अमेरिकाको यो राज्य कोरोनाको नयाँ केन्द्रविन्दु बन्ने आशंका, १० राज्यमा संक्रमितको संख्यामा रेकर्ड वृद्धि
नेपाल अखबार, एजेन्सि । अमेरिकाका १० राज्यमा यो हप्ता कोरोनाभाइरसका संक्रमितहरुको संख्या रेकर्ड वृद्धि भएको छ । यसमध्ये एक राज्य कोरोनाभाइरस संक्रमणको नयाँ केन्द्रविन्दू बन्ने खतरा देखिएको छ ।
फ्लोरिडामा बिहीबार मात्र थप ३ हजार २०७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । महामारी सुरु भए यता राज्यमा एकै दिन यति धेरै संक्रमित थपिएको यो पहिलो अवसर रहेको राज्यको स्वास्थ्य विभागले जनाएको । योसँगै राज्यमा कूल संक्रमितको संख्या ८६ हजार पुगेको ।
फिलेडेल्फिया अस्पताल र पेन्सिलभेनिया विश्वविद्यालयका वैज्ञानिकहरुले फ्लोरिडा अमेरिकामा कोरोनाभाइरस संक्रमणको अर्को केन्द्रविन्दु बन्ने संकेत देखिन थालेकोमा चिन्ता व्यक्त गरेका छन् । वैज्ञानिकहरुले गरेको प्रक्षेपणमा त्यहाँको अवस्था अझै भयावह हुने देखिएको छ ।
जोन हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार फ्लोरिडासँगै अलाबामा, एरिजोना, क्यालिफोर्निया, नेभा...
