Friday, September 25

विश्व

डोनाल्ड ट्रम्पविरुद्ध उनकै भतिजी म्यारीले दायर गरिन् ठगीको मुद्दा
विश्व, समाचार, हाइलाइट-समाचार

डोनाल्ड ट्रम्पविरुद्ध उनकै भतिजी म्यारीले दायर गरिन् ठगीको मुद्दा

नेपाल अखबार, एजेन्सि। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध उनकै भतिजी म्यारी ट्रम्पले ठगीको मुद्दा दायर गरेकी छिन्। बिहीबार म्यारीले ट्रम्पविरुद्ध न्युयोर्कको अदालतमा ठगी गरेको र धोका दिएको भन्दै मुद्दा दायर गरेको सीएनएनले जनाएको छ। म्यारी फ्रेड ट्रम्प जुनियरकी छोरी हुन्। फ्रेड डोनाल्ड ट्रम्पका जेठा दाई थिए। आफ्ना हजुरबा फ्रेड ट्रम्प सिनियरले निर्माण गरेको रियल–स्टेट इम्पाइरबाट पाउनुपर्ने ब्याज तथा रकमहरुबाट आफूलाई काका डोनाल्ड ट्रम्प र पिताका अन्य बहिनी र भाइहरुले ठगी गरेर, धोका दिएर बन्चित गरेको म्यारीको भनाइ छ। म्यारी भन्छिन्,‘ठगी ट्रम्पहरुको केवल परिवारको व्यवसाय मात्र थिएन। यो जीवनशैली थियो।’ काका डोनाल्ड ट्रम्प र पिताका अन्य भाई र बहिनीले जबर्जस्ती एउटा सम्झौतामा हस्ताक्षर गर्न लगाएको म्यारीले उल्लेख गरेकी छिन्। यसरी आफूले प्राप्त गर्नुपर्ने लाखौं डलरभन्दा बढी रकम प्राप्त नगरेक...
इतिहासमा आज – हङकङमा बेलायती शासन अन्त्य गर्ने सहमति
राजनीति, विश्व, समाचार, हाइलाइट-समाचार

इतिहासमा आज – हङकङमा बेलायती शासन अन्त्य गर्ने सहमति

नेपाल अखबार, एजन्सि।आज २६ सेप्टेम्बर ।  १९८४ को यही दिन हङकङमाथिको बेलायतको १ सय ५० वर्षे अधिपत्य समाप्त गर्ने विषय सहमतिमार्फत टुुंगोमा पुुगेको थियो । चीन र बेलायतबीचको सहमतिमा दुुई महत्त्वपूर्ण कुरा समावेश थिए – बेलायतले सन् १९९७ मा चीनलाई हङकङ हस्तान्तण गर्ने, कम्युनिष्ट राज्य चीनको अधीनमा भएपनि स्वायत्ततासहितको पुँजीवादी शासन व्यवस्था हङकङमा कायमै रहने । दुुई वर्षसम्म चलेको निरन्तर संवाद र बहसपछि  बेइजिङस्थित द ग्रेट हल अफ पिपुलमा चीनका लागि बेलायती राजदूत रिचर्ड इभान्स र चिनियाँ प्रतिनिधिमण्डलका प्रमुख झोउ नानबीच सहमति भएको थियो, त्यसपछि यसलाई औपचारिक मान्यता दिन  बेलायत सरकारसँग माग गरियो । सहमतिअनुसार चिनियाँ अधिकारीहरु हङकङलाई उच्च रुपमा स्थानीय स्वायत्तता दिन तयार थिए । यसको अर्थ हङकङमा चलिआएको सामाजिक, आर्थिक र कानूनी प्रणाली कायम रहने, तर यस शहरको रक्षा र विदेशी मामिला बेइजिङले ...
चीनमा किन छैन इमेलको चलन ?
प्रविधि, विश्व, समाचार

चीनमा किन छैन इमेलको चलन ?

नेपाल अखबार, एजेन्सि। म सन् २००८ मे महिनामा चीनको एक सानो इलाकाको येंगशुओमा रहेको एक नीजि अंग्रेजी स्कूलमा पढाउँथे । कोर्स समाप्त भएपछि मेरा एक विद्यार्थीले मलाई क्यूक्यू (QQ) एप डाउनलोड गर्न भने ता कि हामी एक–अर्काको सम्पर्कमा रहन सकूँ । यो एप एमएसएन मेसेन्जरले झैं काम गर्दथ्यो । मैले उनलाई फेसबुकमा मलाई फ्रेन्डलिस्टमा जोड्न भनेँ र उनको ई–मेल एड्रेस मागेँ, त्यतिबेला चीनमा फेसबुक ब्लक थिएन । केही विद्यार्थीले त इमेल एड्रेस दिए तर ती सम्झिनै गाह्रो हुन्थे किनभने ती यस्ता हुन्थे – zwpzjg59826@126  डट कम । मलाई यी इमेल एड्रेस अचम्मको लाग्यो तर त्यतिबेला यस्ता इमेल ठेगाना बनाउनु असामान्य थिएन, बेलायतमा पनि थिएन । केही वर्षपछि म चीनको राजधानी बेइजिङमा एक स्वतन्त्र पत्रकार र कपिराइटको रुपमा काम गर्न थालेँ । म सायदै कोही चिनियाँसँग इमेलमार्फत् कुरा गर्दथेँ । मलाई स्मार्टफोनमा नै चीनको मेसेजिङ ऐप ...
चीनलाई भारतले दियो धम्की : सीमामा तिम्रा सेना अगाडि बढे भने हाम्रा सैनिकले सीधै गोली हान्नेछन्
विश्व, समाचार

चीनलाई भारतले दियो धम्की : सीमामा तिम्रा सेना अगाडि बढे भने हाम्रा सैनिकले सीधै गोली हान्नेछन्

नेपाल अखबार, एजेन्सि। भारतले चीनलाई सीमामा चिनियाँ सैनिक अगाडि बढ्यो भने भारतीय सैनिकले गोली चलाउने चेतावनी दिएको छ। भारतको शीर्ष अंग्रेजी पत्रिका द हिन्दुको रिपोर्टअनुसार भारतले चीनलाई स्पष्ट शब्दमा यस्तो चेतावनी दिएको हो। भारतीय सैनिक अधिकारीले भनेका छन्, ‘हामीले चीनलाई भनेका छौं- यदि चिनियाँ सैनिक हाम्रो नजिक आए भने हामी गोली चलाउँनेछौं। हाम्रा सैनिकलाई आत्मरक्षाका लागि गोली चलाउने अधिकार दिएका छौं।’ हालैका दिनमा पूर्वी लद्दाखको पेङग्वाङको त्सो तालनजिक भारत र चीनका सैनिकबीच पटकटपटक हवाई फायरिङ भइसकेका छन्। भारत र चीनबीच छैटौं चरणको वार्तामा दुई देशको सीमामा धेरै सैनिक नपठाउने सहमति भएको छ। तर भारतीय अधिकारीले सीमामा आफ्नो शक्ति बलियो बनाएर राख्ने बताएका छन्। ती भारतीय सैनिक अधिकारीले भने, ‘हाम्रो अडान स्पष्ट छ- पहिले चीन अगाडि बढेको हो, अब उसैले पछि हट्नुपर्छ।’ भारत र चीनका सैनिकबीच गत ...
कोरोना संक्रमणबाट भारतीय राज्यमन्त्रीको निधन
विश्व, समाचार

कोरोना संक्रमणबाट भारतीय राज्यमन्त्रीको निधन

नेपाल अखबार,एजेन्सी । भारतका केन्द्रीय रेल राज्यमन्त्री सुरेश अंगडीको कोरोना संक्रमणका कारण निधन भएको भएको छ । ६५ वर्षीय मन्त्री अंगडीको बुधबार निधन भएको हो । मन्त्री अंगडीलाई ११ सेप्टेम्बरमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पोजेटिभ देखिएलगत्तै दिल्लीस्थित एम्स अस्पतालमा भर्ना भएका थिए । उनको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख प्रकट गरेका छन् । उनले बुधबार ट्वीटरमार्फत भनेका छन्ः ‘सुरेश अंगडी भाजपाका एक प्रतिबद्ध  कार्यकर्ता थिए । उनले कर्नाटकमा पार्टीलाई मजबुत बनाउन कडा मिहेनत गरेका थिए । उनी एक समर्पित सांसद मात्र थिएनन् एक प्रभावशाली मन्त्री समेत थिए । उनको निधनको खबर निकै दुःखदायी छ । यस दुःखको घडीमा म उनका परिवारप्रति समवेदना दिँदै उहाँहरुको साथमै रहेको जानकारी गराउन चाहान्छु । ओम शान्ति ।’ उनको निधनप्रति भारतीय राष्ट्रपति रामनाथ कोविन्दले पनि दुःख प्र...
ट्रम्प र शी जिनपिङको त्यो भाषण, जसमा भइरहेको छ हंगामा
विश्व, समाचार, हाइलाइट-समाचार

ट्रम्प र शी जिनपिङको त्यो भाषण, जसमा भइरहेको छ हंगामा

नेपाल अखबार, एजेन्सि। यसवर्ष संयुक्त राष्ट्र महासभाको ७५ औं सत्र थुप्रै तरिकाले ऐतिहासिक रह्यो । कोरोनाकालको प्रतिबन्धलाई मध्येनजर गर्दै यो बैठक भर्चुअल भयो र नेताले पहिले नै रेकर्ड गरेको भाषण पठाए । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले शीतयुद्धको कुरा पहिलो पटक उठाउँदै आफूहरु सबैजना योबाट बच्नुपर्ने आवश्यक भएको बताउँदा फ्रान्सका राष्ट्रपति एमानुएल म्याक्रोंले संसारको भविष्य चीन र अमेरिकाबीच प्रतिद्वन्द्वीताको आधारमा समेट्न नहुने बताएका छन् । यी सबैबीच सबैभन्दा चर्चाको विषय भनेको अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र चीनका राष्ट्रपति शी जिनपिङको भाषण रह्यो । संयुक्त राष्ट्र महासभाको वार्षिक सत्रको क्रममा अमेरिका र चीनबीच तनाव खुलेर सार्वजनिक भएको छ । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरसको संक्रमणका लागि चीनलाई जिम्मेवार देखाएका छन् । उनले चीनलाई यो महामारीका लागि जिम्मेवा...
कस्मिरमा भूकम्प गयो
विश्व, समाचार

कस्मिरमा भूकम्प गयो

नेपाल अखबार, एजेन्सि। कस्मिरमा मंगलबार राति भूकम्प गएको छ। नेसनल सेन्टर फर साइज्मालजीको वेबसाइटअनुसार श्रीनगरबाट ११ किलोमिटर उत्तर पश्चिम ३.६ रेक्टर स्केलको भूकम्प गएको हो। समाचार एजेन्सी पीटीआईले यसको आधिकारिक पुष्टि गरेको छ। भूकम्पको झट्का राति ९:४० बजे महसुस गरिएको थियो। जम्मु–कस्मिरमा द हिन्दु पत्रिकाका पूर्वप्रमुखले भने आज राति २ सेकेन्डको झड्का भूकम्पै थियो कि श्रीनगर एयरपोर्ट नजिक इन्डियन एयरफोर्समा जमिनमुनि २ सय किलोग्राम बम छ भन्ने जुन कुरा छ, त्यसको विस्फोट त होइन भनेरु ट्विटमा प्रश्न गरेका छन्। कतिपय स्थानीयले पनि यो भूकम्प नभनेर कुनै विस्फोट पदार्थको धक्का भएको आशंका गरेको बीबीसी हिन्दीले जनाएको छ।...
बोत्सवानामा सयौं हात्तीहरु रहस्यमयी तवरबाट मर्नुको कारण यस्तो!
विश्व, समाचार

बोत्सवानामा सयौं हात्तीहरु रहस्यमयी तवरबाट मर्नुको कारण यस्तो!

नेपाल अखबार, एजेन्सि ।  दक्षिण अफ्रिकी राष्ट्र बोत्सवानामा यसैवर्ष सयौं हात्तीहरु रहस्यमयी तवरबाट मरेका थिए। छोटो समयमै धेरै हात्तीहरु मरेपछि स्थानीय अधिकारीहरु अचम्मित बनेका थिए।हात्तीका शरीरमा चोट थिएन। हात्ती तस्करले मारेका थिएनन्। सायौं हात्तीहरु कसरी मरे त? यो विषयमा अनुसन्धान भएको थियो। अनुसन्धानबाट ती ३३० हात्तीहरु साइनोब्याक्टेरियाका कारण मरेको पत्ता लागेको छ। जमेको पानीमा यो विषाक्त ब्याक्टेरिया पाइने वैज्ञानिकहरु बताउँछन्। यो ब्याक्टेरिया ब्लु–ग्रिन अल्गीजस्तो पानीमा फैलने पनि गर्दछ। मरेका हात्तीमा अनुसन्धान गर्दा हात्तीको शरीरमा साइनोब्याक्टेरिया फेला परेको बीबीसीले जनाएको छ। अधिकाँश मरेका हात्तीहरु जमेको पानी छेउमा भेटिएका थिए। पानी पिउँदा सोही जमेको तलाउबाट ब्याक्टेरिया हात्तीको शरीरमा प्रवेश गरेको बताइएको छ।...
रुसको कोरोनाविरुद्धको खोप आगामी केही हप्ताबाट भारतमा परीक्षण हुँदै
विश्व, समाचार, स्वास्थ्य

रुसको कोरोनाविरुद्धको खोप आगामी केही हप्ताबाट भारतमा परीक्षण हुँदै

नेपाल अखबार, एजेन्सि। रुसको कोरोनाविरुद्धको खोप ‘स्पुतनिक–भी’ आगामी केही हप्ताबाट भारतमा परीक्षण हुने भएको छ। हैदरावादस्थित औषधि निर्माता कम्पनी डाक्टर रेड्डीज ल्याबोरेटरीले रुसको खोपलाई भारतमा परीक्षण गर्न नेतृत्व गर्नेछ। रेड्डीज ल्याबोरेटरीका एक अधिकारी दिपक सप्राका अनुसार हजारदेखि २ हजार भारतीयमा रुसको खोप परीक्षण हुनेछ। यो परीक्षण भारतका विभिन्न राज्यमा हुनेछ। रुसमा गत अगष्ट ११ मा नै त्यहाँको सरकारले यस खोप प्रयोगका लागि अनुमति दिएको थियो। तर विभिन्न देश तथा अन्तर्राष्ट्रिय निकायले रुसले तेस्रो तथा मुख्य परीक्षण नगरेको भन्दै आलोचना गरेका थिए। हाल रुसका खोप विभिन्न देशमा परीक्षण भइरहेका छन्। यसबीचमा भारतमा पनि स्पुतनिक भ्याक्सिन मानिसमा परीक्षण हुन लागेको हो। भारतीय संचार माध्यमका अनुसार रसियन डिरेक्ट इन्भेस्टमेन्ट फन्ड आरडीआइएफले भारतको रेड्डीज कम्पनीलाई दश करोड डोज खोप उपलब्ध गराउन...
भारतमा कोरोना: नयाँ संक्रमण घट्दै, निको हुने बढ्दै
विश्व, स्वास्थ्य

भारतमा कोरोना: नयाँ संक्रमण घट्दै, निको हुने बढ्दै

नेपाल अखबार, एजेन्सी । भारतमा सोमबार एकै दिन १ लाखभन्दा धेरै बिरामी निको भएका छन् । सोमबार ७४ हजार ४ सय ९३ नयाँ व्यक्तिमा संक्रमण पुष्टि हुँदा १ लाख २ हजार ७० बिरामी निको भए ।  नयाँ संक्रमितको संख्या घट्नु र निको हुनेको संख्या बढ्नु सुखद् खबर हो । ५ दिनअघिसम्म भारतमा अवस्था भयावह थियो, त्यसबेला एकैदिन ९६ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भयो । आइतबारसम्म भारतमा १० लाख ४ हजार २ सय ७२ जनामा सक्रिय संक्रमण थियो, सोमबार घटेर ९ लाख ७५ हजार ६ सय २३ पुगेको छ ।  यद्यपि, यस्तो सकारात्मक विकासका बाबजुद भारतमा कोरोनाको कहर नियन्त्रणमा भने छैन । यहाँ ५५ लाख ६२ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भइसकेको छ । अमेरिकापछि ५० लाखभन्दा धेरै जनसंख्यामा कोरोना पुष्टि हुने भारत दोस्रो मुलुक हो ।  भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८८ हजार नाघेको छ । यहाँ अहिलेसम्म ८८ हजार ९ सय ६५ जनाको मृत्यु कोरोनाका कारण भइसक...