Friday, May 22

विदेश

साउदी अरबमा वर्षको ठुलो सामूहिक मृत्युदण्ड
प्रशासन, विदेश, समाचार

साउदी अरबमा वर्षको ठुलो सामूहिक मृत्युदण्ड

नेपालअखबार, रियाद । साउदी अरबमा यस वर्षकै सबैभन्दा ठुलो सामूहिक मृत्युदण्ड दिइने भएको छ ।आतङ्कवादको अभियोगमा दोषी ठहर भएका ५ जनालाई सामूहिक फाँसी दिइन लागिएको हो । मिडियाका अनुसार यी अपराधीहरूले मस्जिदमा आक्रमण गरेका थिए । यस आक्रमणमा पाँच जनाको ज्यान गएको थियो भने कैयौँ घाइते भएका थिए । यी पाँच दोषीमध्ये चार साउदी र एक इजिप्टका नागरिक थिए। आधिकारिक साउदी प्रेस एजेन्सीले प्रकाशित गरेको आन्तरिक मन्त्रालयको विज्ञप्तिमा आक्रमण कहिले भएको हो वा पूजा स्थललाई कसरी निशाना बनाइएको थियो ? भन्ने विषय चाहिँ उल्लेख गरिएको छैन मृत्युदण्ड दिने विधिबारे पनि विस्तृत जानकारी दिइएको छैन तर विगतमा साउदी अरबमा टाउको काटेर मृत्युदण्ड दिइने गरेको घटना सार्वजनिक भइरहेका हुन्थे, जसकाकारण यो सामूहिक मृत्युदण्ड पनि सामूहिक रूपमा टाउको काटेर दिइने अनुमान गरिएको छ । यससँगै साउदी अरेबियाले यस वर्ष अहिलेसम्...
दुलहीको फ्लाइङ किस, आमाको डिजे डान्स : विवाह छोडेर भागे दुलहा
विदेश, समाचार, समाज

दुलहीको फ्लाइङ किस, आमाको डिजे डान्स : विवाह छोडेर भागे दुलहा

नेपालअखबार, एजेन्सि । जन्ती लिएर बेहुलीको घर पुगेका एक बेहुलाले अन्ततः विवाह गर्न अस्वीकार गरे । विवाह स्थलमा केही यस्ता कुराले उनलाई असहज बनाएका कारण उनी बेहुली नलिईकनै फर्किएका छन् । घटना भारतको हो । त्यहाँको हयातनगर थाना इलाकाका एक युवकको विवाह नजिकै गाउँकी युवतीसँग हुने निश्चित भयो । दुवै पक्षले विवाहको मिति तोके । निर्धारित समय अनुसार विवाहको दिन बेहुला जन्ती लिएर युवतीको घर गए । विवाह चलिरहेका बेला सुरु भयो डान्स जन्तीको स्वागत सुरु भएदेखि नै केही गडबडी महसुस गरियो । सबै कार्यक्रम राम्रै चलिरहेको थियो तर अचानक दुलहीकी आमा डिजेको गीतमा नाच्न सुरु गरिन् । दुलहीकी आमाको फरक शैली देखेर जन्ती दङ्ग यति बेला दुलहाको नजर आफ्नी सासूमाथि पर्दा उनलाई असहज महसुस भयो । तर दुलहीकी आमालाई केही कुरा परवाह थिएन । उनले डिजेको गीतमा नाच्दै चुरोट पिउँदै हावामा धुवाँ उडाउन थालिन् । यो दृश्...
भारतको महाराष्ट्रमा एक्सप्रेस बसमा आगलागी, २५ यात्रुको मृत्यु
दुर्घटना, विदेश, समाचार

भारतको महाराष्ट्रमा एक्सप्रेस बसमा आगलागी, २५ यात्रुको मृत्यु

नेपालअखबार, काठमाडाैं । भारतको महाराष्ट्रमा मुम्बई-नागपुर एक्सप्रेसमा गुडिरहेको एक निजी बस शनिबार बिहान दुर्घटनाग्रस्त बनेको छ । दुर्घटनामा २५ जनाको मृत्यु भएको बीबीसी हिन्दीले लेखेको छ । ३३ यात्रु सवार बस नागपुरबाट समृद्धि राजमार्ग हुँदै पुनेतर्फ आइरहेको थियो । गुडिरहेकै बेला टायर पड्किएपछि बस चालकको नियन्त्रण बाहिर गएर एक खम्बामा ठोकिएको थियो । ठक्करको क्रममा डिजेल ट्याङ्की फुटेर आगो लागेको थियो । केही यात्रुले भने बसको सिसा फुटाएर ज्यान बचाएका हुन् । मृतकको पहिचान भइनसकेको भारतीय सञ्चारमाध्यमले खबर लेखेका छन् । दुर्घटना हुनुभन्दा आधा घण्टाअघि खाजाका लागि बस रोकिएको थियो । यसैबीच महाराष्ट्रका मुख्यमन्त्री एकनाथ अभियानले दुर्घटनामा ज्यान गुमाउनेका परिवारजनलाई पाँचपाँच लाख रुपैयाँ आर्थिक सहायता दिने घोषणा गरेका छन् । महाराष्ट्रका मुख्यमन्त्री एकनाथ अभियानले दुखद जताते भएक...
नेपाली युवकले गरे युरोपको सर्वोच्च शिखर एलब्रसको सफल आरोहण
विदेश, समाचार, समाज

नेपाली युवकले गरे युरोपको सर्वोच्च शिखर एलब्रसको सफल आरोहण

नेपालअखबार। रामेछापका लिखुतामाकोशी गाउँपालिकाका प्रकाशराज पाण्डेले युरोपको सर्वोच्च शिखर माउन्ट एलब्रस हिमाल सफल आरोहण गरेका छन्। उनले बिहीबार बिहान ९ बजे रूसमा रहेको उक्त हिमालको सफल आरोहण गरेका हुन्। एलब्रसको चुचुरोमा पुगेर उनले नेपालको राष्ट्रिय झण्डा फहराएका थिए। उक्त  हिमाल पाँच हजार ६४२ मिटर अग्लो छ । सातै महादेशका उच्च हिमाल आरोहण गरी सेभेन समिट पूरा गर्ने लक्ष्यका साथ उनी जुन २१ मा रुस प्रस्थान गरेका थिए। एलब्रस युरोपको सबैभन्दा अग्लो चुचुरो हो।अब युरोपको सफल आरोहण सम्पन्न भएसँगै अफ्रिकाको अग्लो चुचुरो किलिमाञ्जारो हिमाल आरोहणका लागि त्यसतर्फ प्रस्थान गर्ने पाण्डेले बताए। उनले सन् २०१६ देखि हिमाल चढ्न सुरु गरेका हुन्। उनले सगरमाथा, मनास्लु र आमादब्लम हिमाल आरोहण गरिसकेका छन्। पाण्डेले अन्य सबै महादेशका अग्ला हिमाल आरोहण सकेपछि पुनः सगरमाथाको आरोहण गरी सेभेन समिट पूरा गर...
दिल्ली लैजानु पर्ने विमान जयपुर लगे अनि ड्युटी सकियो भनेर पाइलट हिँडे.
विदेश, समाचार

दिल्ली लैजानु पर्ने विमान जयपुर लगे अनि ड्युटी सकियो भनेर पाइलट हिँडे.

नेपालअखबार, एजेन्सि। नयाँ दिल्ली । ड्युटी सकिएको भन्दै पाइलट हिँडे पछि जयपुरमा ६ घण्टासम्म यात्रु अलपत्र परेका छन् । लन्डनबाट दिल्लीका लागि आएको एयर इन्डियाको अन्तर्राष्ट्रिय उडान मौसम खराबी कारण पाइलटले जयपुरमा अवतरण गराए । तर, पाइलटले आफ्नो ड्युटी टाइम सकिएको बताउँदै हिँडेपछि जयपुर विमानस्थलमा ६ घण्टासम्म उडानमा सवार यात्रुहरू अलपत्र परेका थिए । समाचार अनुसार ती यात्रुलाई सडकमार्फत दिल्ली पठाइएको थियो । दिल्लीको खराब मौसमका कारण आइतबार ३ अन्तर्राष्ट्रिय र २ आन्तरिक उडानलाई जयपुरतर्फ डाइभर्ट गरिएको थियो । जसमा एयर इन्डियाको दुई, स्पाइस जेटको दुई र गल्फ स्ट्रिमको एउटा उडान समावेश थियो। एयर इन्डियाको उडान एआई–११२ लन्डनबाट बिहान ६ बजे दिल्ली पुग्ने समय तालिका थियो । खराब मौसमका कारण उडानलाई जयपुरतर्फ डाइभर्ट गरिएको थियो । डाइभर्ट गरिने एयर इन्डियाको दोस्रो उडान दुबईबाट दिल्ली गइरहेको थ...
भारतमा ५ जनाको बीभत्स हत्या गरेपछि  आफैँलाई गोली हाने एक युवकले
अपराध, विदेश, समाचार, समाज

भारतमा ५ जनाको बीभत्स हत्या गरेपछि आफैँलाई गोली हाने एक युवकले

नेपालअखबार, उत्तर प्रदेश । भारतको उत्तर प्रदेशको मैनपुरीबाट एउटा हृदय विदारक खबर सार्वजनिक भएको छ । यहाँ एकै परिवारका सदस्य, आफन्त र साथीको बीभत्स हत्या गरिएको छ । आफ्नो परिवारका कुल ५ जनाको हत्या गरे पछि ती व्यक्तिले आफैँलाई गोली हानेर आत्महत्या गरेका छन् । भारतीय सञ्चार माध्यमका अनुसार घरको जेठो छोराले यो घटना गराएका हुन् । उनले पहिले परिवारका चार सदस्य र एक आफन्तको बन्चरो प्रहार गरेर हत्या गरेका थिए । जानकारी अनुसार गोकुलपुरमा बस्दै आएका सुभाषचन्द्र यादवका छोरा सोहवीरले आफ्नै परिवारका ५ जनाको हत्या गरेका हुन् । उनले माइजू र श्रीमतीलाई पनि मार्ने प्रयास गरेका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।...
अष्ट्रेलियन पादरीले १९३ वटा बाल यौन दुर्व्यवहार गरेको पुष्टि
अपराध, विदेश, समाचार

अष्ट्रेलियन पादरीले १९३ वटा बाल यौन दुर्व्यवहार गरेको पुष्टि

नेपालअखबार, सिडनी । अष्ट्रेलियाका एक पूर्व पादरीले ७० भन्दा बढी यौन दुर्ब्यबहारको दोषी प्रमाणित भएका छन् । हालै ८९ वर्षीय पुर्ब पादरी जेराल्ड रिड्सडेलले  बाल यौन दुर्व्यवहारको थप आरोप स्वीकार गरे पछि उनले ७२ वटा अपराध गरेको पुष्टी भएको हो । उनी सन् १९९४ देखि ३९ वर्षको जेल सजाय भोगिरहेका छन् । सो सँगै उनले १९३ औं अपराध गरेको पुष्टी भएको छ । नयाँ कसुर प्रमाणित भए पछि अब उनलाई  थप सजाय हुनसक्छ । गेराल्डले सन् १९६१ देखि १९८८ सम्म आफ्नो चर्च र विद्यालयमा उपस्थित धेरै बालबालिकालाई यौन दुर्व्यवहार गरेको उजुरी पछि उनलाई पक्राउ गरिएको थियो । उनी बिरुद्ध धारा प्रवाह रुपमा उजुरी परे पछि अष्ट्रेलियामा सो समयमा सनसनी मच्चिएकोसमेत थियो । उनै पादरी माथी थप अर्को आरोप पुष्टी भए पछि उनी पुनः चर्चामा आएका हुन् । भिक्टोरिया राज्यको रोमन क्याथोलिक चर्चमा पादरी रहेका गेराल्डले विभिन्न दुर्व्यव...
होन्डुरसको महिला कारागारमा दंगा, कम्तीमा ४१ जनाको मृत्यु
प्रशासन, विदेश, समाचार

होन्डुरसको महिला कारागारमा दंगा, कम्तीमा ४१ जनाको मृत्यु

नेपालअखबार, एजेन्सि। होन्डुरसको महिला कारागारमा दंगा भड्किँदा ४१ जनाको मृत्यु भएको छ। मंगलबार कारागारभित्र रहेको दुई ग्याङबीच झडप भएको बिबिसीले जनाएको छ। जसमध्ये एउटा पक्षले कारागारमा आजगनी समेत गरेको थियो। कारागारमा आगलागी भएपछि कतिपयको मृत्यु भएको हो। कतिपयको भने गोली लागेर समेत मृत्यु भएको छ। उपसुरक्षामन्त्री जुलिसा विलानुभाले आपतकालिन घोषणा गरी दंगालाई नियन्त्रणमा लिने वाचा समेत गरेकी छन्। उनले कारागारभित्र अग्निनियन्त्रक, प्रहरी र सेनालाई पनि खटाएकी छन्। ‘मानवीय क्षति सह्य छैन,’ उनले भनेकी छन्। यस घटनामा संलग्नहरूमाथि अनुसन्धान गरी कारबाही गर्ने पनि उनले चेतावनी दिएकी छन्। राजधानी तेगुसिगाल्पाबाट २० किलोमिटर टाढा रहेको कारागारमा ज्यान गुमाउने सबै कैदी मात्रै हुन् भन्ने यकिन भइसकेको छैन। उक्त कारागारमा ९ सय जना कैदी छन्। कतिपय कैदीलाई अस्पताल समेत लगिएको छ।...
भारतीय गुप्तचर संस्था ‘र’ को प्रमुखमा रवि सिन्हा नियुक्त
राजनीति, विदेश, समाचार

भारतीय गुप्तचर संस्था ‘र’ को प्रमुखमा रवि सिन्हा नियुक्त

नेपालअखबार, काठमाडौं । भारतको बाह्य गुप्तचर अनुसन्धान र विश्लेषण शाखा (र) को नयाँ प्रमुखमा रवि सिन्हा नियुक्त भएका छन् । छत्तीसगढ क्याडरका वरिष्ठ आईपीएस अधिकारी रवि सिन्हालाई मन्त्रिपरिषदको नियुक्ति समितिले सोमबार नियुक्त गरेको हो । सन् १९८८ ब्याचका भारतीय प्रहरी सेवा (आईपीएस) अधिकृत सिन्हा मन्त्रिपरिषद् सचिवालयमा विशेष सचिवको रूपमा कार्यरत थिए । उनले अब उनी ३० जुनमा र प्रमुख सामन्त गोयलको स्थान लिनेछन् । उनको कार्यकाल २ वर्ष हुनेछ । रवि सिन्हा पछिल्लो भाजपा नेतृत्वको सरकार (अटल बिहारी वाजपेयी) को समयमै पुलिस सेवाबाट रमा आएका थिए । एसएसपी पदमा रहँदा नै रमा आवद्ध भएका सिन्हा अहिले डिजीपी लेवलमा थिए र जम्मु कश्मीर तथा उत्तर पूर्वी राज्यहरूमा चलाईएका कतिपय अपरेसनको नेतृत्व गरिरहेका थिए । पाकिस्तान, अफगानिस्तान र चीनमा समेत काम गरेको अनुभव उनीसँग छ। सिन्हा अहिलेका प्रमुख सामन्त ...
जापानमा लाखौं भवनहरु किन खाली भैरहेका छन् ?
विदेश, समाचार, समाज

जापानमा लाखौं भवनहरु किन खाली भैरहेका छन् ?

नेपालअखबार, एजेन्सि। यो वर्ष सन् २०२३ को जनवरीमा जापानको राजधानी टोक्योका बासिन्दाहरुका लागि सरकारले निकै आकर्षक प्रस्ताव अघि सार्‍यो । जस अनुसार यदि त्यहाँका मानिसहरु सहरी इलाका छाडेर बाहिरी क्षेत्रमा बस्न चाहने हो भने ती परिवारलाई प्रति सन्तान दश लाख येन अर्थात् करिब ७ हजार डलर दिइनेछ । यसका लागि परिवारको कम्तिमा एक सदस्यको जागिर हुनुपर्ने र ग्रामीण क्षेत्रमा आफ्नो व्यापार सुरु गर्ने बाचा गर्नुपर्ने सर्त रहेको छ । यदि त्यसरी रकम लिएर गाउँमा गएका परिवारहरू पाँच वर्षअघि नै सहर फर्किएमा उनीहरुले त्यसरी लिएको १० लाख येन पूरै फिर्ता गर्नुपर्नेछ । जापानमा जनसंख्याको अधिकांश हिस्सा सहरमा बस्दछ र पछिल्ला केही वर्षदेखि त्यहाँ सम्पत्तिको क्षेत्रमा मन्दी छाएको छ । फलतः जापानमा लाखौं घरहरु खाली भइरहेका छन् । जापानमा घर सम्पत्तिको समस्या समाधान गर्नका लागि केन्द्र तथा प्रान्तीय सरकारहरुले...