Thursday, June 25

विश्व

ट्रम्पले भने, ‘दुई हप्तामा कोभिड–१९ को उपचार सम्बन्धि राम्रो खबर पाइनेछ’
विश्व, स्वास्थ्य

ट्रम्पले भने, ‘दुई हप्तामा कोभिड–१९ को उपचार सम्बन्धि राम्रो खबर पाइनेछ’

नेपाल अखबार, एजेन्सि। अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले उनको प्रशासनले दुई हप्तामा कोभिड–१९ उपचारसँग जोडिएको राम्रो खबर सम्प्रेषण गर्ने जानकारी दिएका छन् । सोमबार अमेरिकाको नेशनल इन्स्टिच्युट अफ हेल्थ (एनआईएच) ले अमेरिकी वैज्ञानिकले कोभिड–१९ भ्याक्सिनको ट्रायलको तेस्रो चरण सुरु गरिसकेका छन् । यो भ्याक्सिनलाई बायोटेक्नोलोजी कम्पनी मोडेर्नाले बनाएको छ । यसको ट्रायल ३० हजार व्यक्तिमाथि गरिने भएको छ । यता ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओ’ब्रायन सोमबार कोरोनाद्वारा संक्रमित भएका छन् । ह्वाइट हाउसका अनुसार रोबर्टमा हल्का लक्षण देखिएको छ । उनी घरबाटै काम गर्नेछन् । संसारभरी हालसम्म कोरोनाभाइरसका १ करोड ६६ लाख २९ हजार ७ सय २ संक्रमित भेटिइसकेका छन् । यीमध्ये १ करोड २ लाख २० हजार ८ सय ८९ निको पनि भइसकेका छन् । यस्तै ६ लाख ५५ हजार ८ सय ८० को मृत्यु भइसकेको वर्ल्डोमिटर्सको पछिल्लो आँक...
मोदीले आफ्नै पिठ्यूँ थप्थपाए तर डब्ल्यूएचओले गर्‍यो चीन र जर्मनीको तारिफ
विश्व, स्वास्थ्य, हाइलाइट-समाचार

मोदीले आफ्नै पिठ्यूँ थप्थपाए तर डब्ल्यूएचओले गर्‍यो चीन र जर्मनीको तारिफ

नेपाल अखबार, एजेन्सि। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ परीक्षण सेन्टरको भिडियो कन्फरेन्सिङमार्फत् उद्घाटन गरे । यसले पश्चिम बंगाल, महाराष्ट्र र उत्तर प्रदेशलाई फाइदा पुग्नेछ । मोदीले यतिबेला आफ्नै निर्णयको तारिफ गर्दै तत्काल लिइएको निर्णयका कारण भारतको स्थिती राम्रो भएको बताए । मोदीले भने, ‘कोरोनासँग लडाईंको मामिलामा भारतको स्थिती अन्य देशको तुलनामा राम्रो छ । भारतमा कोरोनाका कारण भएको मृत्यु अन्य देशको तुलनामा निकै कम छ । जनवरीमा हामीसँग कोभिड–१९ को परीक्षणका । लागि एउटा मात्रै प्रयोगशाला थियो र अब यो १३ सय पुगेको छ ।’ यद्यपि, कोरोनाविरुद्धको लडाईंमा डब्ल्यूएचओले जुन देशको तारिफ गरेको छ, त्यसमा भारतको नाम कहिँ कतै छैन । डब्ल्यूएचओले चीन, जर्मनी र दक्षिण कोरियाको प्रशंसा गरेको छ । विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस एडहानोम गेब्रेयाससले डब्ल्यूएचओले अहिलेसम्मको सबैभन्द...
नाजुक बन्दै भारतको अवस्था, एकैदिनमा झन्डै ५० हजार संक्रमित बने
विश्व, स्वास्थ्य

नाजुक बन्दै भारतको अवस्था, एकैदिनमा झन्डै ५० हजार संक्रमित बने

नेपाल अखबार, एजेन्सि। भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको संख्या अत्यधिक बृद्धि भएको छ। केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४९ हजार ९३१ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। भारतमा अहिलेसम्म कोरोनाबाट सङ्क्रमित भएकाको कुल संख्या १४ लाख ३५ हजार ४५३ पुगेको छ। तीमध्ये चार लाख ८५ हजार ११४ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने नौ लाख १७ हजार ५६८ जना सङ्क्रणमुक्त भइसकेका छन्। त्यसैगरी पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट सङ्क्रमित भएर ७०८ जनाको मृत्यु भएको छ। योसँगै कुल मृतकको संख्या ३२ हजार ७७१ पुगेको अधिकारीले जनाएका छन्। लकडाउन खुकुलो बनाएपछि कोरोनाका कारण भारतको अवस्था नाजुक बन्दै गएको छ। हाल भारत कोरोनाबाट सबैभन्दा बढी प्रभावित राष्ट्रको तेस्रो स्थानमा छ। रासस/एएनआई...
कोरोना अपडेट : पछिल्लो २४ घण्टामा अमेरिका र ब्राजिलमा भन्दा पनि भारतमा धेरैको मृत्यु
विश्व, स्वास्थ्य

कोरोना अपडेट : पछिल्लो २४ घण्टामा अमेरिका र ब्राजिलमा भन्दा पनि भारतमा धेरैको मृत्यु

नेपाल अखबार, एजेन्सि। पछिल्लो २४ घण्टामा अमेरिका र ब्राजिलमा भन्दा पनि कोरोना संक्रमणका कारण भारतमा धेरैले ज्यान गुमाएका छन्। वल्र्डओमिटरका अनुसार कोरोना भाइरस संक्रमणबाट आक्रान्त अमेरिका र ब्राजिलमा भन्दा पनि पछिल्लो २४ घण्टामा भारतमा धेरैको मृत्यु भएको हो। गएको २४ घण्टामा कोरोना संक्रमणबाट भारतमा सात सय १६ जनाले ज्यान गुमाएका छन्। यसबीचमा ब्राजिलमा पाँच सय ५६ र अमेरिकामा चार सय ४७ जनाले ज्यान गुमाएका छन्। गएको २४ घण्टामा सबैभन्दा धेरै मेक्सिकोमा सात सय २९ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ। गएको २४ घण्टामा विश्वभर संक्रमणको कारण चार हजार एक सयले ज्यान गुमाएका छन्। संक्रमणदर पनि भारतमा उच्च छ। गएको २४ घण्टामा भारतमा ५० हजार पाँच सय २५ जनामा संक्रमण पुष्टि भएको छ। यस बीचमा अमेरिकामा ५५ हजार भन्दा धेरै र ब्राजिलमा २३ हजारभन्दा धेरैमा संक्रमण देखिएको छ। अहिलेसम्म विश्वभर कोरोना संक्रमणबाट ...
चीनले बन्द गर्न आदेश दिएलगत्तै छेन्दुकाे अमेरिकी वाणिज्यदूतावास खाली गर्न थालियो
विश्व, समाचार

चीनले बन्द गर्न आदेश दिएलगत्तै छेन्दुकाे अमेरिकी वाणिज्यदूतावास खाली गर्न थालियो

नेपाल अखबार, एजेन्सि। चीनको छेन्दु सहरमा रहेको अमेरिकी वाणिज्यदूतावासबाट स्थानीय कामदारहरुले अमेरिकी प्रतीक चिह्नहरु शनिबार हटाएका छन्। एएफपीका अनुसार बेइजिङले छेन्दुस्थित वाणिज्यदूतावास बन्द गर्न आदेश दिएलगत्तै भोलिपल्ट अर्थात शनिबार दूतावासबाट ती सामान हटाउन थालिएको हो । अमेरिकाको ह्युस्टनस्थित चिनियाँ वाणिज्यदूतावास हटाउन अमेरिकी प्रशासनले आदेश दिएलगत्तै त्यसको बदलामा चीनले पनि छेन्दुस्थित अमेरिकी वाणिज्यदूतावास बन्द गर्न आदेश दिएको थियो । दुवै मुलुकले वाणिज्यदूतावास मार्फत एक अर्काविरुद्ध जासुसी गरेको र राष्ट्रिय सुरक्षामाथि खतरा उत्पन्न भएको आरोप लगाउँदै आएका छन् । चेङ्दुको अमेरिकी वाणिज्यदूतावास कहिले बन्द हुन्छ भन्नेबारेमा अझै स्पष्ट भइसकेको छैन, तर वाणिज्यदूतावासमा राखिएका प्रतीक, निशान हटाउन थालिएको एएफपीका स्थानीय समाचारदाताले बताएका छन् । अहिले त्यहाँ अमेरिकी झण्डामात्र फर्फराएक...
ट्रम्पले भने, ‘स्कूल पूर्ण रुपमा खोलियोस्’, तर उनकै छोरा पढ्ने स्कूलद्वारा राष्ट्रपतिको आदेश मान्न अस्विकार
विश्व

ट्रम्पले भने, ‘स्कूल पूर्ण रुपमा खोलियोस्’, तर उनकै छोरा पढ्ने स्कूलद्वारा राष्ट्रपतिको आदेश मान्न अस्विकार

नेपाल अखबार, एजेन्सि। विश्वव्यापी महामारी कोभिड–१९ का कारण संसारभरीका स्कूल–कलेज बन्द छन् । यस्तोमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले देशका सबै स्कूललाई पुनः खोल्न आदेश दिएका छन् । तर जुन स्कूलमा ट्रम्पका कान्छा छोरा पढ्छन्, त्यहि स्कूलको व्यवस्थापनले ट्रम्पको आदेश मान्न अस्विकार गरेको छ । स्कूलको व्यवस्थापनले भन्यो, ‘अहिले माहौल अनुकूल छैन । सेप्टेम्बर अघि स्कूल खोल्न सक्दैनौं ।’ राष्ट्रपति ट्रम्पले पटक–पटक सबै स्कूल खोलेर बच्चाहरुलाई स्कूल बोलाउन आदेश दिइरहेका छन् । ट्रम्पले भने, ‘५ करोड विद्यार्थीलाई अनिश्चितकालसम्म स्कूल जान  रोक्न सकिँदैन । यदि उनीहरुलाई रोकिएको खण्डमा उनीहरुको मानसिक, शारीरिक र भावनात्मक विकासलाई क्षती पुग्नेछ । यदि स्कूल खोलिए, अभिभावक पुनः काममा जान सक्छन् ।’ ट्रम्पले स्कूललाई चेतावनी दिँदै भने, ‘यदि स्कूल नखोलिए स्कूलबाट धन फिर्ता लिइनेछ ।’ यसबारे अमेरिकाको सेन्ट...
विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ५९ लाख नाघ्यो
विश्व, स्वास्थ्य, हाइलाइट-समाचार

विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ५९ लाख नाघ्यो

नेपाल अखबार, एजेन्सि। विश्वमा शनिबारसम्म एक करोड ५९ लाख ५५ हजार ८८७ जना व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन्। साथै कोरोना भाइरस संक्रमणका कारण विश्वभरी छ लाख ४३ हजार ४० व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन डब्लुएचओले शनिबार जानकारी दिएको छ। सङ्क्रमितमध्ये हालसम्म ९७ लाख ५४ हजार २५३ व्यक्ति कोरोना मुक्त भएका छन्। विश्वभरमा ५५ लाख ५८ हजार ५९४ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको छ। सङ्क्रमितमध्ये ६६ हजार २६३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ। डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४२ लाख ४८ हजार ४९२ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन्। यस प्रकोपका कारण अमेरिकामा एक लाख ४८ हजार ४९२ व्यक्तिको मृत्यु भइसके...
जब बालबालिका लक्षित टेलिभिजनबाट प्रशारण भयो किस सिन
विश्व

जब बालबालिका लक्षित टेलिभिजनबाट प्रशारण भयो किस सिन

नेपाल अखबार, एजेन्सि। बीबीसीको बालबालिका लक्षित टेलिभिजन चिल्ड्रेन्स बीबीसी अर्थात् सीबीबीसीको इतिहासमै पहिलोपटक समलिङ्गी टिनएजरको चुम्बन प्रशारण भएको छ । दुुई महिला पात्रहरुले ‘द नेक्स्ड स्टेप’ शोअन्तर्गत एकआपसमा चुम्बन गरेका हुन् । यो क्यानेडेली शृंखला बेलायतमा सीबीबीसीबाट प्रशारण भइरहेको छ । डान्सर बन्न चाहनेको कथामा आधारित यस शृंखला ७ वर्षदेखि किड्स च्यानलमा प्रशारण भइरहेको छ । तर समलिङ्गीको कथालाई देखाइएको यो पहिलो अवसर हो । १९ वर्षीया डेनी भिरायोले यस शृंखलामा ‘क्लिओ’ पात्रको भूमिका निभाएकी छिन् भने १८ वर्षीया मोली साउन्डर्स  ‘जुड’ को भूमिकामा छिन्, आफ्नो रोमान्टिक डान्स रुटिनका दौरान यी दुई पात्रले एकअर्कालाई चुम्बन गर्छन् । शृंखला प्रशारणमा आएपछि यसले निकै सकारात्मक प्रतिक्रिया पाएको छ । यस शृंखलाका एक दर्शकले भने,  ‘यो सुधार हो । यसले मानिसहरुलाई देखाउँछ कि विपरीत लिङ्गीलाई मन परा...
एकपटक मात्र बिना मास्क घरबाट निस्किएकी थिइन्, नायिकालाई कोरोनाले गाँज्यो
विश्व, स्वास्थ्य

एकपटक मात्र बिना मास्क घरबाट निस्किएकी थिइन्, नायिकालाई कोरोनाले गाँज्यो

नेपाल अखबार, एजेन्सि। सानो एउटा गल्तीले पनि कोरोनाको संक्रमणले गाँज्न सक्छ । यसको एउटा उदाहरण हालै सार्वजनिक भएको छ । हलिउड नायिका एना क्याम्पका लागि एकपटक मात्रै बिना मास्क घरबाट निस्कनु भारी परेको छ । उनी कोरोनाद्वारा संक्रमित भएकी छिन् । उनले सोसल मिडियामा यसबारे आफ्नो अनुभव साझा गरेकी छिन् र मानिसहरुलाई मास्क लगाउन अपिलसमेत गरेकी छिन् । उनले लेखेकी छिन्, ‘मलाई कोरोना भएको छ भन्ने जानकारी दिनु मेरो जिम्मेवारीजस्तो लाग्यो । अहिले मेरो मेरो कोभिडपरीक्षण नेगेटिभ आएको छ तर म लगभग तीन हप्तासम्म असाध्यै बिरामी भएँ, मेरो स्वास्थ्यमा अहिले पनि समस्या देखिएको छ । म बिरामीजस्तो महसुस गरिरहेकी छु र अहिले पनि शरीर सुस्त नै रहन्छ । म असाध्यै सुरक्षित थिएँ । मैले मास्क लगाएकी थिएँ । ह्यान्ड स्यानिटाइजर प्रयोग गरेकी थिएँ । एकपटक जब संसार पुरानै गतीमा चल्न सुरु भयो तब मैले सार्वजनिक स्थानमा मास्क बिना ...
डब्ल्यूएचओका प्रमुखद्वारा अमेरिकी विदेशमन्त्रीको आरोप खण्डन
विश्व, समाचार

डब्ल्यूएचओका प्रमुखद्वारा अमेरिकी विदेशमन्त्रीको आरोप खण्डन

नेपाल अखबार, एजेन्सि। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख डा. टेड्रोस एडनाम गेब्रियेससले अमेरिकी विदेशमन्त्री माइक पोम्पियाको आरोप खारेज गरेका छन् । अमेरिकी विदेशमन्त्रीले मंगलबार लण्डनमा चीनका कारण टेड्रोस गेब्रियेसस विश्व स्वास्थ्य संगठनका प्रमुख बनेको आरोप लगाएका थिए । बिहिबार जिनेवमा पत्रकारसँगको कुराकानीमा विश्व स्वास्थ्य संगठनका प्रमुखले भने, ‘उनको बयान गलत, अस्विकार्य र आधारहीन छ । यतिबेला संगठनको सबै ध्यान मानिसहरुको ध्यान कसरी बचाउने हो भन्नेमा केन्द्रीत छ । यस्तो प्रकारको टिप्पणीले संगठनको ध्यान विचलित हुनेछैन ।’ स्रोतः बीबीसी...