मोदीले सीसँग भने-दुई शक्तिशाली राष्ट्र चीन र भारतले विश्वव्यापी व्यापारमा स्थिरता ल्याउनका लागि रणनीतिक रुपमा अघि बढ्ने प्रतिबद्धता
नेपालअखबार,काठमाडौ । कर नीतिका कारण अमेरिकासँग चिढिएका एसियाका दुई शक्तिशाली राष्ट्र चीन र भारतले विश्वव्यापी व्यापारमा स्थिरता ल्याउनका लागि रणनीतिक रुपमा अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी चिनफिङबीच शनिबार शांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनको अवसरमा तियानजिनमा सम्पन्न द्विपक्षीय भेटवार्तामा दुवै नेताले विश्वव्यापी व्यापारमा स्थायित्व ल्याउनेतर्फ दुई मुलुकको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।
भेटमा प्रधानमन्त्री मोदीले भारत र चीन दुवैले ‘रणनीतिक स्वायत्तता’को अभ्यास गर्ने उल्लेख गर्दै दुई देशबीचको सम्बन्धलाई तेस्रो देशको चश्माबाट हेर्नु नहुने स्पष्ट गरे ।
द्विपक्षीय, क्षेत्रीय र विश्वव्यापी मुद्दा तथा चुनौतीहरू जस्तै आतंकवाद र बहुपक्षीय मञ्चहरूमा निष्पक्ष व्यापारमा साझा समझदारी विस्तार गर्नु आवश्यक रहेको ठहर गरेको...










