यमनबाट हुथी पनि होमियो अमेरिका र इसराइलसँग युद्धमा
नेपालअखबार, काठमाडौं । अमेरिका र इसराइलविरूद्ध इरानको युद्धमा यमनबाट हुथी पनि होमिएको छ।
इरान समर्थित लडाकू समूह हुथीले शनिबार पहिलोपटक इसराइलमा आक्रमण गरी युद्धमा होमिएको अमेरिकी पत्रिका द वासिङ्टन पोस्टले लेखेको छ।
अमेरिका-इसराइल र इरानबीचको युद्धको एक महिनामा हुथीले पनि इसराइलमा आक्रमण गरेको हो।
यसले मध्यपूर्वको युद्ध थप विस्तार हुने खतरा पैदा भएको भनेर वासिङ्टन पोस्टले जनाएको छ।
इरानले इसराइललाई घेर्न लेबननमा हिजबुल्लाह, यमनमा हुथी र प्यालेस्टाइनमा हमास परिचालन गर्छ। अरबी मुलुकमा अरू स-साना समूह परिचालित गर्छ। यसलाई 'एक्सिस् अफ रेसिस्टेन्ट' भनिन्छ।
लेबननबाट हिजबुल्लाह अगाडिदेखि नै युद्धमा सामेल भइसकेको छ। इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएको पुष्टि भएपछि हिजबुल्लाहले लेबननबाट इसराइलमा मिसाइल र ड्रोन हमला गरेको थियो।
युद्धमा लेबननमा पनि ठूलो संख्यामा भौति...










