Thursday, September 3

विश्व

भारतको दाबी पाकिस्तानद्वारा अस्वीकार
राजनीति, विश्व, समाचार

भारतको दाबी पाकिस्तानद्वारा अस्वीकार

नेपालअखबार,काठमाडौँ । भारतले गरेको हमलापछि प्रधानमन्त्री शाहबाज शरीफको अध्यक्षतामा भएको पाकिस्तानको राष्ट्रिय सुरक्षा समिति (एनएससी) को बैठक बसेको छ । बैठकले एक विज्ञप्ति जारी गर्दै आफ्नो भूमिमा आतंकवादी शिविर रहेको भारतको दाबीलाई अस्वीकार गरेको छ। पाकिस्तानले भारतका यी आरोपहरू निराधार भएको दोहोर्‍याएको हो। ‘२२ अप्रिल २०२५ पछि, पाकिस्तानले विश्वसनीय, पारदर्शी र निष्पक्ष अनुसन्धानको लागि वास्तविक प्रस्ताव गरेको सम्झनु पर्छ, जुन दुर्भाग्यवश स्वीकार गरिएन,’ विज्ञप्तिमा भनिएको छ। भारतले आफ्नो राजनीतिक उद्देश्यहरू पूरा गर्न निर्दोष नागरिकहरूमाथि आक्रमण गरेको विज्ञप्तिमा भनिएको छ।...
भारतद्वारा पाकिस्तानमा आक्रमण,  ३० को मृत्यु
राजनीति, विश्व, समाचार

भारतद्वारा पाकिस्तानमा आक्रमण, ३० को मृत्यु

नेपालअखबार,काठमाडौँ ।  पहलगाम आक्रमणको बदलामा भारतले पनि पाकिस्तानमा आक्रमण गरेको छ । बुधबार बिहान गरिएको आक्रमणमा अहिलेसम्म ३० जना मारिएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले उल्लेख गरेको छ । ‘अप्रेशन सिन्दूर’ नाम दिइएको आक्रमणमा ९ वटा आतंकवादी क्षेत्रलाई निशाना बनाएर एअर स्ट्राइक गरिएको हो । पहलगाममा एक नेपालीसहित २६ जनाको आतंकवादीले हत्या गरेको १५ दिनपछि भारतले पाकिस्तानमा रहेका आतंकवादी क्षेत्रलाई निशाना बनाउँदै आक्रमण गरेको हो । बुधबार बिहान करिब पौने २ बजेतिर पाकिस्तान अधिकृत कश्मीरमा एअर स्ट्राइक गरिएको हो । जसमा बहावलपुर, मुरीदके, बाघ, कोटली र मुजफ्फराबादमा आक्रमण गरिएको हो । पाकिस्तानका स्थानीय मिडियाका अनुसार बहावलपुरमा ३० जनाको मृत्यु भएको छ । न्यूज एजेन्सी एएनआईका अनुसार लश्कर र जैशको मुख्यालय नष्ट गरिएको छ । पाकिस्तानको इन्टर–सर्भिसेस पब्लिक रिलेशन्सका डाइरेक...
राजनीति, विश्व

चीनले भन्यो- पाकिस्तानमाथि भारतको सैन्य कारबाही खेदजनक

नेपालअखबार,काठमाडौँ । चीनले भारतले पाकिस्तानमाथि गरेको आक्रमणलाई खेदजनक भनेको छ। बुधबार बिहान भारतले पाकिस्तानमाथि मिसाइल आक्रमण गर्दा कम्तिमा ८ जनाको मृत्यु र ३५ जनाभन्दा बढी घाइते भएका छन्। चीनको विदेश मन्त्रालयले विज्ञप्ती जारी गरेर उक्त हमलालाई 'खेदजनक' भनेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। मन्त्रालयले दुवै देशलाई संयमता अपनाउन आग्रह गरेको पनि रोयटर्सले लेखेको छ। 'चीनले भारतको आज बिहानको सैन्य कारबाहीलाई दु:खद मानेको छ। हामी वर्तमान अवस्थाप्रति चिन्तित छौं,' मन्त्रालयको विज्ञप्तीमा भनिएको छ। चीनले भारत र पाकिस्तान एक अर्काका छिमेकी रहेको र ती दुवै देश चीनको छिमेकी रहेको बताएको छ। चीनले सवै प्रकारको आतंकवादको विरोध गर्ने पनि विज्ञप्तीमा उल्लेख छ। 'हामी दुवै पक्षलाई संयम अपनाउन र अवस्थालाई थप जटिल बनाउन सक्ने कुनै पनि कदम नचाल्न आग्रह गर्दछौं,' विज्ञप्...
भारत पाकिस्तान तनाव : कश्मीरका विद्यालय बन्द, परीक्षा स्थगित
विश्व, शिक्षा, समाचार, समाज

भारत पाकिस्तान तनाव : कश्मीरका विद्यालय बन्द, परीक्षा स्थगित

नेपालअखबार,काठमाडौँ । भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ कश्मीरमा रहेका  आतङ्कवादी अड्डाहरूमा हवाई हमला गरेपछि कश्मीरलगायत विभिन्न स्थानका शैक्षिक संस्थाहरू बन्द भएका छन् । भारत नियन्त्रित कश्मीरको जम्मू, साम्बा, काठुआ, रजौरी र पुँछ क्षेत्रमा सबै विद्यालय, कलेज र शैक्षिक संस्थाहरू बन्द भएका छन् । पाकिस्तानले पनि पञ्जाब प्रदेशका विद्यालयहरू बन्द गरिएका छन् । उक्त प्रदेशकी मुख्यमन्त्री मरियम नवाज शरीफले जनसुरक्षाको दृष्टिले प्रान्तभरका शिक्षण संस्था र परीक्षा बन्द गरिने घोषणा गरेकी छन्। गत महिना भारतको कश्मीरको पहलगाममा २६ जना पर्यटकको ज्यान लिने गरी भएको आतङ्ककारी हमलाको प्रतिकारमा भारतले गएराति पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीरका नौ स्थानमा मिसाइल प्रहार गरेको बताएको हो । यो आक्रमणमा दर्जनौँको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले दाबी गरेका छन् ।...
कश्मिरमा पाकिस्तानी सेनाको आक्रमणबाट तीन भारतीयको मृत्यु
राजनीति, विश्व, समाचार

कश्मिरमा पाकिस्तानी सेनाको आक्रमणबाट तीन भारतीयको मृत्यु

नेपालअखबार,काठमाडौं ।पाकिस्तानी सेनाको आक्रमणबाट तीन जना भारतीयको मृत्यु भएको दाबी गरिएको छ। बुधबार बिहान भारतले पाकिस्तानमा मिसाइल हमला गरेपछि कश्मिरस्थित भारत-पाकिस्तान सीमामा पाकिस्तानी सेनाको आक्रमणबाट तीन जना भारतीय नागरिकको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। रोयटर्सका अनुसार मारिने तीन जनाबारे थप विवरण खुलेको छैन। भारतले आकाशबाट आक्रमण गरेपछि सीमामा रहेका पाकिस्तानी सेनाको गोलीबारीबाट तीन भारतीयको मृत्यु भएको हो।  भारतको आक्रमणमा परी ८ पाकिस्तानीको मृत्यु भारतले बुधबार बिहान पाकिस्तानमाथि आक्रमण गरेको थियो। भारतले गरेको मिसाइल आक्रमणमा परेर ८ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको पाकिस्तानी सेनाले जनाएको छ। भारतको रक्षा मन्त्रालयले भारतमाथि आक्रमण गर्न आतंकवादीहरूले प्रयोग गरिरहेका ९ विभिन्न स्थानहरूमा आफ्नो आक्रमण सीमित रहेको बताएको छ। ...
इजरायलको मुख्य विमानस्थलमा कसले गर्‍यो मिसाइल हमला ?
विश्व, समाचार

इजरायलको मुख्य विमानस्थलमा कसले गर्‍यो मिसाइल हमला ?

नेपालअखबार, तेल अभिभ । इजरायलको बेन गुरियन विमानस्थलको मुख्य टर्मिनल नजिकै मिसाइल खसेको छ । इजरायली अधिकारीहरूले आइतबार बिहान गरेको दाबी अनुसार मिसाइल यमनबाट प्रहार गरिएको हो । अनलाइनमा पोस्ट गरिएको अप्रमाणित फुटेजमा तेल अभिभको बाहिरी इलाकामा रहेको विमानस्थल नजिकै मिसाइल खसेपछि कालो धुवाँको मुस्लो उठ्दै गर्दा नजिकैको सडकमा मानिसहरूले आफ्ना सवारी साधनहरू रोकेर लुक्न भागेको देखिन्छ । विस्फोटमा चार जना घाइते भएको र आश्रयस्थलमा भाग्ने क्रममा दुई जना घाइते भएको आपत्कालीन सेवाहरूलाई उद्धृत गर्दै इजरायली मिडियाले बताएको छ । ‘हामीमाथि आक्रमण गर्ने जो कोहीलाई पनि सात गुणा बढी बल प्रयोग गरिनेछ,’ इजरायलका रक्षा मन्त्री इजरायल काट्जले एक विज्ञप्तिमा भनेका छन् । इजरायली विमानस्थल अब हवाई यात्राको लागि सुरक्षित नभएको हुथी विद्रोहीका सैन्य प्रवक्ता याह्या सारियाले टेलिभिजनमा प्रसारित वक्तव्यमा भ...
भारतीय जहाजहरूका लागि पाकिस्तानले बन्द गर्‍यो आफ्नो बन्दरगाह
राजनीति, विश्व, समाचार

भारतीय जहाजहरूका लागि पाकिस्तानले बन्द गर्‍यो आफ्नो बन्दरगाह

नेपालअखबार,इस्लामवाद । पहलगाममा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबिच तनाव चरम सीमामा छ । आक्रमणपछि भारतले पाकिस्तानलाई विश्वव्यापी स्तरमा एक्लो पार्न कुनै कसर बाँकी राखेको छैन । रणनीतिक र कूटनीतिक स्तरमा पनि धेरै धक्का दिएको छ । यसैबिच, भारतको कारबाहीबाट रुष्ट पाकिस्तानले भारतीय जहाजहरूलाई आफ्नो बन्दरगाह प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । भारतले शनिबार पाकिस्तानबाट आउने वा हुँदै आउने सामानको आयात र पाकिस्तानी जहाजहरूको बन्दरगाहमा प्रवेशमा प्रतिबन्ध लगाएपछि पाकिस्तानको यो कदम चालेको हो । भारतले पाकिस्तानमा हुने सबै प्रकारका हुलाक र पार्सल सेवाहरूमा पनि प्रतिबन्ध लगाएको थियो । अब हुलाक र पार्सलहरू हवाई वा स्थल मार्गबाट ​​पठाउन वा प्राप्त गर्न सकिने छैन । पाकिस्तानी मिडिया रिपोर्टका अनुसार शनिबार राति अबेर पाकिस्तानको शीर्ष नेतृत्वले कुनै पनि भारतीय ध्वजावाहकलाई पाकिस्तानी बन्दरगा...
सिन्धु सम्झौता उल्लंघन गरे भारतमाथि आक्रमण गर्ने पाकिस्तानी रक्षामन्त्रीको चेतावनी
राजनीति, विश्व, समाचार

सिन्धु सम्झौता उल्लंघन गरे भारतमाथि आक्रमण गर्ने पाकिस्तानी रक्षामन्त्रीको चेतावनी

नेपालअखबार,इस्लामाबाद । पहलगाम हमलापछि भारत र पाकिस्तानबिच तनाव बढिरहेका बेला पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले शुक्रबार भारतमाथि आक्रमण गर्ने धम्की दिएका छन्। जियो न्यूजको रिपोर्ट अनुसार आसिफले यदि भारतले सिन्धु सम्झौताको उल्लंघन गर्छ र सिन्धु नदीमा बाँध बनाउँछ भने पाकिस्तानले भारतमाथि आक्रमण गर्ने चेतावनी दिएका हुन् । यसैबिच, भारतीय सेनाले मे २-३ को राति पाकिस्तानी सेनाले जम्मू कश्मीरको कुपवाडा, उरी र अखनूर क्षेत्रमा नियन्त्रण रेखा पार गरी गोलीबारी गरेको आरोप लगाएको छ । दुवैतर्फबाट लगातार नवौँ दिन गोलाबारी भइरहेको छ। यता, पाकिस्तानका सूचना तथा प्रसारण मन्त्री अताउल्लाह तरारको एक्स खाता पनि भारतमा ब्लक गरिएको छ। केही दिनअघि तरारले पाकिस्तानमाथि भारतीय आक्रमण भएको दाबी गरेका थिए। यसअघि शुक्रबार भारतले पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरिफको आधिकारिक युट्युब च्यानल र इन्स्टा...
भारत-पाक सीमामा लगातार चौथो दिन पनि गोलाबारी
राजनीति, विश्व, समाचार

भारत-पाक सीमामा लगातार चौथो दिन पनि गोलाबारी

नेपालअखबार,नयाँ दिल्ली । शनिबार राति पाकिस्तानले लगातार चौथो दिन पनि नियन्त्रण रेखा (एलओसी) मा गोलाबारी गरेको भारतको भनाई छ। यो गोलाबारी कुपवाडा र पुंछ सेक्टरका चौकीहरूमा गरिएको थियो। भारतीय सेनाले पनि जवाफी कारबाही गरेको थियो। यी हमलामा ज्यान वा सम्पत्तिको क्षति भएको कुनै समाचार छैन। पहलगाममा आतंकवादी हमला भएको ६ दिन बितिसकेको छ। अप्रिल २२ मा भएको आक्रमणको बारेमा छलफल गर्न मनोज सिन्हाले आज जम्मू कश्मीर विधानसभाको विशेष सत्र बोलाएका छन्। आक्रमण पछि, सेनाले हालसम्म उपत्यकामा १० जना संदिग्ध आतंककारीहरूको घरमा विस्फोट गराएर ध्वस्त पारेको छ। आइतबार, कश्मीरी संगठनका नेताहरूले कारबाही रोक्न माग गरेका थिए । हुर्रियत कन्फरेन्सका अध्यक्ष मिरवाइज उमर फारुकले केन्द्र सरकारलाई निर्दोष कश्मीरीहरूको घरलाई अन्धाधुन्ध भत्काएर सजाय नदिन आग्रह गरे। अप्रिल २२ मा, आतंककारीहरूले जम्मू कश्मीरको पहलग...
पाकिस्तानी आकाशमा भारतीय जहाजलाई प्रतिबन्ध
विश्व, समाचार

पाकिस्तानी आकाशमा भारतीय जहाजलाई प्रतिबन्ध

नेपालअखबार,काठमाडौँ ।  पाकिस्तानले आफ्नो आकाशमा भारतीय जहाजलाई प्रतिबन्ध लगाएको छ। मंगलबार भारतप्रशासित जम्मू-कश्मिरको पहलगाममा २६ जनाको मृत्यु हुनेगरी भएको आतंकवादी हमलापश्चात दुई देशबीच बढ्दै गएको तनावकाबीच पाकिस्तानले भारतीय जहाजलाई आफ्नो आकाशमा उडान प्रतिबन्ध लगाएको हो। पाकिस्तानको यो निर्णय भारतले सिन्धु जलसम्झौता निलम्बनको निर्णयपछि आएको हो। पहलगाम घटनाको समयमा युएई भ्रमणमा रहेका प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमण छोट्याएर फर्किएको भोलिपल्ट सुरक्षा क्याबिनेट बैठक बोलाएर सिन्धु जलसम्झौता तत्कालका लागि निलम्बन गर्ने लगायतका पाँच निर्णय गरेका थिए। त्यसको जबाफमा बिहीबार पाकिस्तानले पनि सिमला सम्झौता, भारतसँगको सबै द्वीपक्षीय सम्झौता र  व्यापारसमेत तत्कालका लागि रोक्ने निर्णय गरेको थियो। त्यस्तै भारतीय जहाजहरुलाई पाकिस्तानी आकाश उपयोग गर्न प्रतिबन्ध लगाइने निर्णय पनि सोही ...