एकता जोगाउने नाममा गलत प्रवृत्तिको ढाकछोप नगरौं : प्रचण्ड
नेपाल अखबार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकता कायम राख्ने नाममा गलत विचार र प्रवृतिको ढाकछोप गर्न नसकिने बताएका छन् ।
कम्युनिष्ट नेता तुलसीलाल अमात्यको २३ औं स्मृति दिवसका अवशरमा आयोजिक कार्यक्रममा अध्यक्ष प्रचण्डले गलत विचार र प्रवृतिहरुको ढाकछोप नगरी फछ्र्यौट गर्नुपर्ने बबताए । कुनै पनि बाहानामा पार्टी विभाजन हुनुहुँदैन भन्ने जनताको चाहाना नेतृत्वले बुझेको उल्लेख गर्दै उनले भने, ‘अक्षुण राख्ने नाममा विभिन्न विचार, प्रवृति र इस्युहरुको बहस ढाकछोप र छोपछाप हुने हुनुहुँदैन । तिनको फछ्र्यौट ठिक ढंगले गरिनुपर्छ भन्ने सचेत छौँ ।”
साथै उनले बाहिर चर्चा गरे जस्तो पार्टीभित्र कुनै पद प्रान्तिका लागि विवाद नरहेको बताए । ‘पटकपटक पद दिएर कम्युनिष्ट आन्दोलन एकतावद्ध हुन नदिने कसरतहरुसँग लडेर हामी आएको हो । अस्थिरता झल्किने कुनै पनि काम नहोस भन्नका ला...
