगन थापा लगायतलाई पेसीको सूचना दिने आदेश गरेको थियो। प्रारम्भिक सुनुवाइको क्रममा माघ ६ गते सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलले तत्कालीन सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमा केही प्रश्नको निरूपण हुन जरूरी देखिएको भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो। विपक्षीहरू गगनकुमार थापा, विश्वप्रकाश शर्माविरूद्ध कारण देखाउ आदेश जारी गरी ...
अमेरिका-इरानबीच अप्रिल २१ अघि नै सहमति जुटाउने प्रयास
राजनीति, विश्व, समाचार

अमेरिका-इरानबीच अप्रिल २१ अघि नै सहमति जुटाउने प्रयास

नेपालअखबार,काठमाडौं । अमेरिका र इरानबीच अप्रिल २१ मा सकिन लागेको युद्धविरामअघि नै शान्ति सम्झौतामा पुग्ने प्रयास तीव्र पारिएको छ। अमेरिकी सञ्चारमाध्यमका अनुसार, केही मतभेदहरू बाँकी रहे तापनि दुवै पक्षबीचको वार्ता सकारात्मक दिशामा अघि बढेको छ ।विशेषगरी, इरानको आणविक कार्यक्रमलाई लिएर भइरहेको वार्तामा उल्लेखनीय प्रगति भएको बताइएको छ। पाकिस्तान, इजिप्ट र टर्कीले यस प्रक्रियामा मध्यस्थकर्ताको भूमिका निभाइरहेका छन्। सम्झौताका लागि ‘ब्याक च्यानल’ सम्पर्कहरू जारी छन् र मस्यौदा प्रस्तावहरू आदानप्रदान भइरहेका छन्। अमेरिकी उपराष्ट्रपति जेडी भान्स, स्टिभ विटकफ र जेरेड कुश्नरले वार्ताको मस्यौदा आदानप्रदान गरिरहेका छन्। यसै क्रममा पाकिस्तानका सेना प्रमुख आसिम मुनीरले तेहरानमा इरानी अधिकारीहरूसँग महत्त्वपूर्ण भेटवार्ता गरेका छन्। उनले इरानी विदेशमन्त्री अब्बास अराघचीसँग भेट गरिसकेका छन् र उनी अमेर...
रास्वपाले संसदीय दलको बैठक बोलायो
राजनीति, समाचार

रास्वपाले संसदीय दलको बैठक बोलायो

नेपालअखबार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ । रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्यका अनुसार बिहीबार बिहान १२ बजे संसदीय दलको बैठक बस्नेछ । बैठक सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ । बिहीबार संसदीय समितिका सभापतिहरूमा मनोनयन दर्ताको समय छ । त्यसअगाडि रास्वपा संसदीय दलको बैठक बस्न लागेको हो । गत चैत २७ गते प्रतिनिधिसभाले विषयगत समितिमा रहने सदस्यहरू तय गरेको थियो । सोही दिन सभामुख डोलप्रसाद अर्यालले आगामी शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचनको मिति तोकेका थिए । यसअनुसार बिहीबार सभापतिहरूमा मनोनयन दर्ता हुन लागेको हो । संघीय संसद् अन्तर्गत १६ वटा संसदीय समिति रहेका छन् । प्रतिनिधिसभा अन्तर्गत १० वटा र राष्ट्रिय सभा अन्तर्गत ४ वटा समिति रहेका छन् । दुई वटा संयुक्त समिति रहेका छन् । राष्ट्रिय सभा अन्तर्गतका विषयगत समितिका सभापत...