इस्लामिक स्टेट खोरासानका वरिष्ठ नेता पक्राउ
नेपालअखबार,पाकिस्तान । पाकिस्तानले इस्लामिक स्टेट जिहादी समूहको क्षेत्रीय शाखा इस्लामिक स्टेट खोरासान (आइएस–के) का एक वरिष्ठ नेतालाई पक्राउ गरेको जनाएको छ । संयुक्त राष्ट्रसङ्घको प्रतिबन्ध अनुगमन समूहको प्रतिवेदन सार्वजनिक भएपछि एक वरिष्ठ पाकिस्तानी गुप्तचर अधिकारीले शुक्रबार यसबारे जानकारी दिएका हुन् ।
संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषदमा नोभेम्बरमा पेस गरिएको प्रतिबन्ध अनुगमन समितिको प्रतिवेदनअनुसार आइएस–के का प्रवक्ताका रूपमा पनि काम गरेका सुल्तान अजिज आजमलाई गत मे १६ तारिखमा पक्राउ गरिएको थियो । ती अधिकारीका अनुसार आजम प्रवक्ता मात्र नभई यस क्षेत्रका आइएस–के का शीर्ष नेतामध्ये एक मानिन्थे ।
ती अधिकारीले भने, “आजमको भूमिका अत्यन्तै महत्त्वपूर्ण थियो, त्यसैले पक्राउपछिको सोधपुछ र अनुसन्धानलाई ध्यानमा राख्दै तत्काल सार्वजनिक गरिएको थिएन । यसले आतङ्कवादविरोधी कारबाहीमा नकारात्मक असर...










