गुगल र एप्पलले हारे इयुसँगको अर्बौं डलरको मुद्दा
नेपालअखबार, काठमाडौं । युरोपियन युनियन (इयु) ले प्रविधि उद्योगसँगको लडाइँमा मंगलबार ठूलो सफलता हासिल गरेको छ।
इयुको सर्वोच्च अदालत (कोर्ट अफ जस्टिस अफ द युरोपियन युनियन) ले एप्पल र गुगलसँगको पुरानो मुद्दामा आदेश दिएसँगै इयुले ठूलो सफलता हात पारेको हो।
प्रतिस्पर्धालाई खुम्च्याएको भन्दै इयुको नियामक निकायले लामो समयदेखि एप्पल र गुगलमाथि कारबाही गर्दै आएको थियो।
मंगलबार कोर्ट अफ जस्टिसले गरेको एप्पल सम्बन्धी आदेश इयुले सन् २०१६ मा सो कम्पनीलाई आयरल्याण्ड सरकारलाई १३ अर्ब युरो (आजको मूल्यमा करिब १४.४ अर्ब डलर) कर तिर्न दिएको आदेशसँग सम्बन्धित छ।
एप्पल र आयरल्याण्ड सरकारबीचको गैरकानुनी सहमतिले करमा भारी छुट दिएर युरोपमा व्यवसाय गर्न दिएको आरोप थियो। यसरी गैरकानुनी काम गरेको भन्दै इयुले आयरल्याण्ड सरकारलाई सो रकम तिर्न एप्पललाई आदेश दिएको थियो। प्रति १० लाख युरोको नाफामा एप्पलले ५० य...










