Saturday, May 23

विदेश

पहिरोमा परेर चीनमा चार जनाको मृत्यु, आठ जना बेपत्ता
विदेश, समाचार, समाज

पहिरोमा परेर चीनमा चार जनाको मृत्यु, आठ जना बेपत्ता

नेपालअखबार,बेइजिङ । चीनको राजधानी बेइजिङ र आसपासका प्रान्तहरूमा सोमबार भारी वर्षा भइरहेको छ । लगातारको वर्षाका कारण पहिरो जाँदा चीनको हेबेई प्रान्तमा चार जनाको मृत्यु भएको छ भने अरू आठ जना अझै बेपत्ता छन् । घटना चेङ्दे सहरको लुआनपिङ काउन्टीको एउटा गाउँमा भएको हो, यहाँ राहत र उद्धार कार्य तीव्र गतिमा जारी छ । नदीमा पानीको सतह बढ्दै जाँदा अवस्था गम्भीर हुने र अरू विपद् आउन सक्ने भन्दै सतर्कता जारी गरेर मानिसहरूलाई सुरक्षित स्थानमा सर्न अधिकारीहरूले निर्देशन दिएका छन् । बेइजिङको मियुन उपशहरी क्षेत्रमा बाढी र पहिरोका कारण अधिकारीहरूले ४ हजार ४०० भन्दा धेरै स्थानीयलाई सुरक्षित स्थलतिर सारेको भन्दै सरकारी टिभी च्यानलले समाचारमा भनेको छ । सडकमा कार र ट्रक पानीमा चुर्लुम्म डुबेका भिडियोहरू अनलाइनमा आइरहेका छन् । हालैका वर्षमा उत्तरी चीनमा कीर्तिमानी स्तरमा वर्षा भइरहेका छन् ।...
रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन
विदेश, समाचार

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन

नेपालअखबार,काठमाडौं । रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन भएको छ । ४९ जना यात्रु बोकेको विमान पूर्वी रुसको आमुर क्षेत्रको टिण्डा सहरमा हराएको हो । यो चीनसँग सीमा जोडिएको दुर्गम क्षेत्र हो। ‘एङ्गारा एयरलाइन्स’ले सञ्चालन गरेको एएन–२४ विमान टिण्डा सहरतर्फ जाँदै गर्दा सम्पर्कविहीन भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै सीएनएनले लेखेको छ । हराएको विमानको खोजी कार्य भइरहेको सीएनएनले जनाएको छ । त्यहाँका गभर्नर भासिली ओरलोभका अनुसार विमानमा पाँच बालबालिकासहित ४३ जना यात्रु र ६ जना चालक दलका सदस्य सवार थिए । आपतकालीन मन्त्रालयले भने विमानमा करिब ४० जना सवार रहेको बताएको छ । ‘विमानको खोजीका लागि आवश्यक सबै सुरक्षाकर्मी, उद्धार टोली र स्रोत परिचालन गरिएको छ’, गभर्नर ओरलोभले भनेका छन् ।मौसम र भौगोलिक अवस्थाका कारण विमान खोजीमा चुनौती देखिएको छ ।...
अहिलेसम्मकै न्यून स्तरमा झर्‍यो अमेरिकामा जन्मदर, महिलामा घटिरहेछ आमा बन्ने चाहना
विदेश, समाचार, समाज

अहिलेसम्मकै न्यून स्तरमा झर्‍यो अमेरिकामा जन्मदर, महिलामा घटिरहेछ आमा बन्ने चाहना

नेपालअखबार,वासिङ्टन डीसी । अमेरिकामा मानिसहरू बच्चा जन्माउन हिचकिचाइरहेका छन् । सन् २०२४ को तथ्याङ्कले यही कुरा बताउँछ । गएको वर्ष अमेरिकामा प्रजनन दर अहिलेसम्मकै सबैभन्दा कम थियो । अमेरिकी सरकारको तथ्याङ्क अनुसार, अमेरिकामा प्रत्येक महिलाले १ दशमलव ६ भन्दा कम बच्चा जन्माइरहेका छन् । कुनै समय अमेरिकामा औसत प्रजनन दर प्रति महिला २ दशमलव १ बच्चा थियो । तर पछिल्ला दुई दशकमा, अमेरिकामा प्रजनन दरमा भारी गिरावट आएको छ । अहिले त्यहाँका महिलाहरूले बच्चा जन्माउन कि त लामो समय लिइरहेका छन् कि भने बच्चा नै जन्माइरहेका छैनन् । नयाँ तथ्यांक पश्चिमी यूरोपेली देशकै जन्मदरका हाराहारीमा भएको विश्व बैंकको डेटाले देखाएको छ । हालैका समयमा जन्मदरमा आएको कमीबाट चिन्तित ट्रम्प प्रशासनले घट्दो जन्मदरलाई उकास्न आईभीएफ गर्दा लाग्ने लागत घटाउन र बेबी बोनसको अवधारणालाई समर्थन गर्न कार्यकारी आदेश जारी गर्न...
टेक्सासमा बाढीका कारण मर्नेको संख्या १०० नाघ्यो, ३० भन्दा बढी बेपत्ता
विदेश, समाचार, समाज

टेक्सासमा बाढीका कारण मर्नेको संख्या १०० नाघ्यो, ३० भन्दा बढी बेपत्ता

नेपालअखबार, वासिङ्टन डीसी ।  अमेरिकाको टेक्सासस्थित ग्वाडालुप नदीमा आएको बाढीले ठुलो क्षति पुर्‍याएको छ । बाढीका कारण १०० भन्दा बढीको मृत्यु भइसकेको छ । ३० भन्दा बढी व्यक्ति अझै बेपत्ता छन् । खोजी तथा उद्धार टोलीहरूले बेपत्ताको खोजी कार्य तीव्र पारेका छन् । टोलीहरूले पानीको स्तर बढेको नदीमा ओर्लन र किनारमा जम्मा भएका रूखहरू हटाउन काम गरिरहेका छन् । टेक्सास हिल कन्ट्रीमा रहेको १०० वर्ष पुरानो क्रिश्चियन ग्रीष्मकालीन शिविर, मिस्टिकका सञ्चालकहरूले बाढीमा परी आफ्ना २७ जना शिविरकर्मी र सल्लाहकारहरूको मृत्यु भएको बताएका छन् । केर काउन्टीका अधिकारीहरूले पनि १० जना क्याम्पर र एक जना सल्लाहकार अझै बेपत्ता रहेको भनिरहेका छन् । उद्धार टोलीहरूले क्याम्प मिस्टिक र अन्य धेरै ग्रीष्मकालीन शिविरहरूबाट २८ बालबालिका सहित ८४ जनाको शव निकालेका छन् । अधिकारीहरूले मध्य टेक्सासका केही भागहरूमा वर्षाले बाढी...
‘ब्ल्याकमेल’ गरी श्रीमानका परिवारलाई आफ्नो घरमा बोलाएर खुवाइन् विषालु च्याउ
विदेश, समाचार, समाज

‘ब्ल्याकमेल’ गरी श्रीमानका परिवारलाई आफ्नो घरमा बोलाएर खुवाइन् विषालु च्याउ

नेपालअखबार,काठमाडौं ।अस्ट्रेलियामा सासु-ससुरासहित तीन जनाको हत्या अभियोगमा एक महिला दोषी ठहर भएकी छन्। भिक्टोरिया राज्यको लियोंगाथास्थित ग्रामीण सहर मर्वेलकी ५० वर्षीया एरिन पेटरसन तीन जनाको हत्या र एक जनाको हत्या प्रयास अभियोगमा दोषी ठहर भएकी हुन्। भिक्टोरियाको अदालतले सोमबार उनलाई दोषी ठहर गरेको बिबिसीले जनाएको छ। सजाय निर्धारण अर्को सुनुवाइमा गरिने बताइएको छ। बिबिसीका अनुसार तीन जनाको हत्या भएको उक्त घटनालाई अस्ट्रेलियाभरि चासोका साथ हेरिएको थियो। झन्डै ११ महिनासम्म अदालतमा मुद्दा चलेपछि सोमबार त्यसको फैसला भएको हो। हत्या भएका तीन जना एरिनका सासु-ससुरा र आफन्त हुन्। घटना २०२३ जुलाई २९ को हो। एरिनले आफ्ना श्रीमान, सासु ससुरासहित चार जनालाई खाना खान बोलाएकी थिइन्। ७० वर्षका ससुरा डन पेटरसन, लगभग उही उमेरका सासु गेल पेटरसन, गेलकी बहिनी ६६ वर्षीय हिथर विलकिन्सन र उनका श...
कराँचीमा भवन भत्किँदा १९ जनाको मृत्यु
विदेश, समाचार, समाज

कराँचीमा भवन भत्किँदा १९ जनाको मृत्यु

नेपालअखबार,कराँची । पाकिस्तानको कराँचीमा लियारी भवन भत्किँदा मृत्यु हुनेको संख्या १९ जना पुगेको छ । शनिबार अपराह्न भग्नावशेषमा थप तीन जनाको शव फेला परेको उद्धार अधिकारीहरूले पुष्टि गरेका छन् । कराँचीको लियारीस्थित बग्दादी क्षेत्रमा पाँच तले आवासीय भवन भत्किँदा उक्त विध्वंसकारी घटना भएको हो । उद्धार अधिकारीहरूले पाँच महिलासहित नौ जनालाई घाइते अवस्थामा उद्धार गरिएको र उनीहरूको उपचार भइरहेको बताएका छन्। कराँचीका मेयर मुर्तजा वहाबले भग्नावशेषबाट १९ जनाको शव निकालेको पुष्टि गरेको एआरवाई न्यूजले जनाएको छ । कराँचीका नगरप्रमुख ब्यारिस्टर मुर्तजा वहाबले करिब २० देखि २५ जना मानिस भग्नावशेषमा फसेको अनुमान गरिएको र अझै पुरिएकाहरुको उद्धार कार्य जारी रहेको बताएका छन् ।नगर प्रमुखले भने, 'उद्धार कार्य अझै जारी छ । टोलीहरू अरू कोही पनि भग्नावशेषमा नफसेको सुनिश्चित नहुँदासम्म काम गरिरहने छ...
तेलङ्गनामा विस्फोट, ३४ जनाको मृत्यु
विदेश, समाचार, समाज

तेलङ्गनामा विस्फोट, ३४ जनाको मृत्यु

नेपालअखबार,तेलङ्गना । भारतको तेलङ्गाना राज्यस्थित संगारेड्डी जिल्लाको पसामिलाराम औद्योगिक क्षेत्रमा सोमबार एक रियाक्टरमा विस्फोट हुँदा भएको ठुलो आगलागीमा मर्नेको सङ्ख्या ३४ जना पुगेको छ । भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार कारखानाबाट ३१ जनाको शव निकालिएको थियो। यता, अस्पतालमा ३ जनाको मृत्यु भएको छ। ३० जनाभन्दा बढी घाइते भएका छन्। सोमबार कारखानाको रियाक्टर युनिटमा विस्फोट भएको थियो। यो दुर्घटना बिहान ८:१५ देखि ९:३० बजेको बिचमा औद्योगिक क्षेत्रमा अवस्थित सिगाची इन्डस्ट्रिजमा भएको थियो। यता बीबीसी हिन्दीले जिल्ला प्रशासनलाई उद्धृत गर्दै यस दुर्घटनामा २४ जना अझै बेपत्ता रहेको र सबैको खोजी जारी रहेको बताएको छ। यसबाहेक ५७ जना सुरक्षित छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमा लेखेका छन्, ‘तेलङ्गनाको संगारेड्डीमा भएको कारखाना आगलागीमा ज्यान गुमाउनुपरेकोमा म दुखी छु। हाम्रा समवे...
विमानमा २० सर्पसहित यात्रु समातिए
विदेश, समाचार, समाज

विमानमा २० सर्पसहित यात्रु समातिए

नेपालअखबार,नयाँदिल्ली । मुम्बईका भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित फेला पारेपछि यात्रा रोकेको बताएका छन् । यही महिना यस्ता दुई वटा घटना घटिसकेको छ । ‘भन्सार अधिकारीहरूले… थाइल्यान्डबाट फर्केका यात्रुबाट जफत गरिएका १६ वटा जीवित सर्पसहित वन्यजन्तु तस्करीको अर्को प्रयासलाई विफल तुल्याएका छन्’, भारतीय वित्तीय केन्द्रको विमानस्थलमा भन्सार अधिकारीहरूले भने । आइतबार आइपुगेका यात्रुलाई पक्राउ गरिएको छ । भन्सार एजेन्सीले एक विज्ञप्तिमा भनेको छ, ‘थप अनुसन्धान भइरहेको छ ।’ जीवित सर्पहरूमा प्रायः घरपालुवा जनावरको व्यापारमा बेचिने सरीसृपहरू समावेश थिए र धेरैजसो विषरहित वा मानिसहरूलाई असर गर्नसक्ने विष धेरै कमजोर थियो । तीमध्ये गार्टर सर्प, राइनो र्‍याट सर्प र केन्याली स्यान्ड बोआ पनि थिए । जुनको सुरुमा भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका दर्...
इन्डोनेसियामा ज्वालामुखी विस्फोट
विदेश, समाचार, समाज

इन्डोनेसियामा ज्वालामुखी विस्फोट

नेपालअखबार,काठमाडौँ ।  ज्वालामुखी विस्फोटका कारण इन्डोनेसियास्थित पर्यटकीय क्षेत्र बाली टापु आउजाउ गर्ने दर्जनौँ उडान अवरुद्ध हुनुका साथै रद्द भएका छन् । स्थानीय समयअनुसार मंगलबार ५:३५ मा फ्लोरेस टापुस्थित माउन्ट लेवोटोबी लाकी–लाकीमा ज्वालामुखी विस्फोट भएको थियो । विस्फोटपछि ११ किलोमिटर माथिसम्म तातो खरानीको मुस्लो उडेको थियो । छाता आकारमा आकाशमा देखिएको सुन्ताला रंगको मुस्लो १५० किमि परसम्मको गाउँबाटसमेत देखिएको थियो । देनसार अन्तर्राष्ट्रिय विमानस्थलको बेवसाइटमा ज्वालामुखीका कारण उडान अवरुद्द भएको जनाएको छ । राजधानी जाकर्ताका अलवा अस्ट्रेलिया, चीन, भारत, मलेसिया, न्युजिल्यान्ड र सिँगापुरका उडान पनि ज्वालामुखीका कारण प्रभावित भएका छन् । विपद्सम्बन्धी काम गर्ने स्थानीय अधिकारीहरुले ज्वालामुखी विस्फोटपछि नजिकैका दुई गाउँका स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेका छन् ।...
पश्चिमी मरुभूमिमा नयाँ तेल खानी भेटिएको इजिप्टको घोषणा
अर्थ, विदेश, समाचार

पश्चिमी मरुभूमिमा नयाँ तेल खानी भेटिएको इजिप्टको घोषणा

नेपालअखबार,इजिप्ट । इजिप्टियन जनरल पेट्रोलियम कर्पोरेसनले पश्चिमी मरुभूमिको अबु सेनान क्षेत्रमा नयाँ तेल खानी खोज गरेको बताएको छ । इजिप्टको पेट्रोलियम तथा खनिज स्रोत मन्त्रालयले आइतबार यो घोषणा गरेको हो । प्रारम्भिक परीक्षण नतिजाहरू अत्यधिक आशाजनक रहेको बताइएको छ।  जसले दैनिक उत्पादन दर १ हजार ४ सय ब्यारेल कच्चा तेल र बहरिया संरचनाबाट लगभग दश लाख घन फिट ग्यासको संकेत गर्दछ । तत्काल उत्पादन बाहेक यो खोजले इजिप्टको तेल भण्डारमा पर्याप्त २० लाख पुनः प्राप्ति योग्य ब्यारेल थप्ने अपेक्षा गरिएको छ । भूमध्यसागरमा रहेको जोहर ग्यास क्षेत्रसहित हालैका वर्षहरूमा देशमा प्रमुख खोजहरू गरिएपछि इजिप्टले तेल र तरल प्राकृतिक ग्यासको लागि क्षेत्रीय व्यापार केन्द्र बन्ने लक्ष्य राखेको छ । जसले अनुमानित ३० ट्रिलियन घन फिट ग्यास राख्छ ।...