ट्रम्पले साउदी अरबसँग गरे १४२ अर्ब डलरको हतियार बिक्री गर्ने सम्झौता
नेपालअखबार,काठमाडौं । अमेरिकाले साउदी अरेबियालाई करिब १४२ अर्ब डलर मूल्यको हतियार बिक्री गर्न सहमति गरेको छ।
मंगलबार साउदी अरबको भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सो मूल्य बराबरको हतियार बिक्री गर्ने सम्झौता गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
ट्रम्प मंगलबारदेखि खाडी मुलुकहरू साउदी अरेबिया, कतार र युएई भ्रमणमा निस्किएका छन्।
सम्झौताअनुसार साउदी अरबलाई मिसाइल, क्षेप्यास्त्र, लडाकु विमान, समुद्री सुरक्षासँग सम्बन्धित हतियारहरू अमेरिकाले बेच्नेछ।
' यो अमेरिकी इतिहासमा सबैभन्दा ठूलो रक्षा सहयोग सम्झौता हो, जसले हाम्रो साझेदारीलाई सुदृढ गर्ने प्रतिबद्धतालाई स्पष्ट रूपमा देखाउँछ,' ह्वाइट हाउसले विज्ञप्ती जारी गरी भनेको छ।
रोयटर्सका अनुसार लकहिड मार्टिन सी-१३० परिवहन विमान, मिसाइल र रडार बिक्री गर्ने अपेक्षा गरिएको छ। तर कुन-कुन हतियार साउदी अरब...










