Saturday, July 4

विदेश

सैफ अली खानलाई चक्कु हान्ने व्यक्ति पक्राउ
प्रशासन, विदेश, समाचार

सैफ अली खानलाई चक्कु हान्ने व्यक्ति पक्राउ

नेपालअखबार,काठमाडौं । बलिउड अभिनेता  सैफ अली खानलाई चक्कु हान्ने  व्यक्तिलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मोहम्मद सरीफुल अस्लाम असजाद रहेको प्रहरीले जनाएको छ । उनी विजोय दास नाम राखेर मुम्बइमा बस्दै आएको बताइएको छ । उनी भारतीय नागरिक भएको प्रमाण फेला नपरेको प्रहरीको भनाइ छ । तर, प्रहरीले उनी बंगलादेशी नागरिक हुन सक्ने अनुमान गरेको छ । तर उनीसँग पासपोर्ट वा अरु कुनै परिचयपत्र केही पनि फेला नपरेकाले अनुसन्धान जारी छ । पत्रकार सम्मेलनमा मुम्बई प्रहरीका डिसीपी दीक्षित गेदमले भने, ‘उनी अवैध तरिकाले भारत आएका थिए । विगत चार महिनादेखि मुम्बइको ठाणेमा बसेर हाउस किपिङ एजेन्सीमा काम गरिरहेका थिए ।...
इरानमा दुई न्यायाधीशको गोली हानी हत्या
अपराध, विदेश, समाचार

इरानमा दुई न्यायाधीशको गोली हानी हत्या

नेपालअखबार,तेहरान । इरानको राजधानी तेहरानमा दुई न्यायाधीशको गोली हानी हत्या गरिएको छ । सरकारी मिडियाका अनुसार इरानको सर्वोच्च अदालतबाहिर दुई वरिष्ठ न्यायाधीशको गोली हानी हत्या गरिएको हो । यस आक्रमणमा अर्का न्यायाधीशसँगै एक अंगरक्षक पनि घाइते भएको मिडियाले जनाएको छ । अज्ञात आक्रमणकारीले गोली चलाउने लगत्तै आफैँलाई गोली हानेको पनि बताइएको छ । आक्रमण कुन प्रयोजनका लागि गरिएको हो भन्ने अहिलेसम्म खुलेको छैन । मारिएका दुवै न्यायाधीशहरू ८० र ९० को दशकमा इस्लामिक शासनका विरोधीहरूको उत्पीडन र हत्यामा उनीहरूको भूमिकाका लागि परिचित थिए।...
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १४ वर्ष जेल सजाय
राजनीति, विदेश, समाचार

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १४ वर्ष जेल सजाय

नेपालअखबार,इस्लामावाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १४ वर्षको जेल सजाय सुनाइएको छ । उनकी पत्नी बुशरा बीबीलाई पनि ७ वर्षको जेल सजाय सुनाइएको छ । शुक्रबार रावलपिन्डीको आदियाला जेल अदालतले इमरान खान र उनकी पत्नीलाई अलकादिर ट्रस्ट सम्बन्धी मुद्दामा दोषी ठहर गर्दै जेल सजाय हुने फैसला सुनाएको हो । पूर्वप्रधानमन्त्री इमरान खान हाल जेलमै छन् । अदालतले उनी र उनकी पत्नीविरुद्ध १९० मिलियन पाउण्ड जरिवानाको सजाय पनि सुनाएको छ ।...
सैफ अली खानमाथि छुरा प्रहार
विदेश, समाचार, समाज

सैफ अली खानमाथि छुरा प्रहार

नेपालअखबार,मुम्बई । बलिउड अभिनेता सैफ अली खानमाथि बिहीबार बिहान करिब २ः ३० बजे मुम्बईको खारमा रहेको उनको घरमा चक्कु प्रहार भएको छ । सैफको घाँटी, ढाड, हात र टाउकोमा चक्कु प्रहार भएको हो। सैफलाई बिहान ३ः ३० बजे लीलावती अस्पताल ल्याइएको थियो । जहाँ उनको शल्यक्रिया गरिएको थियो । लीलावती अस्पतालका सीओओ डा.नीरज उत्तमानी सैफलाई ६ पटक छुरा प्रहार गरिएको बताएका छन्। तीमध्ये दुईवटा घाउ गहिरो छन् । मेरुदण्ड नजिकै पनि घाउ छ। डाक्टर लीना र डाक्टर नितिन डांगेले सैफको उपचार गरिरहेका छसैफको टोलीको आधिकारिक बयानमा उनको घरमा चोरीको प्रयास गरिएको भनिएको छ । आक्रमणमा सैफको घरकी एक कामदार पनि घाइते भएकी छन् । यता प्रहरीका डीसीपी दीक्षित गेडामले सैफको फर्च्युन हाइट्स खार स्थित घरमा राति एक व्यक्ति सैफको घरमा पसे र उनको कामदारसँग झगडा गरे । जब अभिनेताले ती व्यक्तिलाई रोक्ने प्रयास गरे, उनले सैफलाई आक्रमण ग...
विदेशीसँग पैसा असुल्न बाह्य राजस्व विभाग बनाउँदै ट्रम्प
अर्थ, विदेश, समाचार

विदेशीसँग पैसा असुल्न बाह्य राजस्व विभाग बनाउँदै ट्रम्प

नेपालअखबार,वासिङटन डीसी । अमेरिकामा डोनाल्ड ट्रम्पले जनवरी २० मा राष्ट्रपतिको रूपमा शपथ लिँदैछन् । शपथ ग्रहण अघि पनि ट्रम्प निकै सक्रिय देखिएका छन् । मेक्सिको र क्यानडा जस्ता देशहरूमाथि उनले उच्च भन्सार महसुल लगाउने कुरा गरेका छन् । अतिरिक्त महसुल वृद्धिको कुरामा उनी धेरै गम्भीर देखिएका छन् । सीएनएनमा छापिएको खबरका अनुसार, ट्रम्पले जनवरी २० मा बाह्य राजस्व सेवा नाम गरेको नयाँ सरकारी विभाग सुरु गर्दैछन् । यो विभागको काम विदेशबाट हुने आम्दानी र शुल्कको समयमै असुली हुनेछ । यस विभागले भन्सार, महसुल र विदेशी स्रोतबाट हुने अन्य आम्दानी असुल गर्नेछ । व्यापार असन्तुलन, बसाइँसराइ र लागूऔषध तस्करी जस्ता समस्याहरू समाधान गर्न क्यानडा, मेक्सिको र चीन जस्ता देशहरूमाथि दबाब दिन यो विभाग गठन गरिएको ठानिएको छ । यसबाहेक पनि ट्रम्पले चीनलगायत अन्य धेरै देशका उत्पादनहरूमा पनि कर बढाउने योजना पनि बनाएका छन...
कुम्भ मेलामा ५० लाखले गरे स्नान
विदेश, समाचार, समाज

कुम्भ मेलामा ५० लाखले गरे स्नान

नेपालअखबार,प्रयागराज । प्रयागराजमा आजदेखि कुम्भ मेला सुरु भएको छ । कुम्भ मेला फेब्रुअरी २६ गते महाशिवरात्रिमा समापन हुनेछ । कुम्भमेलाका डिआइजी वैभव कृष्णले यस आस्थाको संगममा हालसम्म करिब ५० लाख मानिसले स्नान बताएका छन् । उत्तर प्रदेश सरकारले यस पटक कुम्भमा ४० करोड मानिस सहभागी हुने दाबी गरेको छ । हेर्नुहोस् पौष पूर्णिमाको स्नानका तस्बिरहरू:...
सिरियाको मस्जिदमा भागदौड हुँदा ३ जनाको मृत्यु
विदेश, समाचार, समाज

सिरियाको मस्जिदमा भागदौड हुँदा ३ जनाको मृत्यु

नेपालअखबार,एजेन्सी । सिरियाली राजधानी दमास्कसको उमायाद मस्जिदमा एक परोपकारी गतिविधिमा निःशुल्क खाना खान खोज्दा भएको भागदौडमा परेर तीन महिलाको मृत्यु भएको छ । साथै पाँच बालबालिकाको गम्भीर चोटपटक लागेको छ । सिरियाली नागरिक रक्षा विभागकाअनुसार शुक्रवार सो घटना भएको हो । दमास्कसको पुरानो शहरको ऐतिहासिक मस्जिदको आँगनमा जनतालाई निःशुल्क खानाको लागि आमन्त्रित गर्ने एक प्रसिद्ध शेफ अबु ओमारी अल–दिमास्कीद्वारा प्रचारित भोजको क्रममा यो घटना भएको थियो । दमास्कसको सबैभन्दा प्रतिष्ठित स्थलहरू मध्ये एक उमायाद मस्जिदले सामान्यतया धार्मिक र सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्दछ । त्यहाँ ठूला स्तरका सार्वजनिक जमघटहरू विरलै आयोजना गरिन्छन् र सामान्यतया स्थानीय अधिकारीहरूसँग पूर्व समन्वय आवश्यक पर्दछ ।...
आम आदमी पार्टीका विधायक गुरप्रीत गोगीको गोली लागेर मृत्यु
राजनीति, विदेश, समाचार

आम आदमी पार्टीका विधायक गुरप्रीत गोगीको गोली लागेर मृत्यु

नेपालअखबार,पञ्जाब । पञ्जाबमा आम आदमी पार्टीका विधायक गुरप्रीत गोगीको गोली लागेर मृत्यु भएको छ । पञ्जाब प्रहरीका अनुसार यो घटना शुक्रबार राति १२ बजेतिर भएको हो।गोली लागेपछि गुरप्रीत गोगीलाई लुधियानाको डीएमसी अस्पतालमा ल्याइएको थियो, जहाँ उनलाई मृत घोषित गरिएको थियो। पञ्जाब पुलिसका डीसीपी जसकरण सिंह तेजाले भने, ‘गुरप्रीत गोगीलाई अस्पतालमा मृत घोषित गरिएको छ। उनको शवलाई डीएमसी अस्पतालको शवगृहमा राखिएको छ। शवको पोस्टमार्टम गरिनेछ।’ उनले थपे, ‘परिवारका अनुसार गल्तीवश उनले आफूलाई नै गोली हानेका थिए । उनको टाउकोमा गोली लागेको थियो। मृत्युको कारण पोष्टमार्टम रिपोर्ट आएपछि खुल्नेछ ।’ गुरप्रीत गोगी लुधियाना पश्चिमबाट आम आदमी पार्टीका विधायक थिए।...
सिंगापुरमा  बढ्दैछ नक्कली बिहे किन ?
विदेश, समाचार, समाज

सिंगापुरमा बढ्दैछ नक्कली बिहे किन ?

नेपालअखबार,सिंगापुर । सिंगापुरमा नक्कली विवाहका मामिलाहरू लगातार बढिरहेका छन् । सिंगापुरका पुरुषहरूले पैसा कमाउन विदेशी महिलासँग नक्कली विवाह गरेका घटना बाहिरिरहेका छन् । लामो समयसम्म सिंगापुरमा बस्न र काम गर्न विदेशी महिलाहरूले त्यहाँका स्थानीय पुरुषसँग झुठो विवाह गरेको घटना बढ्न थालेपछि सिंगापुरका अधिकारीहरू चिन्तित भएका छन् । पछिल्लो समय नक्कली विवाह गर्ने सिन्डिकेट खुलेपछि अधिकारीहरु सचेत भएका छन् । यस्ता विवाहले सामाजिक समस्या बढाउने भन्दै सिंगापुर इमिग्रेसन एण्ड चेकपोइन्ट अथोरिटी (आईसीए)ले यस्ता मामिलाप्रति सतर्कता बढाएको छ । स्टेट टाइम्समा छापिएको एउटा खबरका अनुसार झुठा बिहेका मामिलामा अधिकारीहरूले लगातार छापा मारिरहेका छन् । सन् २०२४ मा जनवरीदेखि सेप्टेम्बरसम्म नक्कली विवाहका घटना बढेर ३२ पुगेको आईसीएले बताएको छ । २०२३ को जुनमा यस्ता मामिला चार मात्रै थिए । विदेशी महिलाहरू...
मोन्टेनेग्रोमा गोली चल्दा दुई बच्चासहित १० जनाको मृत्यु
विदेश, समाचार, समाज

मोन्टेनेग्रोमा गोली चल्दा दुई बच्चासहित १० जनाको मृत्यु

नेपालअखबार,काठमाडौं । युरोपेली देश मोन्टेनेग्रोमा गोली चल्दा दुई बच्चासहित १० जनाको मृत्यु भएको छ । चार जना गम्भीर घाइते छन् । यो घटनापछि मोन्टेनेग्रो सरकारले विहीबारदेखि तीन दिनसम्म राष्ट्रिय शोक घोषणा गरेको छ । प्रहरी अधिकारीहरुका अनुसार देशको दक्षिणी क्षेत्रको रेष्टुरेन्टमा बुधबार एक हतियारधारीले आक्रमण गरेका थिए । आक्रमणपछि उनले आफैंलाई गोली हानी आत्महत्या गरेका थिए । सरकारका गृहमन्त्रीका अनुसार बन्दुकधारीले एकै परिवारका सदस्य, रेष्टुरेन्ट मालिक र दुई बच्चाको हत्या गरेका हुन् । यो घटनालाई उनले ‘भयानक घटना’ भनेका छन् ।समाचार एजेन्सी एएफपीका अनुसार गोली लागेर चार जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।...