Thursday, June 25

विश्व

भारतमा कोरोना : एकै दिन ११२० को मृत्यु, ४५ हजार भन्दा धेरैमा संक्रमण
विश्व, स्वास्थ्य

भारतमा कोरोना : एकै दिन ११२० को मृत्यु, ४५ हजार भन्दा धेरैमा संक्रमण

नेपाल अखबार, एजेन्सि। भारतमा कोरोना भाइरसबाट हुने संक्रमण र मृत्युदर तीब रुपमा बढ्न थालेको छ। पछिल्लो २४ घण्टामा मात्रै भारतमा ४५ हजार पाँच सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस अवधिमा भारतमा एक हजार एक सय २० जनाले ज्यान गुमाएका भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २९ हजार आठ सय ९० पुगेको छ। त्यहाँ संक्रमितको संख्या १२ लाख ३९ हजार ६ सय ८४ पुगेको छ। भारतमा लकडाउन हटेसँगै कोरोना संक्रमण र मृत्युदर तीब्र रुपमा बढ्न थालेको छ।...
अलास्कामा ७ दशमलब ८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प
विश्व

अलास्कामा ७ दशमलब ८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प

नेपालअखबार,एजेन्सि। संयुक्तराज्य अमेरिकाको अलास्कालाई केन्द्रविन्दु बनाएर ७ दशमलब ८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्भेका अनुसार उक्त भूकम्प अलास्काको दक्षिणी भेगमा मंगलबार स्थानीय समय अनुसार अपराह्न २ बजेर १२ बजे आएको थियो। भूकम्प जमिनको सतहबाट करिब १० किलोमिटर गहिराईमा आएको थियो। उक्त भूकम्पका कारण कुनै जनधनको क्षति भएको बारेमा विवरण प्राप्त भइसकेको छैन। भूगर्भ केन्द्रले भूकम्पको गएको क्षेत्रको आसपास सुनामीको खतरा रहेको जनाएको छ। भूकम्पको धक्का सयौं माइल टाढासम्म अनुभव गरिएको थियो। अलास्का भूकम्पीय जोखिमयुक्त क्षेत्र हो। रासस/सिन्ह्वा...
विश्वमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या ६ लाख १३ हजार नाघ्यो
विश्व, स्वास्थ्य

विश्वमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या ६ लाख १३ हजार नाघ्यो

नेपाल अखबार, एजेन्सी । विश्वमा कोरोना भाइरस संक्रमणको कारण ६ लाख १३ हजार  ५४२ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले मङ्गलबार जानकारी दिएको छ । सो संगठनकाअनुसार मङ्गलबारसम्म विश्वभरीमा १ करोड ४८ लाख ६६ हजार ३९४ जना व्यक्ति कोरोना  संक्रमित भएका छन् । संक्रमित मध्ये हालसम्म ८९ लाख २३ हजार ९५६ व्यक्ति कोरोना मुक्त भएका छन् ।  विश्वभरमा ५३ लाख  २८ हजार ८९६ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ ।  संक्रमितहरु मध्ये  ६३ हजार ६९९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ३९ लाख  ६१ हजार ५५६ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् ।  यस प्रकोपका कारण अमेरिकामा १ लाख ४३ हजार...
भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८ हजार नाघ्यो
विश्व

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८ हजार नाघ्यो

नेपाल अखबार, एजेन्सि। भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या २८ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको कारण ५८७ जनाको मृत्यु भएको हो । यससँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २८ हजार ८४ पुगेको छ । साथै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि ११ लाख ५५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसबाट ३७ हजार १४८ नयाँ संक्रमित फेला परेका हुन् । भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा अहिलेसम्म तीन लाख १८ हजारभन्दा बढी संक्रमित फेला परेका छन् भने तामिलनाडुमा एक लाख ७५ हजारभन्दा बढी संक्रमित फेला परेका छन् । त्यस्तै दिल्लीमा एक लाख २३ हजारभन्दा बढी संक्रमित भेटिएका छन् । अहिलेसम्म भारतमा कोरोना भाइरसका सात लाख २४ हजार ५७८ संक्रमित निको भएर घर फर्किसकेका छन् ।...
डब्ल्यूएचओले कोरोना भ्याक्सिन बनाउने वैज्ञानिकलाई  दियो बधाइ
विश्व, स्वास्थ्य, हाइलाइट-समाचार

डब्ल्यूएचओले कोरोना भ्याक्सिन बनाउने वैज्ञानिकलाई दियो बधाइ

नेपाल अखबार, एजेन्सि । कोरोना भाइरसविरुद्धको भ्याक्सिनबाट सकारात्मक परिणाम प्राप्त भएकोलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) स्वागत गरेको छ । भ्याक्सिन बनाउने अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुलाई डब्ल्यूएचओले बधाइसमेत दिएको छ । यद्यपि फैलिँदो संक्रमणबाट लड्नका लागि अझै धेरै काम गर्न बाँकी रहेको डब्ल्यूएचओले जनाएको छ । जेनेभामा एक प्रेस कन्फ्रेन्समा बोल्दै डब्ल्यूएचओका आपतकालीन कार्यक्रमका निर्देशक डा. माइक रेयानले अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकलाई बधाइ दिँदै भने, ‘यो सकारात्मक परिणाम हो । तर अझै लामो यात्रा तय गर्न बाँकी छ ।’ उनले ठूलो संख्यामा परीक्षण गर्नुपर्ने पनि बताएका छन् । अक्सफाेर्ड  विश्वविद्यालयका वैज्ञानिकहरुले निर्माण गरेकाे खाेपलाई आशलाग्दो खोपको रुपमा हेरिएको छ । यद्यपि यसको अन्य सुरक्षात्मक उपाय र ठूलो समूहमा गरिने परीक्षण भने चलिरहेको छ । कोरोनाविरुद्ध हाल विश्वभ...
वासिङ्टन डीसीमा अन्धाधुन्ध गोली प्रहार हुँदा एकको मृत्यु, ८ घाइते
विश्व

वासिङ्टन डीसीमा अन्धाधुन्ध गोली प्रहार हुँदा एकको मृत्यु, ८ घाइते

नेपाल अखबार, एजेन्सि। अमेरिकाको राजधानी वासिङ्टन डीसीमा अन्धाधुन्ध गोली प्रहार हुँदा एक जनाको मृत्यु भएको छ। आइतबार मध्यान्न भएको यस घटनामा अन्य ८ घाइते भएको सीएनएनले जनाएको छ। वासिङ्टनका प्रहरीका अनुसार एउटा गाडीबाट निस्किएका तीन व्यक्तिले ९ जनाको समूहमा रहेका मानिसलाई गोली हानेका थिए। दुई व्यक्तिले राइफल बोकेका थिए भने एकले पेस्तोलबाट गोली चलाएको बताइएको छ। यस घटनामा संलग्न भएका मानिसहरुको हाल खोजी भइरहेको छ।...
किम जोङ उन अचानक एक निर्माणाधीन अस्पतालमा पुगे र बेस्सरी गाली गर्न थाले
विश्व

किम जोङ उन अचानक एक निर्माणाधीन अस्पतालमा पुगे र बेस्सरी गाली गर्न थाले

नेपाल अखबार, एजेन्सि। उत्तर कोरियाली शासक किम जोङ उनले एक निर्माणधीन अस्पतालका म्यानेजरलाई बेस्सरी गाली गरेका छन् । समाचार एजेन्सी एपीका अनुसार उत्तर कोरियाको राजधानी प्योंगयाङमा बनाउँदै गरिएको एक  अस्पतालको भवनमा केही समस्याको विषयमा किम जोङ–उन बेस्सरी रिसाएका थिए । यसले कोरोनाभाइरसको महामारी र अमेरिकी प्रतिबन्धका कारण उत्तर कोरियामा आपूर्ति लगभग बन्द भएको संकेत दिएको अनुमान गरिएको छ । किम जोङ उन अचानक प्योङ्गयाङमा एक निर्माणाधीन अस्पतालमा पुगेका थिए । किमले यो प्रोजेक्टमा लापरवाहीको विषयमा खेद प्रकट गरे । किम एक नयाँ अस्पतालल बनाइरहेका छन् र उनी यसमा भएको लापरवाहीले निकै रिसाएको देखिए । उत्तर कोरियाको सरकारी समाचार एजेन्सी कोरियन सेन्ट्रल न्यूज एजेन्सी अर्थात् केसीएका अनुसार पूरा प्रोजेक्टमा लापरवाही र बजेटमा गडबडीको विषयमा सबै जिम्मेवार अधिकारी फेरिएका छन् । मार्चमा नै किमले नयाँ अस्पता...
साउदी अरबका राजा सलमान अस्पताल भर्ना
विश्व, हाइलाइट-समाचार

साउदी अरबका राजा सलमान अस्पताल भर्ना

नेपाल अखबार, एजेन्सि। साउदी अरबका ८४ वर्षका शासक सलमान बिन अब्दुल अजिजलाई राजधानी रियादको किङ फैसल स्पेशलिस्ट अस्पतालमा भर्ना गरिएको छ । साउदीको सरकारी समाचार एजेन्सी एसपीएका अनुसार उनलाई मेडिकल चेकअपका लागि भर्ना गरिएको छ । राजा सलमान संसारको सबैभन्दा ठूलो तेल आयातकर्ता देशका शासक हुन् । उनको पित्तशैली सुन्निएका कारण जलन हुने समस्या देखिएपछि भर्ना गरिएको हो । उनको स्वास्थ्यबारे थप जानकारी दिइएको छैन । राजा बन्नुअघि सलमान साढे दुई वर्ष युवराज रहेका थिए र जून २०१२ मा डेप्युटी प्रिमियर बनेका थिए । उनी ५० वर्षसम्म रियादका गभर्नर पनि रहे । ३४ वर्षका युवराज मोहम्मद बिन सलमानलाई असल शासक मानिन्छ । युवराजले राजा सलमानको शासनमा साउदी अरबमा विभिन्न प्रकारको सुधार गरेका छन् । स्रोतः बीबीसी...
ट्रम्पले भने, ‘अमेरिकाको मृत्युदर सबैभन्दा कम’
विश्व

ट्रम्पले भने, ‘अमेरिकाको मृत्युदर सबैभन्दा कम’

नेपाल अखबार, एजेन्सि। जोन्स होपकिन्स विश्वविद्यालयले अमेरिकामा कोभिड–१९ का कारण मृत्यु हुनेको आँकडा १.४० लाखभन्दा माथि गइसकेको र । मृत्युदरको मामिलामा अमेरिका संसारभरीको सातौं स्थानमा भएको बताएको छ । तर अमेरिकी राष्ट्रपतिले भने जोन होपकिन्सले जारी गरेको आँकडा अस्विकार गरेका छन् । फक्स न्यूजलाई दिएको अन्तरवार्तामा ट्रम्पले उनको देशमा सबैभन्दा कम मृत्युदर भएको बताएका छन् । उनले देशमा कोरोनाभाइरस संक्रमितको संख्या वृद्धि हुनुमा अत्यधिक व्यक्तिमा गरिएको परीक्षण जिम्मेवार भएको बताएका छन् । जोन होपकिन्सका अनुसार संसारभरी ६ लाखभन्दा बढीको मृत्यु भइसकेको छ र मृत्यु हुनेमा एक चौथाई व्यक्ति अमेरिकी छन् । अमेरिकाको दक्षिणी राज्यमा संक्रमितको संख्या अत्यधिक वृद्धि भइरहेको छ  । स्रोतः बीबीसी...
यी देशमा अझै देखिएन कोरोनाभाइरसको संक्रमण
विश्व

यी देशमा अझै देखिएन कोरोनाभाइरसको संक्रमण

नेपाल अखबार, एजेन्सि। सन् २०१९ को डिसेम्बरसम्म कोरोनाभाइरस चीनमा सिमित देखिएको थियो । तर, त्यसको केही हप्तापछि नै कोभिड–१९ वैश्विक महामारीमा परिणत भयो । यस रोगको संक्रमण १८८ देशमा फैलिसकेको छ । जोन होप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार विश्वभर यस भाइरसबाट १ करोड ४२ लाख जना संक्रमित भइसकेका छन् भने ६ लाख बढीले ज्यान गुमाइसकेका छन् । यसमध्ये ७९ लाख भने निको पनि भएका छन् । यो भाइरस वैश्विक महामारी बनिरहँदा अझै केही देशमा भने यस भाइरसको संक्रमण देखिएको छैन या देखिएको रिपोर्ट गरिएको छैन । ती देशहरुमा किरिबाती, मार्सल आइल्यान्डस, माइक्रोनेसिया, नाउरु, उत्तर कोरिया, पालाउ, सामोआ, सोलोमन आइल्यान्डस, टोङ्गा, तुर्कमेनिस्तान, ताभालु र भानुआतु रहेका छन् । स्रोतः अलजजिरा...