Monday, November 23

समाचार

गण्डकी प्रदेशमा ३५ संक्रमित थपिए
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमा ३५ संक्रमित थपिए

नेपाल अखबार, पाेखरा। पोखरामा बुधबार बिहान  थप २४  जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार  बुधबार बिहान  पोखरामा कार्यरत एक नर्स र २० प्रहरी  सहित  २४  जनामा  कोरोना देखिएको हो । संक्रमण पुष्टि हुनेमा तनहुँ शुक्लागण्डकी घर भई पोखराको अमरसिंह चोक स्थित पार्कल्याण्ड अस्पतालमा कार्यरत २६ वर्षीय स्टाफ नर्स, पोखरा १७ मा कार्यरत २१ देखि ४२ वर्ष उमेर समुहका २० जना प्रहरी, पोखरा १३ का २७ वर्षीय पुरुष र पोखरा १४ का ३० र ५७ वर्षका २ महिला रहेको निर्देशनालयले जनाएको छ  । बुधबार बिहान नै  लमजुङको सुन्दरबजारका ४ वटा वडाका २७, ४८ र ५० वर्षीय पुरुष तथा ३० ४५ ४९ र ५७ वर्षका महिलामा कोरोना देखिएको छ । लमजुङकी  ४९ वर्षीया महिला स्थानीय किराना पसल संचालक रहेको र ५० वर्षीय पुरुष ओमानबाट आएको निर्देशनालयले उल्लेख गरेको छ । त्यसैगरी बिहान नवलपुरका बिनयत्रिबेणीका ४१ र ५४ ...
लकडाउनको समयमा दाङमा ९ बालबालिकाले गरे आत्महत्या
समाचार, समाज, हाइलाइट-समाचार

लकडाउनको समयमा दाङमा ९ बालबालिकाले गरे आत्महत्या

नेपाल अखबार,  दाङ। कोरोनाको कहरको बेला दाङमा १६ वर्षमूनिका बालबालिकाहरु आत्महत्या गर्न थालेका छन् । विगतमा बालबालिकाले आत्महत्या गरेका घटना त्यति सुनिँदैन्थे । तर कोरोना कहरका बेला १६ वर्षमूनिका बालबालिकाले आत्महत्या गरेका घटना बढी बाहिर आएको प्रहरी बताउँछ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार लकडाउनयता १६ वर्षमूनिका ९ बालबालिकाले आत्महत्या गरेका छन् । प्रहरीका अनुसार चैतमा एक, वैशाखमा दुई, जेठमा एक, असारमा दुई, साउनमा दुई र भदौको आधाआधी बित्दा एकजनाले आत्महत्या गरिसकेका छन् । जिल्ला प्रहरी कार्यालय मुद्दा शाखाका प्रहरी निरीक्षक राजन गौतमका अनुसार बालबालिकाले आत्महत्या गरेका घटना जिल्लामा नयाँ भएको र यसको प्रमुख कारण कोरोना कहर र पारिवारिक बेवास्ता हो । ‘हामी सबै अभिभावक काममै व्यस्त भयौं, लकडाउनका कारण घरभित्र गुम्सिएर बसेका बालबालिकाको मनोभावलाई वास्ता गर्ने फुर्सद भएन,’ गौतमले भने, ‘फलत...
घरमा ढुङ्गा खस्दा आमाको मृत्यु, छोरी घाइते
समाचार, समाज

घरमा ढुङ्गा खस्दा आमाको मृत्यु, छोरी घाइते

नेपाल अखबार, पाल्पा। पाल्पामा अविरल वर्षाका कारणले  घरमा ढुङ्गा खसेर लाग्दा आमाको मृत्यु भएको छ भने छोरी गम्भीर घाइते भएकी छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार तिनाउँ गा.पा. ३ श्रीडाडा बस्ने गोबिन्द सोमईको घरमा अविरल वर्षाको कारणले घरदेखि माथि पहाडबाट ढुङ्गा खसी लाग्दा आमा र छोरी गम्भीर घाइते भएका थिए । माथागढी गाउपालिका–७  हवास बस्ने वर्ष २९ की समीक्षा चौहानको उपचारका क्रमामा गत राति बुटवलमा मृत्यु भएको छ । उनकी छोरी वर्ष ३ की करिश्मा चौहानको उपचार भइरहेको प्रहरीले जनाएको छ ।...
टर्कीका राष्ट्रपति ग्रीसको जहाज डुबाउन चाहन्थेः जर्मन पत्रिकाको दाबी
विश्व, समाचार

टर्कीका राष्ट्रपति ग्रीसको जहाज डुबाउन चाहन्थेः जर्मन पत्रिकाको दाबी

नेपालअखबार, एजेन्सि।  पूर्वी भूमध्य सागरमा टर्की र ग्रीसबीच जारी तनावबीच जर्मनीको पत्रिका ‘डी वेल्ट’ ले एक चकित पारिदिने दाबी गरेको छ । पत्रिकाले टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले पूर्वी भूमध्य सागरमा ग्रीससँग सैन्य झडप चाहेको भन्दै रिपोर्ट प्रकाशित गरेको छ । ‘अर्दोआनको सुनियोजित युद्ध’ शीर्षक भएको यो रिपोर्टमा भनिएको छ, ‘यदि टर्कीका राष्ट्रपतिको वशमा भएको भए उनको नौसेनाले निकै समय अघि भूमध्य सागरमा ग्रीसको एउटा जहाज डुबाई सकेको हुन्थ्यो ।’ आजकाल पूर्वी भूमध्य सागरमा ग्रीस र टर्कीबीच तनावको स्थिती छ । विवादित समुद्री इलाकामा टर्कीले ग्यासको नयाँ भण्डार भेटिएको दाबी गरेपछि स्थिती गम्भीर भएको हो । जुन इलाकामा टर्कीले ग्यासको खोजी गरेको छ, ग्रीस पनि त्यो इलाकामा आफ्नो दाबी गर्दछ । दुबै देशबीच प्राकृतिक स्रोत साधनको विषयमा सुरु भएको सामान्य होडबाजीको सिलसिला अब सैन्य कारवाहीको धम्कीसम्...
जनकपुरमा एक महिलाले जन्माइन् ४ वटा बच्चा
प्रदेश २, समाचार

जनकपुरमा एक महिलाले जन्माइन् ४ वटा बच्चा

नेपाल अखबार, जनकपुर । जनकपुरमा एक महिलाले एकै पटकमा ४ वटा बच्चालाई जन्म दिएकी छन् । धनुषाको विदेह नगरपालिका–७ जोगियारा बस्ने २२ वर्षीया अरमाना खातुनले मंगलवार राति एकैपटक चार वटा बच्चालाई जन्म दिएकी हुन् । प्रसूतिका लागि मंगलबार बिहान जनकपुरधामस्थित काव्या अस्पतालमा भर्ना भएकी अरमानाको स्त्री तथा प्रसुती रोग विशेषज्ञ चिकित्सक सोनिया सिंहले शल्यक्रिया मार्फत ती बच्चाहरु निकालेकी थिइन् ।  डा. सोनिया सिंहले एकै पटकमा ४ वटा बच्चालाई जन्म दिनु  ’दुर्लभ’ घटना रहेको बताइन् । अरमानाले ३ छोरी र १ छोरा जन्माएकी छन् । शिशुहरु मध्ये छोराको तौल डेढ किलो र छोरीहरुको तौल सवा एक किलो रहेको काव्या अस्पतालले जनाएको छ । शिशुहरु मध्ये ३ वटाको स्वास्थ्य अवस्था समान्य रहेपनि एक शिशुको अवस्था भने अस्थिर देखिएको डाक्टर एसके सिंहले बताए । शिशुहरुको श्वासप्रश्वासमा कठिनाइ हुनसक्ने भएकाले केही साता विशेष स्वास्थ्य न...
नुवाकोटमा सवारी साधनमा जोरबिजोर लागू
प्रशासन, समाचार

नुवाकोटमा सवारी साधनमा जोरबिजोर लागू

नेपाल अखबार, नुवाकोट। जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले जिल्लामा सञ्चालन हुने निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको छ । केन्द्रको मङ्गलबार बसेको बैठकले गए राति १२ बजेदेखि अर्को निर्णय नभएसम्मका लागि निजी सवारीसाधन सञ्चालन गर्दा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो । बैठकले सार्वजनिक सवारी साधन सञ्चालन, धार्मिक कार्यक्रम सञ्चालन, शैक्षिक संस्था सञ्चालन, खेलकुद गतिविधि सञ्चालनलगायतका भीडभाड हुने कार्यलाई रोक लगाउने विगतको निर्णयलाई निरन्तरता दिएको छ । शिवपुरी गाउँपालिमा भदौ ११ गतेदेखि एक साताको लागि लागू गरिएको निषेधाज्ञालाई पुनः एक साता थप गरिएको र नुवाकोट प्रवेश गर्ने ककनी नाकाको ककनी गापा वडा नं १ र २, धादिङबाट नुवाकोट प्रवेश गर्ने नाका भएको बेलकोटगढी नपा वडा नं २ र ५ मा भने भदौ २३ गतेसम्म निषेधाज्ञा कायमै राखिएको प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले जानकारी दिए ।...
पोखरामा एकैदिन २८ फरार प्रतिवादी पक्राउ
प्रशासन, समाचार

पोखरामा एकैदिन २८ फरार प्रतिवादी पक्राउ

नेपाल अखबार, पाेखरा। कास्की प्रहरीले  एकैदिन विभिन्न मुद्दामा फरार रहेका २८ प्रतिवादीहरुलाई पक्राउ गर्न सफल भएको छ । कास्की प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठका अनुसार जिल्ला अदालत तथा जिल्ला प्रशासन कार्यालयको फैसलाले विभिन्न मुद्दामा कैद र जरिवाना तोकी हालसम्म फरार २८ जनालाई मंगलबार पक्राउ गरिएको हो । स्याङ्जा कोल्मा स्थायी घर भई हाल कास्की पोखरा महानगरपालिका–२७ बस्ने २९ वर्षीय अनिल थापा मगर पक्राउ परेका छन् । मगर सरकारी छाप दस्तखत कीर्ते मुद्दामा १ वर्ष कैद र ५० हजार जरिवाना तोकिएकोमा हालसम्म फरार थिए । यस्तै कास्की पोखरा महानगरपालिका–१० बस्ने बैकिङ् कसुर मुद्दाका ५३ वर्षीय धिरज गुरुङलाई पनि पक्राउ गरिएको एसपी श्रेष्ठले बताए । गुरुङलाई ७ दिन कैद र ९ लाख ४० हजार जरिवाना तोकिएकोमा हालसम्म फरार नै थिए । त्यस्तै सार्वजनिक मुद्दामा २५० देखि ५ हजारसम्म जरिवाना तोकी हालसम्म फरार रहेका २६ जना पक्र...
चट्याङ लागेर ताप्लेजुङमा एक महिलाको मृत्यु
समाचार, समाज

चट्याङ लागेर ताप्लेजुङमा एक महिलाको मृत्यु

नेपाल अखबार, ताप्लेजुङ । ताप्लेजुङमा चट्याङ लागेर एक महिलाको ज्यान गएको छ । मङ्गलबार अपराह्न परेको चट्याङ लागेर फुङलिङ नगरपालिका–१० फुरुम्बूकी दुर्गा भट्टराईको ज्यान गएको हो । चट्याङ लागेपछि घाइते भएकी भट्टराईको उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटैमा ज्यान गएको हो । यसैबीच चट्याङकै कारण सिरिजङ्घा गाउँपालिकास्थित तेल्लोकका दुई र पेदाङका तीन गरी पाँच जना घाइते भएका छन् । सामान्य घाइते भएका उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जनाइएको छ । मङ्गलबार दिउँसोदेखि नै ताप्लेजुङमा मेघगर्जनसहित वर्षा भएको थियो । रासस...
सप्तरीमा हात्ती आतंक : पाँच घरमा तोडफोड
समाचार, समाज

सप्तरीमा हात्ती आतंक : पाँच घरमा तोडफोड

नेपाल अखबार, सप्तरी। कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको जंगली हात्तीको समूहले सप्तरीको उत्तरी क्षेत्रमा गएराति पाँच वटा घरमा तोडफोड गरेर क्षति पु¥याएको छ। जिल्लाको कञ्चनरुप नगरपालिका–१० बदगामामा गए राति जंगली हात्तीको समूहले पाँच वटा घरमा तोडफोड गरेर क्षति पु¥याएको हो। कोशी टप्पु वन्यजन्तु आरक्षबाट नौ वटाको समूहमा आएको जंगली हात्तीले कञ्चनरुप नगरपालिका–१० बदगामामा पाँच वटा घरमा तोडफोड गरेको वडाध्यक्ष दिलीप चौधरीले जनाकारी दिए। सो हात्तीको समूहले स्थानीयवासी सम्झाना देवी यादवको एक, मनोज गुप्ताको एक, जयकृष्ण कुमार कुसियैतको दुई र सुदामा कुसियैतको एक वटा घरमा तोडफोड गरेको वडाध्यक्ष चौधरीले बताए। हात्तीले घरमा तोडफोड गर्दा घरभित्र रहेका चार ड्रम चामल, तीन ड्रम गहुँ र अन्य अन्नपात खानुका साथै घरको आँगनमा रहेको खानेपानी टु्यवबेलसमेत उखेलेर फालेको पीडित सञ्जय कुसियैतले जानकारी दिए। ती हात्तीलाई स...
गण्डकी प्रदेशमा मंगलबार  दिउसो थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमा मंगलबार दिउसो थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

नेपाल अखबार, पाेखरा। गण्डकी प्रदेशमा मंगलबार  दिउसो थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले गण्डकीले मंगलबार दिउसो तेस्रो विज्ञप्ति मार्फत प्रदेशको पर्वत र तनहुँमा एक एक जना संक्रमित थपिएको  जनाएको हो  । तनहुँमा संक्रमण पुष्टि हुनेमा आबुखैरेनी ३ का २९ वर्षीय जिप चालक रहेको र पर्वतमा  संक्रमित हुनेमा  कुश्मा नगरपालिकाको क्वारेन्टिनमा रहेका जलजला ७ का ३७ वर्षीय पुरुष रहेको  निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार २ सय १० पुगेको छ ।  ...