Wednesday, October 14

विचार

राष्ट्रपतिका लागि अबको बाटो राजीनामा मात्र हो: पूर्वराष्ट्रपति यादव
राजनीति, विचार, समाचार

राष्ट्रपतिका लागि अबको बाटो राजीनामा मात्र हो: पूर्वराष्ट्रपति यादव

नेपालअखबार । पूर्वराष्ट्रपति रामवरण यादवले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजीनामा दिन सुझाएका छन्। पूर्वराष्ट्रपति यादवले कुरा गर्दै राष्ट्रपति भण्डारीले संविधानको उल्लंघन गरेकाले अबको बाटो राजीनामा मात्रै भएको बताएका हुन्। ‘संविधानको संरक्षक उहाँले संविधानको उल्लंघन गर्नुभयो। प्रतिनिधिसभामा बहुमतले पारित गरेको विधेयक रोक्ने अधिकार उहाँलाई छैन’, उनले भने, ‘दोस्रो पटक प्रमाणीकरणका निम्ति पुगेको विधेयक उहाँले रोक्न मिल्दैन। उहाँले संविधान क्रस गर्नुभयो अब सहजताका निम्ति राजीनामा दिनुपर्छ।’ उनीसँगको थप अन्तर्वार्ता केही बेरमा प्रकाशित हुनेछ। संघीय संसदले दोस्रो पटक पठाएको नागरिकता विधेयक संविधानअनुसार १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्नेमा राष्ट्रपति विद्यादेवी भण्डारीले नगरेपछि उनको कदमको आलोचना भइरहेको छ ।...
उद्योगी व्यवसायीहरुले मलाई जीताउनुहुनेछ’: सोबित पौडेल
विचार, समाचार

उद्योगी व्यवसायीहरुले मलाई जीताउनुहुनेछ’: सोबित पौडेल

पोखरा उद्योग वाणिज्य संघको ३४ औँ महाधिवेशन विशेष…नेपालअखबार सोबित पौडेल र डाँफे होटल ट्रेनिंग सेन्टर एकअर्काका पर्याय हुन् भन्दा फरक नपर्ला । कलेज पढ्ने बेला सोबित तत्कालिन पोखराको चल्तीको पाँचतारे होटल फूलबारीमा काम गर्थे । भर्खर २० बर्ष लागेको सोबित पौडेललाई त्यहि बेला लाग्यो, पोखरामा होटल सम्बन्धि ट्रेनिंग गर्ने एउटा सेन्टर चाहिन्छ भन्ने । र, २१ वर्षे कलिलै उमेरमा आफ्नै बलबुताले खोले, डाँफे होटल ट्रेनिंग सेन्टर ।दृढ ईच्छाशक्ति भएका सोबित आसन्न पोखरा उद्योग वाणिज्य संघको ३४ औँ अधिवेशनमा वाणिज्य तर्फको उपाध्यक्ष पदका लागि दाबेदार छन् । त्यसो त अन्य उम्मेदवारहरु प्यानल बनाएरै चुनावी मैदानमा होमिएको बेला, सोबित भने स्वतन्त्र रुपमा एक्लै चुनावी मैदानमा छन् । व्यवसायलाई विस्तार गर्ने र सफल बनाउने मामलामा सोबित सँधै अब्बल हुँदै आएका छन् । पछिल्लो सयम रियलस्टेट कम्पनीमार्फत उनले हाउजिंगमा...
माधवजी फर्केर एमालेमा आउनुहोस् : नेम्वाङ
राजनीति, विचार, समाचार

माधवजी फर्केर एमालेमा आउनुहोस् : नेम्वाङ

नेपालअखबार, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले आफ्ना पूर्वसहकर्मी तथा नेकपा एकीकृत समाजवादीका नेता माधव नेपाललाई एमालेमा फर्कन आह्वान गरेका छन् । एमाले सम्पर्क समन्वय कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यकर्ता भेलामा नेम्वाङले एकीकृत समाजवादीलाई जनताले अस्वीकार गरिसकेको बताए । एमालेबाट २० प्रतिशत सिट लिएर पार्टी फुटाएका माधव नेपालले गठबन्धनको सहारा लिएर पनि स्थानीय चुनावमा ४ प्रतिशत मत पनि कटाउन नसकेको भन्दै उनले भने, जनताले अदालतले उहाँहरूको अस्तित्वलाई अस्वीकार गर्‍यो । त्यसैले म विनम्रतापूर्वक र दृढतापूर्वक भन्छु, नेकपा एमालेमा फर्केर आउनुस् ।’ तर माधव नेपालले जनमत स्वीकार नगरेको उनको आरोप छ । ‘उल्टै केही सिटमा मात्रै लडेकाले यति मत आएको, देशभरी ढ्वाङ थापेको भए २५ प्रतिशत मत आउँथ्यो रे ?,’ नेपालको भनाइ स्मरण गर्दै उनले भने, ‘के भन्ने ? कुनि के गर्नेलाई भन...
राष्ट्रियसभाका सदस्य खालिद : वैवाहिक अंगीकृतलाई नागरिकता दिने बित्तिकै राष्ट्र नै खतरामा पर्छ भन्ने मानसिकता दुःखद
राजनीति, विचार, समाचार

राष्ट्रियसभाका सदस्य खालिद : वैवाहिक अंगीकृतलाई नागरिकता दिने बित्तिकै राष्ट्र नै खतरामा पर्छ भन्ने मानसिकता दुःखद

नेपालअखबार, काठमाडौं । राष्ट्रियसभाका सदस्य मोहम्मद खालिदले वैवाहिक अंगीकृतलाई नागरिकता दिने बित्तिकै राष्ट्र नै खतरामा पर्छ भन्ने मानसिकता रहेको भन्दै यो दुःखद रहेको बताएका छन् । बिहीबार राष्ट्रियसभामा नागरिकता विधेयकमाथि छलफलमा भाग लिँदै उनले नेपालमा अवसरको अभावको कारण देखाउँदै अहिले भारतीयहरु नेपालीलाई छोरी दिन नै नमान्ने समस्या रहेको बताए। ‘अहिले भारतीयहरु नेपालमा बिहे गर्न खोजेकै छैनन्, समस्या यहाँ छ,’ खालिदले भने, ‘उनीहरुको भनाइ छ– तिमीकहाँ जागिर छैन । खेती छैन। समस्या नै समस्या छ । कुनै अवसर छैन । आफ्नो छोरी दिएर उसको भविष्य किन बिगार्ने ?’ ‘समस्या यहाँ छ कि नेपालीलाई भारतीयहरुले आफ्नो चेलिबेटी दिन मानिरहेको छैन । हामीलाई के लागिरहेको छ भने करौंडौ संख्यामा नेपालमा आएर नेपाल कब्जा गरिहाल्छ । यस्तो अवस्था छैन,’ उनले थपे । धेरै नेपाली भारतमा बसेका छन् कि धेरै भारतीय नेपालमा...
एमालेबाट विद्रोह नगरेको भए नेपालको राजनीति ठुलो सुरुङभित्र गइसक्थ्यो : माधव नेपाल
राजनीति, विचार, समाचार

एमालेबाट विद्रोह नगरेको भए नेपालको राजनीति ठुलो सुरुङभित्र गइसक्थ्यो : माधव नेपाल

नेपालअखबार, काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफुहरुले एमालेबाट विद्रोह नगरेको भए नेपालको राजनीति ठुलो सुरुङभित्र मात्रै नभएर प्रतिगामी दिशामा गइसक्ने बताएका छन् । पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुको पहिलो विस्तारित बैठकलाई आइतबार सम्बोधन गर्दै अध्यक्ष नेपालले जनताका अधिकारको रक्षा र कम्युनिस्ट आन्दोलन बचाउन एमालेबाट विद्रोह गरेर नेकपा एकीकृत समाजवादी पुनर्गठन गरिएको बताए । ‘हामीले एमालेबाट विद्रोह नगरेको भए अहिले नेपालको राजनीति एउटा ठुलो सुरुङभित्र मात्रै होइन प्रतिगामी दिशामा गइसक्ने थियो’, अध्यक्ष नेपालले भने, ‘प्रतिगामी बाटोमा गइसक्ने थियो । जनताका सबै अधिकारहरू हनन् भइसक्ने थिए । कम्युनिस्ट आन्दोलन र कम्युनिस्ट पार्टीले ठुलो कलंकको टिका लगाउनुपर्ने स्थिति भइसक्ने थियो ।’ पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले कम्युनिस्ट आन्दोलनको रक्षा...
सवारीसाधन इन्जिनले चल्छ उमेरले होइन, ट्राफिक प्रहरीले जनताको सम्पत्ति जफत गर्नु अन्याय
विचार, साहित्य \कला

सवारीसाधन इन्जिनले चल्छ उमेरले होइन, ट्राफिक प्रहरीले जनताको सम्पत्ति जफत गर्नु अन्याय

रवि के.सी। देशभरि सञ्चालनमा रहेका सार्वजनिक यातायातका साधनहरू मध्ये झण्डै सत्तरी प्रतिशत स्वरोजगार यातायात मजदुरको छ भने करिब सत्ताईस प्रतिशत निम्न वर्गका व्यवसायी र तीन प्रतिशत दलाल ( गाडी  नाममा मात्र भएको ) हरू द्वारा सञ्चालित छ। तिनै तीन प्रतिशत दलालहरूले सरकारको विभिन्न अङ्गलाई प्रलोभनमा पारी नयाँ गाडी भित्र्याउने नाममा विदेशी कम्पनी शीतको मिलेमतोमा काम गरिरहेका हुन्छन् ।  सियो समेत उत्पादन नहुने हाम्रो देशमा अव्यावहारिक रूपमा सार्वजनिक यातायातका साधनलाई मात्र बीस वर्षे आयु तोक्ने निर्णय गलत छ। सरकार देशमा रोजगारी उपलब्ध गराउन स्वरोजगारको बिकाश गर्ने नीति विपरित मजदुरले विदेश तथा स्वदेशमा कमाएको सानो पूँजी मार्फत दैनिक गुजारा चलाइरहेका मजदुरको लगानी डुबाउने र विदेश जानुपर्ने बाध्यता बनाउँदै छ । भेइकल फिटनेस टेस्टको आधारमा चल्न सक्ने सवारीसाधन चलाउन पाउनुपर्ने हाम्रो मागलाई पुरै ...
एमाले आफ्नै खुट्टामा अल्झेर लड्यौं : सुवास नेम्वाङ
राजनीति, विचार, समाचार

एमाले आफ्नै खुट्टामा अल्झेर लड्यौं : सुवास नेम्वाङ

२८ साउन, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले गएको स्थानीय चुनावमा अन्तर्घातकै कारण ६० सिट बढी गुमाएको बताएका छन् । एमालेले २०६ स्थानीय तह मात्रै जित्ने अवस्था बन्नुमा अन्तर्घात पनि कारण रहेको उनले बताए । ‘हामीविरुद्ध अरु दलहरु एक छन् भने हामी एकजुट हुनुपर्ने होइन ?’ बानेश्वरमा आयोजित खोटाङ–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा नेम्वाङले भने, ‘२५०/३०० पार्टीको सदस्य छ, भोट भने २४ आउँछ । हामी आफ्नै खुट्टामा अल्झेको होइन ?’ नेम्वाङले आगामी चुनावमा त्यस्तो गल्ती हुन नहुने बताए ।तर पपुलर मतमा भने एमाले प्रमुख शक्ति बनेको उनले बताए । उपाध्यक्ष नेम्वाङले नेपाली कांग्रेस भने गठबन्धनबिना एमालेसँग आँखा जुधाएर हेर्न नसक्ने अवस्थामा रहेको टिप्पणी गरे ।पञ्चायत अन्त्यपछि कांग्रेस नेता कृष्णप्रसाद भट्टराईको भनाइ सम्झदै नेम्वाङले भने, ‘खुलामञ्चमा किसुनजीले भनेको सम्झछु, मलाई नै एक हजार सिट...
अध्यक्ष नेपालकाे कार्यकर्तालाई निर्देशन समानुपातिकतर्फ मत बढाउने गरी केन्द्रित हुनु
राजनीति, विचार, समाचार

अध्यक्ष नेपालकाे कार्यकर्तालाई निर्देशन समानुपातिकतर्फ मत बढाउने गरी केन्द्रित हुनु

नेपालअखबार, काठमाडाैं । पार्टी गठन भएको १६ महिनामा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले संसदीय चुनावको सामना गर्दैछ। मंसिर ४ गते हुने प्रतिनिधि सभा चुनावबाट राष्ट्रिय पार्टी बन्ने एकीकृत समाजवादीको लक्ष्य छ। यो लक्ष्य चुनौतीपूर्ण रहेको भन्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले समानुपातिकतर्फ मत बढाउने गरी केन्द्रित हुन कार्यकर्तालाई निर्देशन दिइरहेका छन्। पार्टीको आन्तरिक भेला तथा प्रशिक्षणमा नेपालले भन्ने गरेका छन्, ‘गठबन्धन भनेर त्यसमा मात्रै निर्भर नहुनुस्। समानुपातिक तर्फको मत बढाउनु पर्ने चुनौती हामीलाई छ। जनतालाई कलम चिन्हमा मतदानको निम्ति आकर्षित गर्नुस्।’ राजनीतिक दलसम्बन्धी ऐनको दफा ५२ मा राष्ट्रिय दलको मान्यताबारे प्रावधान छ। त्यस प्रावधानअनुसार राष्ट्रिय पार्टी बन्न  प्रत्यक्षतर्फ एक सिट जित्नुपर्छ भने समानुपातिकतर्फ सदर मतको कम्तीमा ३ प्रतिशत मत कटाउनु पर्छ।...
जनसङ्गठनका पदाधिकारीहरूलाई लक्षित एक हप्ते प्रशिक्षण समापन
राजनीति, विचार, समाचार

जनसङ्गठनका पदाधिकारीहरूलाई लक्षित एक हप्ते प्रशिक्षण समापन

नेपालअखबारकाठमाडौँ। नेकपा .( एकीकृत समाजवादी ) पार्टी स्कुल विभागले   जनसङ्गठनका पदाधिकारीहरूलाई लक्षित गरी सञ्चालन गरेको एक हप्ते प्रशिक्षण समापन गरेको छ । विभागले सञ्चालन गरेको प्रशिक्षण कार्यक्रममा अनेमसंघ समाजवादी, जनजाति, खेलकुद र दलित मुक्ति सङ्गठनका पदाधिकारीहरू र र केन्द्रीय नेतृत्व गरी ६५ जनको सहभागिता रहेको थियो  । प्रशिक्षणमा समसामयिक राष्ट्रिय तथा अन्तराष्ट्रिय परिस्थितिको विषयमा पार्टीका अध्यक्ष माधवकुमार नेपालले सहजिकरण गर्नुभएको थियो । यस्तै नेपालमा जनवादी क्रान्ति र अबको बाटो विषयमा पार्टीका सम्मानित नेता झलनाथ खनालले सहजिकरण गर्नुभएको थियो । दक्षिणपन्थी विसर्जनवाद विरुद्ध संघर्ष उपाध्यक्ष तथा पार्टी स्कुल विभागका प्रमुख प्रमेश हमालले सहजिकरण गर्नुभएको थियो । यस्तै मार्गदर्शक सिध्दान्त , संगठनात्मक सिध्दान्त , कार्यदिशा तथा कार्यभारका विषयमा पार्टीका महासचिव डा...
डाेटीमा एमाले परित्याग गर्नेकाे लर्काे एकै साथ २६३ जनाले एकीकृत समाजवादीमा प्रवेश
राजनीति, विचार, समाचार, हाइलाइट-समाचार

डाेटीमा एमाले परित्याग गर्नेकाे लर्काे एकै साथ २६३ जनाले एकीकृत समाजवादीमा प्रवेश

नेपालअखबार, डाेटी।   एकीकृत समाजवादी डाेटि जिल्ला कमिटिकाे अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै  अध्यक्ष तथा पुर्व प्रधानमन्त्री  माधवकुमार नेपालले वर्तमान समयमा देशभर  एमाले परित्याग गरेर  नेकपा (एकीकृत समाजवादी) मा प्रवेश  गर्ने क्रम बढ्दै  आएको बताए । “पछिसम्म पनि गठबन्धन कायम राख्न पाँच दलका शीर्ष नेता सहमत भएका छन्”, उनले भने  । फरक प्रसङ्गमा अध्यक्ष नेपालले गठबन्धनकै भर परेर स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले अपेक्षित सिट हासिल गर्न नसकेको  बताए । उनले भने, “स्थानीय तहमा अपेक्षित सिट हासिल गर्न सकिएन, अबको सङ्घ÷प्रदेशको निर्वाचनमा हामी सोचेभन्दा बढी सिट हासिल गर्छौँ ।” डाेटीमा एमाले परित्याग गर्नेकाे लर्काे एकै साथ २६३ जनाले एकीकृत समाजवादीमा प्रवेश  गरेका छन् ।  डाेटीकाे सिलगढीमा आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेलामा 263 जनाले  एमाले परित्याग गरेका हुन् ।  नेकपा  एमाले पर...