Wednesday, September 16

राजनीति

आज नेकपाका संस्थापक महासचिव पुष्पलालको ४२औँ स्मृति दिवस
राजनीति, विचार

आज नेकपाका संस्थापक महासचिव पुष्पलालको ४२औँ स्मृति दिवस

नेपाल अखबार, पाेखरा। नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको योगदानको स्मरणमा ४२औँ स्मृति दिवस बुधबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।  यस वर्ष कोभिड–१९ का कारणले बृहत् कार्यक्रम भने तय भएकाे छैन । पुष्पलाल स्मृति प्रतिष्ठानका महासचिव गङ्गालाल तुलाधरका अनुसार स्मृति दिवसका अवसर प्रतिष्ठानको आयोजनामा कीर्तिपुरको चम्पादेवीमा अवस्थित पुष्पलाल स्मृति पार्कमा अनौपचारिक कार्यक्रम राखिएको छ । नेपालमा कम्युनिस्ट पार्टीमार्फत जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यसाथ नेकपा स्थापना गरेका श्रेष्ठको २०३५ साल साउन ७ गते भारतको नयाँदिल्लीस्थित गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । नेपाली क्रान्तिका सिद्धान्तकारका रुपमा परिचित पुष्पलालले आफ्नो जीवनभर जनताको स्वतन्त्रताका लागि संघर्ष गरे । पिता भक्तलाल र माता तुलसीमाया श्रेष्ठका माइला सुपुत्रका रूपमा रामेछापको भङ्गेर...
राहत र उद्धारमा जुट्ने प्रस्ताव पास गर्दै नेकपा बैठक स्थगित
राजनीति, समाचार

राहत र उद्धारमा जुट्ने प्रस्ताव पास गर्दै नेकपा बैठक स्थगित

नेपाल अखबार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बाढी, पहिरोमा परेकाहरुको उद्धार, राहत र पुनर्स्थापनामा परिचालित हुन नेता कार्यकर्तालाई निर्देशन दिएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा स्थायी कमिटी बैठकले प्रकृतिक विपत्तिमा परेकाहरुको उद्धार प्रभावकारी बनाउन, घाइतेहरुको निःशुल्क उपचार, घरबारविहीन भएकाहरुलाई अस्थायी अवास र अभिभावक गुमाएका बालकालिकालाई संरक्षण गर्न सरकारको विशेष ध्यानाकर्षण गराएको छ । नेकपा बैठकले ध्वस्त भएका सडक पुल जस्ता संरचना पुनर्निर्माणमा पनि जोड दिएको छ । बैठक साउन १३ गतेसम्मका लागि स्थगित भएको छ । बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित थिए । स्थायी कमिटी बैठक अघि ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो ।...
नेकपा स्थायी समिति बैठक बस्दै
राजनीति, समाचार

नेकपा स्थायी समिति बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक मङ्गलबार आज बस्दैछ । बिहान ११ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बैठक बस्ने तय भएको नेकपा केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिए । नेकपामा आन्तरिक किचलो बढेपछि स्थायी समिति बैठक पटक पटक स्थगित हुदै आएको छ । अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने माग उठेपछि पार्टीभित्रको आन्तरिक किचलो बढ्दै गएको हो । समस्या समाधानका लागि पटकपटक भएका प्रयाससमेत निश्कर्षमा नपुगेपछि एकपक्षले अर्को पक्षलाई दोष देखाइरहेको छ । यसैबीच आजको बैठक पनि अन्तिम समयमा आएर स्थगित हुनसक्ने हो कि भन्ने आशंका नेताहरुलाई लागेको छ । नेताहरुमा सहमति नजुटेकाले त्यस्तो आशंका गर्न सकिने एक स्थायी समिति सदस्यले बताए ।...
भदौ १ गतेदेखि हवाइ उडान खोल्ने सरकारको निर्णय
राजनीति, समाचार

भदौ १ गतेदेखि हवाइ उडान खोल्ने सरकारको निर्णय

नेपाल अखबार, काठमाडौं । सरकारले भदौ १ गतेदेखि हवाइ उडान खोल्ने निर्णय गरेको छ ।  मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले आगामी भदौ १ गतेदेखि आन्तरिक र बाह्य सबै व्यवसायिक उडान खोल्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले जानकारी दिए । सरकारले कोरोना जोखिम न्यूनीकरणका लागि गत चैतयता आन्तरिक तथा वाह्य हवाइ उडानमा रोक लगाउँदै आएको छ । अब भदौ १ देखि भने नियमित व्यवसायिक उडान सञ्चालन गर्ने निर्णय भएको भट्टराईले बताए । उडान सञ्चालनका लागि आवश्यक प्रोटोकल बनाउने जिम्मेवारी बैठकले पर्यटन मन्त्रालयलाई दिइएको छ।...
करारका कर्मचारीको सम्झौता नवीकरण गर्ने सरकारको निर्णय
राजनीति, समाचार

करारका कर्मचारीको सम्झौता नवीकरण गर्ने सरकारको निर्णय

नेपाल अखबार, काठमाडाैं। सरकारले भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतका करारका कर्मचारीको काम गर्ने अवधि नवीकरण गर्ने निर्णय गरेको छ । आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका विभिन्न आयोजनाहरुमा काम गर्दै आएका र म्याद सकिएका कर्मचारीको म्याद थप गर्ने निर्णय भएको एक मन्त्रीले  जानकारी दिए । सरकारले यसअघि कोरोना संकटका कारण यो आर्थिक वर्षमा करारमा रहेका कर्मचारीको नवीकरण नगर्ने बताएपनि विभिन्न आयोजनाहरुको काम अधुरो रहनेभएपछि त्यस्ता करारका कर्मचारीको समयअवधि थप गर्ने निर्णय गरेको हो ।...
ससंदीय समितिका सभापतिको गुनासो : समन्वयको अभाव भयो
राजनीति, समाचार

ससंदीय समितिका सभापतिको गुनासो : समन्वयको अभाव भयो

नेपाल अखबार, काठमाडौं । संसदीय समितिका सभापतिहरुले समितिका बैठक बस्न समन्वयको अभाव भएको गुनासो गरेका छन् । सोमबार प्रतिनिधिसभाका सभामुखसँग समिति सभापतिहरुको छलफलमा उनीहरुले यस्तो गुनासो गरेका हुन् । छलफलमा सभापतिहरुले समितिका कामकारवाही, समस्या र समाधानका लागि पहल गर्न आग्रह गरेका थिए । सहभागी सभापतिहरुले प्रतिकुल समयका कारण समन्वयको अभाव, हल उपकरण लगायतका समस्या रहेकाले त्यसको सम्बोधन गर्न आग्रह गरेको छलफलपछि सभामुख अग्नि सापकोटाले जानकारी दिए । सभामुख सापकोटका अनुसार समस्याहरु सम्बोधन गर्दै अघि बढ्ने सहमति भएको जानकारी दिए ।...
प्रचण्ड पुगे ओलीलाई भेट्न बालुवाटार
राजनीति, समाचार

प्रचण्ड पुगे ओलीलाई भेट्न बालुवाटार

नेपाल अखबार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा भेटवार्ता भएकाे छ । ओलीलाई भेट्न प्रचण्ड आइतबार साँझ बालुवाटार पुगेका हुन् । करिब २ घण्टा भएको छलफल बिनानिष्कर्ष सकिएको बालुवाटार स्रोतले जनाएको छ । पार्टीभित्र विवाद चुलिँदै गएपछि शीर्ष नेताहरुबीचको भेटघाट बाक्लिएको छ । आइतबार बिहान पनि प्रचण्डले माधव नेपाल पक्षधर नेताहरुसँग भेटघाट गरेका थिए । प्रचण्डले आइतबार बिहान आफ्नै निवासमा माधव नेपाल पक्षधर नेताहरुलाई शनिबारको बैठकमा ओलीले राखेको प्रस्तावको विषयमा स्पष्टीकरण दिएका थिए । शनिबारको बैठकमा ओलीले मंसिरमा महाधिवेशनको प्रस्ताव राखेको र त्यसमा प्रचण्डले सहमति जनाएको भन्दै नेपालसहितका सचिवालयका नेताहरु झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठले असहमति जनाएका थिए । तर प्रचण्डले आ...
प्रचण्डले भने  : ओलीसँग कुनै सहमति गरेको छैन
राजनीति, विचार, समाचार

प्रचण्डले भने : ओलीसँग कुनै सहमति गरेको छैन

नेपाल अखबार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीसँग कुनै सहमति नभएको बताएका छन् । शनिबार सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिरमै महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए । अध्यक्ष प्रचण्डसहित सचिवालयका बहुमत सदस्य सहमत देखिएका थिए भने वरिष्ठ नेता माधवकुमार नेपाल लगायतले वैचारिक बहस नगरी महाविशेनमा गर्ने प्रस्तावमा प्रश्न उठाएका थिए । तर आइतबार सचिवालय र स्थायी कमिटीका केही सदस्यहरुसँग भएको भेटमा प्रचण्डले महाधिवेशन गर्ने प्रस्तावमा आफूले कुनै सहमति नगरेको बताएका छन् । ‘छलफल गरौं सम्म भनेको हुँ, तर हाम्रो कुनै सहमति भएको छैन,’ उनले भने । अर्का अध्यक्ष ओलीले महाधिवेशन गर्नका लागि नभई भुल्याउन अर्को कार्ड फालेको महसुस आफूलाई भएको उनले बताए । विचारमा छलफल नै नभएको र सदस्यता टुंगो नलागेको अवस्था...
नेकपा स्थायी कमिटी बैठक साउन ६ गतेसम्मलाई स्थगित
राजनीति, समाज

नेकपा स्थायी कमिटी बैठक साउन ६ गतेसम्मलाई स्थगित

नेपाल अखबार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । आइतबार दिउँसो ३ बजे बस्ने तय भएको बैठक साउन ६ गते विहान ११ बजे बस्ने गरी स्थगित भएको हो । नेकपा पार्टी कार्यालयका सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले विज्ञप्ति जारी गरी बैठक साउन ६ गते ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने जानकारी दिएका छन् । स्थायी कमिटी बैठक यसअघि ६ पटकसम्म स्थगित भइसकेको छ ।...
प्रदेश नम्बर २ मा प्रधानमन्त्री ओलीको अभिव्यक्तिको विरोधमा प्रदर्शन
राजनीति, विचार, समाचार

प्रदेश नम्बर २ मा प्रधानमन्त्री ओलीको अभिव्यक्तिको विरोधमा प्रदर्शन

नेपाल अखबार, जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्मस्थल पर्साको ठोरीमा रहेको अभिव्यक्ति दिएकोप्रति प्रदेश नम्बर २ का विभिन्न जिल्ला सदरमुकाममा विरोध प्रदर्शन भएको छ । शनिवार प्र्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाम र रौतहटमा समेत प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिको विरोधमा प्रदर्शन भएको हो । जनकपुरधामको नगरको विभिन्न भागमा ¥याली निकाल्दै हिन्दु युवा परिषद नेपाल, विश्व हिन्दु परिषद, रामानन्दीय वैष्णव संघ लगायतका आयोजनामा प्रधानमन्त्री ओलीको विरुद्धमा प्रदर्शन भएको छ । भानु जयन्तीको अवसरमा बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अयोध्या भारतमा नभई नेपालकै पर्साको ठोरीमा रहेको भन्दै भारतले नक्कली अयोध्या खडा गरेको बताएका थिए । प्रधानमन्त्री ओलीले राम जन्मस्थल सम्बन्धमा विवादित बयान दिएको भन्दै नेपाल–भारतमा यस अभिव्यक्तिलाई लिएर व्यापक आलोचना भइरहेको छ । प्र...