Tuesday, August 25

विचार

इतिहासका हरेक कालखण्डमा भएका विद्यार्थी आन्दोलनहरुको नेतृृत्व अनेरास्वयवियूले गर्दै
राजनीति, विचार, साहित्य \कला

इतिहासका हरेक कालखण्डमा भएका विद्यार्थी आन्दोलनहरुको नेतृृत्व अनेरास्वयवियूले गर्दै

रमेश मल्ल, रूकुम। इतिहासका हरेक कालखण्डमा भएका विद्यार्थी आन्दोलनहरुको नेतृृत्व अनेरास्वयवियूले गर्दै आइरहेको छ । आम विद्यार्थीहरुप्रतिको जिम्मेवारी, राष्ट्रियता, जनजीविका र विद्यार्थी वर्गको हकहित र अधिकार प्राप्तीको संघर्षमा जहिल्यै आफूलाई अग्रमोर्चामा उभ्याएर अनेरास्ववियूले आफूलाई ‘सडक बाघ’ को रुपमा स्थापित गरेको छ । ०६२–०६३ को दोश्रो जनआन्दोलनको सफलता र ०७२ मा संविधान निर्माणपछि मुलुक स्थिरता र समृदितर्फ अगाडि बढेको छ । राजनैतिक अधिकार प्राप्तीका लागि अब नेपाली नागरिकले संघर्ष गर्नुपर्ने आवश्यकता छैन् । त्यसैले अनेरास्ववियु पनि अब शैक्षिक अन्दोलनमा केन्द्रित हुनुपर्छ । हुन त विद्यार्थी आन्दोलन शैक्षिक मुद्दा र जनजीविकाको सवालमा जहिल्यै प्रतिपक्षी भूमिकामा रहनु पर्ने हो । तर, नेपाली विद्यार्थी आन्दोलनले कहिल्यै एकमत भएर प्रतिपक्षको भूमिका निर्वाह गर्न सकेन । वर्तमान अवस्थामा पनि विद्यार...
जनताहरूले आर्थिक अधिकार प्राप्त गर्न सकेनन्: झलनाथ खनाल
राजनीति, विचार, समाचार

जनताहरूले आर्थिक अधिकार प्राप्त गर्न सकेनन्: झलनाथ खनाल

नेपालअखबार। नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले जनताहरूले राजनीतिक अधिकार प्राप्त गरेपनि आर्थिक अधिकार प्राप्त गर्न नसकेको बताउनु भएको छ। पार्टीले यहि असोज १४ गते कोशी प्रदेशको झापाबाट सुरु गरेको समाजवादी जागरण अभियान २०८० को सातौ दिन बर्दघाट ४,नबलपरासीमा आयोजित सभामा बोल्दै नेता खनालले उक्त कुरा बताउनु भएको हो। उहाँले भन्नुभयो,‘हामीले पूँजीवादी जनवादी क्रान्ति सफल पार्यौं। बोल्ने, संगठित हुने अधिकार पायौं। तर, जनतालाई हामीले आर्थिक अधिकार दिन सकेनौं। आज देशमा भोकमरी, अभाव बाँकी छ। गरिबी बाँकी छ। शोषणबाँकी छ। हिजोको सामान्तवादी शोषणको ठाउँमा आज पूँजीवादी शोषण छ। कोही रातारात केही मान्छेहरू अर्बपति बनिरहेका छन्। तर, आम जनता गरिबीले थिचिरहेका छन्। यहि हो आजको मुख्य अन्तरविरोधको कुरा।’ वर्गीय शोषणलाई पूँजीवाले अन्त्य गर्न नसक्ने बताउँदै सम्मानित नेता खनालले वर्तमान ...
राजनीतिक पार्टी बिग्रपछि राजनीति बिग्रियो: महासचिव भुसाल
राजनीति, विचार, समाचार

राजनीतिक पार्टी बिग्रपछि राजनीति बिग्रियो: महासचिव भुसाल

नेपालअखबार ।  नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले राजनीतिक पार्टी बिग्रका कारण नेपालको राजनीति बिग्रेको दाबी गर्नुभएको छ। पार्टीले यहि असोज १४ गते मेचीबाट सुरु गरेको समाजवादी जागरण अभियान २०८० को सातौं दिन नवलपरासी (पूर्व)को कावासोतीमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा महासचिव भुसालले यस्तो दाबी गर्नु भएको हो। महासपचिव भुसालले जनताको ठूलो बलिदान, परिश्रम, मेहनतबाट बनेको एमाले दक्षिणपन्थी, अवसरवादी र व्यक्तिवादी नेताको हातमा पुग्दा तहसनहस भएको बताउनु भएको छ। उहाँले भन्नुभयोे, ‘खासगरी राजनीति बिग्रेको २०७४ को आम निर्वाचन पछि हो। उक्त निर्वाचनपछि वा २०७५ को वजेट नयाँ दिशा निर्धारण गर्ने वजेट हुनुपर्ने थियो। तर, त्यो हुन सकेन। हामीले त्यहिबाट यो कुरा मिलेन। हामी सच्चिनुपर्छ भन्दै आएका हौं।' महासचिव भुसालले अगाडि भन्नुभयो,‘त्यो बजेट समृद्धि र समाजवादको आधार तय गर्ने गरी...
नेकपा एस नेपाली जनताकाे आशा र भरोसाको पार्टी बन्दै  :अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार, हाइलाइट-समाचार

नेकपा एस नेपाली जनताकाे आशा र भरोसाको पार्टी बन्दै :अध्यक्ष नेपाल

नेपालअखबार,।नेकपा (एकीकृत समाजवादी) ले थालनी गरेको मेची महाकाली समाजवादी जागरण अभियानको छैटौं दिन विभिन्न पार्टी परित्याग गरी साढे दुई सय जनाभन्दा बढी नेता कार्यकर्ताहरू एकीकृत समाजवादी पार्टी  प्रवेश गरेका छन् । नेकपा एकिकृत समाजबादी पा्टीको मेची महाकाली समाजबादी जागरणको क्रममा चितवनको ,भरतपुरमा कोण सभामा नेकपा एमाले पार्टिका नगरका तथा अन्य पार्टीका केहीले पार्टी प्रवेश गरेकाछन्  ।   मेची देखि महाकालीको यस जागरणमा अहीले २४औं सभामा १००० रौंको संख्यामा पार्टी प्रवेश गरि सकेका छन् । पार्टी  अध्यक्ष माधवकुमार नेपालले  वर्तमान जनताकाे आवश्यकता पूरा गर्ने केबल नेकपा एस नै रहेकाे बताएका छन् ।  अध्यक्ष नेपालले  आर्थिक एजेन्डामा  सहित राेजगार, स्थायि रूपमा शान्ति दिगाेविकासका एजेण्डा लिइ पार्टी अगाडि बढेको प्रतिज्ञा गरेका छन् ।  अब नेकपा एस नेपाली जनताहरुकाे आशा र भरोसाको पार्टी बन्ने अध्यक्...
देशको अर्थतन्त्रमा देखा परेको संकटको बारेमा तत्काल समाधानमुखी कदम चाल्नु पर्छ :अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार

देशको अर्थतन्त्रमा देखा परेको संकटको बारेमा तत्काल समाधानमुखी कदम चाल्नु पर्छ :अध्यक्ष नेपाल

नेपालअखबार, रौतहट।  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले सञ्चालन गरेको ११०० किलोमिटर लामो समाजवादी जागरण अभियानले रोजगारी, सुशासन र समृद्धिका लागि जनतासँग निरन्तर संवाद गरिरहेको छ । जागरण अभियानको पाँचौ दिन रौतहटको चन्द्रपुरमा पत्रकार भेटघाट गरी जनतासँग साक्षात्कार गर्ने कार्यक्रम अघि बढेको नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । पत्रकार भेटघाट कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै अध्यक्ष माधब कुमार नेपालले देशको अर्थतन्त्रमा देखा परेको संकटको बारेमा तत्काल समाधानमुखी कदम चाल्न प्रधानमन्त्री प्रचण्डलाई दुई पटक ज्ञापनपत्र दिइसकेको तर त्यसअनुसार पहल भै नरहेको बताउनु भयो । अभियानकै सन्दर्भमा अध्यक्ष नेपालले, राम्रा क्रान्तिकारी एजेन्डा लिएर जनताको विचमा आएको, रोजगारी, सुशासन र सम्बृद्धिलाई जोड दिन र जनतालाई सङ्गठित गर्दै ११०० ...
औद्योगिक विकास र भ्रष्टचारको अन्त्य आजको आवश्यकता हो: झलनाथ खनाल
राजनीति, विचार, समाचार

औद्योगिक विकास र भ्रष्टचारको अन्त्य आजको आवश्यकता हो: झलनाथ खनाल

नेपालअखबार, जनकपुर। नेकपा(एकीकृत समाजवादी) सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले औद्योगिक विकास नभएसम्म युवा पलायन रोक्न नसकिने बताउनु भएको छ। बुधबार जनकपुरमा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले उक्त कुरा बताउनु भएको हो। उहाँले भन्नुभयो, ‘यस अभियानका क्रममा समाजवाद किन आवश्यक छ ? देशमा विकृति र विसंगती किन मौलाइ रहेको छ? यसको भण्डाफोर गर्दै आइरहेका छौं। साथसाथै यतिखेर हामीले गर्नुपर्ने कार्यहरू के के हुन्? त्यसको बारेमा पनि जानकारी गराउँदै आइरहेका छौं।’ पार्टीका सम्मानित नेता खनालले भन्नुभयो, ‘५८ वर्ष लगाएर जनवादी क्रान्ति सम्पन्न गर्यौं। ति ५८ वर्षका अनुभवहरू हामीसँग छन्। हाम्रो खल्ति र दिमागमा छन्। ति अनुभव र अभ्यासलाई आत्मसात गरेर हामी अगाडि बढ्नुपर्छ। अनि मात्रै हामीेले भन्ने गरेको समाजवाद स्थापना सम्भव छ। २०६३ को आन्दोलन सम्पन्न भएसँग...
सामाजिक सद्भाव खलबलिने काममा नलाग्न अध्यक्ष नेपालको अपिल
राजनीति, विचार, समाचार, हाइलाइट-समाचार

सामाजिक सद्भाव खलबलिने काममा नलाग्न अध्यक्ष नेपालको अपिल

नेपालअखबार, जनकपुर। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सामाजिक सद्भाव खलबलिने काममा नलाग्न सबैलाई अपिल गर्नुभएको छ। समाजवादी प्रेस संगठन मधेश प्रदेशले आज जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले अशान्ति मच्चाउने मनसायले देशका विभिन्न भूभागमा सामाजिक सद्भाव प्रतिकूलका क्रियाकलाप भइरहेकाप्रति चिन्ता व्यक्त गर्दै त्यस्ता संविधानविरोधी काममा नलाग्न सबैलाई आग्रह गर्नुभयो। ‘अहिले सामाजिक सद्भाव खल्बल्याउने मनासायले विभिन्न धर्म, सम्प्रदाय र परम्पराका नाममा फाटो ल्याउने काम भइरहेका छन्। धरान, सर्लाहीको मलंगवा र नेपालगञ्जमा त्यही मनसायका साथ भइरहेका क्रियाकलापले हामीलाई चिन्तित बनाएको छ’, अध्यक्ष नेपालले भन्नुभयो,‘यि कदमहरु जुनसुकै नाममा र आवरणमा भए पनि शदियौदेखि मिलेर बसेको समाज र नेपालको संविधानको मर्मविरुद्धमा छन्। यसले एकता खल्बल्या...
औद्योगिकरण गर्न थप लगानीको खाँचो छ : अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार

औद्योगिकरण गर्न थप लगानीको खाँचो छ : अध्यक्ष नेपाल

नेपालअखबार, सप्तरी । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा औद्योगिकरण गर्न थप लगानीको खाँचो औँल्याउँदै यसका लागि राष्ट्रिय पुँजी सञ्चय गर्नुपर्ने बताए । उनले भने, “नेपालमा कृषि, पर्यटन र ऊर्जाको क्षेत्रमा  सम्भावना छ । यी क्षेत्रमा थप लगानी गरी  आर्थिक समृद्धि हाँसिल गर्नुपर्छ ।” समाजवादी प्रेस सङ्गठन सप्तरीद्वारा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले सुशासन कायम राखेर आर्थिक समृद्धि हासिल गर्ने तर्फ सरकारले आफूलाई केन्द्रीत गर्नुपर्ने बताए । उनले जनतालाई गरिबीबाट मुक्त गर्न  कम्युनिष्ट पार्टी स्थापना भएको चर्चा गर्दै जनतालाई सुखी जीवनको प्रत्याभूति गर्न उद्यमशीलताको सीप विकास गर्ने कौशलता पार्टीमा हुने बताउनुभयो । उनले भने, “समाजवादले सबैलाई समानता, सामाजिक न्याय, सक्षमताअनुसार रोजगार, शिक्षा, स्वास्थ्यको प्रत्याभूति गर्ने हुँ...
सम्झौता कार्यान्वयनको पर्खाइमा छन् चिनियाँ : प्रा डा झा
विचार, विदेश, समाचार

सम्झौता कार्यान्वयनको पर्खाइमा छन् चिनियाँ : प्रा डा झा

नेपालअखबार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालको हालैको भ्रमणमा भएका द्विपक्षीय सम्झौता एवं समझदारीको कार्यान्वयनको पर्खाइमा रहेका चीनस्थित एकजना नेपाली प्राध्यापक राजीवकुमार झाले बताएका छन् । “प्रधानमन्त्री दाहालको हालैको चीन भ्रमणका क्रममा नेपाल र चीनबीच भएका सम्झौता एवं समझदारीका साथै संयुक्त प्रेस वक्तव्यमा आएका साझा प्रतिबद्धता नेपालको हित र विकासका पक्षमा छन्, राम्रा छन् । तर विगतमा भएका यस्तै सम्झौताको पनि कार्यान्वयन हुन नसकिरहेकाले चीन यी सम्झौताको कार्यान्वयनको पर्खाइमा रहेको छ”, प्रा डा झाको टिप्पणी छ । यो भ्रमणका क्रममा भएको ‘क्रस बोर्डर रेलवे’ सम्झौता नेपालका लागि महत्वपूर्ण रहेको उनको भनाइ छ । उनले भने, “नेपाल चीन क्रस बोर्डर रेलवे निर्माण हुन सक्यो भने बेइजिङको समृद्धि काठमाडौँ पुग्न समय लाग्दैन । यहाँका पर्यटक हुन या सामान, चीनको जुनसुकै स्थानबाट पनि पाँचदे...
समाजवादी जागरण अभियान ,जनता र पार्टीलाई जोड्ने अभियान  अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार, हाइलाइट-समाचार

समाजवादी जागरण अभियान ,जनता र पार्टीलाई जोड्ने अभियान अध्यक्ष नेपाल

नेपालअखबार, झापा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मेची–महाकाली समाजवादी जागरण अभियान जनतासँग आफ्नो पार्टीसँग जोड्ने अभियान समेत भएको बताउनु भएको छ । झापाको काँकडभिट्टामा एकीकृत समाजवादीद्वारा आयोजित मेची–महाकाली जागरण अभियानको उद्घाटन गर्दै पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री नेपालले देशको बर्तमान अबस्थाको जानकारी गराउँदै आगामी दिनमा पार्टीले लिने रणनीति र कार्यदिशा जनतासमक्ष जानकारी गराउन १२ सय किलोमिटरको लम्वे अभियानको सुरुवात गरिएको बताउनु भयो । अभियानले पार्टीलाई जनतासँग जोड्ने बताउँदै अध्यक्ष नेपालले युवालाई रोजगार, कृषि उत्पादनमा जोड लगातयका जनताको जनजीविकाको सवालमा हातेमालो गर्दे अघि बढ्ने उद्देश्यले समाजवादी जागरण अभियान सुरु गरिएको बताउनु भयो ।अध्यक्ष नेपालले अबका दिनमा कम्युनिष्ट पार्टीले मात्रै  देशको नेतृत्व गर्नसक्ने भन्दै कम्युनिस्ट सरकारले सर्वसाधारण जन...