Wednesday, June 3

विश्व

बाढीका कारण दक्षिण चीनको ग्वाङडोङका ८० हजार मानिस विस्थापित
विश्व, समाचार

बाढीका कारण दक्षिण चीनको ग्वाङडोङका ८० हजार मानिस विस्थापित

नेपालअखबार, चीन । शुक्रबार साँझ आएको अविरल वर्षापछिको बाढीका कारण दक्षिण चीनको ग्वाङडोङ प्रान्तका ८० हजार मानिसहरू विस्थापित भएका छन् । उनीहरूलाई सुरक्षित स्थानमा सारिसकिएको बताइएको छ । टाइफुन हाइकुई र मनसुनले बिहीबारदेखि पर्ल नदी डेल्टा क्षेत्रका धेरै सहर र काउन्टीहरुमा मुसलधारे वर्षा भइरहेको छ । जसका कारण बाढी पहिरो र सडक अवरुद्ध भएको छ । प्रान्तीय विपद् न्यूनीकरण आयोगले १५ सहरमा बढी जोखिम रहेको बताएको छ । सेन्जेन, झुहाइ र जियाङ्मेन शहरहरु र फोशान, डोङ्गुआन र ग्वाङ्झाउका केही भागहरूमा विद्यालयसमेत बन्द गरिएको छ । त्यस्तै ४७ रेल सेवाहरू अवरुद्ध भएका छन् भने ७९ सडक खण्डहर, ६ वटा टोल बुथ र एउटा पुल पुल अवरुद्ध भएको छ ।...
मोरक्को भूकम्पबाट मृत्यु हुनेको संख्या २ हजार नाघ्यो
विश्व, समाचार, समाज

मोरक्को भूकम्पबाट मृत्यु हुनेको संख्या २ हजार नाघ्यो

नेपालअखबार, काठमाडौं । अफ्रिकी मुलुक मोरक्कोमा भूकम्पमा परी मृत्यु हुनेको संख्या दुई हजार नाघेको छ । गृह मन्त्रालयका अनुसार १४ सयभन्दा बढी मानिसहरु गम्भीर घाइते छन् । भूकम्पले निम्ताएको विनासपछि सरकारले तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ । साथै भूकम्प पीडितहरुलाई आवास, खाना र अन्य सहयोगका लागि आह्वान गरेको छ । भूकम्पका कारण घर छाडेकाहरु धेरै मानिसहरुले दोस्रो दिनको रात पनि खुल्ला आकास मुनि बिताएका छन् । शुक्रबार राति मराकेसको दक्षिण पश्चिम क्षेत्रमा पर्ने हाई एटलस पहाडी क्षेत्र केन्द्रविन्दु भएर ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो । धेरै क्षति पनि पहाडी क्षेत्रका गाउँहरुमा भएको छ । खोज तथा उद्धार कार्य जारी छ । ग्रामीण क्षेत्रबाट एकिन विवरण आउन बाँकी रहेकाले हताहतीको संख्या बढ्न सक्ने अनुमान अधिकारीहरुले गरेका छन् ।...
मोरक्को भूकम्प : मृत्यु हुनेको संख्या ८ सय २० पुग्यो
विश्व, समाचार

मोरक्को भूकम्प : मृत्यु हुनेको संख्या ८ सय २० पुग्यो

नेपालअखबार, मोरक्को । मोरक्कोमा भएको शक्तिशाली भूकम्पमा परी हालसम्म आठ सय २० जनाको मृत्यु भएको छ भने छ सय ७२ जना घाइते भएका छन् । गृह मन्त्रालयका अनुसार  घाइतेमध्ये दुई सय पाँच जनाको अवस्था गम्भीर छ । भैचालोमा ज्यान गुमाउने र घाइते हुने आधाभन्दा बढी अल–हौज र ताराउदान्ट प्रान्तका रहेका बताउँदै उक्त मन्त्रालयले मराकेस, अगादिर, कासाब्लाङ्का, और्जाजाटे, चिचौवा, अजिलाल र युसुफिया पनि अधिक प्रभावित भएका जनाएको छ । शुक्रबार राति ११ः ११ बजे भएको ६.८ म्याग्निच्युडको भूकम्पबाट भयभित मोरक्कोली मध्यरातमा घर छोडेर भागेका थिए । अहिले पनि अधिकांश घरबाहिर त्रिपाल टाँगेर बसिरहेका छन् । शक्तिशाली भूकम्पपछि साना–साना धेरै धक्का आज पनि महसुस गरिएको मोरक्कका सञ्चार माध्यमले बताएका छन् । शुक्रबारको भूकम्प देशमा अहिलेसम्मकै सबैभन्दा शक्तिशाली भएको उनीहरूले समाचारमा उल्लेख गरेका छन् । भ...
मोरक्कोमा भूकम्प गयो, २९६ जनाको मृत्यु
विश्व, समाचार

मोरक्कोमा भूकम्प गयो, २९६ जनाको मृत्यु

नेपालअखबार , काठमाडौं । मोरक्कोेमा शुक्रबार राति ११ बजेर ११ मिनेटमा गएको भूकम्पमा मृत्यु हुनेको संख्या २९६ पुगेको छ । मोरक्कोमा शक्तिशाली ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो । १८.५ किलोमिटरको गहिराइ केन्द्रबिन्दु पारेर गएको भूकम्प सुुरुमा ३१.११ डिगि्र उत्तर अक्षांश र ८.४४ डिगि्र पश्चिम देशान्तरमा र माराकेसको लगभग ७० किलोमिटर दक्षिणपश्चिम केन्द्रबिन्दु पारेर गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । भूकम्पपछि उत्तरी मोरक्कोको फेस सहरका बासिन्दाहरु सम्भावित पराकम्पहरुको चिन्तामा छन् । कतिपय मानिस घर छोडेर सडकमा निस्किएका छन् । रबात र कासाब्लान्का लगायत मोरक्कोका धेरै सहरहरुमा भूक्म्पको ध्ाक्का महसुश गरिएको थियो । तरौडान्ट र माराकेस सहरहरुमा भूकम्पका कारण धेरै घरहरु भत्किएका छन् ।...
राष्ट्रसङ्घबिरोधी प्रदर्शनमा कङ्गोमा ५० जनाको मृत्यु
विश्व, समाचार

राष्ट्रसङ्घबिरोधी प्रदर्शनमा कङ्गोमा ५० जनाको मृत्यु

नेपालअखबार,काठमाडौँ । कङ्गोको पूर्वी प्रजातान्त्रिक गणतन्त्र (डिआरसी) मा बुधबार संयुक्त राष्ट्रसङ्घविरोधी प्रदर्शनमाथि भएको कारबाहीमा कम्तीमा ५० जनाको मृत्यु भएको बताइएको छ । कंगोका सैनिकले गोमा सहरमा संयुक्त राष्ट्रसङ्घका शान्ति सैनिकविरुद्ध प्रदर्शन गर्ने योजना बनाएको धार्मिक सम्प्रदायमाथि आक्रमण गरेका थिए । सुरुमा करिब १० जनाको मृत्यु भएको बताइएको थियो । सुरक्षा अधिकारीहरूले पुष्टि गरेको सेनाको आन्तरिक दस्ताबेजमा मारिने प्रहरीसहित ५० जनाको मृत्यु भएको र ७५ जना घाइते भएको उल्लेख छ । उक्त आक्रमणका क्रममा धेरै धारिला हतियारहरू जफत गरेको र सम्प्रदायका नेता सहित १६८ जनालाई गिरफ्तार गरेको सैनिक अधिकारीहरूले बताएका छन् । त्यस्तै अर्का एक सवारी चालकले अहिले पनि सहरमा गतिविधि ठप्प रहेको बताए । उनले प्रदर्शन गर्न मात्र पुगेका प्रदर्शनकारीमाथि प्रहरीले दमन गरेको बताए । प...
इमरान खानको सजायमा इस्लामाबाद  उच्च अदालतले लगायो रोक, रिहा गर्न आदेश
राजनीति, विश्व, समाचार

इमरान खानको सजायमा इस्लामाबाद उच्च अदालतले लगायो रोक, रिहा गर्न आदेश

नेपालअखबार, एजेन्सि। इस्लामाबाद उच्च अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको सजायमा मङ्गलवार रोक लगाएको छ । यो रोक तोसाखाना मामिलामा लगाइएको हो । इस्लामाबाद उच्च अदालतले इमरानलाई जमानतमा रिहा गर्न आदेश दिएको छ । इस्लामाबाद उच्च अदालतले सोमबार यो मुद्दामा निर्णय सुरक्षित राखेको थियो । इमरान खानलाई पाँच अगस्टमा तोसाखाना मुद्दामा दोषी ठहर गर्दै ट्रायल कोर्टले तीन वर्षको सजाय सुनाएको थियो । अदालतको आदेश लगत्तै इमरान खानलाई पक्राउ गरिएको थियो ।...
चिनियाँ राजदूतसँग जापानको सोधपुछ, फुकुशिमा बिषयमा अफवाह फैलाइएको आरोप
विश्व, समाचार

चिनियाँ राजदूतसँग जापानको सोधपुछ, फुकुशिमा बिषयमा अफवाह फैलाइएको आरोप

नेपालअखबार, टोकियो । जापानले फुकुशिमा आणविक ऊर्जा केन्द्रबाट पानी छोडेपछि स्थानीय व्यवसायीलाई चीनले गरेको आह्वानको विरोधमा सोमबार चिनियाँ राजदूतसँग सोधपुछ गरेको छ । उपविदेशमन्त्री मासाटाका ओकानोले राजदूत वु जियाङहाओलाई चीनले ‘वैज्ञानिक प्रमाणमा आधारित नभएको सूचना उपलब्ध गराएर अनावश्यक रूपमा जनताको चिन्ता उठाउनुको साटो जनतालाई उचित जानकारी दिनुपर्ने’ बताएका छन् । टोकियो र संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी निकायले जापानले फुकुशिमा प्लान्टबाट चिसो पानी छोड्न थालेपछि गत साता चीनले आफ्नो छिमेकी मुलुकबाट आयात हुने सबै समुद्री खानामा प्रतिबन्ध लगाएको थियो । त्यसयता बेकरीदेखि एक्वेरियमसम्मका जापानी व्यवसायहरूले चिनियाँ नम्बरहरूबाट  कहिलेकाहीं अपमानजनक ‘क्रैङ्क कल’ हरू प्राप्त गरेका जापानी अधिकारीले बताएका छन् । चीनमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यी कलहरूको रेकर्डिङ र भिडियोहरू पोस...
अष्ट्रेलियामा अमेरिकी सेनाको हेलिकप्टर दुर्घटना, तीन सैनिकको मृत्यु
दुर्घटना, विश्व, समाचार

अष्ट्रेलियामा अमेरिकी सेनाको हेलिकप्टर दुर्घटना, तीन सैनिकको मृत्यु

नेपालअखबार, एजेन्सि। अमेरिकी सेनाको एक हेलिकप्टर अष्ट्रेलियामा अभ्यासका क्रममा दुर्घटनामा परेको छ। बिबिसीका अनुसार एमभी-२२बी ओस्प्रे हेलिकप्टर आइतबार अभ्यासका क्रममा टिवी टापुमा दुर्घटनामा परेको हो। दुर्घटनामा परी ३ जना सैनिकको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्। घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ। अमेरिकी सैनिकहरू त्यहाँ अष्ट्रिलिया, फिलिपिन्स, पूर्वी टिमोर र इन्डोनेसियाका सैनिकहरूसँग संयुक्त सैन्य अभ्यास गरिरहेका थिए। दुर्घटनामा परेको हेलिकप्टरमा अमेरिकी सैनिकमात्र सवार थिए। दुर्घटनाको कारण खुल्न सकेको छैन।...
टर्कीको डढेलो नियन्त्रणमा : ४ हजार ८० हेक्टर जमिनमा क्षति
विश्व, समाचार

टर्कीको डढेलो नियन्त्रणमा : ४ हजार ८० हेक्टर जमिनमा क्षति

नेपालअखबार, टर्की । टर्कीको उत्तर–पश्चिमी प्रान्त कनक्कलेमा दुई दिन यता जंगलमा फैलिएको डढेलो नियन्त्रणमा आएको छ । बिहीवार टर्कीका कृषि तथा वनमन्त्री इब्राहिम युमाक्लीले जंगलमा फैलिएको डढेलो नियन्त्रणमा आएको बताएका हुन् । उनले आगलागीबाट ११ वटा गाउँमा क्षति पुगेको र कयौँ घरहरुमा क्षति गरेको बताए । आगो फैलिएसँगै ११ गाउँहरु पूर्णरुपमा खालि गराइएको थियो । डढेलोबाट ४ हजार ८० हेक्टर जमिनमा क्षति पुगेको छ । डढेको धुवाँका कारण ९७ जना बिरामी भएका छन् । ती मध्ये ३७ जनालाई अस्पताल भर्ना गरिएको छ । आगलागी भएको क्षेत्र टर्कीको लोकप्रिय पर्यटकीय गन्तव्यस्थल पनि हो । यो पुरानो शहर पनि हो । जुन १९९८ मा युनेस्कोले विश्व सम्पदा सूचीमा समावेश गरेको थियो ।...
अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पले गरे आत्मसमर्पण
राजनीति, विश्व, समाचार

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पले गरे आत्मसमर्पण

नेपालअखबार, काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले जर्जियाको फुल्टन काउन्टीस्थित जेलमा आत्मसमर्पण गरेका छन् । सन् २०२२ को चुनावमा हार्ने निश्चित भएपछि नतिजा उल्टाउने कोसिस गरेको आरोप लागेपछि ट्रम्पले आत्मसमर्पण गरेका हुन् ।  औंठा छाप लिने लगायतका प्रक्रिया पूरा गरेर उनी दुई लाख डलर जमानतमा रिहा भइसकेको बीबीसीले जनाएको छ जेलमा प्रहरीको रेकर्डमा राखिने ट्रम्पको आधिकारिक तस्वीर (मगशट) समेत जारी भएको छ । ट्रम्पको मगशट सार्वजनिक भएको यो पहिलो पटक भएको बीबीसीले जनाएको छ । उक्त मगशट ट्रम्पले ट्वीट गरेका छन् । सन् २०२१ को जनवरी ८ पछि उनले ट्वीट गरेको यो पहिलो पटक हो । ट्रम्पले अदालत वा संघीय अधिकारी सामु आत्मसमर्पण गरेको यो चौथोपटक हो । यसअघि पनि आपराधिक मामलामा मुद्दा चलेपछि उनले तीनपटक आत्मसमर्पण गरेका थिए । अमेरिकी मिडियाहरुका अनुसार सन् २०२३ भन्दा अगाडिसम्म अमेरिकामा पू...