Friday, July 3

विश्व

शक्तिशाली भूकम्प गएको १९८ घन्टापछि टर्कीमा ७ जनाको जिवितै उद्धार
विश्व, समाचार

शक्तिशाली भूकम्प गएको १९८ घन्टापछि टर्कीमा ७ जनाको जिवितै उद्धार

नेपालअखबार, एजेन्सि। टर्कीमा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परेको उद्धार अझै जारी छ। रोयटर्सका अनुसार शक्तिशाली भूकम्प गएको ८ दिनपछि उद्धारकर्ताहरूले मंगलबार भूकम्प प्रभावित क्षेत्रहरूको भग्नावशेषबाट कम्तिमा ७ जनालाई जिवितै उद्धार गरेका छन्। सीएनएनका अनुसार भूकम्प गएको करिब १९८ घण्टापछि दक्षिणी टर्कीस्थित एउटा भवनको भग्नावशेषबाट १८ वर्षीय मोहम्मद क्याफरलाई जिवितै उद्धार गरेका छन्। यस्तै युक्रेनी उद्धारकर्मीहरूले दक्षिणी टर्की प्रान्त हातेस्थित भवनको भग्नावशेषबाट एक महिलालाई जिवितै उद्धार गरी अस्पताल पठाएका छन्। सोही प्रान्तबाट उद्धारकर्मीले थप २ महिलाको जिवितै उद्धार गरेका छन्। यस्तै उद्धारकर्मीले छिमेकी कहरामनमारस प्रान्तस्थित एक अपार्टमेन्टको भग्नावशेषबाट दुई दाजुभाइलाई जिवितै उद्धार गरेका छन्। सरकारी स्वामित्वको अनादोलु समाचार एजेन्सीका अनुसार १७ वर्षीय मोहम्मद एनेस ये...
टर्की भूकम्प: १९८ घन्टापछि जीवित फेला परे दुई जना
विश्व, समाचार

टर्की भूकम्प: १९८ घन्टापछि जीवित फेला परे दुई जना

नेपालअखबार, एजेन्सि। टर्कीमा भूकम्पमा परेका दुई जनाको १९८ घन्टापछि उद्धार भएको छ। टिआरटी वर्ल्ड नाउका अनुसार काह्रामानमारास सहरमा मंगलबार उद्धारकर्ताले १७ वर्षीय एक  किशोर र अर्का एक जनाको भग्नावशेषबाट उद्धार गरेका हुन्। अजरवैजानका उद्धारकर्ताले उनीहरूलाई जीवितै बाहिर निकालेपछि खुसी मनाएको भिडिओ सामाजिक सञ्जालमा आएका छन्। उद्धार गरिएका दुई जना दाजुभाइ हुन सक्ने बताइएको छ। अघिल्लो साताको सोमबार बिहान टर्कीमा ७.८ म्याग्नेच्युडको भूकम्प गएको थियो। भूकम्पमा परी छिमेकी सिरियामा समेत गरी अहिलेसम्म ३७ हजार बढी मानिसको मृत्यु भएको समाचार संस्था रोयटर्सले जनाएको छ।  ...
टर्कीको भूकम्प : नवजात शिशुसँगै पुरिएकी आमाको कथा
विश्व, समाचार

टर्कीको भूकम्प : नवजात शिशुसँगै पुरिएकी आमाको कथा

नेपालअखबार, काठमाडौं ।  टर्की र सिरिया भूकम्पले ध्वस्त पारेको एक हप्ता पूरा भएको छ । दुवै देशमा गरेर भूकम्पमा परी अहिलेसम्म ३४ हजार जनाको मृत्यु भएको छ । उद्धारकर्ताहरुले राहत र उद्धारको काम गरिरहेका छन् । भूकम्पमा परेको टर्की र सिरियाबाट दुख र पीडाका खबरमात्र होइन, केही चमत्कारका कथाहरु पनि बाहिर आएका छन् । त्यसै मध्येको एउटा हो- १० दिनको शिशुसहित भग्नावशेषमा पुरिएकी एक आमाको कथा । नेक्ला कामुजले जनवरी २७ मा आफ्नो दोस्रो छोरालाई जन्म दिएकी थिइन्, उनले छोराको नाम यागिज राखिन्, जसको अर्थ वीर हो । उनी सुत्केरी भएको १० औं दिन  टर्कीको समय अनुसार बिहान ४ बजेर १७ मिनेटमा नेक्ला दक्षिणी टर्कीको हताय प्रान्तमा रहेको आफ्नो घरमा आफ्नो छोरालाई दूध खुवाउँदै थिइन् । उनका पति र ३ वर्षे छोरासँगकै अर्को कोठामा थिए । ४ जनाको परिवारसहित समन्दग शहरमा रहेको ५ तले आधुनिक भवनको दोस्रो तलामा ब...
टर्की भूकम्पमा ज्यान गुमाउनेको संख्या ३३ हजार नाघ्यो
विश्व, समाचार

टर्की भूकम्पमा ज्यान गुमाउनेको संख्या ३३ हजार नाघ्यो

नेपालअखबार, एजेन्सि। टर्की र सिरियामा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परी हालसम्म ३३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। सन् १९३९ पछिकै शक्तिशाली मानिएको भूकम्पका कारण आइतबार साँझसम्म टर्की र सिरियामा गरी ३३ हजार बढीले ज्यान गुमाएका हुन्। अझै कयौं बेपत्ता रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। टर्कीको ८१ प्रान्तमध्ये १० प्रान्तमा भूकम्पबाट अत्यधिक क्षति पुगेको छ। टर्कीको प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको संख्या टर्कीमा २९ हजार ६ सय ५ र सिरियामा ३ हजार ५ सय ७४ पुगेको छ। १ लाख भन्दा बढी मानिस घाइते भएर विभिन्न अस्पातलमा उपचार गराईरहेका छन्। दर्जनौं घाइतेको उद्धार कार्य जारी छ। एक सातासम्म पनि मानिसहरू भग्नावशेषमा पुरिएपछि मृतकको संख्या अझै बढ्न सक्ने समाचार संस्था एपीले जनाएको छ। सिरियाको सीमानजिकै गएको भूकम्पबाट १४ लाख बालबालि...
अमेरिकी सेनाले लडाकु विमान प्रयोग गरी खसाल्यो अर्को मानवरहित वस्तु
विश्व, समाचार

अमेरिकी सेनाले लडाकु विमान प्रयोग गरी खसाल्यो अर्को मानवरहित वस्तु

नेपालअखबार, एजेन्सि। आफ्नो आकाशमा उडिरहेको अर्को एक अज्ञात मानवरहित वस्तुलाई अमेरिकी सेनाले खसालिदिएको छ। राष्ट्रपति जो बाइडेनले आइतबार दिउँसो क्यानडाको सीमा नजिक पर्ने ह्युरन तालमा उडिरहेको उक्त अज्ञात वस्तु खसाल्न आदेश दिएका थिए। उक्त वस्तुलाई एफ-१६ लडाकु विमानले स्थानीय समयअनुसार आइतबार दिउँसो २ बजेर ४२ मिनेटमा खसालेको हो। एक विज्ञप्ति जारी गर्दै पेन्टागनले २० हजार फिट (६,१०० मिटर) उचाइमा यात्रा गर्दा व्यावसायिक हवाई उडान असहज भएकाले खसाल्नु परेको स्पष्ट पारेको छ। उक्त अज्ञात वस्तु पहिलो पटक शनिबार मोन्टनाका संवेदनशील क्षेत्रमाथि उडिरहेको पत्ता लगाइएको थियो। यद्यपि त्यसलाई रक्षा अधिकारीहरूले मानवरहित, अष्टभुज आकारको र सैन्य खतरा नभएको वस्तु भएको बताएका थिए। अधिकारीहरूले यी वस्तुहरू कहाँबाट आएका थिए वा ती वस्तुको उद्देश्य के थियो भन्ने स्पष्ट पारेका छैनन्। अमेरिका र...
टर्कीमा धमाधम पक्रन थालियो भूकम्पले भत्किएका भवन बनाउने ठेकेदारलाई
विश्व, समाचार

टर्कीमा धमाधम पक्रन थालियो भूकम्पले भत्किएका भवन बनाउने ठेकेदारलाई

नेपालअखबार, एजेन्सि। टर्कीमा गत सोमबार गएको भूकम्पमा परी २४ हजार बढी मानिसको मृत्यु भएको छ। छिमेकी सिरियामा ४ हजार बढी मानिसले ज्यान गुमाएमा छन्। ७.८ म्याग्नेच्युडको उक्त भूकम्पले टर्कीका १० सहरमा प्रभावित भएका थिए। ती सहरमा एक-दुई तले निजी घर मात्र होइनन्, गगनचुम्बी महल पनि भत्किएका थिए। ती अग्ला भवन बनाउँदा भवन संहिताको पूर्ण पालना नगरेको भन्दै सरकारले अहिले धमाधक ठेकेदारहरूलाई पक्राउ गरिरहेको छ। द न्युयोर्क टाइम्सका अनुसार १० सहरका १०० जना बढी ठेकेदार पक्राउ परिसकेका छन्। टर्कीको न्याय मन्त्रालयले प्रान्तीय अधिकारीहरूलाई भूकम्प अपराध अनुसन्धान युनिट बनाउन निर्देशन दिएको छ। मापदण्ड पूरा नगरी भवन बनाउनेविरूद्ध फौजदारी अभियोगमा मुद्दा चलाउन अभियोजनकर्ता नियुक्त गर्न पनि मन्त्रालयले भनेको छ। भूकम्पमा यति धेरै मानिसहरू मर्नुको प्रमुख कारण भवनहरू मापदण्ड पूरा नगरी बनाइनु भएको भ...
टर्की भूकम्पमा मृत्यु हुनेको संख्या २८ हजार नाघ्यो
विश्व, समाचार

टर्की भूकम्पमा मृत्यु हुनेको संख्या २८ हजार नाघ्यो

नेपालअखबार, काठमाडौं । टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गत सोमबार गएको भूकम्पमा मृत्यु हुनेको संख्या २८  हजार नाघेको छ । हजारौं घाइते भएका छन् । टर्कीमा मात्रै २४  हजार ६२७ जना र सिरियामा तीन हजार, ५७५  जनाले ज्यान गुमाएको तथ्यांक छ । मानवीय सहायता परिचालनमा समन्वय गरिरहेका संयुक्त राष्ट्रसङ्घका अधिकारीले करिब ५३ लाख सिरियाली घरबारविहीन भएका अनुमान गरेको छ । टर्की र सिरियाका नौ लाख भूकम्पपीडितलाई तातो खाना तत्काल आवश्यक भएको बताएका छन् । टर्कीले विद्रोही नियन्त्रणमा रहेको सिरियाका केही भागमा आफ्नो भूमिबाट दुईतर्फी बाटो खोल्ने प्रयास भइरहेको जनाएको छ । उद्धारकर्मीहरू भूकम्पपछिका एक सय घण्टादेखि प्रतिकूल मौसममा पनि भग्नावशेषबाट जीवित उद्धार गर्न सकेकामा त्यसलाई चमत्कार भनेका छन् । भूकम्पले भत्काएको भवनको भग्नावशेषबाट शुक्रबार एक सय पाँच घण्टापछि उद्धार गरिएकी एक महिलाको...
टर्की भूकम्पमा २२ हजारभन्दा बढीको मृत्यु
विश्व, समाचार

टर्की भूकम्पमा २२ हजारभन्दा बढीको मृत्यु

नेपालअखबार,  इस्तानबुल । स्टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म २२ हजार तीन सय ६८ जनाको मृत्यु भएको छ भने दशौँ हजार घाइते भएका छन् । टर्कीएको विपद् व्यवस्थापन निकायले अन्तर्राष्ट्रिय सहायताका निम्ति अपील गरेको छ । उद्धारकर्मीहरूका अनुसार टर्कीएमा १८ हजार नौ सय ९१ जना तथा सिरियामा तीन हजार तीन सय ७७ जनाले ज्यान गुमाएका छन् । सिरियाको सरकार नियन्त्रित क्षेत्रमा एक हजार तीन सय ४० जना हताहत भएका छन्भने विद्रोही पकड जमाएको भूभागमा दुई हजार ३७ जनाले ज्यान गुमाएका छन् । टर्की र सिरियाले अन्तर्राष्ट्रिय सहायताका निम्ति अपील गरेका छन् । विश्व ब्याङ्कले एक अर्ब ७८ करोड अमेरिकी डलर राहत सहायता उपलव्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले अन्तर्राष्ट्रिय समुदायलाई टर्कीएका भूकम्पपीडितका लागि थप आर्थिक सहायता उपलब...
भूकम्पको भग्नावशेषमा भेटिएकी नवजात शिशुको जिम्मा लिन हजारौं इच्छुक
विश्व, समाचार, हाइलाइट-समाचार

भूकम्पको भग्नावशेषमा भेटिएकी नवजात शिशुको जिम्मा लिन हजारौं इच्छुक

नेपालअखबार, काठमाडौं । सिरियामा भूकम्पले भत्किएको एउटा घरभित्र जन्मेकी नवजात शिशुको जिम्मा लिन हजारौं अघि सरेका छन् । सिरियाको अलेप्पो प्रान्तको अफ्रिन भन्ने शहरमा उद्धारकर्ताहरुले ती शिशुलाई आमाको गर्भनालमा जोडिएकै अवस्थामा फेला पारेका थिए । उनको सिरियाकै अस्पतालमा उपचार भइरहेको छ । उनको नाम अया राखिएको छ । उद्धारकर्ताले उनलाई भग्नावशेषबाट निकालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । ती भिडियो शेयर गर्दै विश्वभरबाट हजारौंले बच्चीको पालनपोषणको जिम्मा लिने इच्छा जनाएका छन् । अयाको उपचार गरिरहेको अस्पतालका प्रबन्धक खालिदा अतियाले बच्चीलाई धर्मपुत्री बनाउन इच्छुक धेरैले अस्पतालमा फोन पनि गरेको बताए । चार महिनाकी छोरी हुर्काइरहेका अतियाले भने,  ‘अहिले म अया कसैलाई पनि दिने छैन, उनका नातेदारहरु नआएसम्म उनलाई म मेरी छोरीसँगै उनको पालनपोषण गर्नेछु । भूकम्पमा परेर अयाका आमा, बाबु र ...
टर्की र सिरिया भूकम्पमा मृत्यु हुनेको सङ्ख्या १९ हजार नाघ्यो
विश्व, समाचार

टर्की र सिरिया भूकम्पमा मृत्यु हुनेको सङ्ख्या १९ हजार नाघ्यो

नेपालअखबार, सिरिया । टर्की र सिरियामा गएको विनाशकारी भूकम्पमा परी उन्नाइस हजार तीन सयभन्दा बढीको मृत्यु भएको छ । भूकम्पमा परी भग्नावशेषमा पुरिएका मानिसहरूलाई जीवित भेट्ने आशा क्षीण हुँदै गएको टर्की र सिरियाका अधिकारीहरूले जनाएका छन् । टर्कीका अधिकारीका अनुसार टर्कीमा मात्र मुत्यु हुनेको सङ्ख्या झण्डै १५ हजारभन्दा बढी पुगेको छ । अत्यधिक चिसोका कारण चौथो दिनदेखि खोजीमा बाधा पुगेको छ । विज्ञहरूले जीवन बचाउने सबैभन्दा सम्भाव्य अवधिका रूपमा लिएको ७२ घण्टाको समय बितिसकेको छ । बाब अल–हवा सीमा नाकाका एक अधिकारीले एएफपीलाई बताएअनुसार विद्रोहीको कब्जामा रहेको उत्तरपश्चिमी सिरियामा बिहीबार सहायता पुगेको छ । एक दशक लामो गृहयुद्धमा र हवाई आक्रमणका कारण अधिकांश सुविधासम्पन्न अस्पतालहरू ध्वस्त बनेका थिए, अर्थतन्त्र ध्वस्त बनेको थियो र बिजुली, इन्धन र पानीको अभाव हुँदै आएको थियो । टर्कीक...