Thursday, September 24

विदेश

मध्य जापानमा टालास आँधीका कारण २ जनाको मृत्यु
विदेश, समाचार

मध्य जापानमा टालास आँधीका कारण २ जनाको मृत्यु

नेपालअखबार, एजेन्सि। जापानको शिजुओका प्रिफेक्चरमा शनिबार भारी वर्षासँगै आएको आँधी टालासका कारण दुई जनाको मृत्यु भएको छ भने हजारौँ घरपरिवार विहीन भएका छन् । धेरै ठाउँमा विद्युत्  विच्छेद भएका छन् । काकेगावा, शिजुओका प्रिफेक्चरमा आफ्नो घर पहिरोमा परेर ४० वर्षका एक व्यक्तिको मृत्यु भएको छ भने अर्का २९ वर्षीय पुरुष आफ्नो कार जलाशयमा खसेपछि मृत अवस्थामा फेला परेको क्योडो न्यूजले उल्लेख गरेको छ । शिजुओका प्रिफेक्चरको हमामात्सुमा पनि छुट्टै पहिरोमा परी नौ वर्षीय बालकसहित तीन जनालाई सामान्य चोटपटक लागेको स्थानीय प्रसारक एनएचकेले जनाएको छ । जापानी आपूर्तिकर्ता चुबु इलेक्ट्रिक पावर ग्रिडका अनुसार करिब एक लाख २० हजार घरधुरीमा बिजुली अवरुद्ध भएको र पहिरोले दुईवटा बिजुलीका खम्बा लडाएको छ । ।  एजेन्सीले टोकियोसहित मध्य, पूर्वी र उत्तरी जापानमा उच्च छाल, भारी वर्षा, पहिरो र बाढीको बारेमा चेतावनी जा...
दिल्लीको सडक किनारामा सुतिरहेका मानिसमाथि चढ्यो ट्रक, चारको मृत्यु
दुर्घटना, विदेश, समाचार

दिल्लीको सडक किनारामा सुतिरहेका मानिसमाथि चढ्यो ट्रक, चारको मृत्यु

नेपालअखबार, एजेन्सि। एक अज्ञात तीब्र गतिको ट्रकले दिल्लीमा अबेर राती स्थानीय समयानुसार १ बजेर ५१ मिनेटमा डिभाइडरमा सुतिरहेका चारजनालाई किचेको छ ।यो दुर्घटनामा चारजनाको मृत्यु हुनुका साथै दुई अन्य गम्भीर रुपमा घाइते भएका छन् । ट्रकको ठक्करपछि दुईजनाको घटनास्थलमा नै मृत्यु भएको हो भने अन्य दुईको उपचारको क्रममा मृत्यु भएको हो ।तीब्र गतिको ट्रक दिल्लीको सीमापुरीको डिटिसी डिपोट रेड लाइटलाई पार गर्ने कोसिस गरिरहेका बेला दुर्घटना भएको प्रहरीले जनाएको छ ।  ...
एकीकृत समाजवादी प्रवासी नेपाली एकता मञ्च अमेरिकाको अधिवेशन सम्पन्न
राजनीति, विदेश, समाचार

एकीकृत समाजवादी प्रवासी नेपाली एकता मञ्च अमेरिकाको अधिवेशन सम्पन्न

नेपालअखबार, काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)ले प्रवासमा आफ्नो संगठनलाई बिस्तार गर्दै लगेको छ । यसै क्रममा एकीकृत समाजवादीको प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्च अमेरिकाको प्रथम अधिवेशन अमेरिकास्थित न्युयोर्कमा सम्पन्न भएको छ। अधिवेशनलाई पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अनलाइन जुममार्फत सम्बोधन गरेका थिए । अधिवेशनले शंकर पन्तको अध्यक्षतामा २५ सदस्यीय अमेरिका राष्ट्रिय कमिटी सर्वसम्मत गठन गरेको हो। कमिटीको वरिष्ठ उपाध्यक्ष बनिता कतिला र क्षेत्रीय संयोजकहरूमा क्रमशः दक्षिण पश्चिम उद्धव खनाल, डिसी मेट्रो टंक कुँवर, मध्यपश्चिम सरस्वती मुखिया, उत्तरपूर्व सोमेन्द्र रन्जित रहेका छन् । त्यसैगरी अधिवेशनले महासचिवमा युवराज खनाल, सचिवमा कृष्ण पौडेल, कोषाध्यक्षमा शुसिला पौडेललाई सर्वसम्मत चयन गरेको छ । त्यसैगरी सदस्यहरूमा शम्भु कटुवाल ,खगराज पौडेल, डा प्र...
एक महिनामा युएईमा २४ जना नेपालीको मृत्यु
विदेश, समाचार

एक महिनामा युएईमा २४ जना नेपालीको मृत्यु

नेपालअखबार । एक महिनाको अवधिमा युनाइटेड अरब इमिरेट्स (युएई)मा २४ जना नेपालीको मृत्यु भएको छ । गत साउन महिनामा उनीहरुको मृत्यु भएको युएई स्थित नेपाली दूतावासले जनाएको छ ।  मृत्यु हुनेहरु वैदेशिक रोजगारीको सिलसिलामा युएई जानेहरू हुन् । गत आर्थिक वर्ष २०७८/७९ मा वैदेशिक रोजगारीको सिलसिलामा युएई गएकामध्ये १७४ जनाले ज्यान गुमाएका थिए । ज्यान गुमाउनेमध्ये १६७ जनाको शव नेपाल ल्याइएको थियो भने ७ जनाको अन्तिम संस्कार युएईमा नै गरिएको थियो । गत आर्थिक वर्ष युएईमा मृत्यु भएकाको परिवारलाई सम्बन्धित कम्पनीले क्षतिपूर्ति स्वरुप ३२ लाख ७५ हजार ७६३ युएई दिराम प्रदान गरेका थिए ।...
बङ्गलादेश सडक दुर्घटना : नौ जनाको मृत्यु, त्रिसट्ठी घाइते
दुर्घटना, विदेश, समाचार

बङ्गलादेश सडक दुर्घटना : नौ जनाको मृत्यु, त्रिसट्ठी घाइते

नेपालअखबार, एजेन्सि। बङ्गलादेशको राजधानी ढाकाबाट तीन सय चार किलोमिटर उत्तरपश्चिममा अवस्थित रङपुर जिल्लामा सोमबार अपराह्न भएको सवारी दुर्घटनामा परी नौ जनाको मृत्यु भएको छ भने अन्य ६३ जना घाइते भएका छन् । यात्रुबाहक दुईवटा बस एकआपसमा ठोक्किँदा उक्त हताहति भएको हो । घटनास्थलमा पाँच जनाको ज्यान गएको रङपुर जिल्लाको तारापुञ्ज क्षेत्रका उपप्रमुख मोहम्मद रसेलले बताए । अन्य चार जनाको उपचारको क्रममा अस्पतालमा निधन भएको हो । दुर्घटनामा केही यात्री गम्भीर घाइते भएका छन् । उनीहरूको स्थानीय अस्पताल र स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको पनि उनले बताएका छन् ।  ...
९ सेकेण्डमा ढले भारत नोयडाका ट्वीन टावर
विदेश, समाचार

९ सेकेण्डमा ढले भारत नोयडाका ट्वीन टावर

नेपालअखबार,एजेन्सि। भारतको नोयडामा कानुन विपरीत निर्माण गरिएका दुईवटा टावर (अग्ला भवन) सुरक्षित रुपमा भत्काइएको छ । सुपरटेक बिल्डरले निर्माण गरेका यी टावर एपेक्स र केयन नामबाट चिनिएका थिए । टावर भत्काउन ३ हजार ७ सय किलो विस्फोटक पदार्थ प्रयोग गरिएको छ । भवन भत्केपछि धुलो उड्ने भएकाले आसपासका ठाउँ खालि गरिएको थियो । आसपासको सडक पनि बन्द गरिएको थियो । सुपरटेकले भवन आचारसंहिताको गम्भीर उल्लंघन गरेको भन्दै भारतको सर्वोच्च अदालतले टावर भत्काउन आदेश दिएको थियो । भवन भत्काउन र भत्काएपछिको सफाइमा लाग्ने सबै खर्च कम्पनीले व्यहोरेको छ ।...
न्युयोर्कमा गान्धीको सालिक तोडफोड
विदेश, समाचार

न्युयोर्कमा गान्धीको सालिक तोडफोड

नेपालअखबार, एजेन्सि। भारतीय महावाणिज्य दूतावासले शुक्रबार न्यूयोर्कमा हिन्दू मन्दिर बाहिर महात्मा गान्धीको सालिक तोडफोडको कडा निन्दा गरेको छ । न्युयोर्कस्थित भारतीय कन्सुलेटले ‘घृणित कार्यका’ लागि जिम्मेवार व्यक्तिहरूलाई जवाफदेही बनाउन अमेरिकी अधिकारीहरूसँग अनुरोध गरेको छ । ‘न्युयोर्कको क्वीन्समा रहेको एक मन्दिर बाहिर महात्मा गान्धीको मूर्ति (सालिक) तोडफोडको कडा निन्दा गर्दछौँ ।  हामीले यस घृणित कार्यका लागि जिम्मेवार व्यक्तिहरूलाई जवाफदेही बनाउनको लागि पूर्ण अनुसन्धानको लागि अमेरिकी अधिकारीहरू समक्ष मुद्दा उठाएका छौंँ’, वाणिज्य दूतावासले एक विज्ञप्तिमा भनेको छ । एक व्यक्तिले मंगलबार महात्मा गान्धीको मूर्तिलाई ह्यामरले हिर्काएको देखाएको छ । मूर्तिको टाउको फुटाउनुअघि यसलाई माथि फ्याँकिएको थियो ।...
स्विडेनमा १६ वर्षपछिकै सबैभन्दा कम जन्मदर
विदेश, समाचार

स्विडेनमा १६ वर्षपछिकै सबैभन्दा कम जन्मदर

नेपालअखबार, एजेन्सि। स्विडेनमा जन्मदर अत्यन्त न्यून भएको तथ्याङ्क सार्वजनिक भएको छ। सन् २०२२ को पहिलो ६ महिनाको जन्मदर १६ वर्षपछिकै सबैभन्दा कम रहेको देखिएको हो। स्विडेनका तथ्याङ्क अधिकारीहरूले दिएको जानकारी अनुसार यस अवधिमा ५४ हजार ६ सय ५० शिशु जन्मिएका छन्। यो सङ्ख्या अघिल्लो वर्षको यही अवधिको तुलनामा ६ दशमलव ७ प्रतिशत कम हो। सन् १०९९ मा ०.१ प्रतिशत जन्मदर रहेको स्विडेनमा त्यसपछि क्रमशः बढेर सन् २०१७ मा १.३ प्रतिशत पुगेको थियो। त्यसपछि लगातार जन्मदर घटेको स्विडेनमा सन् २०२१ मा ०.६ प्रतिशतमा झरेको थियो। जन्मदर घट्नुको पछाडि धेरै कारण हुन सक्ने विज्ञहरूले बताएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ। प्राध्यापक गुनार अन्डेर्सनका अनुसार कोरोना भाइरसको महामारी, कोरोना विरुद्धको खोप अभियान, आर्थिक सङ्कटलगायतका कारण जन्मदर घटेको बुझ्न सकिन्छ । गएको जुन ३० सम्मको तथ्याङ्क अनुसार...
भारतमा एक महिला शिक्षिकालाई पेट्रोल छर्केर जिउँदै जलाइयो, उपचारका क्रममा मृत्यु
अपराध, विदेश, समाचार, समाज

भारतमा एक महिला शिक्षिकालाई पेट्रोल छर्केर जिउँदै जलाइयो, उपचारका क्रममा मृत्यु

नेपालअखबार, एजेन्सि। भारतको राजस्थानमा एक दलित महिला शिक्षिकालाई केही व्यक्तिले जिउँदै जलाएका छन्। विद्यालय जान लागेकी ती शिक्षिकालाई एक समूहले पेट्रोल छर्केर आगो लगाउँदा गम्भीर घाइते भएकी थिइन्। आगलागीबाट नराम्ररी जलेकी शिक्षकाको अस्पतालमा उपचारकै क्रममा मंगलबार राति मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। करिब ७ दिन अगाडि भएको यो घटनाको भिडियो बुधबार सार्वजनिक भएको थियो। प्रहरीका अनुसार यो घटना अगस्ट १० मा जयपुरबाट ८० किलोमिटर टाढा रहेको रायसर गाउँमा भएको हो। बिहान ८ बजे रेगरौनस्थित वीणा मेमोरियल स्कुलकी ३२ वर्षिया शिक्षिका अनिता रेगर आफ्नो ६ वर्षे छोरा राजवीरसँग विद्यालय जाँदै थिइन्। त्यहीँ क्रममा उनलाई केही व्यक्तिले घेरेर आक्रमण गरेका थिए। आक्रमणकारीबाट बच्न उनी नजिकै रहेको कालुराम रेगरको घरमा पसेकी थिइन्। त्यहीँबाट प्रहरीलाई खबर गरे पनि समयमा प्रहरी घटनास्थल ...
इजरायलले कृषि क्षेत्रका लागि एक हजार नेपाली कामदार लैजाने
विदेश, समाचार

इजरायलले कृषि क्षेत्रका लागि एक हजार नेपाली कामदार लैजाने

नेपाल अखबार, काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र इजरायलका राजदूत खनान गोडरबीच शिष्टाचार भेटवार्ता भएको छ। राजदूत गोडर मन्त्री कुँवरलाई भेट्न सोमबार मन्त्रालय गएका थिए। उनीहरूबीच दुई देशबीचको श्रम सम्झौता बारे छलफल भएको छ। छलफलमा मन्त्री कुँवरलाई राजदूत गोडरले हिजो मात्रै इजरायल सरकारले थप एक हजार नेपाली कामदार कृषि कामको लागि लैजाने विषयमा टुंगो लगाएको कुरा जानकारी गराएका छन्। यसअघि सहायक कामदारको लागि नौ हजार ६९९ जनाले निवेदन दिएकोमा एक हजार १४७ जना कामदार छनौट भएर इजरायल जाने तयारीमा छन्। मन्त्री कुँवरले आगामी दिनमा पनि इजरायले नेपालका कृषि, पर्यटन, उद्योग लगायत विभिन्न क्षेत्रमा सहयोग गर्न पनि अनुरोध गरे। उनले श्रम मन्त्रालयले भर्खरै विदेशबाट फर्किएका नेपाली कामदारको लागि पुनः एकीकरणको कार्यविधि पारित गरेको जानकारी गराउँदै सहयोग गर्न आग्रह गरे। त्यस्तै, ...