छिमेकीका जुत्ता सुँघेको आरोपमा युवकलाई जेल सजाय
नेपालअखबार,ग्रीस । कतिपय मानिसको आनीबानी यस्तो अनौठो र अपत्यारिलो हुन्छ कि त्यसले उनीहरुलाई जेलको हावा खुवाउँछ । ग्रीसमा एकजना २८ वर्षीय युवक छिमेकीको जुत्ता सुँघ्ने बानीका कारण जेल जानु परेको छ।
जुत्ता सुँघ्नका लागि पटक-पटक छिमेकीको घर परिसरमा छिरेर दिक्क पारेको अभियोगमा उनी दोषी ठहर भएका हुन् ।
ग्रीसको सिन्दोस सहरमा गत अक्टोबर ८ मा एक युवक पक्राउ परे । बिहान सबेरै छिमेकीको घर परिसरमा छिरेर बाहिर राखिएका जुत्ताहरु सुँघिरहेको अवस्थामा उनलाई देखेपछि छिमेकीले प्रहरीलाई खरब गरेका थिए र पुलिसले उनलाई पक्रिएको थियो ।
नाम नखुलाइएका ती युवक यसअघि पनि जुत्ता सुँघ्नका लागि आफ्नो घर परिसरमा पटक-पटक लुसुक्क छिर्ने गरेको र उनको त्यस्तो बानीले दिक्क पारेको भन्दै उनीविरुद्ध छिमेकीले प्रहरीमा खबर गरे ।
पक्राउ गरेर स्थानीय अदालतमा उपस्थित गराइएका ती युवकको बयान तथा प्रमाणहरुका आधारमा अदालतले...










