Sunday, August 30

विश्व

अन्तरिक्षबाट ६ महिना पछि फर्के तीन चिनियाँ अन्तरिक्ष यात्री
विश्व, समाचार

अन्तरिक्षबाट ६ महिना पछि फर्के तीन चिनियाँ अन्तरिक्ष यात्री

नेपालअखबार, बेइजिङ । अन्तरिक्षमा ६ महिना बिताएर तीन चिनियाँ अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्केका छन् । चाइना म्यान्ड स्पेस एजेन्सी (सीएमएसए) ले हालै सार्बजनिक गरे अनुसार सेन्झाउ–१५का अन्तरिक्ष यात्रीहरु फेइ जुनलोङ, देङ छिङमिङ र झाङ लु ६ महिना पछि पृथ्वीमा फर्केका हुन् । उनीहरु बेइजिङ समय अनुसार हिजो बिहान ६स् ३३ भित्री मङ्गोलियाको डोङफेङ ल्यान्डिङ साइटमा सुरक्षित अवतरण गरेक हुन् । सो मिसनका कमाण्डर फेइ भने, ‘हामीले निर्धारित सबै काम पूरा गरेका छौं ।’ अमेरिका र रुस पछि चीनले पनि अन्तरिक्षमा आक्रमक अनुसन्धान सुरु गरिरहेका छ ।...
तेस्रो कार्यकालका लागि टर्कीका राष्ट्रपतिले लिए शपथ
राजनीति, विश्व, समाचार

तेस्रो कार्यकालका लागि टर्कीका राष्ट्रपतिले लिए शपथ

नेपालअखबार, एजेन्सि। अंकरा, टर्कीका राष्ट्रपति रेसेप तैयप अर्दोआनले शनिबार संसदमा सपथ ग्रहण गरेका छन् । उनको यो सपथसँगै आगामी पाँच वर्षको लागि आफ्नो तेस्रो कार्यकाल औपचारिक रूपमा सुरु भएको छ । एर्दोगानले संसदमा सपथ ग्रहण समारोह पछि राजधानी अंकारामा अबस्थित राष्ट्रपति भवनमा विश्व नेताहरूको उपस्थितिमा भव्य समारोह आयोजना हुनेछ। राष्ट्रपतिले आफनो सपथ सँगै आफ्नो नयाँ मन्त्रिपरिषद्को नाम पनि घोषणा गर्ने अपेक्षा गरिएको छ। गत मे २८ मा भएको राष्ट्रपतीय निर्वाचनमा एर्डोगानले आफ्ना प्रतिद्वन्द्वी केमाल किलिचदारोग्लुलाई पराजित गर्दै ५२.१८ प्रतिशत मत प्राप्त गर्न सफल भएका थिए । सन् २००३ मा प्रधानमन्त्री भएदेखि नै देशको नेतृत्व गर्दै आएका राष्ट्रपति सन् २०१७ मा भएको संवैधानिक जनमत संग्रहले तुर्किएको संसदीय प्रणालीलाई राष्ट्रपतीय प्रणालीमा परिणत गरेपछि २०१८ मा तुर्किएको पहिलो कार्यकारी राष्ट्रपत...
इमरान खानद्वारा १५ अर्ब रुपैयाँको मानहानिको मुद्दा दर्ता
विश्व, समाचार

इमरान खानद्वारा १५ अर्ब रुपैयाँको मानहानिको मुद्दा दर्ता

नेपालअखबार, एजेन्सि। पाकिस्तानका पूर्व प्रधानमन्त्री तथा पाकिस्तान तहरीक–ए–इन्साफका अध्यक्ष इमरान खानले राष्ट्रिय जबाफदेहिता ब्युरोका अध्यक्षलाई कानुनी सूचना पठाएका छन् । इमरान खानले अध्यक्ष विरुद्ध १५ अर्ब रुपैयाँको मानहानि मुद्दा दायर गर्ने निर्णय गरेको बताएका छन् । यसै सम्बन्धमा कानुनी सूचना पठाइएको हो । पूर्वप्रधानमन्त्रीले आफूलाई बिदाको दिन पक्राउ पुर्जी जारी गरी आठ दिनसम्म लुकाएर राखिएको दाबी गरेका छन् । उनले ट्विट गर्दै लेखेका छन्, ‘मलाई अल कादिर ट्रस्ट केसको अनुसन्धानको बारेमा पनि भनिएको थिएन । एनएबी अध्यादेशको धारा २४ को प्रावधानलाई बेवास्ता गरियो ।’ इमरानले भने, ‘मेरो लागि गिरफ्तारी वारेन्ट जारी गर्ने र कार्यान्वयन गर्ने तरिकालाई सर्वोच्च अदालतले गैर कानुनी र असंवैधानिक भनेको छ । गिरफ्तारी वारेन्ट लागू गर्नका लागि पाकिस्तानी रेन्जरहरूको प्रयोग गरियो, जसले मलाई यातना द...
राष्ट्रपति बाइडेन एयर फोर्स एकेडेमीको कार्यक्रममा लडे पछि
विश्व, समाचार

राष्ट्रपति बाइडेन एयर फोर्स एकेडेमीको कार्यक्रममा लडे पछि

नेपालअखबार,  काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन बिहीबार कोलोराडोमा एयर फोर्स एकेडेमीको कार्यक्रममा भुइँमा पछारिएका छन् । दीक्षान्त समारोहमा सहभागी हुन आएका बाइडेनले मन्तव्य दिएपछि क्याडेटसँग हात मिलाए । जब आफ्नो सिटतर्फ जाँदै थिए उनी भुइँमा पछारिए । वायुसेनाका अधिकारीहरूको सहयोगमा उनी उठे । भिडियोमा उनलाई उठ्न अलि अप्ठ्यारो परेको देख्न सकिन्छ । ह्वाइट हाउसका सञ्चार निर्देशक बेन लाबोल्टले ट्वीट गर्दै राष्ट्रपति ठिक रहेको र चोट नलागेको स्पष्ट पारेका छन् । बालुवा भरिएको कालो रंगको झोलामा खुट्टा अड्किएर उनी लडेको बताइएको छ । बाइडेन अमेरिकामा राष्ट्रपति पद सम्हाल्ने सबैभन्दा वृद्ध नेता हुन् । ८० वर्षीय डेमोक्र्याट नेताले जनवरी २०, २०२१ मा राष्ट्रपतिको रूपमा शपथ लिएका थिए। उनले रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई हराएका थिए । बुढ्यौली लागे पनि उनले २०२४ मा फेरि चुनाव लड्ने घोष...
साउदी अरबका लागि इटालीले लियो हतियार सम्बन्धी महत्त्वपूर्ण निर्णय
विश्व, समाचार

साउदी अरबका लागि इटालीले लियो हतियार सम्बन्धी महत्त्वपूर्ण निर्णय

नेपालअखबार, एजेन्सि। इटालीले साउदी अरबलाई हतियार बिक्रीमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकपछि इटाली सरकारले विज्ञप्ति जारी गरेर यसबारे जानकारी दिएको हो । इटालीले सन् २०१९ र २०२० मा साउदी अरबलाई सैन्य हतियार बेच्न प्रतिबन्ध लगाएको थियो । इटालीलाई डर थियो कि यसको प्रयोग यमन सङ्कटका बेला प्रयोग हुन सक्छ । इटाली सरकारले जारी गरेको विज्ञप्तिमा साउदी अरबको हालैको शान्ति प्रयासलाई ध्यानमा राखेर यो निर्णय गरिएको बताइएको छ । यमनमा, इरान–समर्थित हुती विद्रोहीहरूले सन् २०१४ मा राजधानी सानाबाट सरकारलाई हटाएको थियो, त्यसपछि साउदी अरब समर्थित सैन्य गठबन्धनले सन् २०१५ देखि सरकार पुनर्स्थापना गर्ने प्रयास गरिरहेको छ । साउदी अरब र इरानबीच कूटनीतिक सम्बन्ध स्थापना भएपछि शान्ति प्रक्रिया सुरु हुन सकेको छ । इटालीले साउदी अरब बारे आफ्नो निर्णय युनाइटेड अर...
मस्कोमा खस्यो दोस्रो पटक ड्रोन, धेरै भवनहरु क्षतिग्रस्त
विश्व, समाचार

मस्कोमा खस्यो दोस्रो पटक ड्रोन, धेरै भवनहरु क्षतिग्रस्त

नेपालअखबार,  मस्को । रुसको राजधानीमा दोस्रो पटक ड्रोन खसेको छ । सामाजिक सञ्जालमा भाईरल भईरहेको भिडियो फुटेज अनुसार मस्कोको दक्षिण पश्चिम सहरमामा ड्रोन उडिरहेको देखिन्छ। बीबीसीका अनुसार हवाई सुरक्षा निकायले ड्रोन खसालेपछि रुसको राजधानी सहर मस्कोमा धेरै भवनमा क्षति पुगेको छ । मे महिनाको सुरुमा क्रेमलिनमा कथित हमलापछि मस्कोमा यो दोस्रो ड्रोन घटना हो। युक्रेनको राजधानी कीभमा रुसी आक्रमण सुरु भए पछि मस्कोमा आक्रमण सुरु हुन थालेको हो । यसअघिको आक्रामणमा एक व्यक्तिको मृत्यु भएको थियो।...
२० वर्षदेखि टर्कीको सत्तामा रहेका एर्दोगनले फेरि जिते राष्ट्रपति
राजनीति, विश्व, समाचार

२० वर्षदेखि टर्कीको सत्तामा रहेका एर्दोगनले फेरि जिते राष्ट्रपति

नेपालअखबार, एजेन्सि। टर्कीमा रेसेप तय्यिप एर्दोगान फेरि राष्ट्रपति निर्वाचित भएका छन्। आइतबार भएको राष्ट्रपतिको दोस्रो चरणको निर्वाचनमा प्रतिस्पर्धी केमाल किलिक्डारोग्लुलाई हराउँदै एर्दोगान थप पाँच वर्षका लागि राष्ट्रपति चुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। एर्दोगानले ५२.१ प्रतिशत मत पाएका छन् भने लिक्डारोग्लु ४७.९ प्रतिशत मत ल्याएका छन्। यसअघि मे १४ मा भएको पहिलो चरणको चुनावमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि सबैभन्दा धेरै मत ल्याउने दुई उम्मेदवारबीच आइतबार फेरि चुनाव भएको थियो। किलिक्डारोग्लुले आइतबारको चुनाव धाँधलीपूर्ण भएको बताएका छन् तर उनले निर्वाचन परिणाम भने स्वीकारेका छन्। जितपछि अंकारामा खुसीयाली मनाइरहेका समर्थकलाई सम्बोधन गर्दै एर्दोगानले यो साढे ८ करोड टर्किसको जित भएको बताएका छन्। टर्कीमा एर्दोगानले लगातार दुई दशकदेखि शासन चलाइर...
बाख्मत सहर कब्जा गर्ने क्रममा २० हजार रुसी सैनिक मारिएको खुलासा
विश्व, समाचार

बाख्मत सहर कब्जा गर्ने क्रममा २० हजार रुसी सैनिक मारिएको खुलासा

नेपालअखबार, एजेन्सि। वागनर समूहका प्रमुख येभ्गेनी प्रिगोजिनले बाख्मतमा झण्डै दश महिना चलेको बाख्मतको संघर्षमा आफ्ना समुहका २० हजार सैनिक जवानलाई गुमाउनु परेको बताए पछि सो रहस्य खुल्न आएको हो । प्रिगोजिनले क्रेमलिन समर्थक रणनीतिकार कन्स्टान्टिन डोल्गोभसँगको अन्तर्वार्तामार्फत उनले यो खुलासा गरेका हुन् । पश्चिमा देशहरुको सहयोगमा सुरु गर्ने ठानिएको युक्रेनको जवाफी कारबाही अनुसार रुसी सेनालाई दक्षिणी र पूर्वी युक्रेनसँगै क्राइमियाबाट समेत भगाउने उद्धेश्यसहित उनीहरु तयार रहेको सूचना आएकोसमेत उनले जनाएका छन् । जसका कारण रुसले पनि पश्चिमा सहयोगमा हुन सक्ने युक्रेनी आक्रमणको प्रतिकारका लागि पूर्ण रूपमा तयारी अवस्थामा रहनु पर्ने उनको सुझावसमेत सार्वजनिक भएको छ मस्कोले भने बाख्मत सहर कब्जा गर्ने प्रयासमा आफ्ना ६ हजार सैनिक मात्रै मारिएको दाबी गरिरहेको बेला निजी सेनाका प्रमुखले भने उसको दाबी...
पूर्वराष्ट्रपति ओबामासहित ५०० अमेरिकीलाई रुसले लगायो प्रतिबन्ध
राजनीति, विश्व, समाचार

पूर्वराष्ट्रपति ओबामासहित ५०० अमेरिकीलाई रुसले लगायो प्रतिबन्ध

नेपालअखबार, काठमाडौं । रुसले अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामासहित पाँच सय जनालाई प्रतिबन्ध लगाएको छ । रुसले ओबामासहित अमेरिकी सांसद, पत्रकार र थिंक ट्यांकका सदस्यलाई प्रतिबन्ध लगाएको हो । यसअघि अमेरिकाले रुसका कम्पनी र व्यक्तिहरुलाई प्रतिबन्ध लगाएको थियो । त्यसकै जवाफस्वरुप रुसले ओबामालगायतलाई प्रतिबन्ध लगाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । रुसले प्रतिबन्ध लगाएकाहरुमा अमेरिकी एक्जीक्युटिभ ब्रान्चका सदस्यहरु छन् । यसैगरी रुसले अमेरिकी पत्रकारहरुलाई पनि प्रतिबन्ध लगाएको छ । प्रतिबन्धमा पर्नेमा सीएनएनका एंकर एरिन बर्नेट, एमएसएनबीसीका प्रस्तोता राहेल मादावो, स्कारबोरो लगायत छन् । रुसविरुद्ध भ्रामक प्रचार प्रसार गरेकाले उनीहरुलाई कालोसूचीमा राखेर रुस प्रवेशमा प्रतिबन्ध लगाएको रुसी अधिकारीहरुले बताएका छन् ।...
थाइल्यान्डमा ४२ वर्षीय युवाले नेतृत्व गरेको दललाई सबैभन्दा धेरै मत
राजनीति, विश्व, समाचार

थाइल्यान्डमा ४२ वर्षीय युवाले नेतृत्व गरेको दललाई सबैभन्दा धेरै मत

नेपालअखबार, एजेन्सि। दक्षिणपूर्वी एसियाली मुलुक थाइल्यान्डमा आइतबार भएको संसदीय चुनाव विपक्षी दलहरूले राम्रो नतिजा निकालेका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार मतगणना अन्तिम चरणमा पुग्दा मुभ फरवार्ड पार्टी सबैभन्दा ठूलो दल बन्ने भएको छ। तल्लो सदनमा ५०० सिटमध्ये १५१ सिट मुभ फरवार्ड पार्टीले पाउने भएको छ। मुभ फरवार्ड ४२ वर्षीय पिटा लिम्जारोयनराटले नेतृत्व गरेको दल हो। यो दल तीन वर्षअघि गठन भएको हो। तत्कालीन फ्युचर फरवार्ड पार्टीलाई सन् २०२० मा प्रतिबन्ध लगाइदिएपछि त्यसका नेताहरूले मुभ फरवार्ड पार्टी बनाएका थिए। सन् २०२० मै थाइल्यान्डमा विद्यार्थीहरूले सैनिक समर्थित सरकार र राजसंस्थासम्बन्धी कडा कानुनको विरोधमा प्रदर्शन गरेका थिए। मुभ फरवार्ड पार्टी प्रगतिशील दल हो। यसले थाई राजसंस्थाको आलोचना गरे १५ वर्षसम्म जेल सजाय हुन सक्ने कानुन परिवर्तन गर्ने एजेन्डालाई अघि सारेको ...