Wednesday, September 23

विदेश

पाकिस्तानमा मनसुनी वर्षापछि बाढी : १० जनाको मृत्यु, २६ जना घाइते
विदेश, समाचार

पाकिस्तानमा मनसुनी वर्षापछि बाढी : १० जनाको मृत्यु, २६ जना घाइते

नेपालअखबार, एजेन्सि। पाकिस्तानमा मनसुनी वर्षा र यससँगै आएको बाढी र पहिरोमा परी कम्तीमा पनि १० जनाको ज्यान गएको छ । गएको २४ घन्टायता पाकिस्तानका विभिन्न स्थानमा भएको निरन्तरको वर्षा र बाढीमा परेर अरु २६ जना घाइते भएका यहाँका राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रले जानकारी दिएको हो । सो केन्द्रका अधिकारीले दिएको जानकारीअनुसार पाकिस्तानको दक्षिण पश्चिमी बलुचिस्तान प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ । सो प्रान्तका अधिकांश स्थानमा बाढी आएको र त्यसमा परेर ६ जनाको ज्यान गएको छ । त्यसैगरी यहाँको उत्तरपश्चिमी प्रान्त खैबर पाक्थुन्क्वामा पनि बाढीका कारण तीन जनाको ज्यान गएको बताइएको छ । त्यहाँका कतिपय व्यक्ति हराइरहेका पनि बताइएको छ । यहाँ यस वर्षको मनसुनी वर्षा सुरु भएको जुनदेखि अहिलेसम्ममा अति वर्षा र बाढीमा परेर पाँच सय ९२ जनाको मृत्यु भएको बताइएको छ । त्यसैगरी यस वर्षाका कारण यहाँका करि...
भारतीय सेयर बजारका बादशाह राकेश झुनझुनवालाको निधन
विदेश, समाचार

भारतीय सेयर बजारका बादशाह राकेश झुनझुनवालाको निधन

मुम्बई । भारतीय सेयर बजारमा ‘बादशाह’को उपमा पाएका लगानीकर्ता राकेश झुनझुनवालाको निधन भएको छ । उनको ६२ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमले लेखेका छन् । हालै उनले आकासा एयरलाइन्समा लगानी गरेका थिए । यस कम्पनीमा २ अर्ब ६४ करोड भारु लगानी गरेका उनले ७० वटा जहाज किन्ने योजना बनाएका थिए । उनको आइतबार बिहान मुम्बईस्थित ब्रीच क्याण्डी अस्पतालमा निधन भएको हो । उनको निधनमा प्रधानमन्त्री नरेन्द्र मोदीले तस्वीर राख्दै शोक व्यक्त गरेका छन् ।उनको जन्म ५ जुलाई १९६० मा मुम्बईमा भएको हो । उनका पिता आयकरमा कर्मचारी थिए । उनलाई आफ्ना पिताको संगतले सेयर बजारतर्फ आकषिर्त गरेको हो । उनले १९८५ बाट सेयर बजारमा लगानी गर्न थालेका थिए । उनी पेशाले भने चार्टर्ड एकान्टेन्ट थिए । राकेशको सेयर बजारको सुरुवाती लगानी ५ हजार भारु रहेको भारतीय सञ्चारमाध्यमले लेखेका छन् । उनको सम्पत्ति ६ अर्ब डलर रहेको छ ।५ जुला...
अरब सागरमा पल्टियो भारतीय जहाज, पाकिस्तानी नौसेनाद्वारा उद्धार
दुर्घटना, विदेश, समाचार

अरब सागरमा पल्टियो भारतीय जहाज, पाकिस्तानी नौसेनाद्वारा उद्धार

नेपालअखबार, एजेन्सि। भारतीय जहाज अरब सागरमा पल्टिएपछि पाकिस्तानी नौसेनाले बिहीबार उद्धार गरेको छ। अगस्ट ९ मा बलुचिस्तान प्रान्तको तटीय सहर ग्वादर नजिकै भारतीय जहाज ‘जमना सागर’ डुबेको थियो। जहाजमा १० जना चालक दलका सदस्य थिए। घटना लगत्तै आफूहरूले उद्धार गरेको पाकिस्तानी नौसेनाका जनसम्पर्क महानिर्देशकले जानकारी दिएको छन्। डुबेको जहाजबाट एक जनाको शव निकालिएको थियो। पाकिस्तानी नौसेनाले जारी गरेको विज्ञप्ति अनुसार नौसेनाले जहाजको बारेमा जानकारी पाए लगत्तै पाकिस्तान समुद्री सूचना केन्द्रले नजिकैको व्यापारी जहाज 'एमटी क्रुइबेके' लाई भारतीय जहाजका चालक दलका सदस्यलाई आवश्यक सहयोग गर्न भनेपछि उद्धार गरिएको थियो। व्यापारिक जहाजले चालक दलका नौ सदस्यलाई उद्धार गरेको विज्ञप्तिमा जनाइएको छ। पाकिस्तानी नौसेना जहाजसँगै दुई वटा हेलिकप्टर सहितको उद्धार टोलीले बेपत्ता भएका चालक दलका अर्का एक सदस्यको श...
अमेरिकामा ९९ प्रतिशत मङ्कीपक्सको सङ्क्रमण पुरुषमा
विदेश, समाचार, स्वास्थ्य

अमेरिकामा ९९ प्रतिशत मङ्कीपक्सको सङ्क्रमण पुरुषमा

नेपालअखबार, एजेन्सि । अमेरिकामा देखिएका मङ्कीपक्सका सङ्क्रमितहरुमध्ये ९९ प्रतिशत सङ्क्रमित पुरुष रहेका एक अध्ययनले देखाएको छ । अमेरिकाको सेन्टर्स फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनले हालै गरेको एक अध्ययनमा सो तथ्य भेटिएको बताइएको छ । यही अगष्ट ५ मा सार्वजनिक गरिएको सो रिपोर्टमा उक्त कुरा देखिएको हो । सो अनुसन्धान रिपोर्टमा देखाइए अनुसार यसरी पाइएका ९९ प्रतिशत मङ्कीपक्सका सङ्क्रमितहरुमा पनि पुरुषबाट पुरुषमा नै सरेका पाइएको समाचारमा उल्लेख गरिएको छ । अमेरिकामा देखिएको यो भाइरसको मे १७ देखि जुलाई २२ सम्मको तथ्याङ्क गरिएको अनुसन्धानमा यो तथ्य भेटिएको हो । अमेरिकामा पछिल्लो समयमा मङ्कीपक्सका सङ्क्रमितहरु भेटिने क्रम बढ्दो रहेको छ । अहिले विश्वका दर्जनौँ देशमा यो सङ्क्रमण भेटिएको छ र ती देशमध्ये सबैभन्दा बढी अमेरिकामा नै यसको सङ्क्रमण बढ्दो छ । पछिल्लो तथ्याङ्कअनुसार अमेरिकामा मात्र मङ्कीपक...
मिस नेपाल प्रियंकालाई अमेरिकी सांसद जेनिफरले गरिन् सम्मान
मनोरञ्जन, विदेश, समाचार

मिस नेपाल प्रियंकालाई अमेरिकी सांसद जेनिफरले गरिन् सम्मान

नेपालअखबार, काठमाडौं । अमेरिकी सांसद जेनिफर राजकुमारले मिस नेपाल प्रियंकारानी जोशीलाई न्युयोर्कमा सम्मान गरेकी छन् । नेपाली समाजको रोल मोडल बनेको र बिजुली नपुगेको नेपाली गाउँमा सोलार परियोजना स्थापना गर्ने कार्य थालनी गरेको भन्दै सांसद राजकुमारले सम्मान प्रदान गरेकी हुन् । न्युयोर्क एसेम्बलीअन्तर्गतको डिस्ट्रिक्ट ३८ की सदस्य समेत रहेकी जेनिफरले सम्मानपत्रमा प्रियंकाले व्यावसयिक, सामाजिक र मानवीय कार्यमा योगदान पुर्‍याउन भूमिका खेलेको समेत बताएकी छन् । अमेरिकी सांसद जेनिफर राजकुमार महिलाका लागि आदर्श व्यक्ति बनेको भन्दै जेनिफरले प्रियंकाको बाह्य सौन्दर्यलाई आन्तरिक सौन्दर्यले जितेको भन्दै प्रशंसा समेत व्यक्त गरेकी छन् । जेनिफरको निर्वाचन क्षेत्रअन्तर्गत न्युयोर्कको ३८ नम्बर डिस्ट्रिकमा नेपालीहरुको सघन बसोबास छ । जेनिफरले नेपाली समुदायको क्षेत्रमा समेत कार्य गर्दै आएकी छन् । मिस न...
इरानमा बाढीले  ५९ जनाको मृत्य, ३० जना वेपत्ता
विदेश, समाचार

इरानमा बाढीले ५९ जनाको मृत्य, ३० जना वेपत्ता

नेपालअखकार, एजेन्सि। अघिल्लो सातादेखि परेको अविरल वर्षासँगै आएको बाढीमा परी देशका विभिन्न भागमा ५९ जनाको ज्यान गएको र अन्य ३० जना हराइरहेका छन् । रेड क्रिसेन्ट सोसाइटीका अनुसार  ६० वटा शहर, पाँचसय १६ गाउँ, ८५ वटा सम्पर्क सडक बाढीबाट प्रभावित भएका छन् । हालसम्म एक हजार तीनसय ३२ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको, पाँच हजार दुई सय १५ जनालाई खाना र बासको प्रबन्ध गरिएको, नौ सय ४४ जनालाई उद्धार गरिएको छ । राष्ट्रपति इब्राहिम राइसीले मन्त्री, देशभरका सङ्घसङ्गठनका प्रमुख तथा मुलुकका अन्य प्रशासकहरूलाई सम्भावित बाढीबाट जनधनको रक्षाका निम्ति उपलब्ध स्रोत–साधन परिचालन गर्न निर्देशन दिएका छन् ।...
भारतको मणिपुरमा पहिरोमा परी २५ जनाको मृत्यु
विदेश, समाचार

भारतको मणिपुरमा पहिरोमा परी २५ जनाको मृत्यु

नेपालअखबार, एजेन्सि । भारतको मणिपुरस्थित नोने जिल्लामा गत बुधबारको पहिरोमा परी मृत्यु हुनेको संख्या २५ पुगेको छ । ३८ जना अझै बेपत्ता छन् । समाचार एजेन्सी पीटीआईका अनुसार मृत्यु शव फेला परेका २५ जनामध्ये ७ जना असमका हुन् । घटनास्थलमा खोज र उद्धारको काम अझै जारी छ ।पहिरोमा रेलवे निर्माणमा संलग्न मजदुर, सुरक्षाकर्मी र स्थानीय परेका थिए । असमका मुख्यमन्त्री हिम्मत विश्वा शर्माले गत शुक्रबार मोरीगाउँ जिल्लाका २२ जनाको नाम सार्वजनिक गरेका थिए जो रेलवे निर्माणमा संलग्न थिए । तीमध्ये ५ जना घाइतेको उद्धार गरिएको थियो भने ५ जनाको मृत्यु भएको थियो । अन्य १२ जना बेपत्ता छन् ।...
९० प्रतिशतभन्दा बढी मत पाउँदै ताजिकिस्तानको राष्ट्रपतिमा इमोमाली पुनः निर्वाचित
राजनीति, विदेश, समाचार

९० प्रतिशतभन्दा बढी मत पाउँदै ताजिकिस्तानको राष्ट्रपतिमा इमोमाली पुनः निर्वाचित

नेपालअखबार, एजेन्सि। ताजिकिस्तानका प्रभावशाली नेता इमोमाली राख्मोन ताजिकिस्तानको राष्ट्रपतीय निर्वाचनमा अत्यधिक मतसहित विजयी भएका छन्। निर्वाचन आयोगका अनुसार नेता इमोमालीले ९० प्रतिशतभन्दा बढी मत प्राप्त गरे। विपक्षीहरुको खासै उपस्थिति नरहेको ताजिकिस्तानमा ६८ वर्षीय इमोमाली ताजिकिस्तान स्वतन्त्र भएयता सबैभन्दा बढी अवधि शासनमा रहनेछन्। तत्कालीन सोभियत संघबाट अलग्गिएको ताजिकिस्तानले स्वतन्त्रता प्राप्त गरेलगत्तै नुरसुल्तान नजरबायेभ सबैभन्दा लामो अवधि राष्ट्रपति बनेका थिए। केन्द्रीय निर्वाचन आयोगका अनुसार चुनावमा ८५ प्रतिशतभन्दा बढी मतदान भएको थियो। छिमेकी मुलुकहरु किर्गिस्तान र पूर्व सोभियत गणतन्त्र बेलारुसमा हालै सम्पन्न निर्वाचनमा व्यापक धाँधली भएको भन्दै विरोध जारी छ। तर ताजिकिस्तानमा त्यस्तै परिस्थिति उत्पन्न हुने तत्काल सम्भावना देखिएको छैन। तर राख्मोन र उनको सरकारले कोरोनाभाइरसका कारण ...
ट्रम्पले सहभागी नहुने भनेपछि अमेरिकाको राष्ट्रपतीय बहस औपचारिक रुपमै रद्ध
राजनीति, विदेश, समाचार

ट्रम्पले सहभागी नहुने भनेपछि अमेरिकाको राष्ट्रपतीय बहस औपचारिक रुपमै रद्ध

नेपाल अखबार, एजेन्सि।अमेरिकी राष्ट्रपति पदकालागि प्रतिश्पर्धामा रहेका दुई उम्मेदवारबीचको दोस्रो बहस औपचारिक रुपमै रद्ध गरिएको छ। राष्ट्रपति पदका उम्मेदवार समेत रहेका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो बहसमा सहभागी नहुने घोषणा गरेपछि राष्ट्रपतीय बहस आयोगले औपचारिक रुपमै बहस रद्ध गरेको हो। राष्ट्रपति पदका अर्का उम्मेदवार जो बाइडेनले भने आफू बहसका लागि तयार नै रहेको बताउँदै आएका छन्। राष्ट्रपतीय बहस आयोगले यही अक्टोबर १५ तारिखका दिन गर्नेगरी दोस्रो बहसको तयारी गरिरहेको थियो। राष्ट्रपति ट्रम्पलाई कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएकाले दोस्रो बहस भर्चुअल रुपमा गर्ने तयारी भइरहेको थियो। Century masala यसअघि पहिलो बहस भौतिक रुपमै सहभागी भएर भएको थियो। सो बहसमा राष्ट्रपति ट्रम्पको प्रस्तुित फितलो भएको चर्चा चलिरहेका बेला उनले दोस्रो बहसमा सहभागी नहुने घोषणा गरेका थिए। उनले आफू राष्ट्रप...
के लालु यादव रिहा होलान् ? झारखण्ड अदालतले दियो जमानत
विदेश, समाचार

के लालु यादव रिहा होलान् ? झारखण्ड अदालतले दियो जमानत

नेपाल अखबार, राँची । बिहारका पूर्व मुख्यमन्त्री एवं भारतीय राजनीतिका चर्चित व्यक्तित्व लालु प्रसाद यादवलाई झारखण्ड उच्च अदालतले शुक्रबार एउटा मुद्दामा जमानत दिएको छ । चारा घोटालासँग सम्बन्धित एउटा मुद्दामा उनलाई जमानत दिएको अदालतले जनाएको छ । बिहार विधान सभाको चुनावअघि यादवलाई एउटा मुद्दामा जमानत दिएसँगै बिहारको चुनावी राजनीति तरंगित बनेको छ । तर, यादवमाथि लागेको चारा घोटालासँग सम्बन्धित अर्को मुद्दा भने विचाराधीन अवस्थामै रहेकाले यादव जेलमै रहनु पर्नेछ । श्री यादव हाल स्वास्थ्य समस्या देखाउँदै महिनौंदेखि राजेन्द्र इन्स्टिच्यूट अफ मेडिकल साइन्सेजमा भर्ना हुनु भएको छ । लालु यादव सन् २०१७ को डिसेम्बरदेखि जेलमा रहेका छन् । उनले भारतीय फौजदारी संहिता बमोजिम सात वर्ष र चारा घोटाला सम्बन्धी अर्को मुद्दामा सात वर्षको जेल सजाय पाएका छन् । लालु यादव बिहारको मुख्यमन्त्री भएका बखत सन् १९९१ र १९९६ म...