Thursday, June 25

विश्व

जापानको दक्षिणी क्षेत्रमा व्यापक बर्षा र बाढी
विश्व

जापानको दक्षिणी क्षेत्रमा व्यापक बर्षा र बाढी

नेपाल अखबा, एजेन्सी । जापानको दक्षिणी क्षेत्रमा भएको व्यापक बर्षासँगै आएको बाढीका कारण दर्जनभन्दा बढी व्यक्ति हराइरहेका छन् । सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार बर्षासँगैको बाढी, पहिरो र डुवानका कारण अरु सयौँ व्यक्तिहरु प्रभावित भएका छन् । कतिपय व्यक्तिहरु घर डुवानमा परेकाले घरको छतमा उद्धारका लागि पर्खिरहेको पनि अधिकारीहरुले जनाएका छन् । रातभरीको बर्षाका कारण जापानको दक्षिणी क्षेत्रका झण्डै ७५ हजार मानिस बसोबास गर्दै आएको कुमामोटो र कागोशिमा डुबानमा परेर पोखरी जस्तो भएका छन् । डुवानमा परेकाहरुलाई अन्यत्र व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको जनाइएको छ । माटोसहितको बाढीले रुखलाई जरैदेखि उखेलेर बगाएका दृष्यहरूले स्थानीयहरू त्रसित बनेका प्रत्यक्षदर्शीहरुले बताए । स्थानीय एनएचके टेलिभिजनले कम्तीमा १३ जना मानिस हराइरहेको विवरण प्राप्त भएको जनाएको छ । अधिकारीहरुले खोजी तथा उद्धार कार्...
विश्वभर १ करोड १० लाखभन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण
विश्व, स्वास्थ्य, हाइलाइट-समाचार

विश्वभर १ करोड १० लाखभन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण

नेपाल अखबार, एजेन्सि । विश्वभर १ करोड १० लाख ४५ हजारभन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । यस्तै मृत्यु हुनेको संख्या ५ लाख २४ हजार ५ सय ७७ पुगेको छ । कोरोना भाइरस संक्रमणबाट सबैभन्दा धेरै प्रभावित अमेरिकामा २७ लाख ९३ हजार बढीमा कोरोना पुष्टि भएको छ । अमेरिकामा हालसम्म १ लाख २९ हजार ४ सय ३० जनाको मृत्यु भएको छ ।संक्रमणको आधारमा ब्राजिल दोस्रो स्थानमा छ । ब्राजिलमा १५ लाख ३९ हजारभन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ भने ६१ हजार ८ सय ८४ जनाको ज्यान गएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक छ ।...
गाडीमै यौनलिला गर्ने कर्मचारीलाई संयुक्त राष्ट्रसंघले गर्‍यो निलम्बन
विश्व

गाडीमै यौनलिला गर्ने कर्मचारीलाई संयुक्त राष्ट्रसंघले गर्‍यो निलम्बन

नेपाल अखबार, एजेन्सि। इजरायलको तेल अभिभमा संयुक्त राष्ट्रसंघकै गाडीमा यौनलिला रचेको भिडियो भाइरल भएपछि यस घटना संलग्न भएको अभियोगमा राष्ट्रसंघले आफ्ना दुई कर्मचारीलाई बेतलबी विदामा राखेको छ । संयुक्त राष्ट्रसंघको नम्बर प्लेट अंकित आधिकारीक गाडीको ब्याकसिटमा रातो कपडा लगाएकी एक महिला पूरुषको काखमा बसेको भिडियो यसअघि सार्वजनिक भएको थियो । यस १८ सेकेन्ड लामो भिडियो सामाजिक सञ्जालमा अत्याधिक शेयर भएपछि संयुक्त राष्ट्रसंघले यसबारे छानविन सुरु गरेको थियो । संयुक्त राष्ट्रसंघका महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले यस भिडियो हेरेर आफु स्तब्ध र हैरान भएको प्रतिक्रिया दिएका थिए । भिडियोमा देखिएका पूरुषको पहिचान भएको र उनी ईजरायलस्थित राष्ट्रसंघको सैन्य पर्यवेक्षक संस्था युएन ट्रस सुपरभिजन अर्गनाइजेशन (युएनटिएसओ) अन्तर्गतका कर्मचारी रहेको राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघका अनुसार यस घटनामा संलग्न भ...
ब्राजिलमा एकैदिनमा ४८ हजार संक्रमित
विश्व, स्वास्थ्य

ब्राजिलमा एकैदिनमा ४८ हजार संक्रमित

नेपाल अखबार, एजेन्सी । ब्राजिलमा कोरोनाभाइरसबाट एकैदिनमा ४८ हजारभन्दा बढी संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले बिहीबार अबेर दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा मात्रै ब्राजिलमा ४८ हजार १०५ जना सक्रमित भएका हुन् । योसँगै ब्राजिलमा कोरोनाभाइरसबाट संक्रमितहरुको कुल संख्या १४ लाख ९६ हजार ८५८ पुगेको अधिकारीहरुले जनाएका छन् । स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले त्यसैगरी ब्राजिलमा एकैदिनमा कोरोनाका कारण एक हजार २५२ जनाको मृत्यु भएको छ । उनीहरुका अनुसार कुल मृतकको संख्या ब्राजिलमा ६१ हजार ८८४ पुगेको छ । ब्राजिलमा एक दिन अगाडी भने २४ घण्टामा ४६ हजार ७१२ जनामा सङ्क्रमण पुष्टि भएको थियो । विश्वभरीको तथ्याङ्कअनुसार धेरै संक्रमित भएका देशहरुको सूचीमा ब्राजिल अहिले दोस्रो अग्रस्थानमा रहेको छ । पहिलो स्थानमा भने अमेरिका रहेको छ । कोरोनाबाट धेरै सङ्मितहरु रहेको देशहरुको सूचीमा रुस तेस्रो स्थानमा रहेक...
ट्रम्पले कोरोना भाइरसलाई भने– चिनियाँ प्लेग
विश्व

ट्रम्पले कोरोना भाइरसलाई भने– चिनियाँ प्लेग

नेपाल अबार, एजेन्सि । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसलाई ‘चिनियाँ प्लेग’को संज्ञा दिएका छन् । ह्वाइट हाउसमा शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले सो अभिव्यक्ति दिएका हुन् । उनले भने, ‘यो चिनियाँ प्लेग हो । फैलिनु हुँदैनथ्यो तर चीनले फैलिन दियो । हामीले नयाँ व्यापार सम्झौतामा हस्ताक्षर गरेका थियौं । तर मसी सुक्न नपाउँदै यसले प्रभावित पा¥यो ।’ अमेरिकामा कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिइरहेको बेला ट्रम्पले पछिल्लो अभिव्यक्ति दिएका हुन् । १४ औं शताव्दीको पाँचौं र छैटौं दशकमा युरोपभरि फैलिएको प्लेग रोगका कारण युरोपमा ६० प्रतिशतभन्दा बढीको ज्यान लिएको बताइन्छ । अहिले २१ औं शताव्दीमा (सन् २०१९ को डिसेम्बर अन्तिम साता) चीनको वुहानबाट कोरोना भाइरस संक्रमण फैलिन सुरु गरेको थियो । चीनले छोटो समयमै कोरोना संक्रमणलाई नियन्त्रणमा लिँदा ट्रम्पले चीनको प्रशंसा गरेका थिए । ...
भारतमा एकैदिन थपिए झण्डै २१ हजार कोरोना संक्रमित
विश्व, स्वास्थ्य

भारतमा एकैदिन थपिए झण्डै २१ हजार कोरोना संक्रमित

नेपाल अखबार, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) का करिब २१ हजार नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्यमन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका २० हजार ९०३ नयाँ संक्रमित भेटिएका हुन् । यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख २५ हजार ५४४ पुगेको छ । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि १८ हजार नाघेको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि १८ हजार २१३ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ३७९ जनाको मृत्यु भएको छ । भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म एक लाख ८६ हजार ६२६ संक्रमित फेला परेका छन् । यो राज्यमा अहिलेसम्म आठ हजार १७८ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । दोस्रो सबैभन्दा प्रभावित राज्य तामिलनाडुमा अहिलेसम्म कोरोना भाइरसका ९८ हजार ३९२ संक्रमि...
भारतः अपराधी पक्राउ गर्न गएका प्रहरीको समूहमाथि गोलीबारी, डिएसपीसमेत ८ प्रहरीको मृत्यु
विश्व

भारतः अपराधी पक्राउ गर्न गएका प्रहरीको समूहमाथि गोलीबारी, डिएसपीसमेत ८ प्रहरीको मृत्यु

नेपाल अखबार, एजेन्सि। भारतको उत्तर प्रदेशस्थित कानपुरमा अबेर राती केही अपराधीलाई पक्रन गएको प्रहरीको समूहमाथि गोलीबारी हुँदा एक डिएसपीसमेत आठ प्रहरीको मृत्यु भएको छ । प्रहरी अधिकारीका अनुसार थुप्रै प्रहरी घाइतेसमेत भएका छन् । घटनास्थलमा अत्यधिक संख्या प्रहरी बल तैनाथ गरिएको छ । राज्यका प्रहरी महानिर्देशक हितेश चन्द्र अवस्थीले भने, ‘कानपुरको एक अपराधी तथा हिस्ट्रीशीटर विकास दुबेलाई पक्राउ गर्नका लागि प्रहरी चौबेपुर थाना क्षेत्रको दिकरु गाउँ पुगेको थियो । प्रहरीलाई रोक्नका लागि उनीहरुले पहिले नै जेसीबी लगाएर बाटो रोकेका थिए । ’ ‘प्रहरी दल पुग्ने बित्तिकै अपराधीले छतबाट गोलीबारी गर्न सुरु गरे जसमा ८ प्रहरीको निधन भयो । यसमा डिप्युटी एसपी देवेन्द्र मिश्र, तीन सब इन्सपेक्टर र चार कन्स्टेबल छन् । ’ मुठभेदमा कम्तीमा ६ प्रहरी घाइते पनि भएका छन् जसलाई कानपुरको रिजेन्सी अस्पतालमा भर्ना गरिएको छ । एक...
जेडः म्यान्मारको एउटा रत्न खानीमा पहिरो, कम्तीमा ११३ जनाको पुरिएर मृत्युजेडः म्यान्मारको एउटा रत्न खानीमा पहिरो, कम्तीमा ११३ जनाको पुरिएर मृत्यु
विश्व

जेडः म्यान्मारको एउटा रत्न खानीमा पहिरो, कम्तीमा ११३ जनाको पुरिएर मृत्युजेडः म्यान्मारको एउटा रत्न खानीमा पहिरो, कम्तीमा ११३ जनाको पुरिएर मृत्यु

नेपाल अखबार,एजेन्सि ।  उत्तरी म्यान्मारको एउटा रत्न खानीमा पहिरो जाँदा कम्तीमा ११३ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। कचिन प्रान्तमा भएको उक्त घटनामा अझै धेरै मानिसहरू पुरिएको समाचारहरूमा उल्लेख छ। ठूलो वर्षापछि माटो बग्दा उक्त खानीमा बहुमूल्य रत्न ‘जेड’ खोज्न गएका मानिसहरूलाई पुरेको आपत्कालीन उद्धार गर्ने निकायले बताएको छ। म्यान्मार जेडको प्रमुख स्रोत हो। तर त्यहाँका खानीहरूमा बारम्बार दुर्घटनाहरू हुने गरेका छन्। Image captionबहुमूल्य रत्न जेड खोज्दै गरेका मानिसहरूको फाइल तस्बिर उक्त सरकारी निकायले ११३ वटा शव भेटिएको र उद्धारकार्य जारी भएको जनाएको छ। खानीबाट फालिएको माटो र ढुङ्गामा जेडका टुक्राटाक्री खोज्न सयौँ मानिसहरू भेला हुन्छन्। गत वर्ष खानीमा भएका दुर्घटनाहरूमा १०० जनाभन्दा बढीको मृत्यु भएको थियो। म्यान्मारले प्रत्येक वर्ष ३० अर्ब डलरभन्दा बढी रकमको जेड कारोबार गर्छ। साेत  ब...
बोत्स्वानामा सयौँ हात्ती मृत फेला परे, मृत्युको कारण थाहा छैन
विश्व, समाचार

बोत्स्वानामा सयौँ हात्ती मृत फेला परे, मृत्युको कारण थाहा छैन

नेपाल अखबार, एजेन्सि। बोत्स्वानामा दुई महिनामा सयौँ हात्ती मृत अवस्थामा फेला परेका छन्। त्यति ठूलो सङ्ख्यामा हात्तीहरू के कारणले मरे भन्ने थाहा हुन सकेको छैन। संरक्षणकर्मी डा. नाईअल मक्कानका अनुसार उक्त दक्षिणी अफ्रिकी देशको ओकाभाङ्गो डेल्टा क्षेत्रमा उनका सहकर्मीहरूले गत मे महिनाको आरम्भदेखि ३५० वटाभन्दा बढी हात्तीका शव फेला पारेका हुन्। सरकारले हात्तीको मृत्युको कारण पत्ता नलागेको बताएको छ। शवबाट सङ्कलित नमुनाको परीक्षणका लागि पठाइएको छ र परिणाम आउन अझै केही साता लाग्नेछ। अफ्रिकामा भएका हात्तीको कुल सङ्ख्याको एकतिहाइ बोत्स्वानामा पाइन्छ। चेतावनीः तल भएका केही तस्बिरहरूले कसैकसैलाई विचलित पार्न सक्छन् बोत्स्वानामा वन्यजन्तु संरक्षणमा कार्यरत व्यक्तिहरूले विमानबाट गरेको निरीक्षणपछि मे महिनामा हात्तीको मृत्युबारे सरकारलाई जानकारी दिएको यूकेस्थित न्याश्नल पार्क रेक्क्यू नामक परोपकारी संस्थास...
कोरोना विश्वअपडेट : एकै दिन झण्डै दुई लाखमा संक्रमण
विश्व, स्वास्थ्य, हाइलाइट-समाचार

कोरोना विश्वअपडेट : एकै दिन झण्डै दुई लाखमा संक्रमण

नेपाल अखबार, एजेन्सि। गएको २४ घण्टामा विश्वभर झण्डै दुई लाख मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ। वर्ल्डओमिटरका अनुसार गएको २४ घण्टामा विश्वभर एक लाख ९५ हजार आठ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यस अबधिमा संक्रमणको कारण विश्वभर चार हजार आठ सय ३५ जनाले ज्यान गुमाएका छन्। एकै दिन अमेरिकामा ५० हजारभन्दा धेरै, ब्राजिलमा झण्डै ४५ हजार, भारतमा १९ हजार चार सय २८, रुसमा साढे ६ हजारभन्दा धेरैमा कोरोना संक्रमण देखिएको छ। संक्रमणको कारण हालसम्म विश्वभर पाँच लाख १८ हजारभन्दा धेरैको मृत्यु भएको छ भने करिब एक करोड आठ लाखमा संक्रमण पुष्टि भएको छ। गएको २४ घण्टामा सबैभन्दा धेरै ब्राजिलमा एक हजार ५७ जनाले कोरोना संक्रमणको कारण ज्यान गुमाएका छन् भने अमेरिकामा ६ सय ६७, भारतमा चार सय ३८, मेक्सिकोमा ६ सय ४८ जनाले ज्यान गुमाएका छन्।...