प्रत्यक्ष वार्ताका लागि पुटिनले गरेको प्रस्तावको जेलेन्स्कीले गरे स्वागत
नेपालअखबार,काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले प्रत्यक्ष वार्ताको लागि गरेको प्रस्तावको स्वागत गरेका छन्।
यसअघि पुटिनले रूस-युक्रेनबीच दीगो शान्ति स्थापना र युद्धको समाधानका लागि प्रत्यक्ष वार्ताको प्रस्ताव गरेका थिए। उनले चार दिनपछि बिहीबार टर्कीको इस्तानबुलमा प्रत्यक्ष वार्ताको प्रस्ताव गरेका थिए।
आइतबार सामाजिक संजाल एक्समा लेख्दै जेलेन्स्कीले सो प्रस्तावको स्वागत गरेका छन्। उनले पुटिनको प्रस्तावबारे प्रत्यक्ष रूपमा उल्लेख नगरे पनि ‘रूसीहरूले अन्ततः युद्ध समाप्त गर्नेबारे विचार गर्न सुरू गरेको कुरा एक सकारात्मक संकेत हो’ भनेका छन्।
साथै उनले युद्धलाई साँच्चै समाप्त गर्ने हो भने युद्धविराम हुनुपर्ने पनि बताए।
बेलायत, फ्रान्स, जर्मनी र पोल्याण्डका सरकार प्रमुखहरूले शुक्रबार किभमा जेलेन्स्कीसँग भेटेपछि ३० दिने युद्धविरामको प्र...










