पाकिस्तानमा भीषण बाढीमा परी मृत्यु हुनेको संख्या ३३२ पुग्यो
नेपालअखबार,काठमाडौं । पाकिस्तानमा भीषण वर्षाका कारण आएको बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ३३२ पुगेको छ।
शुक्रबार खैबर पख्तुनख्वा प्रान्तमा क्लाउड ब्रस्ट हुँदा आएको बाढीमा पनि हालसम्म ३३२ जनाको मृत्यु भएको पाकिस्तानी अनलाइन द डनले जनाएको छ।
प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पिडिएमए) का अनुसार सबैभन्दा बढी प्रभावित बुनेर जिल्लालगायत अन्य क्षेत्रमा थप मानवीय क्षति पुष्टि भएसँगै मृतकको संख्या बढेको हो।
भारी वर्षा र बादल फुटेर आएको बाढीका कारण एकैदिन २०० भन्दा बढीले ज्यान गुमाएका थिए।
यसमा राहत तथा उद्धार कार्यमा खटिएको प्रान्तीय सरकारको एक हेलिकप्टर मोहमान्दमा दुर्घटना हुँदा चालक दलका पाँच सदस्यको पनि मृत्यु भएको डनले जनाएको छ।
पिडिएमएले जारी गरेको पछिल्लो विवरण अनुसार बुनेर जिल्ला सबैभन्दा बढी प्रभावित भएको छ। जहाँ पछिल्लो ४८ घण्टामा २०८ जनाको मृत्यु भएको छ। जिल्ला उपा...









