Saturday, May 23

विदेश

भारत :  निजी अस्पतालमा आगलागी हुँदा बालिकासहित ६ जनाको मृत्यु
विदेश, समाचार, समाज

भारत : निजी अस्पतालमा आगलागी हुँदा बालिकासहित ६ जनाको मृत्यु

नेपालअखबार,तमिलनाडु । तमिलनाडुको डिन्डिगुलस्थित एक निजी अस्पतालमा बिहीबार राति भएको आगलागीमा परी ६ जनाको मृत्यु भएको छ । यो घटना राति बिहीबार १० बजेतिर भएको हो । समाचार एजेन्सी पीटीआईका अनुसार यस दुर्घटनामा एक बालिका सहित कम्तीमा ६ जनाको ज्यान गएको छ । आगलागीको कारण भने अहिलेसम्म थाहा हुन सकेको छैन । तर, आगलागीको कारण सर्ट सर्किट भएको आशंका गरिएको छ । तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले ६ जनाको मृत्युप्रति दुःख व्यक्त गरेका छन् । उनले प्रत्येक मृतकका परिवारलाई तीन लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।...
जहाँ बेहुलीले बिहेको एक महिना अगावै रुन थाल्छिन्, आँसु नआए आमाले कुटेर रुवाउँछिन्
विदेश, समाचार, समाज

जहाँ बेहुलीले बिहेको एक महिना अगावै रुन थाल्छिन्, आँसु नआए आमाले कुटेर रुवाउँछिन्

नेपालअखबार,काठमाडौँ । विवाह भनेपछि हामी खुसीको उत्सव भनेर सम्झन्छौँ । तर,के तपाईँलाई थाहा छ संसारमा यस्तो ठाउँ छ जहाँ विवाहमा दुलही रुनै पर्नै बाध्यता छ ।  एउटा चिनियाँ जनजातिमा विवाह एउटा यस्तो अवसर हो जहाँ दुलही रुनैपर्छ।  निस्सन्देह तपाईँलाई यो परम्परा निकै अनौठो लाग्न सक्छ तर यो जनजातिको विश्वास छ कि दुलही रोए मात्र विवाह शुभ हुन्छ । कल्पना गर्नुहोस्, एकातिर विवाहको दिन जीवनको सबैभन्दा सुन्दर दिन हो भने अर्कोतर्फ यस जनजातिका केटीहरू एक महिनाअघि नै रोइरहने अभ्यास गर्न थाल्छन् । कयौँ पटक परिवारका सदस्यले उनीहरूलाई धेरै रोउन् भनेर उक्साउँछन् र आँसु नआए बेहुलीकी आमाले छोरीलाई कुटेर भए पनि रुवाउन थाल्छिन् । यो अद्वितीय परम्परा ४७५ ईसा पूर्व देखि २२१ ईसा पूर्वको बिच सुरु भएको  विश्वास गरिन्छ । १७ औँ शताब्दीमा यो आफ्नो चरममा थियो। भनिन्छ, जाओ राज्यकी राजकुमारीको विवाह हुँदा छोरीसँगक...
असद पदच्युत भएपछि स्वदेश फर्किने सिरियालीको लर्को
राजनीति, विदेश, समाचार, समाज

असद पदच्युत भएपछि स्वदेश फर्किने सिरियालीको लर्को

नेपालअखबार,दमास्कस । सिरियामा २४ वर्षदेखि शासन गर्दै आएका राष्ट्रपति बशर अल असदलाई सत्ताच्युत गरेको केही घण्टापछि नै छिमेकी देश लेबनान र जोर्डनबाट सिरियाली नागरिक फर्किन थालेका छन् । आइतवार अनलाइन र सामाजिक सञ्जालहरूमा यी दुई देशबाट सिरियाली नागरिकहरू सिरियाको सीमामा प्रवेश गरिरहेको देखिने कयौं तस्बिरहरु बाहिर आएका थिए । लेबनान–सिरियाको सीमामा मसना क्रसिङमा दर्जनौं कारहरू सिरिया छिर्न लाइनमा उभिएका देखिएका थिए । भीडले बशर अल–असदको विरुद्धमा नारा लगाएको सुनिएको थियो । जोर्डनको सीमामा पनि मान्छेको भिड थियो । ‘म जोर्डनमा १२ वर्षदेखि बसिरहेको छुँ । बशर अल–असदको सरकार पतन भएको खबर सुनेपछि हामी भावुक भयौं । अब हामी आफ्नो देशमा सुरक्षिको साथमा फर्किन सक्छौं ।’ जाबेर क्रसिङमा एक व्यक्तिले भनेको भन्दै समाचार एजेन्सी रोयटर्स आफ्नो समाचारमा उद्धृत गरेको थियो । सीमामा देखिएका अधिकांश कारमा सामानको ...
अमेरिकाको क्यालिफोर्नियामा ७ म्याग्नेच्युडको भूकम्प
विदेश, समाचार, समाज

अमेरिकाको क्यालिफोर्नियामा ७ म्याग्नेच्युडको भूकम्प

नेपालअखबार,काठमाडौँ । अमेरिकामा शक्तिशाली भूकम्प गएको छ। क्यालिफोर्निया राज्यको फेर्नडेल सहरलाई केन्द्रबिन्दु बनाएर स्थानीय समयअनुसार बिहीबार बिहान १०:४४ बजे ७ म्याग्नेच्युडको भूकम्प गएको हो। भूकम्पबाट मानवीय र भौतिक क्षति भएको विवरण नआएको समाचार संस्था एशोसियटेड प्रेसले उल्लेख गरेको छ। पसल र मार्टहरूमा भने सामानहरू छरपस्ट भएका थिए। क्षति नभएपनि त्यहाँका नागरिकहरूले धेरै सेकन्डसम्म जमिन हल्लिएको महशुस गरेका थिए भनेर एपीले लेखेको छ। ७.१ म्याग्नेच्युडको भूकम्पपछि स-साना कम्पनहरू गएका थिए। बिहीबारको भूकम्पलाई सन् २०१९ पछिकै शक्तिशाली भनिएको छ। त्यतिबेला ७.१ म्याग्नेच्युडको भूकम्प गएको थियो। भूकम्पपछि फर्नडेलको तटीय क्षेत्रमा सुनामीको चेतावनी दिइएको थियो।...
टोकियोमा सरकारी कर्मचारीलाई हप्तामा ३ दिन बिदा दिने प्रस्ताव
प्रशासन, विदेश, समाचार

टोकियोमा सरकारी कर्मचारीलाई हप्तामा ३ दिन बिदा दिने प्रस्ताव

नेपालअखबार,जापान। जापानको राजधानी टोकियामा सरकारी कर्मचारीले हप्तामा चार दिन मात्रै काम गर्नुपर्ने प्रस्ताव अघि बढाइएको छ । टोकियोका गभर्नरले अभिभावकत्वलाई प्रोत्साहित गर्ने राष्ट्रव्यापी प्रयास अन्तर्गत राजधानीमा सरकारी कर्मचारीका लागि हप्तामा चार दिन मात्रै काम गर्नुपर्ने प्रस्ताव गरेका हुन् । जापानका प्रधानमन्त्री सिगेरु इसिबाले जापानको न्यून जन्मदरलाई ‘शान्त संकटकालीन अवस्था’ को संज्ञा दिँदै लचिलो कार्य समयजस्ता नीति अवलम्बन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । जापानमा पनि कामकाजी आमाहरूले अझै पनि घरायसी बोझ बोक्नुपर्छ, छोराछोरी हुर्काउनुपर्छ र आफन्तहरूको हेरचाह गर्नुपर्छ भन्ने अपेक्षा नै बच्चाको अभावको मुख्य कारक मानिन्छ । आमाबाबुका लागि काम र जीवनको सन्तुलनलाई सजिलो बनाउन गभर्नर युरिको कोइकेले टोकियो महानगरले सरकारी जागिरमा कार्यरत निजामती कर्मचारीलाई अप्रिलदेखि सुरु हुने नय...
३२ वर्षको उमेरमै अस्ताए दक्षिण कोरियाली चर्चित अभिनेता
चलचित्र, विदेश, समाचार

३२ वर्षको उमेरमै अस्ताए दक्षिण कोरियाली चर्चित अभिनेता

नेपालअखबार,सोल । दक्षिण कोरियाका चर्चित अभिनेता पार्क मीन जेको निधन भएको छ । ३२ वर्षीय अभिनेताको मृत्यु कार्डियक अरेस्टका कारण भएको बताइएको छ । कोरियाली सञ्चार माध्यमका अनुसार उनी चीनमा बिदा मनाउन गएका थिए । त्यहीँ उनको मृत्यु भएको बताइएको छ । मृत्युको खबर अभिनेताको परिवार र उनको एजेन्सीले सामाजिक सञ्जालमा एउटा पोस्टमार्फत दिएका हुन् । उनको अन्तिम संस्कार इवाह सोल अस्पतालमा नोभेम्बर ४ मा गरिने बताइएको छ । जेले कयौँ कोरियाली ड्रामा फिल्म र सिरिजमा काम गरेका छन् । उनी सबैभन्दा धेरै भने कोरियाली ड्रामा सिरिज ‘आइडलः द कूप’का चर्चित थिए । यसबाहेक उनले लिटल वुमन, नम्बर्स, कोरियन–खितन वार, कल इट लभ जस्ता ड्रामामा पनि काम गरेका छन् । उनले हालै स्न्याप एन्ड स्पार्क नाम गरेको ड्रामामा काम गरेका थिए ।...
तमिलनाडुमा चक्रवातका कारण पहिरो, पाँच जनाको शव भेटियो
विदेश, समाचार, समाज

तमिलनाडुमा चक्रवातका कारण पहिरो, पाँच जनाको शव भेटियो

नेपालअखबार,नयाँ दिल्ली । भारतको तमिलनाडुमा चक्रवाती तूफान फङ्गलका कारण गएको पहिरो फसेका पाँच जनाका शव भेटिएको छ । राज्यको तिरुवन्नमलाईमा पहिरोमा परेर पुरिएका सातमध्ये पाँच जनाको शव निकालिएको छ । २४ घण्टासम्म चलेको उद्धार कार्यपछि सोमबार ५ जनाको शव निकालिएको हो । प्रदेशका उपमुख्यमन्त्री उदयनिधि स्टालिनले घटनास्थलमा पुगेर बाँकी व्यक्तिको शव उद्धारका लागि उद्धार टोली खटिरहेको बताए । मुख्यमन्त्री स्टालिनले घटनामा ज्यान गुमाएकाका परिवारलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति दिन निर्देशन दिएका छन् । चक्रवाती तूफान फङ्गलले तिरुवन्नमलाईमा भारी वर्षा गराएको थियो । वर्षाका कारण डिसेम्बर १ मा वीयूसी नगर क्षेत्रको अन्नामलाईयार पहाडमा पहिरो खसेको थियो । यस दुर्घटनामा दुई घरमा क्षति पुगेको छ ।...
आज प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपतिबिच भेटवार्ता
राजनीति, विदेश, समाचार

आज प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपतिबिच भेटवार्ता

नेपालअखबार,काठमाडौँ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ उच्च नेतृत्वबिच आज द्विपक्षीय औपचारिक भेटवार्ता हुँदैछ । ‘ग्रेट हल अफ पिपल’ मा हुने भेटवार्तामा द्विपक्षीय सहयोग आदानप्रदानलगायत विषयमा सम्झौता हुने कार्यक्रम रहेको छ । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली र प्रधानमन्त्री ली छ्याङ तथा चिनियाँ जनकंग्रेसका अध्यक्ष झाओ लेजीसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । साथै प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग आजै शिष्टाचार भेटवार्ता गर्नेछन् । चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’सहित प्रधानमन्त्री ओलीलाई चिनियाँ नेतृत्वले ग्रेट हल अफ द पिपुलमा स्वागत गर्नेछ । परराष्ट्र मन्त्रालयका प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी लीबिच आज नै द्विपक्षीय वार्ता हुनेछ । त्यसपछि दुई देशबीच सहयोग आदानप्रदानसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने क...
हरेक महिना गराउनुहोस् यी दुई जाँच, बच्न सक्नु हुनेछ गम्भीर रोगबाट
विदेश, समाचार, समाज, स्वास्थ्य

हरेक महिना गराउनुहोस् यी दुई जाँच, बच्न सक्नु हुनेछ गम्भीर रोगबाट

नेपालअखबार,काठमाडौँ । कुनै पनि गम्भीर रोगबाट सुरक्षित रहनका लागि शरीरका लक्षणहरूमा गम्भीरतापूर्वक ध्यान दिन जरुरी हुन्छ । सानै उमेरमा मानिसमा दीर्घकालीन रोगको जोखिम बढ्दै गएको अवस्थामा त पहिलेदेखि नै आफ्नो स्वास्थ्यप्रति सचेत हुनु जरुरी छ । समयमै रोग पत्ता लगाउन चिकित्सकको सल्लाह नियमित लिइरहनुपर्छ । पहिले पनि कुनै रोग लागिसकेको व्यक्तिहरूले त अझ बढी सावधानी अपनाउनुपर्छ । आफ्नो स्वास्थ्य राम्रो होस् भन्ने चाहनुहुन्छ र रोगबाट टाढा रहन चाहन चाहनुहुन्छ भने तपाईँले केही प्रकारको परीक्षण गर्नु आवश्यक छ । तपाई स्वस्थ नै हुनु हुन्छ भने पनि केही परीक्षण चाँहि गराउनुपर्छ । नियमित रूपमा गराउनुस् आफ्नो स्वास्थ्य जाँच पछिल्लो समय अधिकांशले आफ्नो जीवनशैली र खानपानमा गडबडी गरिरहेका छन् । यो बानीका कारण सबै उमेर समूहका मानिसको स्वास्थ्य जोखिम बढेको चिकित्सकहरू बताउँछन् । २० वर्ष मुनिका मानिसह...
इजरायली आक्रमणमा १०० बढी प्यालेस्टाइनी मारिए
राजनीति, विदेश, समाचार

इजरायली आक्रमणमा १०० बढी प्यालेस्टाइनी मारिए

नेपालअखबार,काठमाडौं । गाजामा पछिल्लो ४८ घण्टामा १०० बढी प्यालेस्टाइनी मारिएका छन् । इजरायलले घेरा हालेको क्षेत्रमा बमबारी तीब्र पारेसँगै दुई दिनमा कम्तिमा पनि १२० जना मारिएको प्यालेस्टाइनी स्वास्थ्य अधिकारीहरुले बताएका छन् । उनीहरुका अनुसार गाजा शहरको जिटोन उपनगरमा शुक्रबार रातभर एक आवासीय घरमा भएको आक्रमणमा कम्तिमा पनि ७ जना मारिए भने दक्षिणी गाजामा पनि उतिनै मानिस मारिएका छन् । इजरायली हवाई आक्रमणले मध्य गाजामा रहेको नुसीरत शरणार्थी शिविरसँगै रहेको अल फारुक मस्जिदमा समेत नोक्सान पुगेको छ । यस्तै, आंशिक रुपमा सञ्चालित अस्पतालमा भएको आक्रमणमा कयौं स्वास्थ्य कर्मचारी घाइते भएका छन् । क्मान अदवान अस्पतालका निर्देशक हुसाम अबु सफियाले इजरायली सैनिक बलले कयौँ पल्ट आपतकालीन सेवा नै समाप्त पार्ने गरी अस्पताललाई निशाना बनाएको बताएका छन् । इजरायली सेनाले उत्तरी गाजामा स्थल आक्रमण तथा बमबारीला...