भारत भागेकी पूर्वप्रधानमन्त्री हसिनालाई बंगलादेशले चलायो मानवता विरूद्धको अपराधको मुद्दा
नेपालअखबार, काठमाडौं । बंगलादेशले पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवता विरूद्धको अपराधको मुद्दा चलाएको छ।
गत वर्षको विद्यार्थी-नेतृत्वको विद्रोहको दौरान हिंसात्मक दमन गरेको भन्दै हसिना र दुई वरिष्ठ अधिकारीलाई सरकारी वकिलले आइतबार औपचारिक रूपमा मानवता विरूद्धको अपराधको अभियोग लगाएको भनेर ब्लुमबर्गले लेखेको छ।
एउटा अनुसन्धान प्रतिवेदनले हसिनाले सुरक्षा निकायरू, उनको राजनीतिक दल अवामी लिग र सम्बद्ध समूहहरूलाई ठूलो संख्यामा हताहत हुने गरी दमन गर्न प्रत्यक्ष रूपमा आदेश दिएको पत्ता लगायो भनेर सरकारी वकिलहरूले दावी गरेका छन्।
‘यी हत्याहरू योजनाबद्ध थिए,’ मुख्य अभियोजक ताजुल इस्लामले टेलिभिजनमा प्रसारित सुनुवाइमा भने भनेर ब्लुमबर्गले जनाएको छ।
सो समयमा सरकार प्रमुखको रूपमा हसिनाको सुरक्षा बलको कारबाहीको लागि ‘कमान्ड रेस्पोन्सिबिलिटी’ (आफू मातहतकाले गरेको अपराधको जिम्मेवारी) ठहरिने पन...










