Monday, November 23

समाचार

काठमाडौंमा थप ३८८ जनामा कोरोना पुष्टि
समाचार, स्वास्थ्य

काठमाडौंमा थप ३८८ जनामा कोरोना पुष्टि

नेपाल अखबार, काठमाडौं । काठमाडौं उपत्यकामा थप ३८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा ३५०, ललितपुरमा २९ र भक्तपुरमा ९ गरी ३८८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यससहित आज देशभर ३२० महिला र ८०० पुरुष गरी ११२० जना संक्रमित थपिएको प्रवक्ता गौतमले जानकारी दिए । यस्तै कुल संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ ।...
झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विषालु सर्प पाल्न ७२ करोड अनुदान
अर्थ, समाचार

झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विषालु सर्प पाल्न ७२ करोड अनुदान

नेपाल अखबार, सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका-६ मा स्थापना भएको ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’ले यहाँका साढे ८ विघा जमिनमा विषालु सर्प पाल्ने भएको छ । प्रतिष्ठानको सर्प पालन एवं एन्टी स्नेक भेनम उत्पादन परियोजनाका लागि सङ्घीय सरकार, प्रदेश नं २ सरकार र लालबन्दी नगरपालिकाले रु ७२ करोड अनुदान उपलब्ध गराउने भएको छ । यसका लागि प्रतिष्ठानले तीन वटै तहको सरकारसँग सम्झौता गरिसकेको प्रतिष्ठानका अध्यक्ष रेवती पन्तले बताए । सर्पको विष उत्पादन गरेर शुरुमा भारत सप्लाई गर्ने र पछि स्वदेशमै ल्याब स्थापना गर्ने प्रतिष्ठानको योजना छ । विषालु सर्पले टोकेर नेपालको तराई क्षेत्रमा वर्षेनी धेरै मानिसको ज्यान जाने गरेको छ । सर्पले टोकेको बिरामीलाई बचाउन प्रयोग गरिने ‘एन्टी स्नेक भेनम’ सर्पकै विषबाट बनाइन्छ । अहिलेसम्म नेपालले ‘एन्टी स्नेक भेनम’ उत्पादन गर्न सकेको छैन र सर्पदंशको उपचारमा भारतसँग...
‘पोथीका लागि छानोमा जुधिरहेका’ ठूलठूला दुई अजिंगर जब अचानक घरभित्र खसे
विदेश, समाचार

‘पोथीका लागि छानोमा जुधिरहेका’ ठूलठूला दुई अजिंगर जब अचानक घरभित्र खसे

नेपाल अखबार, एजेन्सि। अस्ट्रेलियामा छानोबाट अचानक दुई ठूला अजिंगर घरभित्र खसेका छन्। अस्ट्रेलियाको क्विन्स्ल्यान्डस्थित डेभिड टेटको घरकाे छानोबाट दुईवटा अजिंगर काेठाभित्र खसेका हुन्। तीमध्ये एउटा सुत्ने कोठा र अर्को बैठक कक्षमा खसेको उनले बताएका छन्। अजिंगर समात्ने व्यक्ति स्टिभन ब्राउनका अनुसार २.८ मिटर र २.५ मिटर लम्बाइका ती अजिंगरको कूल ताैल २२ किलो थियो। पोथीका लागि जुध्दै गर्दा ती दुई अजिंगर घरभित्र खसेको हुन सक्ने अनुमान गरिएको छ। तर त्यहाँ पोथी अजिंगर फेला परेन। घरधनी टेटले घर आउँदा भान्साको टेबलमा छानोको एउटा ठूलो भाग खसेकाे देखेपछि पल्टाएर हेर्दा ती अजिंगर फेला पारेका हुन्। आफ्नो छतबाट ती सर्प खसेको कुरा घर पुगेपछि मात्रै थाहा पाएको उनले फेसबुकमा लेखेका छन्। त्यसअघि आफूले आफ्नो घरको छानोमा सर्पहरू घाम तापिरहेको देखेको पनि ती घरधनीले बताएका छन्। बीबीसीबाट...
राष्ट्रियस्तरको लकडाउन अनावश्यक, खोप नहुँदा पनि युरोप अगाडि बढ्नसक्छ: डब्लूएचओ
विश्व, समाचार

राष्ट्रियस्तरको लकडाउन अनावश्यक, खोप नहुँदा पनि युरोप अगाडि बढ्नसक्छ: डब्लूएचओ

नेपाल अखबार, एजेन्सि। विश्व स्वास्थ्य संगठन डब्लूएचओले युरोप कोरोनाविरुद्धको खोप बिना पनि चलायमान रहनसक्ने बताएको छ। डब्लूएचओका युरोपका क्षेत्रीय निर्देशक हेन्स क्लुगले स्काई न्युजसँग कोरोना भाइरसकै उपस्थितीमा पनि युरोप अगाडि बढ्नसक्ने बताएका हुन्। साथै उनले युरोपमा अब राष्ट्रियस्तरमा लकडाउन आवश्यक नरहेको पनि उल्लेख गरे। उनले स्थानीयस्तरको लकडाउनले युरोपको कोरोना नियन्त्रण हुने बताए। क्लुगका अनुसार महामारीको साथमा बाँच्न सिके मात्र मानिसले महामारीलाई जित्नसक्छ। कोरोनाविरुद्धको खोपले मात्र यस महामारीलाई जित्न नसकिने उनको भनाइ छ। बीबीसीहिन्दी...
७ वर्षीया छोरीलाई बलात्कार आरोपमा बाबु पक्राउ
समाचार, समाज

७ वर्षीया छोरीलाई बलात्कार आरोपमा बाबु पक्राउ

नेपाल अखबार, काठमाडौं । काठमाडौंको शंखमुलमा ४० वर्षीय पुरुषले छोरीलाई बलात्कार गरेका छन् । ७ वर्षीया छोरी बलात्कार गरेको आरोपमा प्रहरीले बाबुलाई पक्रेको छ । बालिकालाई ७ महिनादेखि बाबुले बलात्कार गर्दै आएका थिए । आमा रोजगारीका लागि खाडी मुलुकमा पसिना बगाउँदै थिइन् । क्राइसिस मेनेजमेन्ट सेन्टर (सिसिएमसी)को समन्वयमा विदेशमा कोभिड–१९ का कारण अलपत्र नेपाली श्रमिकको उद्धार शुरु भएपछि आमा गत साउनमा मात्रै स्वदेश फर्किएकी थिइन् । छोरीले ‘योनी दुख्यो’ भन्न थालेपछि आमाले उनलाई अस्पताल लगिन् । अस्पतालमा छोरीले बाबुको कर्तुत खोलेपछि आमाले महानगरीय प्रहरी वृत्त बानेश्वरमा उजुरी गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक एसपी सोमेन्द्र सिंह राठौरले  जानकारी दिए । बाबुलाई पक्राउ गरेर थप अनुसन्धान सुरु गरिएको एसपी राठौरले बताए ।...
पोखराबाट मुग्लिङ जाँदै गरेको मिनी ट्रक र्मस्याङदीमा खस्यो
समाचार

पोखराबाट मुग्लिङ जाँदै गरेको मिनी ट्रक र्मस्याङदीमा खस्यो

नेपाल अखबार, पाेखरा। पोखराबाट मुग्लिङ जाँदै गरेको मिनी ट्रक र्मस्याङदी नदीमा खसेको छ । पृथ्वीराजमार्गको तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐना पहरा नजीकबाट आज बिहान र्मस्याङदी नदीमा खसेको मिनी ट्रकको सशस्त्र प्रहरीले खोजी शुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अरुण पौडेलले सो ट्रक सडकको डिभाइडर भाँचेर नदीमा खसेको जानकारी दिए । ‘सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी शुरु गरिसकेको छ, केही बेरमा थप विवरण आउँछ । उनले भने ।...
टहरेको बास र थापेको गासमा चल्दै छ सास
समाचार, समाज

टहरेको बास र थापेको गासमा चल्दै छ सास

नेपाल अखबार, गलेश्वर । पहिरोले घरखेत लगेपछि म्याग्दीको धवलागिरि गाउँपालिका-६ मराङका बासिन्दाको बिचल्ली भएको छ । उनीहरूलाई सबैभन्दा ठूलो चिन्ता बासको छ । “टहरेको बास र थापेको गासमा चल्दै छ सास”, ४७ वर्षीया चनमति लामगाडेले भन्नुभयो, “अब कहाँ बस्ने, के खाने थाहा छैन ।” “गत असार २५ गतेको रातलाई सम्झदा पनि मन भक्कानिन्छ, कसैले नसोधिदिए हुन्थ्यो नि जस्तो लाग्छ”, त्यो राति आएको पहिरोमा चार सन्तान गुमाएकी चनमतिले भन्नुभयो, “चार सन्तानको सास त दैवले चुड्यो, बाँकी बचेका चार जनाको टहरेको बास र थापेको गासमा चल्दै छ सास ।” म्याग्दी समाज न्यूयोर्क अमेरिकाले बाढी पहिरो पीडितलाई पठाएको सहयोग रकम बुझ्न आइतबार मराङको बेसीमा आउनुभएकी चनमतिले रु ५० हजार सहयोग रकम बुझेपछि रासससंग भन्नुभयो, “त्यो रात सम्झदा मुटु भक्कानिन्छ, रिङ्गटा लाग्छ, मर्छु जस्तै हुन्छ तर श्रीमान्को मुख हेर्न जसोतसो बाचुँजस्तो लाग्छ हजुर ।”...
गण्डकी प्रदेशमा बुधबार दिउसो थप १८ जनामा कोरोना संक्रमण पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमा बुधबार दिउसो थप १८ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, पाेखरा।  गण्डकी प्रदेशमा बुधबार दिउसो थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार  बुधबार दिउसो कास्कीको  पोखरा १ का २८ वर्षीय पुरुषसहित ५ जिल्लाका  २४  जनामा  कोरोना देखिएको हो । संक्रमण पुष्टि हुनेमा  तनहुँ शुक्लागण्डकी की २० वर्षीया महिला , स्याङजा आधिखोलाका २८ वर्षीय पुरुष र नवलपुर देवचुलीकी २३ वर्षीया महिला रहेको निर्देशनालयले जनाएको छ  । त्यसैगरी लमजुङको बेसिसहरका  ५  वटा वडाका १३ , २३  र ४४ वर्षीया ३ महिला तथा १८ देखि ४० वर्ष उमेर समुहका ११ पुरुषमा  कोरोना देखिएको निर्देशनालयले उल्लेख गरेको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार २ सय ६४  पुगेको छ ।  ...
पेट्रोलको मूल्य वृद्धि
अर्थ, समाचार

पेट्रोलको मूल्य वृद्धि

नेपाल अखबार, पाेखरा। नेपाल आयल निगमले पेट्रोलको मूल्यमा वृद्धि गरेको छ । मंगलबार मध्यरातदेखि लागू हुनेगरी पेट्रोलको मूल्य दुई रुपैयाँ बढेको आयल निगमले जनाएको छ । पेट्रोलको मुल्य अब १०७ रुपैँया पुगेको छ । अन्य पेट्रोलियम पदार्थको मुल्य भने वृद्धि भएको छैन ।
पहिरोमा परी आमाबाबु गुमाएका बालबालिकालाई संरक्षण र शिक्षा
समाचार, समाज

पहिरोमा परी आमाबाबु गुमाएका बालबालिकालाई संरक्षण र शिक्षा

नेपाल अखबार, सिन्धुपाल्चोक । लिदी पहिरोमा अभिभावक गुमाएका बालबालिकाको संरक्षण, शिक्षा र बसोबासको व्यवस्था हुने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाको पहलमा एसओएस बालग्राम काभ्रे पनौतीका निर्देशक सुरेन्द्र अमगाईँसहितको टोली मङ्गलबार सिन्धुपाल्चोकको बाँसखर्क पुगेर वडाध्यक्ष प्रताप लामासँग समन्वय गरी बालबालिकाको जानकारी लिएको थियो । एसओएसले हिजैदेखि बालबालिकाको शिक्षा र संरक्षणका लागि आवश्यक प्रक्रिया थालेको छ । लिदीका अभिभावक गुमाएका १२ वर्षमुनिका पाँच बालबालिकालाई तत्काल काभ्रेको पनौतीस्थित एसओएस बालग्राम ल्याएर पठनपाठन शुरु गर्ने निर्देशक अमगाईँले जानकारी दिनुभयो । त्यसका लागि जिल्ला प्रशासन कार्यालयसँग अनुमतिपत्र लिनेलगायतका विषयमा हिजो नै छलफल भएको छ । बाँकी १२ वर्षमाथिका सात बालबालिकाको शिक्षा र संरक्षणका लागि बसोबासस्थलमै संरक्षकमार्फत सहयोग गरिने अमगाईँले जानकारी दिनुभयो । उनीहरुका लाग...